बिहेमा आफुले चाहे अनुसारको गित नबजाउँदा हतियार प्रहार

ताप्लेजुङ, माघ २८ गते ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ सिमल बोटमा गए राती आँफुले भनेजस्तो गित नबजाएको निहुँमा खुकुरी प्रहार हुँदा पाहुना आएका ३ जना घाइते भएका छन् ।
 
राती साढे २ बजे स्थानीय दिल बहादुर तामाङको छोरीको बिवाहमा भने जस्तो गित नबजाएको बिषयमा विवाद भई सोही स्थानका बर्ष २२ को बिश्व सेङदान, बर्ष १७ को सरोज सेङदान र बर्ष १९ को मिखे तामाङ लगाएत ४/ ५ जनाको समुहले आवेशमा आई खुकुरी प्रहार गर्दा पाहुना आएका फुङलिङ नगरपालिका-८ दोखुका ३८ बर्षीय कर्ण बहादुर सुनुवार, बर्ष ३० को पेम्बा शेर्पा र बर्ष ३२ को पासाङ शेर्पा घाइते भएका हुन् ।
 
धारिलो हतियार प्रहारबाट शरिरको बिभिन्न भागमा चोट लागी घाईते भएका तीनै जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हतियार प्रहार गर्ने समूह तत्काल फरार रहेकोले खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।