३ लाख मूल्य बराबरको धनमाल चोरी

झापा, मंसिर २० गते ।

झापाको शिवसताक्षी नगरपालिका-९ शिवचोक स्थित केशब प्रसाद ढुंगानाको घरमा बुधबार राती चोरी भएको छ ।
 
ढुंगाना लगायत घरका सबै सदस्य सत्ताक्षीधाम पुराणमा गएको अवस्थामा घरको छतको ढोका फोडेर भित्र रहेको सुनको गहना ४ तोला ६ आना, झर्के थाल-६ थान, नगद २९ हजार, १ हजार मूल्य बराबरको रिचार्ज कार्डसहित अन्दाजी ३ लाख बराबरको  धनमाल चोरी भएको हो ।
 
पुराणबाट आज बिहान ढुंगानाको परिवार घर आउनासाथ चोरी भएको थाहा पाए पछि तत्काल ईलाका प्रहरी कार्यालय झिलझिलेलाई खबर गरेका थिए ।
 
घटनाबारे जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली परिचालन भई घटनाबारे अनुसन्धान तथा चोरीमा संलग्नहरुको खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।