बालुवा सहित २ वटा ट्याक्टर नियन्त्रण

मोरङ, वैशाख ३१ गते ।
मोरङको ग्रामथान गाउँपालिका-७ नेता चोकबाट प्रहरीले बालुवा सहित आज २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरी टोलीले बेलवारी नगरपालिका-५ कसेनीमा निषेधित क्षेत्रको लोहान्द्रा खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी लोड गरेर लैजाँदै गरेको अवस्थामा को १ त ९७२० र को १ त ३८०२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । ट्याक्टरका दुवै चालक फरार रहेकाले खोजी कार्य भईरहेको तथा बालुवा सहित ट्याक्टरलाई इलाका प्रहरी कार्यालय हरैँचामा राखिएको छ ।