माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

खोटाङ, चैत्र ११ गते ।

खोटाङको साकेला गाउँपालिका-४ हुपापु भन्ने स्थानमा माटोको ढिस्कोले पुरिएर १ महिलाको मृत्यु भएको छ । दिउँसो २ बजे साकेला गाउँपालिका-५ कामिसरामा रहेको भिरमा रातो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर साकेला गाउँपालिका-४ बस्ने बर्ष ३५ की तारा खड्काको मृत्यु भएको हो । घटनाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय मात्तिमविर्ताबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खोटाङ पठाईएको उक्त कार्यालयले जनाएको छ ।