मुख्य घटनाहरु

भिरबाट लडेर १ जनाको मृत्यु
सोलुखुम्बु, असोज २८ गते ।
 
सोलुखुम्बुको माप्या दुधकोशी  गाउँपालिका-१ की १९ बर्षीया अरुणा राईको भिरबाट लडेर मृत्यु भएको छ । आज दिउँसो १ बजेको समयमा घाँस काट्न भनी गएकी राईको भिरबाट लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ  । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा प्रहरी चौकी खरिखोलाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।
वेवारीशे अवस्थामा शव फेला
मोरङ, असोज २८ गते ।
 
मोरङको बेलवारी नगरपालिका-३ लोहन्द्रा पुल मुनी नाम थर वतन नखुलेको अन्दाजी ६० बर्षीय पुरुष मानिसको शव फेला परेको छ । आज दिउँसो ३ बजेको समयमा खोलाको बिचमा मानिसको शव रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलिले मृतकको कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि मंगलवारे अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
जबरजस्ती करणीको आरोपमा १ पक्राउ
उदयपुर, असोज २८ गते ।
 
उदयपुरको त्रियुगा नगरपालिका-८ का २७ बर्षीय सत्य सदा जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । निजले २५ गते राती ९ बजेको समयमा एक १५ बर्षीया बालिकालाई बिवाह गर्छु भनी ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने पिडित बालिकाको आमाले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले आज बिहान सदालाई पक्राउ गरेको हो ।  पक्राउ परेका सदाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
मोटरसाईकल दुर्घटना १ को मृत्यु ३ घाईते
सुनसरी, असोज २८ गते ।
 
सुनसरीको कोशी गाउँपालिका-४ कटानमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । सोमवार साँझ साँढे ६ बजेको समयमा पुर्वबाट पश्चिम जाँदै गरेको को २२ प ८०४९ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको को २९ प ६८५३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुईवटै मोटरसाईकलमा सवार रहेका ४ जना घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा को २२ प ८०४९ नम्बरका मोटरसाईकल चालक उदयपुरको तपेश्वर बस्ने ५० बर्षीय निरीराज गिरीको मृत्यु भएको हो । सोही मोटरसाईकलमा पछाडी सवार रहेका फत्तेपुर नगरपालिका-२ का ५० बर्षीय भक्त बहादुर बिष्ट, को २९ प ७८५३ नम्बरको मोटरसाईकल चालक ईनरुवा नगरपालिका-४ का २३ बर्षीय सबिर आलमको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ भने को २९ प ७८५३ नम्बरको मोटरसाईकलमा पछाडी सवार रहेका ईनरुवा नगरपालिका-४ का ३३ बर्षीय रियाज मियाको जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नालीमा डुबेर २ बर्षीया बालिकाको मृत्यु
मोरङ, असोज २७ गते ।
 
मोरङको उर्लावारी नगरपालिका-४ वानडाँडा बस्ने कुमार मगरको २ बर्षीया छोरी निरजला मगरको नालीमा डुबेर मृत्यु भएको छ । आज बिहान पौने ११ बजेको समयमा बालिका घर छेउको नालीमा डुबीरहेको छिमेकीले देखि तत्काल उपचारको लागि मंगलवारे अस्पताल लगेकोमा अस्पताल पुर्‍याउना साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषध खैरो हेरोईन र हतियार सहित १ पक्राउ
सुनसरी, असोज २७ गते ।
 
सुनसरीको धरान उपमहानगरपालिका-९ आचार्य लाईनबाट ठुलो परिणामको लागुऔषध र हतियार सहित १ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-३ घर भई आचार्य लाईन धरानमा डेरा गरी बस्ने २३ बर्षीय निरज कुमार राउतलाई लागुऔषध र हतियार सहित डेराबाट नै पक्राउ गरेको हो । राउतको डेराबाट प्रहरीले ठुलो चाईनिज पेस्तोल १ थान, म्यागजिन १ थान र १३ राउण्ड गोली बरामद गरेको छ । यसैगरी  DIALEX-DC 100ml को २२५ बोतल, खैरो होरोइन ७ ग्राम, Nitrosun ६४० ट्याब्लेट, स्पास्मोप्रोक्सिवन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल, नगद ११,३३०। , तौल गर्ने डिजिटल मेसिन १ थान, मोवायल १ थान लगाएत अन्य कागजात समेत बरामद गरेको छ । लागुऔषध र हतियार सहित पक्राउ परेका राउतको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
खोलाले बगाएर १ जना बेपत्ता
झापा, असोज २७ गते ।
 
झापाको कचनकवल गाउँपालिका-२ केचना बस्ने १८ बर्षीय सौरव ढुङगाना  खोलाले बगाएर बेपत्ता भएका छन् । आईतवार दिउँसो भारतको किशानगञ्जबाट मेला हेरेर फर्किएका सौरव लगाएतका ३/४ जना साथीहरु अपरान्ह ४ बजेको समयमा मेची खोलामा पौडी खेल्ने क्रममा  खोलाले बगाउदा ढुङगाना बेपत्ता भएका हुन् । बेपत्ता भएका  ढुङगानाको नेपाल प्रहरी, शशस्त्र प्रहरी र भारतिय प्रहरी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जबरजस्ती करणीको आरोपमा १ पक्राउ
संखुवासभा, असोज २६ गते ।
 
संखुवासभाको मादी नगरपालिका-४ की ३५ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा भारत माल्दा जिल्ला नमुनिया घर भई मादी नगरपालिका-४ मा बसोबास गर्ने ३९ बर्षीय शेफ कुलिन पक्राउ परेका छन् । मादी नगरपालिका-४ मा बसी कवाडी किनबेच गर्दे आएका निजले आज बिहान ९ बजेको समयमा मानसिक रोगी समेत भएकी महिलालाई मेलबोटे जंनगलमा जबरजस्ती करणी गरीरहेको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गर्नासाथ तत्काल प्रहरी चौकी मादीराम्बेनीबाट खटिएको प्रहरी टोलीले कुलिनलाई पक्राउ गरेको हो । पक्राउ परेका कुलिनको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
शरणार्थी क्याम्पमा आगलागी ९ घरमा क्षति
झापा, असोज २६ गते ।
 
झापाको दमक नगरपालिका-३ बेलडाँगीमा रहेको भुटानी शरणार्थी क्याम्पमा आगलागी हुँदा ९ घरमा क्षति भएको छ भने अन्दाजी २८ लाख ५० हजार बराबरको क्षति भएको छ । आज बिहान १० बजे भुटानी शरणार्थी क्याम्प सेक्टर नम्बर D1 बस्ने भिम बहादुर राईको घरबाट अचानक आगलागी शुरु भई आगो फैलिदा नरबिर राई, सरिता तामाङ, गणेश कार्की, अम्बिका माया कार्की, नर बहादुर तामाङ, नरमाया गुरुङ, मधु दाहाल र दिल बहादुर महतको टिनको छानो र बाँसको टाटी बेरा भएको घर जलेर नष्ट भएको हो । उक्त आगलागी दमक तथा गौरादह नगरपालिकाको दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा सवा ११ बजे नियन्त्रणमा आएको थियो भने घरबाट सामान निकाल्ने क्रममा स्थानीय ५५ बर्षीया  फुलमाया राई सामान्य घाईते भई स्थानीय मेडिकलमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
पैनिमा डुबेर १ जनाको मृत्यु
झापा, असोज २६ गते ।
 
झापाको बुद्धशान्ति गाउँपालिका-२ हातीकिल्ला स्थित सोमनाथ लुईटेलको घरमा काम गर्न बसेका ७१ बर्षीय भक्ति लोहारको पैनिमा डुबेर मृत्यु भएको छ । आज दिउँसो ३ बजेको समयमा खेत सिंचाई गर्ने क्रममा अचानक पैनिमा लडेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै तत्काल खटिएको ईलाका प्रहरी कार्यालय बुधवारेको प्रहरी टोलीले लोहारलाई मृत अवस्थामा फेला पारेको थियो । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट समेत प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।
खोलाले बगाएर १३ बर्षीया बालिकाको मृत्यु
खोटाङ, असोज २६ गते ।
 
खोटाङको केपिलासगढी गाउँपालिका-१ फेदी बस्ने मधुराज राईको १३ बर्षीया छोरी आयुस्ना राईको खोलाले बगाएर मृत्यु भएको छ । आज दिउँसो १ बजेको समयमा तापखोला तर्ने क्रममा अचानक खोलाले बगाउदा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय बाक्सिला तथा प्रहरी चौकी खार्ताम्छाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा अन्य थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।
मिनीट्रक दुर्घटना २८ जना घाईते
उदयपुर, असोज २६ गते ।
 
उदयपुरको कटारी नगरपालिका-५ भोर्ले स्थितमा मिनिट्रक दुर्घटना हुँदा २८ जना घाईते भएका छन् । आज बिहान सवा १० बजेको समयमा कटारीबाट गाईघाट तर्फ आउँदै गरेको बा ३ ख ७३०१ नम्बरको मिनीट्रक सडकमा पल्टिएर दुर्घटना हुँदा मिनीट्रकमा सवार २८ जना घाईते भएका हुन् । घाईतेहरु मध्ये  १२ जनाको आस्था अस्पताल , १४ जनाको कटारी अस्पताल तथा १ जनाको मोडल अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । दुर्घटनामा घाईते भएकी २८ बर्षीया सुजाता राईलाई भने उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाईएको उक्त कार्यालयले जनाएको छ ।
अबैध समान बरामद
मोरङ, असोज २५ गते ।
 
मोरङको बिराटनगर महानगरपालिका-१० तिन टोलियाबाट ३ लाख बराबरको अबैध समान बरामद भएको छ । आज बिहान १० बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउँदै गरेको उक्त मुल्य बराबरको तामा तथा पित्तलको भाडा र तयारी पोशाक बरामद गरेको हो  । बरामद भएको समान आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय बुझाईने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
१ लाख धनराशीको“साधानादेवी प्रहरी पराक्रम पुरस्कार” बाट  ३ जना प्रहरी जवान पुरस्कृत
बिराटनगर, आश्विन २४ गते ।
 
यस बर्षको १ लाख धनराशीको छैटौ “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” ३ जना प्रहरी जवानलाई  संयूक्त रुपमा प्रदान गरिएको छ। प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत  प्रहरी जवान द्धय खेमनाथ भट्टराई, सुरेन्द्र माझी र जिल्ला प्रहरी कार्यालय ईलाममा कार्यरत मुकुन्द माझीलाई ६४ औ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल बिराटनगरले पुरस्कृत गरेको हो। प्रहरी जवान द्धय भट्टराई र माझिले अपराध कार्यमा संलग्न व्यक्तिहरुलाई पहिचान गरी पक्राउ गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्नुका साथै ध्वंसात्मक एवं अवाञ्छित गतिविधीमा संलग्न व्यक्तिहरुलाई अत्यन्त बहादुरी र पराक्रमका साथ कानूनी दायरामा ल्याउन बिषेश भुमिका निर्वाह गरेकोले र जवान  मुकुन्द माझीले कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही बाढी पहिरो जस्ता विपदको अवस्थामा अत्यन्त बहादुरीका साथ आफ्नो जिउ ज्यानको पर्वाह नगरी उद्धार कार्यमा  निर्वाह गरेको भुमिकाले प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा नेपाल प्रहरी प्रति विश्वास अभिवृद्धि गर्ने तर्फ प्रसंशनिय कार्य गरेकोले उँहाहरुको कामको उच्च मूल्याकन गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले यी ३ प्रहरी जवानलाई १ लाख धनरासीको साधनादेवि प्रहरी पराक्रम पुरस्कारले पुरस्कृत गरेको हो। वर्षभरिमा उत्कृष्ठ ठहरिएका प्रहरी कर्मचारीहरु मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवशको अवसरमा पुरस्कारका संस्थापक प्रतिनिधीद्वारा नगद पुरस्कार प्रदान गर्ने गरी भएको सम्झौता अनुरुप ३ प्रहरी जवनालाई  साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठ र प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले सँयुक्त रुपमा १  लाखको  चेक तथा प्रशंसा-पत्र समेत प्रदान गर्नु भएको हो। पुरस्कार हस्तान्तरण गर्नु हुदै प्रनामनि ज्ञवालीले प्रहरी जवान तथा अधिकृतहरुको मनोबल उच्च राख्न यस साधना देबी पराक्रम पुरस्कारले महत्वपूर्ण भुमिका निर्बाह गर्ने बताउदै आफ्नी स्वर्गिय माता साधना देबी श्रेष्ठको नाममा बार्षिक रुपमा यसरी प्रदान गर्ने यो पुरस्कारका कोषका संस्थापक प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठलाई हार्दिक धन्यबाद दिनु भएको छ । सोही अवसरमा पुरस्कृत हुने जवानहरुलाई  बधाई समेत दिनु भएको छ।  पुरस्कृत हुने प्रहरी जवानहरुले आफूबाट सम्पादित कार्यहरुको मुल्यांकन गर्दै उत्कृष्ट प्रहरीको रुपमा आफुलाई छनौट गरिएबाट संगठनले आफूलाई ठुलो सम्मान गरेको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताएका छन। स्वर्गिय माताको सम्झनामा प्रहरीको मनोबल बढाउने उदेश्यले यसरी पुरस्कृत गर्न पाएकोमा कोषका संस्थापक डा.बिक्रम श्रेष्ठले आफु लगायत आफ्नो परिवार खुसी भएको बताउनु भएको छ । साथै प्रहरी दिवशको अवसरमा साधनादेवी प्रहरी पराक्रम पुरस्कारका सँस्थापक प्रा.डा. विक्रम प्रसाद श्रेष्ठलाई प्रमुख अतिथी माननीय मुख्य  मन्त्री शेरधन राईले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो  ।
६४ औं प्रहरी दिवस २०७६ सम्पन्न
बिराटनगर, आश्विन २४ गते ।
 
६४ औ प्रहरी दिवश २०७६ भव्यताका साथ सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले आज अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुकाका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी “६४ औं प्रहरी दिवश २०७६” मनाएको हो । प्रहरी दिवसको अवसरमा दिपावली, रक्तदान, सार्वजनिक स्थल सरसफाई, लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो । प्रदेश प्रहरी तालिम केन्द्र रानीमा आयोजित विशेष कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेशका  माननीय मुख्यमन्त्री शेरधन राई , आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की,  प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली लगायतका उपस्थित महानुभावहरुले प्रदेश प्रहरी तालिम केन्द्रमा अवस्थित अमर प्रहरी स्मारकमा पुष्पहार तथा शोक सलामी अर्पण गर्दै सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले  १ नम्बर प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयहरुलाई आफ्नो अमूल्य जग्गा दान गर्नु हुने जग्गा दाताहरु ओखलढुंगाकी पद्‌म कुमारी थापा, सुनसरीका सनिचर महतो कोईरी र रामलाल महतो कोईरी, सुनसरीकै जसोदा राई, जसोदा देवी बस्नेत र निराहाङ राई , झापाका टेकनाथ उपाध्याय दाहाल र रत्न बहादुर श्रेष्ठ, मोरङका केशव सुवाल, नवराज बराल,  सारदराज नेपाल, बासु बहादुर बस्नेत र छविलाल फुयाल र  भोजपुरका लोकमणी नेपाललाई कदर पत्रले सम्मान गर्नु भएको थियो । यसैगरी जिल्लामा शान्ति सुरक्षा अमनचयन कायम राख्न नेपाल प्रहरी संग सहकार्य गरी विभिन्न प्रहरी कार्यमा सहयोग पुर्‍याउने कोशी गाँउपालिका-६ का भुवनेश्वर यादव र नारायण साह, ईन्टरनेट प्रदायक संस्था क्लासिक टेक बिराटनगर र आम नागरिकहरुलाई सुसुचित पार्न टेलिभिजन मार्फत प्रहरी अनुरोध कार्यक्रम प्रसारण गर्ने कार्यमा  अतुलनिय योगदान पुर्याउनु भएका सुर्योदय टेलिभिजन बिर्तामोडका प्रमुख मनोज उप्रेतीलाई प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो । त्यस्तै समुदाय-प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी जवान बिमला चौहान, ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने अस्थायी जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेम कुमार साह, उत्कृष्ठ प्रशासनिक कार्य गर्ने जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा कार्यरत प्रहरी सहायक निरीक्षक महेश थापा, उत्कृष्ठ अपराध अनुसन्धान तर्फ जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी सहायक निरीक्षक दुर्गा खनाल  र उत्कृष्ठ प्रशिक्षकमा प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा कार्यरत प्रहरी निरीक्षक प्रकाश जबेगुलाई पुरस्कृत गर्नु भएको थियो ।
पुरस्कार बितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै माननीय मुख्य मन्त्री शेरधन राईले ६४ औं प्रहरी दिवसको अवसरमा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई शुभकामना दिनु हुँदै अहोरात्र खटिने नेपाल प्रहरीका कर्मचारीहरुले उच्च मनोवलकासाथ काम गरी जनताको विश्वास जित्न सफल हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो । साथै देश र जनताको सेवा र सुरक्षार्थ आफ्नो कर्तव्य पालनाको सिलसिलामा वीरगती प्राप्त गर्ने वीर अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । वहाँले विकासको पहिलो सर्त भनेकै सुरक्षा रहेको हुँदा प्रदेशको समग्र सुरक्षाको सम्बन्धमा प्रदेश सरकार लागि परिरहेको समेत बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथी १ नम्बर प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले SEE परिक्षामा उत्कृष्ट अंक ल्याउने अमर प्रहरी कर्मचारीका सन्तती स्वर्गीय प्रहरी जवान तुलसी सिठुङ्गे मगरकी छोरी तनिसा सिठुङ्गे मगर, पुर्व प्रहरी नायब निरीक्षक देबी भक्त आचार्यका छोरा निश्चल आचार्य र दान बहादुर कार्कीकी छोरी संजिता कार्की, प्रहरी अधिकृतका सन्नततीहरुमा प्रहरी निरीक्षक मोहन प्रसाद खतिवडाका छोरा सुलभ खतिवडा जुनियर प्रहरी अधिकृतका सन्ततीहरुमा प्रहरी नायब निरीक्षक तोर्ण बहादुर बस्नेतकी छोरी तनुसा बस्नेत, प्रहरी नायब निरीक्षक डम्बर बहादुर  दनुवारको छोरी ईस्मिता दनुवार, अनिल कुमार रायको छोरा रोशन कुमार राय र प्रहरी सहायक निरीक्षक योगेन्द्र राज शर्माको छोरा रोशन शर्मा, यसैगरी प्रहरी हवल्दार कुमार भुजेलको छोरी निसिका भुजेल र धनिलाल साहको छोरा रंजित कुमार साह तथा प्रहरी कार्यालय सहयोगी शिव कुमार राईको छोरा रुपेश राई र पन्चानन्द ठाकुरको छोरा रितिक कुमार ठाकुरलाई पुरस्कृत गर्नु भएको थियो  । त्यसैगरी प्रहरी दिवशको अवसरमा नेपाल प्रहरी स्कुल धरानले संचालन गरेको अन्तर बिद्यालय चित्रकला प्रतियोगिताका विजयी बिद्यार्थीहरुलाई समेत प्रमाण पत्र तथा पुरस्कार वितरण गर्नु भएको थियो । उक्त प्रतिगितामा क्रमश डिपोट माध्यमिक विद्यालय धरानका मिङ्सो इवा लिम्बु प्रथम, पब्लिक माध्यमिक विद्यालय धरानका रुपक राई द्धितिय र सैनिक आवासीय महाविद्यालय धरानका अनिल चौधरीले तृतिय स्थान हासिल गर्न सफल भएका थिए । प्रहरी दिवशकै अवसरमा संचालन गरिएको पुरुष डबल ब्याडमिन्टन, टेबलटेनिस, पुरुष तर्फ ५ हजार मिटर दौड, महिला तर्फ ३ हजार मिटर दौड तथा रस्साकस्सी खेल तर्फका बिजयी खेलाडीहरुलाई समेत प्रमाण पत्र तथा पुरस्कार बितरण गर्नु भएको थियो ।  पुरस्कार बितरण पश्चात कार्यक्रममा छोटो मन्तव्य राख्नु हुँदै माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले वीर अमर प्रहरी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । वँहाले ६४ औं प्रहरी दिवस सम्म आईपुग्दा नेपाल प्रहरी जनताको विश्वासिलो सहयोगी र साथी बनि सकेको बताउनु हुँदै यसलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउदै लैजानु पर्नेमा जोड दिनुभयो । वहाँले नयाँ नयाँ प्रबिधीसंगै अपराधका नयाँ नयाँ शैलीहरु बिकशित भईरहेको सन्दर्भमा नेपाल प्रहरी पनी प्रबिधी मैत्री हुनु पर्ने जोड दिंदै प्रदेश १ प्रहरीलाई थप प्रबिधी मैत्री बनाउन प्रदेश सरकार लागि परिरहेको बताउनु भयो ।
प्रहरी दिवशकै अवसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती ज्ञानु ज्ञवालीले अमर प्रहरी परिवारजनहरुलाई दोशल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रमुख अतिथी लगायत उपस्थित सम्पूर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्नुहुँदै आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राण उत्सर्ग गर्ने बहादुर र कर्तव्यपरायण नेपाल प्रहरीका अमर तथा वीर सपूतहरुको सम्झना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । वँहाले कर्तव्य पालन जिम्मेवारी निर्वाहको शिलसिलामा घाइते भएका प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अग्रज तथा अमर प्रहरीको त्याग र बलिदानले दिएको जिम्मेवारीलाई पूरा गर्नु पर्ने दायित्व आजको दिनमा हाम्रो काँधमा रहेको बताउनु भयो । वहाँले नेपाल प्रहरी संगठनलाई समयानुकुल श्रोत साधन तथा सिप र ज्ञानले सक्षम बनाउदै लगिएकोले यस्ता कार्यमा समाजका सबै बर्गबाट संगठनले सहयोगको अपेक्षा राखेको बताउदै पछिल्लो समयमा प्रहरीले गर्दै आएका काम कारबाहीहरुको बारेमा प्रष्ट पार्नु भएको थियो । त्यसैगरी पूर्व प्रहरीहरुबाट भएको सहयोगको प्रशंसा गर्दै आगामी दिनहरुमा शान्ति सुरक्षा तथा सामाजिक बिकृति बिसंगतीलाई न्युनिकरण गर्न पुर्व प्रहरीहरुसंग सम्बन्ध थप प्रगाढ बनाउँदै लैजाने पनि बताउनु भयो ।  
कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय समाजसेवी, उद्योगी ब्यापारीहरु, अमर प्रहरी परिवारजनहरु, पूर्व प्रहरीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, पत्रकारहरु, मानवअधिकारकर्मी लगायत विभिन्न कार्यालयका प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
खोलाले बगाएर बेपत्ता भएका १ जना मृत फेला
संखुवासभा, असोज २३ गते ।
 
संखुवासभाको सिसुवाखोलाले बगाएर बेपत्ता भएका सिलिचोङ गाउँपालिका-१ चिवाका ३० बर्षीय कवित राई मृत अवस्थामा फेला परेका छन् । २० गते बिहान १० बजे  सिलिचोङ गाउँपालिका-२ पोखुमटारबाट आफ्नो घर तर्फ फर्कदै गरेका राईलाई पोखुम्टार र चिवाको बिचमा पर्ने सिसुवाखोलाले बगाउँदा बेपत्ता भएका थिए । बेपत्ता राईको खोजतलासमा खटिएको प्रहरी चौकी सिसुवाटारको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले आज बिहान ११ बजे दुम्बा स्थित संखुवाखोलाको चेपमा राईलाई मृत अवस्थामा फेला परेका थिए । मृत लाशको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल खाँदवारी पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
सवारी दुर्घटना १३ जना घाईते
झापा, असोज २३ गते ।
 
झापाको बुद्धशान्ति गाउँपालिका-७ सुनमाई डाँडामा भएको भ्यान दुर्घटनामा परी १३ जना घाईते भएका छन् । आज दिउँसो १ बजेको समयमा ईलामबाट झापा तर्फ आउँदै गरेको मे १ ज २९८२ नम्बरको भ्यान आफै अनियन्त्रीत भई दुर्घटना हुँदा भ्यानमा सवार १३ जना घाईते भएका हुन् । घाईतेहरु मध्ये ३ जनाको बिएण्डसी अस्पताल विर्तामोड र अन्य १० जनाको मनकामना अस्पताल चारआली झापामा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ ।
लडेर २ जनाको मृत्यु
बिराटनगर, असोज २३ गते ।
 
ईलाम र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा लडेर २ जनाको मृत्यु भएको छ । ईलामको फाकफोकथुम गाउँपालिका-६ सिमसारा बस्ने ४४ बर्षीय सरिता राईको बारीको कान्लाबाट लडेर मृत्यु भएको हो । बुधवार राती ८ बजेको समयमा घर नजिकै बारीको कान्लाबाट लडेर मृत्यु भएको भन्ने खबर प्राप्त भए ईलाका प्रहरी कार्यालय मंगलवारेबाट खटिएको प्रहरी टोलिले राईलाई मृत अवस्थामा फेला पारेको थियो । मृतक राईको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल ईलाम पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी सुनसरीको ईटहरी उप-महानगरपालिका-९ का ४५ बर्षीय कृष्ण कुमार चौधरीको आफ्नै घरको छतबाट लडेर मृत्यु भएको छ । आज बिहान पौने ६ बजेको समयमा आफ्नै ३ तले घरको छतबाट लडेका चौधरीको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । उक्त स्थानमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
पानीमा डुबेर २ बालिकाको मृत्यु
बिराटनगर, असोज २३ गते ।
 
झापा र ईलामको २ छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर २ बालिकाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका-१ बस्ने नरनाथ राईको ४ बर्षीया छोरी खानुमा राई बुधवार दिउँसो पौने १ बजे घर नजिकै रहेको पोखरीमा डुबी रहेको अवस्थामा फेला पारी तत्काल उद्धार गरी उपचारको लागि लाईफ लाईन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा सवा १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । यसैगरी ईलामको माई नगरपालिका-५ रमिते बस्ने जिवन मगरको १८ महिने छोरी जमुना मगरको बाल्टिनमा राखेको पानीमा डुबेर मृत्यु भएको छ । बुधवार बिहान १० बजेको समयमा आफ्नै घरमा बाल्टिनमा राखेको पानीमा डुबेर घाईते भएकी वालिकालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
भिरबाट लडेर १ जनाको मृत्यु
सोलुखुम्बु, असोज २३ गते ।
 
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-१ का ५२ बर्षीय बुद्धि बहादुर तामाङको भिरबाट लडेर मृत्यु भएको छ । बुधवार साँझ ६ बजेको समयमा घर नजिकै रहेको भिरबाट लडेर तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल फाप्लु पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
जबरजस्ती करणीको आरोपमा १ जना पक्राउ
ताप्लेजुङ, असोज २३ गते ।
 
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका-६ थुम्वेदिनका १९ बर्षीय निरज खड्का जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । खड्काले १६ बर्षीया एक बालिकालाई २१ गते साँझ जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा २२ गते बिहान पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ । पक्राउ परेका खड्काको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
टेम्पु टुर्घटनामा १ जनाको मृत्यु ४ घाईते
भोजपुर, असोज-२२ गते ।

भोजपुरको हतुवागढी गाँउपालिका- ५ होम्ताङ स्थित भित्री सडक खण्डमा टेम्पु टुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । आज दिउँसो १ बजेको समयमा घोरेटार वाट होम्ताङ तर्फ जाँदै गरेको को २ ह ७६८६ नम्बरको टेम्पु आफै अनियन्त्रित भई सडक देखि अंदाजी ६० मिटर तल खसेको थियो । घटना बारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय घोरेटारबाट प्रहरीको टोली खटि दुर्घटनामा परेर घाईते हुने भोजपुरको हतुवागढी गाँउपालिका- ४ खैराङ वस्ने मिलन राईको ८ वर्षिय छोरी गुराँस राई निजकै ४ बर्षिय छोरी रितु राई, डम्वर वहादुर राईको २१ वर्षिय छोरी रिका राई,सोही गाउँपालिका-१ सल्ले वस्ने धन वहादुर राईको १२ वर्षिय छोरा अनिम राई र टेम्पो चालक सोहि गाउँपालिका- ४ खैराङ वस्ने व्रिजमान राईको छोरा वर्ष २४ को विजय राई घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा लगेकोमा उपचारको क्रममा गुराँस राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
छुरा प्रहारबाट १ जनाको मृत्यु
पाँचथर, असोज-२२ गते ।
 
पाँचथरको याङवरक गाउँपालिका.-६ खाल्लेमा छुरा प्रहारबाट १ जनाको मृत्यु भएको छ। आज बिहान १० बजेको समयमा बर्ष ४० को अर्जुन माबो र सोही स्थान बस्ने वर्ष १९ को आईतराज योङहाङ बिच मादक पदार्थ सेवन गरी बादबिबाद हुदा अर्जुन माबोलाई आईतराज यिङहाङले पेटमा छुरा प्रहार गरेर हत्या गरी फरार भएका थिए । घटना बारे जानकारी पाउनासाथ प्रहरी चौकी नागीथर्पु खटिएको प्रहरीको टोलीले फरार रहेका आईतराजलाई याङवरक गाउँपालिका-६ धमिले भन्ने स्थानबाट प्रक्राउ गरेको थियो । घटनास्थलमा कानूनी प्रकृयाको लागी जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरीको टोली खटिएको उक्त कार्यालयले जनाएको छ ।
मृत अवस्थामा मानिस फेला
झापा,असोज-२२ गते ।
 
ईलाम माङसेबुङ गाँउपालिका-२ घर भई हाल झापा हल्दीबारी ईटाभट्टामा अस्थाई रुपमा बस्दै आएका ५० बर्षीय मारेम्लुङ राई मृत अवस्थामा फेला परेका छन । २२ गते राति के-कुन समयमा आफ्नै घर देखी २०० मिटर पूर्व रहेको  भुतेनि खोलाको छेउमा रहेको बाँसघारीमा राई मृत अवस्थामा फेला परेको भनि आफन्तले आज बिहान साढे ७ बजे प्रहरी चौकी गोलधापमा जानकारी गराएका थिए। घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय झापा समेतबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।
लडी मृत्यु
झापा, असोज-२२ गते।
 
झापा कमल गाँउपालिका-१ शुक्रबारे टोल बस्ने ५० बर्षीया चन्द्रमाया दर्जीको लडेर मृत्यु भएको छ । हिजो बेलुका दर्जी आफ्नै १ तल्ले घरको छतमा सुत्न गएकोमा राति के-कुन कारण एक्कासी भुँईमा झरी लडेर उनको मृत्यु भएको भनि सोही वडाका वडा-अध्यक्षले आज बिहान पउने ४ बजे प्रहरी चौकी तोपगाछीमा जानकारी गराएका थिए। घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय दमकबाट समेत प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।
बसको ठक्करबाट १ को मृत्यु
उदयपुर,असोज-२१ गते ।
 
उदयपुर त्रियुगा नगरपालिका-१० देउरी बस्ने २६ बर्षीय नारायण खड्काको सवारी साधनको ठक्करबाट मृत्यु भएको छ । आज बिहान ०६ बजे सोही स्थितमा ना४ख ४७८९ नम्बरको बसले ठक्कर दिई घाईते भएका खड्काको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा पउने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ठक्कर दिने बस नियन्त्रणमा लिईएको र चालक फरार रहेकोले खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।
भिरबाट बोलेरो झरी बेपत्ता भएका ६ जना मध्ये १ जना मृत अवस्थामा फेला
संखुवासभा, असोज २० गते ।
 
संखुवासभाको धर्मदेवी नगरपालिका-८ स्थित अक्कर भिरमा खाँदबारीबाट धरान तर्फ आउदै गरेको को १ ज ३७४९ नम्बरको बोलेरो गाडी सडकबाट तल झरी दुर्घटना भई बेपत्ता भएका ६ जना मध्ये १ जनालाई मृत अवस्थामा फेला परीएको छ । गत भाद्र ३१ गते राती पौने ११ बजेको समयमा बिरामी बोकेर उपचाराको लागी आउदै गर्दा भिरबाट खसेको बुलेरो अरूण नदिमा डुबेर ६ जना बेपत्ता भएका थिए । आज बिहान धनकुटाको महालक्ष्मी नगरपालिका-४ दमार स्थित अरुण नदिको किनारमा स्थानीय मानिसले महिलाको शव फेला पारेका थिए । घटनाबारे प्रहरीलाई जानकारी गराउनासाथ तत्काल प्रहरी चौकी चानुवा धनकुटाबाट प्रहरीको टोली खटि शवको हुलीया लिई आफन्तलाई जानकारी गराउनासाथ घटनास्थलमा आएका आफन्तले शवको पहिचान गरी उक्त मृत महिला खाँदबारी नगरपालिका-९ ढुङगेधारा बस्ने बर्ष २३ को सदिछा श्रेष्ठ भएको बताएपछी घट्नास्थल मुचुल्काको लागी जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरीको टोली खटि गएको उक्त कार्यालयले जनाएको छ ।
खोलामा डुबेर १ जनाको मृत्यु
संखुवासभा, असोज २० गते ।
 
संखुवासभाको चैनपुर नगरपालिका-१ की ५५ बर्षीया आश माया लिम्बुको खोलामा डुबेर मृत्यु भएको छ । आईतवार दिउँसो साँढे १ बजे लिम्बु स्थानीय पिलुवा खोलामा डुबेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी नुनढाकीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई मृत अबस्थामा फेला पारेको थियो । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय चैनपुरबाट थप प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल चैनपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
लागुऔषध सहित महिला पक्राउ
मोरङ, असोज २० गते ।
 
मोरङको बिराटनगर महानगरपालिका-१६ हुलास मेटल चोकबाट लागुऔषध सहित १ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आईतवार राती १० बजेको समयमा सिमावर्ती भारतीय बजार जोगवनीबाट पैदल आउँदै गरेकी धरान उपमहानगरपालिका-१७ की कबिता मगरातीलाई चेकजाँच गर्ने क्रममा मगरातीको साथबाट डाइजेल्याब १० एम्पुल , लुपिजेसिक १० एम्पुल , एभिल ८ एम्पुल  र फेनारगन ३ एम्पुल लागुऔषध बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेकी मगरातीलाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको छ ।
बाटो माथीबाट बलेरो खस्दा चालकको मृत्यु ९ जना घाईते
सोलुखुम्बु, असोज १९ गते ।
 
सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-११ बरडाडाँ स्थित भित्रि सडक खण्डमा बाटो माथीबाट बलेरो खस्दा चालकको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन । शनिबार राती सवा ११ बजेको समयमा सोलु सल्लेरी बाट नेचा तर्फ जाँदै गरेको बा १५ च ९४२० नम्बरको बलेरो अचानक अनियन्त्रीत भई बाटो माथि बाट तल खस्दा काठमाण्डौ बाट नेचा सल्यान आउदै गरेको ना १ ज ५३४२ नम्बरको सुमो माथि बलेरो खप्टन गई दुर्घटना भएको थियो । दुर्घटनामा परेर बलेरो चालक सोलुको नेचा सल्यान गाउँपालिका-२ बस्ने बर्ष अंदाजी २१ को लेख बहादुर खड्काको घटनास्थलमा नै मृत्यु भएको थियो भने सुमो चालक सोही गाउँपालिका-१ बस्ने बर्ष २६ को पासाङकाजि शेर्पा, बर्ष २७ को मोहन बस्नेत निजको श्रीमती बर्ष २८ की रिया बस्नेत, निजको छोरा बर्ष ७ को रियाज बस्नेत, बर्ष २४ की रुषा बस्नेत सोही गाउँपालिका-२ बस्ने बर्ष २५ की रमना राई, बर्ष २६ की गिता बस्नेत निजको छोरा बर्ष ७ को आयुस बस्नेत र जिल्ला रामेछाप रामेछाप नगरपालिका-६ बस्ने बर्ष २४ को गजेन्द्र लामा सामान्य घाईते भएका छन । सबै घाइते यात्रुहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भई रहेको छ भने बलेरो चालकका मृतक लेख बहादुर खड्काको कानूनी प्रकृया पुरा गरी शव लाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल फाप्लुमा लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सुमो गाढीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
उदयपुर, असोज १९ गते ।
 
उदयपुरको कटारी नगरपालिका -२ गरास स्थितमा सुमो गाढीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । शनिबार साँझ पौने ५ बजेको समयमा ओखलढुङगा बाट धरान तर्फ जादै गरेको को १ ज ३४०० नम्बरकोको सुमो गाढीले बिपरित दिशा बाट आईरहेको ज ५ प ७५५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाईकल चालक सिन्धुलीको दुधौली नगरपालिका-९ लदाहभिर बस्ने अंदाजि बर्ष ३४ को रूपेन कुमर गम्भिर घाईते भएका थिए । मिर्चैया अस्पतालमा सामान्य उपचार पश्चात उनलाई थप उपचारको लागी धरान तर्फ लैजाने क्रममा साँझ सवा ७ बजे बाटैमा मृत्यु भएको थियो । ठक्कर दिने बस, बस चालक लाई प्रहरी चौकी बेलसोतको नियन्त्रणमा लिएको छ ।
पिङ लगाउदा करेन्ट लागेर १ जनाको मृत्यु
झापा, असोज १९ गते ।
 
ईलामको नाम्सालिङ घर भई हाल झापाको बिर्तामोड नगरपालिका-२ स्थित निधि स्कुल नजिकै उमा गौतमको घरमा डेरा गरेर बस्ने वर्ष ५७ को रामलाल रिसालको पिङ लगाउदा करेन्ट लागेर मृत्यु भएको छ । शनिबार साँझ ५ बजेको समयमा पिङ थाप्नको लागी हरियो बाँस गाड्ने क्रममा हरियो बाँसले बिजुलीको तारमा छोई उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाईते भएका उनलाई उपचारको लागि विर्तासिटि अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
सेल्फी खिच्ने क्रममा तमोर नदिमा खसेर १ जना बेपत्ता
धनकुटा, असोज १८ गते ।
 
धनकुटाको धनकुटा नगरपालिका-९ मुलघाट स्थितमा रहेको तमोर होटल नजिक बाट सेल्फि खिच्ने क्रममा तमोर नदिमा खसेर १ जना बेपत्ता भएकी छिन् । आज दिउँसो सवा ३ बजेको समयमा धनकुटा नगरपालिका-७ धनकुटा बजार बस्ने अंदाजी २२/२३ बर्षिया सुजना कटवाल साथिहरु संग घुम्ने क्रममा उक्त घटना घटेको हो । घटनाबारे जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी मुलघाट बाट प्रहरीको टोली खटि खोजतलाश गरीरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु १ घाईते
झापा, असोज १८ गते ।
 
झापाको कमल गाउँपालिका-१ रतन चौन स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । शुक्रबार राती साढे ८ बजेको समयमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको बा २९ प ७२१५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घट्ना भएको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय गौरादह बाट प्रहरीको टोली खटी दुबैजना घाईतेहरु लाई उद्दार गरी उपचारको लागी लाईफ लाईन अस्पताल दमक लगेकोमा मोटरसाईकलमा पछाडी सवार गौरादह नगरपालिका-१ बस्ने बर्ष ५५ को बिष्णु बहादुर कटवालको बाटो मा नै मृत्यु भएको थियो भने मोटरसाईकल चालक काठमाण्डौको तानेश्वर नगरपालिका-६ बस्ने बर्ष २० को बिशाल थापाको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
करेन्ट लाग्दा श्रीमानको मृत्यु श्रीमती घाईते
झापा, असोज १८ गते ।
 
झापाको कमल गाउँपालिका-३ केर्खा चौकमा करेन्ट लाग्दा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाईते भएकी छिन् । शुक्रबार राती पौने ८ बजेको समयमा बर्ष ६१ का बिष्णु प्रसाद चौलागाई र निजको श्रीमती बर्ष ६१ की पम्फादेबी चौलागाईलाई आफ्नै नयाँ घरमा पानी लगाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका दुबैजनालाई उपचारको लागी लाईफ लाईन अस्पताल दमक लगिएकोमा श्रिमानको बाटैमा मृत्यु भएको थियो भने श्रीमतीको सोही अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर ल्याईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
माटोको ढिस्कोले पुरिएर १ जना घाईते
तेह्रथुम, असोज १७ गते ।
 
तेह्रथुमको छथर गाउँपालिका-५ की २६ बर्षीया सीता बि.क. माटोको ढिस्कोले पुरिएर घाईते भएकी छन् । बि.क. आज बिहान साँढे ८ बजेको समयमा घर नजिकै रातमाटे भन्ने स्थानमा गई घर पोत्नका लागि रातो माटो खन्ने क्रममा अचानक माथीबाट खसेको माटोको ढिस्कोले पुरिदा घाईते भएकी हुन् । घाईतेलाई अस्थायी प्रहरी चौकी ओख्रेबाट तत्काल खटिएको प्रहरी टोलीले स्थानीयवासी समेतको सहयोगमा उद्धार गरी उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र ओख्रे पठाएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
स्कुटर चोरी गर्ने १ जना पक्राउ
सुनसरी, असोज १७ गते ।
 
भोजपुरको ट्याम्केमैयुम गाउँपालिका-३ भोजपुर घर भई हाल धरान बस्दै आएका ३४ बर्षीय संजय राई स्कुटर चोरी गरेको आरोपमा पक्राउ परेका छन् । आज बिहान राती २ बजेको समयमा  धरान-११ का हिरा भण्डारीको घरमा पार्किङ गरी राखिएको को १८ प ३०४५ नम्बरको स्कुटर चोरी गरी बराहक्षेत्र नगरपालिका-१ को पाथीभरा वर्कसपमा बेच्न लगेको अबस्थामा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
करेन्ट लागेर १ जनाको मृत्यु १ घाईते
झापा, असोज १७ गते ।
 
झापाको कमल गाउँपालिका-३ केरखा बस्ने ६१ बर्षीय बिष्णु प्रसाद चौलागाईको करेन्ट लागेर मृत्यु भएको छ भने निजकै श्रीमती ६१ बर्षीय पम्फादेवी चौलागाई घाईते भएकी छन् । आज बिहान पौने ८ बजेको समयमा आफ्नै नयाँ घरमा पानी लगाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिष्णु प्रसादलाई उपचारको लागि दमकको लाईफ लाईन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो भने निजकै श्रीमती पम्फादेवीको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
मोटरसाईकल दुर्घटनामा १ को मृत्यु २ घाईते
झापा, असोज १७ गते ।
 
झापाको कन्काई नगरपालिका-१ जामुनखाडी चोकमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बिहिवार बेलुका साँढे ६ बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३४ प ७९०४ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट जाँदै गरेको को ३३ प १०५० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा ७९०४ नम्बरका मोटरसाईकल चालक धरान-१३ का १८ बर्षीय अजिव राई र पछाडी सवार रहेका २२ बर्षीय सबिन राई तथा १०५० नम्बरका मोटरसाईकल चालक बिराटनगर-७ का ४५ बर्षीय डम्बर बहादुर खड्का घाईते भएका थिए । घाईते ३ जनालाई नै उपचारको लागि बिर्तामोडको बि.एण्ड.सी. अस्पताल लैजाने क्रममा ७९०४ नम्बरका मोटरसाईकल चालक अजिव राईको बाटोमा नै मृत्यु भएको हो । घाईते २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ भने दुवै मोटरसाईकल चालक ईलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा रहेका छन् ।
करेन्ट लागेर १ जनाको मृत्यु
झापा, असोज १६ गते ।
 
झापाको बिर्तामोड नगरपालिका-१ मा रहेको स्टिल फ्याक्ट्रीका कामदारको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान पौने १२ बजेको समयमा फ्याक्ट्रीमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका भारत सिलगुडी स्थायी ठेगाना भएका ३२ बर्षीय काजी दासको झापाको बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
छुरा प्रहारबाट १ जना घाईते
मोरङ, असोज १६ गते ।
 
मोरङको विराटनगर महानगरपालिका-१० सोमबारे स्थितमा छुरा प्रहारबाट १ जना घाईते भएका छन् । आज दिउँसो १२ बजेको समयमा सोही स्थान बस्ने पुर्णिमा मण्डल र निजको छोरा बर्ष २० को मेघनाथ मण्डलले ३४ बर्षिय माया मण्डल संग सिटि सफारीको चार्जरको बिषयलाई लिएर बादबिबाद गर्दा मेघनाथ मण्डलले माया मण्डललाई सब्जी काटने छुरा प्रहार गरी घाईते बनाएका हुन । घाईते उनको कोशी अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने छुरा प्रहार गर्ने मेघनाथ मण्डललाई वडा प्रहरी कार्यालय विराटनगरले नियन्त्रणमा लिएको छ ।
पाँच लाख बराबरको लत्ता कपडा बरामद
झापा, असोज १६ गते ।
 
झापाको बिर्तामोड नगरपालिका-७ गरामनीबाट पाँच लाख बराबरको अबैध  लत्ता कपडा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भद्रपुरबाट बिर्तामोड तर्फ आउँदै गरेको मे १ ज १७४६ नम्बरको पिकअप भ्यानलाई रोकी चेकजाँच गर्ने क्रममा  उक्त भेन भित्र साडी, मर्फिनको कपडा तथा सुतीको दरी गरी अन्दाजी ५ लाख बराबरको कपडा बरामद गरेको हो । बरामद भएको कपडा तथा गाडी समेत आवश्यक अनुसन्धान तथा कारवाहीको लागि क्षेत्रिय राजश्व अनुसन्धान कार्यालय ईटहरी बुझाईने उक्त कार्यालयले जनाएको छ ।
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु
झापा, असोज १६ गते ।
 
झापाको दमक नगरपालिका-५ संगम टोलका ४० बर्षीय चिन्टु माझीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । मंगलवार राती १० बजे आफ्नै घर अगाडी नालीमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक चिप्लिएर पानीमा लडी करेन्ट लाग्दा घाईते भएका माझीको दमकको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उक्त स्थानमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
ट्याक्टरबाट लडेर १ जनाको मृत्यु
धनकुटा, असोज १६ गते ।
 
धनकुटाको चौबिसे गाउँपालिका-३ गढिगाउँका १७ बर्षीय लक्ष्मण तामाङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । मंगलवार राती ८ बजे गढिगाउँ स्थित भित्री सडक खण्डमा तमर नदीबाट बालुवा बोकी मुढेबाट तर्फ आउँदै गरेको को २ त २८३६ नम्बरको ट्याक्टरबाट लडेर घाईते भएका तामाङको धरान स्थित बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा  राती पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालक प्रहरी चौकी मुढेवासको नियन्त्रणमा  राखिएको छ ।
बस र ट्रक ठोक्किदा १४ जना घाईते
धनकुटा, असोज १५ गते ।
 
धनकुटा नगरपालिका-९ गुठिटारमा आज दिउँसो बस र ट्रक ठोक्किदा १४ जना घाईते भएका छन् । दिउँसो सवा १२ बजे धनकुटाबाट धरान तर्फ आउँदै गरेको ना ६ ख ४४८३ नम्बरको ट्रक र बिपरीत दिशाबाट जाँदै गरेको यात्रुबाहक बस एक आपसमा ठोक्किदा बसमा सवार १४ जना घाईते भएका हुन् । घाईते सबैजनाको तत्कालको अवस्था सामन्य रहेको र निजहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
पोखरीमा डुबेर १४ महिने नाबालकको मृत्यु
मोरङ, असोज १५ गते ।
 
मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवाका अशोक ऋषिदेवको १४ महिने छोरा सागर ऋषिदेव घर छेउमा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । मंगलवार अपरान्ह पौने ५ बजेको समयमा खेल्दै जाने क्रममा अचानक पोखरीमा डुबेका बालकलाई तत्काल उद्धार गरी उपचारको लागी कोशी अञ्चल अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
पालिले किचेर १ जनाको मृत्यु
पाचँथर, असोज १४ गते ।
 
पाँचथरको कुम्मायक गाउँपालिका-३ हाङथुवामा पालिले किचेर १ जनाको मृत्यु छ । सोमबार बिहान १० बजेको समयमा वर्ष ४६ का धन प्रसाद सम्वाहाम्फे आफ्नो घरको पालिमा बसिरहेको अवस्थामा पालि खसेर थिचिदा उनी गम्भिर घाईते भएका थिए । घाईते उनलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर ल्याईएकोमा उपचारको क्रममा आज बिहान साढे ९ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ ।
करेन्ट लागेर १ जना घाईते
मोरङ,असोज १४ गते ।
 
मोरङको कानेपोखरी गाउँपालिका-६ सुन्तली बस्ने २१ बर्षिय चन्द्र बहादुर दर्जी मोबायल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाईते भएका छन् । आज बिहान सवा ११ बजेको समयमा करेन्ट लागेर गम्भिर घाईते भएका उनलाई उपचारको लागी पथरी अस्पताल लगिएकोमा उपचार हुन नसकेपछी थप उपचारको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगीएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोटरसाईकलको ठक्करबाट बृद्दाको मृत्यु
सुनसरी, असोज १४ गते ।
 
सुनसरीको ईटहरी -१७ नमुनाटोल स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट ७५ बर्षिय एक बृद्दाको मृत्यु भएको छ । सोमबार दिउँसो २ बजेको समयमा पश्चिम बाट पूर्ब तर्फ जादै गरेको को ४ प ३५३१ नम्बरको मोटरसाईकलले सोही स्थान बस्ने ७५ बर्षिया पार्बती देबी चौधरीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएकी उनलाई स्थानिय मेडिकलमा उपचार गराए पश्चात घर लगिएकोमा आज बिहान ५ बजेको समयमा उनको मृत्यु भएको थियो । मोटरसाईकल र मोटरसाईकल चालक सुनसरीको बराह नगरपालिका-३ बस्ने रमेश राईलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।
रक्तदान कार्यक्रम सम्पन्न
बिराटनगर, असोज १४ गते ।
 
६४ औ प्रहरी दिवशको अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला रेडक्रस सोसाईटी मोरङको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङगणमा सम्पन्न भएको रक्तदान कार्यक्रममा १०८ प्रिन्ट रगत संकलन भएको छ । उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक पुरोषोत्तम कडेल, अन्य प्रहरी अधिकृत तथा जवानहरु र  प्रशिक्षार्थी प्रहरी जवानहरुले रक्तदान गर्नु भएको थियो ।
रुखबाट लडेर १ जनाको मृत्यु
ताप्लेजुङ, असोज १४ गते ।
 
ताप्लेजुङको मैवाखोला गाउँपालिका-३ गौतमडाँडा बस्ने ३० बर्षीय गोबिन्द लिम्बुको रुखबाट लडेर मृत्यु भएको छ । सोमवार राती साँढे १० बजे घर नजिकै रहेको उत्तिसको रुखमा अरिङगालको चाका निकाल्न भनी रुखमा चढेका लिम्बु रुखबाट एक्कासी लड्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
झापा, असोज १४ गते ।
 
झापाको कन्काई नगरपालिका-८ बिरिङपुलमा सोमवबार राती बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु  भएको छ । राती साँढे ९ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १० प २३७० नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ६६७ नम्बरको बसले ठक्कर दिंदा मोटरसाईकल चालक कन्काई नगरपालिका-५ का ४२ बर्षीय शुक्रराज लिम्बु घाईते भई उपचारको लागि झापाको बि.एण्ड.सि. अस्पताल बिर्तामोड पठाईएकोमा अस्पताल पुर्‍याउना साथ मृत्यु ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । बस, बस चालक र मोटरसाईकल ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेका छन् ।
कुटपिट गर्ने ४ जना पक्राउ
भोजपुर, असोज १३ गते ।
 
भोजपुरको षडानन्द नगरपालिका-१३ पाताल स्थितमा कुटपिटबाट २ जना घाईते भएका छन् भने कुटपिट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतबार साझँ ७ बजेको समयमा मलामीबाट फर्किने क्रममा सोही स्थान बस्ने वर्ष ४० को ईन्द्रध्वज तामाङ र वर्ष अंदाजी ३३।३४ को अम्मर बहादुर तामाङलाई सोही स्थान बस्ने वर्ष ३१ को रिकमान तामाङ, वर्ष ३६ को प्रेम मणी तामाङ , वर्ष ३५ को चन्द्र कुमार तामाङ र वर्ष २१ को सन्तबिर तामाङले पुरानो रिसिबीको कारण कुटपिट गरी घाईते बनाएका थिए । घाईते २ जनाको स्थानीय स्वास्थ्य चौकी बोया भोजपुरमा उपचार भईरहेको छ भने कुटपिट गर्ने चारै जनालाई प्रहरी चौकी बोयाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु
मोरङ, असोज १२ गते ।
 
मोरङको सुन्दरहरैचा नगरपालिका-६ स्थितमा आज दिउँसो पौने ३ बजे टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले स्थानीय मिलन थपलियाको ९ बर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई टिपर तथा चालकलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
हतियार र लागु औषध सहित २ जना पक्राउ
सुनसरी, असोज १२ गते ।
 
सुनसरीको बर्जु गाउँपालिका-३ अमडुवाबाट पेस्तोल र लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह (RIT) तथा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले आज बिहान ७ बजे मोरङको सुन्दरहरैचा नगरपालिका- ५ मगर टोल बस्ने बर्ष २७ को करण कुमार चौधरी र बर्ष २१ को प्रकाश चौधरीलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट MADE IN USA 7.63 लेखिएको पेस्तोल थान -१, सोही पेस्तोलको म्याग्जिन थान -२ गोली राउण्ड थान-३ थान, लागु औषध फेनारगन ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल, एभिल ३५ एम्पुल, डाईजेल्याव ३५ एम्पुल र LIFE LINE लेखिएको  5ml को सिरिन्ज थान-१ समेत बरामद गरेको छ । हतियार र लागुऔषध सहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सवारी चालकहरुसंग शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
बिराटनगर, असोज १२ गते ।
 
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “सडक सुरक्षा हाम्रो चाहान, सुरक्षित यात्राको सबैमा शुभकामना” भन्ने मुल नाराका साथ सवारी चालकहरुसंग शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा आज बिहान ८ बजे बिराटनगरको बसपार्कमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक ज्ञवालीले सवारी चालकहरुलाई शुभकामना दिनुहुँदै चाडपर्वमा यात्रुहरुको भिड बढ्ने हुँदा सबै चालकहरुलाई संयमित भई सवारी साधन चलाउन आग्रह गर्नु  भयो । यात्रुहरुलाई गन्तव्य सम्म पुर्‍याने जिम्मेवारी चालकको रहेको हुँदा सवारी साधन चलाउदा पुर्ण रुपमा ट्राफिक नियमको पालना गर्न समेत आग्रह गर्नु भयो । साथै उक्त कार्यक्रम सबै जिल्ला प्रहरी कार्यालयहरुले जिल्ला स्थितका बसपार्कहरुमा संचालन गरेका थिए ।
पानीको दहमा डुबेर १ जनाको मृत्यु
ईलाम, असोज १२ गते ।
 
ईलामको सुनमाई नगरपालिका-१२ मलिम बस्ने ५६ बर्षीय दिलमाया राईको पानीको दहमा डुबेर मृत्यु भएको छ । आज बिहान ८ बजे आफ्नै घर नजिकै रहेको पानीको दहमा डुबेर मृत अबस्थामा रहेको भन्ने स्थानीयवासीले जानकारी गराउना साथ ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।
पानीको नालीमा डुबेर १ जनाको मृत्यु
सुनसरी, असोज १२ गते ।
 
सुनसरीको रामधुनी नगरपालिका-५ भमरी चोकका ४७ बर्षीय गोपाल गौतमको नालीमा डुबेर मृत्यु भएको छ । आज बिहान ७ बजे नालीमा डुबेर मृत अवस्थामा रहेको भन्ने स्थानीयले जानकारी गराउना साथ घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ईनरुवा पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
लागुऔषध सहित २ जना पक्राउ
मोरङ, असोज १२ गते ।
 
मोरङको बिराटनगर-१३ झमेली चोकबाट लागुऔषध सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । CRV जतुवाबाट खटिएको प्रहरी टोलीले शनिवार राती ११ बजे उक्त चोकमा पैदल हिडिरहेका धरान उप-महानगरपालिका-८ का ४६ बर्षीय पुर्ण बहादुर तामाङ र धरान ११ का ४१ बर्षीय सुवास राईलाई चेकजाँच गर्दा उनीहरुको साथबाट डाइजोल्याप ११० एम्पुल, लुपिजेसिक ११० एम्पुल र एभिल ११० एम्पुल बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको छ ।
पोखरीमा डुबेर बालिकाको मृत्यु
सुनसरी, असोज ११ गते ।
 
सुनसरीको दुहबी नगरपालिका-९ छाताबेली घर भई हाल सोहि नगरपालिका-२ तुताहा स्थित शिवशंकर साहको घरमा डेरा गरी बस्ने बर्ष ३० को जाबिर हुसेनको साढे ३ बर्षकी छोरीको पोखरीमा डुबेर मृत्यु भएको छ । आज दिउँसो साढे २ बजेको समयमा सोही स्थानमा रहेको पोखरीको पानीमा डुबि रहेको अवस्थामा बालिकाका ९ बर्षिय दाजु मोहमद अमिरले देखे पश्चात उनलाई आफन्तले पानीबाट निकाली उपचारको लागि सामुदायिक अस्पताल दुहबीमा ल्याउदै गर्दा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
खोलाले बगाएर १ जनाको मृत्यु
खोटाङ, असोज ११ गते ।
 
खोटाङको बराहपोखरी गाउँपालिका-६ मौवाबोटे बस्ने अंदाजी बर्ष ५६ को दल बहादुर बि.क. को खोलाले बगाएर मृत्यु भएको छ । आज दिउँसो २ बजेको समयमा सोही स्थानमा रहेको दुक्चेङबा खोलाले बगाई रुखमा अड्की मृत्यु भएको अबस्थामा उनलाई स्थानीयले फेला परेका थिए । घटनाबारे जानकारी पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय चिसापानी बाट प्रहरीको टोली खटि गई कानूनी प्रकृया पुरा गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
मोटरसाईकल दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
ईलाम, असोज ११ गते ।
 
ईलामको ईलाम नगरपालिका-५ छाँगाखोला स्थितमा मोटरसाईकल दुर्घटनामा परेर १ जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ भने १ जना प्रहरी जवान घाईते भएका छन् । आज दिउँसो सवा २ बजेको समयमा ईलाम नगरपालिका-२ सुम्बेकमा झगडा भएको खबर प्राप्त भए पश्चात जिल्ला प्रहरी कार्यालय ईलाम दरबन्दी भई अस्थायी प्रहरी बिट बिप्लाटेमा कार्यरत सुनसरीको ईटहरी-१ घर भएका ४७ बर्षिय प्रहरी सहायक निरीक्षक रबि मगर र प्रहरी चौकी जितपुर दरबन्दि भई अस्थायी प्रहरी बिट बिप्लाटेमा कार्यरत सिराहा जिल्लाको पिडरवनी १ घर भएका प्रहरी जवान राम सेवक मोची को १ ब २२८८ नम्बरको मोटरसाईकल लिएर उक्त स्थान तर्फ खटीएर जाने क्रममा पानी बर्षाद तथा कच्ची चिप्लो बाटोको कारण अचानक मोटरसाईकल दुर्घटना भई बाटोबाट अंदाजी ५०/६० मिटर तल खोलामा खसेका थिए । घटनाबारे जानकारी पाउँनासाथ तत्काल उद्दारको लागी जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीको टोलीले उद्दार पश्चात उपचारको लागी जिल्ला अस्पताल ईलाम पुर्याउनासाथ डाक्टरले प्रहरी सहायक निरीक्षक रबि मगरलाई मृत घोषणा गरेका थिए । दुर्घटनामा परेर घाईते भएका प्रहरी जवान राम सेवक मोचीको हाल सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
स्कुटरको ठक्करबाट बालिका गम्भिर घाईते
मोरङ, असोज ११ गते ।
 
मोरङको पथरी शनिश्चरे नगरपालिका -९ स्थित भित्री सडक खण्डमा स्कुटरको ठक्करबाट बालिका गम्भिर घाईते भएकी छिन् । शुक्रबार साझँ साढे ५ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको को ३२ प ८६५१ नम्बरको स्कुटरको सोही स्थान बस्ने कल्पना लिम्बुको छोरी बर्ष ७ की इक्शा लिम्बुलाई ठक्कर दिएर गम्भिर घाईते बनाएको थियो । घाईते उनलाई  उपचारको लागी न्युरो अस्पताल विराटनगर ल्याईएको छ भने स्कुटर र स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका- ८ बस्ने बर्ष २५को याम कुमार लिम्बुलाई प्रहरी चौकी कुशेचौरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
मोरङ, असोज १० गते ।
 
मोरङको पथरी शनिश्चरे नगरपालिका-३ मा आज दिउँसो ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । दिउँसो सवा १२ बजे पथरी शनिश्चरे नगरपालिका-३ को भित्री सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त २८३२ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको को २६ प ४४६४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक रतुवामाई नगरपालिका-१० का ४६ बर्षीय बिमल न्यौपाने घाईते भई उपचारको लागि पथरी अस्पताल लगएकोमा उपचारको क्रममा पौने १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । ट्याक्टर, ट्याक्टर चालक र मोटरसाईकल ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।
आगलागीबाट १० लाख बराबरको क्षति
सुनसरी, असोज १० गते ।
 
सुनसरीको रामधुनी नगरपालिका-६ नुनिगाऊका मदन कुमार खड्काको घरमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आज बिहान सवा ११ बजेको समयमा अचानक बिद्युतको तार सर्ट भएर खड्काको घरमा आगलागी भई निजको टिनको छाना भएको १ तले कच्ची घर पुर्ण रुपमा जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो । आगलागीमा परी खड्काको २ वटा बाख्राको पाठा समेत जलेर मरेको तथा प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान पौने १२ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
खोलाले बगाएर १ जनाको मृत्यु
मोरङ, असोज १० गते ।
 
मोरङको लेटाङ नगरपालिका-२ हाटखोलाका ७५ बर्षीय खड्ग कुमार मगरको स्थानीय नक्सल खोलाले बगाएर मृत्यु भएको छ । आज बिहान ७ बजेको समयमा दिशा गर्न खोलामा गएका मगर खोलाले बगाएर मृत अबस्थामा फेला परेको भनी स्थानीयवासीले जानकारी गराए पछी ईलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
गाँजा सहित दुहवीबाट १ जना पक्राउ
सुनसरी, असोज १० गते ।
 
सुनसरीको दुहवी नगरपालिका-७ भलुवाबाट १  केजी गाँजा सहित स्थानीय ६५ बर्षीय हकिम पासवानलाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा बिहिवार राती ८ बजे ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले पासवानको घर खान तलासी गर्ने क्रममा घरमा लुकाई छिपाई राखेको अवस्थामा १ केजी गाँजा बरामद गरेको हो । गाँजा सहित पक्राउ परेका पासवानको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
पटकाजन्य बिष्फोटक पदार्थ बरामद
झापा, असोज ०९ गते ।
 
झापाको मेचीनगर नगरपालिका-६ तुर्केनीबाट अन्दाजी १ लाख बराबरको पटकाजन्य बिष्फोटक पदार्थ बरामद भएको छ । आज बिहान ७ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याएको ४ कार्टुन बिभिन्न किसिमका पटकाहरु बरामद गरेको हो । यसैगरी कन्काई नगरपालिका-५ सुरुङगाबाट अन्दाजी ७० हजार रुपैया बराबरको २९ बण्डल पटका बरामद भएको  छ । बिहान १० बजे बिर्तामोडबाट सुरुङगा तर्फ आउँदै गरेको मे १ ख १७१२ नम्बरको बस चेकजाँच गर्ने क्रममा उक्त बसमा लुकाई छिपाई ल्याउँदै गरेको पटका बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
चोरी गरी फरार रहेका १ जना पक्राउ
उदयपुर, असोज ०९ गते ।
 
तेह्रथुको आठराई गाउँपालिका-३ छातेढुङगाका २७ बर्षीय प्रकाश श्रेष्ठ भनेर चिनिने चन्द्र प्रकाश मैनाली चोरी गरेको आरोपमा पक्राउ परेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका-७ खड्ग बहादुर सेन्चुरीको घरमा काम गर्न भनी बसेका निजले श्रावण ८ गते साँझ सेन्चुरीको घर भित्र दराजमा राखिएको ५ लाख ५० हजार रुपैयाँ चोरी गरी फरार भएका थिए । नगद चोरी गरी फरार रहेका मैनालीको खोजतलास गर्ने क्रममा असोज ६ गते पाँचथरको फिदिम बजारमा लुकिछीपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो । पक्राउ परेका मैनालीको साथबाट प्रहरीले ७० हजार नगद, चाँदिको ब्रासलेट तथा सिक्री र १ थान मोवायल बरामद गरेको छ । पक्राउ परेका मैनालीको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
अरिङगालले टोकेर १ जनाको मृत्यु
उदयपुर, असोज ०९ गते ।
 
उदयपुरको कटारी नगरपालिका-९ लिम्पाटारका ३२ बर्षीय दल बहादुर परियारको अरिङगालले टोकेर मृत्यु भएको छ । बुधवार दिउँसो १ बजेको समयमा आफ्नै घर नजिक रहेको चिलाउनेको रुखमा रहेको अरिङगालको गोलोमा आगो लगाउने क्रममा अरिङगालले टोकेर घाईते भएका परियारलाई उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
१९ हजार बोट गाँजा फडानी
धनकुटा, असोज ०९ गते ।
 
धनकुटाको शहिदभुमी गाउँपालिका-१ र साँगुरीगढी गाउँपालिका-९ मा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा उम्रिएका करिव १९ हजार भन्दा बढी गाँजाका बोटहरु प्रहरीले नष्ट गरेको छ । बुधवार दिउँसो जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका-१ देउराली र घंगरुवा भन्ने स्थानमा  उम्रिएका ६ हजार २० बोट गाजा फडानी गरी नष्ट गरेको हो । यसैगरी बुधवार नै जिल्ला प्रहरी कार्यालय धनकुटा  र ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका-९ आहालेमा १३ हजार ९ सय १० बोट गाँजा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
लागु औषध सहित १ जना पक्राउ
उदयपुर, असोज ०९ गते ।
 
उदयपुरको त्रियुगा नगरपालिका-६ जलजले चोकबाट लागु औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार राती साँढे ७ बजेको समयमा ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले लाहानबाट गाईघाट तर्फ जाँदै गरेको ना १ ज ८५०९ नम्बरको गाडीमा सवार रहेका त्रियुगा नगरपालिका-६ का २० बर्षीय अमोद महतोको साथबाट डाईजेल्याव-११ एम्पुल, लुपिजेसीक-१२ एम्पुल र फेनारागन-१५ एम्पुल बरामद गरेको थियो । लागुऔषध सहित पक्राउ परेका महतोको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
करेन्ट लागेर बिधुत कार्यालयका १ जना कर्मचारीको मृत्यु
धनकुटा, असोज-०८ गते ।
 
धनकुटाको सागुरीगढी गाउँपालिका-९ बेदुवाडाडा स्थितमा रहेको बिजुलिको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर बिधुत कार्यालयका १ जना कर्मचारीको मृत्यु भएको छ । आज दिउँसो १ बजेको समयमा धनकुटा नगरपालिका-८ घर भई बिधुत कार्यालय धनकुटामा कार्यरत रहेका ५६ बर्षिय बल बहादुर भण्डारीलाई बिजुलिको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो । उनलाई उपचारको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा ल्याईएकोमा उपचारको क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
 
खोलाले बगाई बेपत्ता मानिस मृत अवस्थामा फेला ।
झापा,असोज-०८ गते ।
झापा मेचिनगर-१४ धाईजन बस्ने ४० बर्षीय कृष्ण बहादुर सार्कीलाई खोलाले बगाएर बेपत्ता भएकोमा खोजतलासको क्रममा उनको शव फेला परेको छ । आज बिहान पउने १२ बजे सोही स्थानमा रहेको हडिया खोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका सार्कीलाई स्थानीय मानिसहरु समेतको सहयोगमा खोजतलास गर्दा दिउँसो पउने २ बजे दुवागढी स्थित सोहि खोलाको किनारामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खोलाले बगाई १ जना बेपत्ता
झापा,असोज-०८ गते ।

झापा मेचिनगर-१४ धाईजन बस्ने ४० बर्षीय कृष्ण बहादुर सार्कीलाई खोलाले बगाउदा उनी बेपत्ता भएका छन । आज बिहान पउने १२ बजे सोही स्थानमा रहेको हडिया खोलामा नुहाउने क्रममा सार्कीलाई खोलाले बगाउदा उनी बेपत्ता भएको भनि स्थानीयले प्रहरी चौकी चारआलीमा खबर गरेका थिए । उनको स्थानीय मानिसहरु समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
 
बस र पिकअप गाडी एक-आपसमा ठोकिदा १३ जना घाईते ।
मोरङ,असोज-०८ गते ।
 
मोरङ पथरी शनिश्चरे नगरपालिका-२ स्थित राजमार्गमा बस र पिकअप गाडी एक आपसमा ठक्कर खाई दुर्घटना हुदा १३ जना घाईते भएका छन । आज बिहान पउने १० बजे पश्चिमबाट पूर्व तर्फ जादै गरेको को १ ख ४२७८ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको को १ च ७९०५ नम्बरको पिकअप गाडी ठक्कर खाई दुर्घटना हुदा बसमा सवार ११ जना र पिकअपमा रहेका २ जना घाईते भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । साथै सोही स्थानमा को१६ प ६१४५ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुदा स्कुटी चालक बेलबारी-२ बस्ने करण धिमाल समेत घाईते भएका छन । घाईते मध्ये पिकअप चालक झापा बुद्धशान्ति-५ बस्ने केवल कुमालको लाईफ-लाईन अस्पताल दमक,सह-चालक झापा तोपगाछि-७ बस्ने मनिष दर्जीको बिराट नर्सिङहोम बिराटनगर र बसमा सवार ११ जनाको पथरी अस्पताल पथरीमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।
मोटरसाईकलको ठक्करबाट पैदलयात्री घाईते
झापा, असोज ०८ गते । झापाको कमल गाउँपालिका-७ सशस्त्र वेश क्याम्प अगाडी राजमार्गमा मोटरसाईकलको ठक्करबाट १ जना पैदलयात्री घाईते भएका छन । मंगलबार साँझ सवा ५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको को ३९ प २४३ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेका पैदलयात्री सोही स्थान बस्ने बर्ष अंदाजी ६०/६२ का दल बहादुर माझीलाई ठक्कर दिएर गम्भिर घाईते बनाएको थियो । घाईते उनको दमक स्थित लाईफ लाईन अस्पतालमा सामान्य उपचार पश्चात विराटनगरको न्युरो अस्पतालमा उपचार भईरहेको छ भने मोटरसाईकल र मोटरसाईकल चालकलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।
रड काट्ने मेसिनले काट्दा कामदार घाईते
तेह्रथुम, असोज ०८ गते । तेह्रथुमको मेन्छेयायम गाऊँपालिका-६ स्थितमा निर्माणाधिन जलबिद्युत आयोजनामा काम गर्ने क्रममा रड काट्ने मेसिनले काट्दा १ जना कामदार घाईते भएका छन् । रुपन्देही जिल्लाको दिलोदना नगरपालिका-६ बस्ने बर्ष २० को अशोक कुमाल आफैले रड काट्ने मेसिन चलाउदा अचानक ब्लेड भाच्चिएर ब्लेडले निजको तिघ्रा र लिङ्गमा कटिएर गहिरो चोट लागेको थियो । घाईते उनको जिल्ला अस्पताल म्याङलुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
जेसिबीले किचेर १ जनाको मृत्यु
सोलुखुम्बु, असोज ०७ गते । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-९ धारापानी बस्ने बर्ष ४८ को दावा तामाङको जेसिबीले किचेर मृत्यु भएको छ । आज बिहान ११ बजेको समयमा सोही नगरपालिकाको गोराखानी स्थितमा बाटो खन्नको लागी दुधकुण्ड नगरपालिकाको जेसिबी लैजाँदै गर्दा उक्त जेसिबीमा पछाडि बाट चढ्ने क्रममा अचानक लडी सोही जेसिबीले किचेर उनको मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरीको टोली खटि जेसिबी चालकलाई नियन्त्रणमा लिएको छ भने आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया गरिरहेको उक्त कार्यालयले जनाएको छ ।
पहिरोले घर पुरिदा क्षतिसंखुवासभा, असोज ०६ गते । संखुवासभाको चैनपुर नगरपालिका-७ भण्डारी मोडमा पहिरोको कारण १ घरमा क्षति पुगेको छ । आज बिहानको राती देखि परेको अबिरल बर्षासंगै घर  माथी देखि झरेको पहिरोले भण्डारी मोडका भगवती भण्डारीको ईट्टा र माटोको  गाह्रो तथा टिनको छाना भएको २ तले कच्ची घर पुरिदा घर भित्र भएको सम्पुर्ण सामान नष्ट भई करिव १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चैनपुरले जनाएको छ । उक्त पहिरोबाट मानवीय तथा चौयापा क्षति नभएको तथा  ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई पहिरो हटाउने कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउसुनसरी, असोज ०६ गते । सुनसरीको ईटहरी उप-महानगरपालिका-१२ बाट १ ग्राम १८० मिलिग्राम लागु औषध खैरो हेरोईन सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा बसोवास गर्ने मोरङको सुन्दरहरैचा नगरपालिका-६ का ४९ बर्षीय तिर्थ बहादुर तामाङ, केरावारी गाउँपालिका-७ का २९ बर्षीय लाल बहादुर कार्की र ३९ बर्षीय विर बहादुर ठाडा मगरलाई नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लागु औषध सहित १ जना पक्राउझापा, असोज ०६ गते । झापाको मेचीनगर नगरपालिका-६ बाट १४ बोतल स्कप नामक लागुऔषध सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेचीनगर ६ मा रहेको शर्मा होटल एण्ड लजको कोठा नम्बर ७ मा लागु औषध सहित मानिस रहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-७ का २६ बर्षीय चिरञ्जीवी तिम्सिनालाई १४ बोतल स्कप नामक लागुऔषध सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका तिम्सिनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
 २ जना प्रहरी जवान घोषित भए भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरीबिराटनगर, असोज ०६ गते। १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर क्षेत्रिय अनुसन्धान समूहमा कार्यरत प्रहरी जवान मुकेश फुयाल र जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान भिम अधिकारी भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)  घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही ध्वंसात्मक एवं अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिलाई प्रभावकारी रुपमा परिचालित भई उच्च मनोवल र साहसका साथ कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय  कार्य गरेकोले १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर क्षेत्रिय अनुसन्धान समूहमा कार्यरत प्रहरी जवान मुकेश फुयाल र जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान भिम अधिकारी द्वयलाई निजहरुले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल भाद्र “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ । 
दाजुलाई धारिलो हतियार प्रहार गरी भाईले गरे झुण्डिएर आत्महत्या
ईलाम, असोज ०५ गते । ईलामको सन्दकपुर गाउँपालिका-१ झ्याउपोखरीका ४२ बर्षीय बुद्धविर राईले आफ्नै दाजु ६४ बर्षीय बिष्णु राईलाई धारिलो हतियार खुकुरीले प्रहार गरी घाईते बनाई आफु झुण्डिएर आत्महत्या गरेका छन् । आज बिहान साँढे १० बजेको समयमा आफ्नै बारीमा घाँस काटिरहेका दाजु बिष्णुलाई एक्कासी कन्चटमा खुकुरी प्रहार गरी उनी फरार भएका थिए । घटनाबारे जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी बन्दुके बाट प्रहरीको टोली खटि घाईते लाई उद्दार गरी उपचारको लागी झापा तर्फ पठएको थियो भने खुकुरी प्रहार गरेर फरार रहेका बुद्धविर राईलाई खोजतलाश गर्दै जाने क्रममा घटनास्थल नजिकै रहेको गोगुनको रुखमा झुण्डि मृत्यु भएको अवस्थामा फेला पारेको थियो । घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय ईलामको प्रहरी टोलीले थप अनुसन्धान लगायत कानूनी प्रकृया गरीरहेको उक्त कार्यालयले जनाएको छ ।
सवारी दुर्घटनाबाट स्कुटी चालकको मृत्यु ।
सुनसरी,असोज-०५ गते । सुनसरीको धरान उपमहानगरपालिका-१३ बस्ने स्कुटी चालक २७ बर्षीय सबिन राईको दुर्घटनाबाट मृत्यु भएको छ । हिजो साँझ सवा ४ बजे धरान जिरोप्वाईन्ट कोशी राजमार्गबाट भेडेटार तर्फ जादै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको को ३१ प ३०३४ नम्बरको स्कुटीलाई ठक्कर दिई दुर्घटना हुदा स्कुटी चालक राई घाईते भई उपचारको लागी लादै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । स्कुटी ,ट्रक र ट्रक चालक ईटहरी-६ बस्ने ५४ बर्षीय भिम थापालाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।
बन्चरो प्रहारबाट २ जना घाईते
ओखलढुङ्गा, असोज ०५ गते । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका -१ मोली फस्कु बस्ने बर्ष ५५ को हर्कजित राईले घरायसी विवादको कारण धारिलो हतियार बन्चरो प्रहार गर्दा २ जना घाईते भएका छन् । उनले शनिबार राती ११ बजेको समयमा सोही स्थान बस्ने बर्ष ७२ को बिश्र बहादुर राई र निजकै श्रीमती बर्ष ६५ की रत्नमाया राईलाई बन्चरोले शरिरको बिभिन्न भागमा प्रहार गरी गम्भिर घाईते बनाएका हुन् । घटनाबारे जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी निसंखेबाट प्रहरीको टोली खटि घाईतेलाई उपचारको लागी मिसन अस्पताल ओखलढुङ्गा पठाएको थियो भने घटनामा संलग्न हर्कजित राईलाई बन्चरो सहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा ल्याएको उक्त कार्यालयले जनाएको छ ।
खोलाले बगाई बेपत्ता भएकी महिला मृत अवस्थामा फेला
ताप्लेजुङ, असोज ०५ गते । ताप्लेजुङको मिक्वाखोला गाँउपालिका-१ बेसि गाँउ बस्ने ५५ बर्षीया सन्जमाया तामाङ खोलाले बगाई बेपत्ता भएकोमा सोही दिन साझँ ५ बजेको समयमा मृत अवस्थामा फेला परेकी छिन । शनिबार बिहान पउने १२ बजे  सन्जमाया ताप्लेजुङकै दोभान मेरिङदेन गाँउपालिका-३ स्थितमा रहेको मैवाखोला नजिक हिड्दै गर्दा ढुङ्गाबाट चिप्लिएर लड्दा सोही खोलाले बगाएर उनि बेपत्ता भएकी थिईन । उनलाई ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा फुङलिङ नगरपालिका-३ र तेह्रथुमको आठराई त्रिवेणी गाउँपालिका-३ तमर नदिको बिचमा ढुङ्गामा अड्कीएर मृत्यु भएको अबस्थामा सन्जमाया तामाङलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
खोलामा डुबी महिला बेपत्ताताप्लेजुङ असोज ०४ गते । ताप्लेजुङ मिक्वाखोला गाँउपालिका-१ बेसि गाँउ बस्ने ५५ बर्षीया सन्जमाया तामाङलाई खोलाले बगाउदा उनी बेपत्ता भएकी छिन । आज बिहान पउने १२ बजे  सन्जमाया ताप्लेजुङकै दोभान मेरिङदेन गाँउपालिका-३ स्थितमा रहेको मैवाखोला नजिक हिड्दै गर्दा ढुङ्गाबाट चिप्लिएर लड्दा सोही खोलाले बगाएर उनि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उनको ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ।
खाल्डोको पानीमा डुबेर २ जना बालकको मृत्यु
झापा, असोज ०४ गते । झापाको कमल गाउँपालिका-४ भुत्लुङखोलाको निर्माणधीन कल्भर्टको लागी खनेको खाल्डोको जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ । भोजपुर गुँरासे घर भई हाल सोही स्थानमा हजुरबुबा ज्ञानेन्द्र कुमार तामाङको घरमा बस्दै आएका बर्ष १४ का सुन्दर तामाङ र सोही स्थान बस्ने देवेन्द्र बुढाथोकीको छोरा बर्ष ११ को क्रेडिड बुढाथोकी शुक्रबार दिउसो घरमा कोही कसैलाई जानकारी नगराई पौडी खेल्न गएको र साझँ सम्म पनी घर नआएपछी खोजतलाश गर्ने क्रममा पानीमा डुबिरहेको अवस्थामा स्थानीयले देखेपछी पानीबाट निकाली खाल्डोको डिलमा राखेर प्रहरी लाई खबर गरेका थिए । घटनाबरे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटि आवश्यक अनुसन्धान तथा कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालले जनाएको छ ।
खोलामा डुबेर १ जनाको मृत्यु
मोरङ,असोज ०३ गते । मोरङको कटहरी गाउँपालिका-४ स्थित जुडी खोलाको पानीमा डुबेर १ जनाको मृत्यु भएको छ । बिहिबार दिउँसो बिश्वकर्माको मुर्ती सेलाउन गएका सोही स्थान बस्ने बर्ष ४० को गोग नारायण उराव आफन्तको सम्पर्कमा नआएपछि र आफन्तले खोजी गर्दै जाने क्रममा आज बिहान ८ बजेको समयमा खोलाको पानीमा डुबी मृत अबस्थामा उनी फेला परेका थिए । घटनाबारे जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय मोरङ बाट प्रहरीको टोली खटि आवश्यक कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ ।
रुवा पेल्ने मेशिन पड्कदा १ जनाको मृत्युताप्लेजुङ, असोज ०३ गते । पुराना कपडा पेलेर रुवा बनाउदै हिड्ने भारत बिहारका ३० बर्षीय युनुष मियाको रुवा पेल्ने मेशीन पड्केर मृत्यु भएको छ । बिहिवार बेलुका ६ बजेको समयमा कपडा पेलेर रुवा बनाउन ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका-१ मा पुगेका मिया सोही स्थानमा रुवा बनाउने क्रममा अचानक मेशिन पड्केर छर्राले लाग्दा निजको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
अबैध समान बरामदझापा, असोज ०३ गते । झापाको मेची नगर नगरपालिका-६ बाट १ लाख ३५ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको करिव ६० हजार रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको छ । यसैगरी नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको ७५ हजार बराबरको चुरोट बरामद गरेको हो । बरामद भएको सामानहरु आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय बुझाईने उक्त कार्यालयले जनाएको छ ।
ठुलो परिणामको पटका सहित मानिस पक्राउसुनसरी, असोज ०२ गते । सुनसरीको ईटहरी उप-महानगरपालिका-५ खाद्य गोदाम छेउबाट ठुलो परिणामको पटका सहित कोशी गाउँपालिका-६ का ३३ बर्षीय अर्जुन शाह र २२ बर्षीय राम देव यादवलाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ३९ बण्डल खोर्सानी आकारको पटका सहित २ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
लागुऔषध सहित १ जना पक्राउझापा, असोज ०२ गते । झापाको कमल गाउँपालिका-४ का ३८ बर्षीय प्रेम गुरुङ लागु औषध सहित पक्राउ परेका छन् । बुधवार दिउँसो साँढे २ बजे प्रहरी चौकी केरखाबाट खटिएको प्रहरी टोलीले ६२ एम्पुल डाईजेपाम, ६२ एम्पुल फेनेरागन र ६२ एम्पुल लुपिजेसिक सहित गुरुङलाई  पक्राउ गरेको हो । लागु औषध  सहित पक्राउ परेका गुरुङलाई कानूनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय दमक पठाईएको उक्त कार्यालयले जनाएको छ ।
भिरबाट लडेर १ जनाको मृत्युपाँचथर, असोज ०२ गते । पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ केरावारीका ७६ बर्षीय बृद्ध भीम नेम्वाङको भिरबाट लडेर मृत्यु भएको छ । बुधवार बिहान ११  बजेको समयमा गाउँ डुल्न जान्छु भनि हिडेका नेम्वाङ बेलुका सम्म पनि घर फर्केर नआएपछी खोजतलास गर्ने क्रममा घर नजिकै रहेको छाङगे भिर भन्दा मुनी  २०० मिटर तल झाडीमा मृत अवस्थामा फेला परेका थिए । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
अबिरल बर्षासंगै आएको बाढीका कारण १ जनाको मृत्यु, १२ घर डुवानमाबिराटनगर, असोज ०१ गते ।  २ दिन देखीको अबिरल बर्षा संगै आएको बाढी तथा पहिरोमा परी १ नम्बर प्रदेशका बिभिन्न स्थानमा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका यसैगरी बाढीका कारण १२ घर डुवानमा परेका छन् ।

संखुवासभाः- संखुवासभाको मकालु गाउँपालिका-६ बस्ने बर्ष २६ की शुकमाया राईको खोलाले बगाएर मृत्यु भएको छ । गत सोमबार अपरान्ह ४ बजेको समयमा शुकमाया राई सहित अन्य ४ जना आफन्तको घर गएर फर्कने क्रममा सिलिचोङ गाउँपालिका-५ र मकालु गाउँपालिका-६ को बिचमा पर्ने पोखुवा खोला तर्ने क्रममा अचानक पानीको भेल आई शुकमायालाई खोलाले बगाएको थियो । घटनाबारे आफन्तले ईलाका प्रहरी कार्यालय याफुमा जानकारी गराउनासाथ प्रहरीको टोलि खटि गई खोजतलाश गर्दा  मकालु गाउँपालिका ६ स्थित पोखुवा दोभानमा शुकमायाको लाश फेला परेको थियो । यसैगरी अबिरल बर्षाका कारण संखुवासभाको सिलिचोङ गाउँपालिका-३ का अर्जुन राईको घर भत्कदा बिस्थापित भएका छन् । बर्षाका कारण घर भत्किएर पुर्ण रुपमा क्षति हुँदा बिस्थापित भई आफ्नै गोठघरमा बसेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

उदयपुरः- अविरल बर्षा संगै आएको बाढी गाउँ पस्दा उदयपुरको बेलका नगरपालिका-३ निशानटोल सातपत्रेका १२ घर डुवानमा परेका छन् । स्थानीय गिदेरी खोलाको बाढी गाउँ पस्दा उक्त टोलका १२ घर डुबानमा परेका हुन् । यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका-३ को काली खोलाले को १ च ६४२० नम्बरको मारुति भ्यानलाई बगाउदा क्षति भएको छ । उक्त भेनमा सवार ३ जनाको सकुशल उद्धार गरिएको छ भने भेनलाई खोलाबाट बाहिर निकाली खोला किनारामा राखिएको छ । त्यस्तै त्रियुगा नगरपालिका-३ मा रमानन्द शाहले संचालन गरेको किराना पसलमा भेल पस्दा करिव ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसैगरी बेलका नगरपालिका-६ घारे खोलाको बाढीले हाईड्रोपावर बगाउदा १५ घर परिवारको बिद्युत अबरुद्ध भएको छ भने उक्त बाढीले स्थानीय मान बहादुर राईले पालेका ५ वटा सुँगुर र १ वटा  गोरु बगाएको ईलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाले जनाएको छ ।

झापाः- माईखोलामा आएको बाढीले  कटान गर्दा जोखिममा परेका झापाको शिवसताक्षी नगरपालिका-१० बानडाँडा सुकुम्वासी टोलमा रहेका ३ घर परिवारलाई अन्यत्र सारिएको छ । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय झिलझिले र अस्थायी प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले ३ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको उक्त कार्यालयले जनाएको छ ।

भिरबाट बोलेरो झर्दा ६ जना बेपत्ता
संखुवासभा, असोज ०१ गते । संखुवासभाको धर्मदेवी नगरपालिका-८ स्थित अक्कर भिरमा खाँदबारीबाट धरान तर्फ आउदै गरेको को १ ज ३७४९ नम्बरको बोलेरो गाडी सडकबाट तल झरि दुर्घटना हुदा ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा संखुवासभाको खाँदबारी नगरपालिका-९ ढुङगेधारा बस्ने बर्ष २४ को संगम श्रेष्ठ उनकै श्रीमती बर्ष २३ को सदिछा श्रेष्ठ र अढाई महिनाको छोरा समिर श्रेष्ठ, बर्ष २४ का प्रमेश थापा मगर , उनका भिनाजु जिल्ला खोटाङ मात्तिम घर भई हाल खाँदबारी नगरपालिका-९ ढुङगेधारा ससुरालीमा बस्दै आएका बर्ष २९ का खबरमान पिठाकोटी र बुलेरोका चालक बर्ष २५ को सन्तोष बि.क. रहेका छन् । मंगलबार राती पौने ११ बजेको समयमा बिरामी बोकेर उपचाराको लागी आउदै गर्दा भिरबाट खसेको बुलेरो अरूण नदिमा डुबेर बेपत्ता भएको हो । घटनाबारे जानकारी पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय आँखिभुइ र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरीको टोली खटि गई खोजतलाश कार्य गरीरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
खोलाले बगाई बेपत्ता भएकी महिला मृत अवस्थामा फेला
संखुवासभा, असोज-१ गते । संखुवासभाको मकालु गाउँपालिका-६ बस्ने बर्ष २६ की शुकमाया राई खोलाले बगाई बेपत्ता भएकीमा खोजतलासको क्रममा हिजो बेलुका साढे ७ बजे उनको शव फेला परेको छ । गत सोमबार अपरान्ह ४ बजेको समयमा शुकमाया राई सहित अन्य ४ जना आफन्तको घर गएर फर्कने क्रममा सिलिचोङ गाउँपालिका-५ र मकालु गाउँपालिका-६ को बिचमा पर्ने पोखुवा खोला तर्ने क्रममा अचानक पानीको भेल आई शुकमायालाई खोलाले बगाएको थियो । घटनाबारे आफन्तले ईलाका प्रहरी कार्यालय याफुमा जानकारी गराउनासाथ प्रहरीको टोलि खटि गई खोजतलाश गर्दा मकालु गाउँपालिका ६ स्थित पोखुवा दोभानमा शुकमायाको लाश फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभा जनाएको छ ।
खोलामा डुबी मृत अबस्थामा फेला
सुनसरी असोज-१ गते । सुनसरीको रामधुनी नगरपालिका-६ बक्लौरी बस्ने ३५ बर्षीय बिरेन्द्र साह खोलामा मृत अवस्थामा फेला परेका छन । हिजो के कुन समयमा सोहि स्थानमा रहेको सेउती खोलामा साह पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको भनि स्थानीय बासीहरुले बेलुका साढे ५ बजे अस्थाई प्रहरी बिट पंचायममा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय पकली समेतबाट प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

 

मृत अवस्थामा फेला
मोरङ असोज-१ गते । मोरङको रंगेली नगरपालिका-२ कमलझोडा जोगीबगैचा बस्ने ५० बर्षीय कासीराम मुरियारी मृत अवस्थामा फेला परेका छन । हिजो के कुन समयमा घरमा कोही नभएको अवस्थामा घरको वरण्डामा झुल टाँगी सुतिरहेका मुरियारीलाई उनको छोरा आई उठाउन खोज्दा मृत अवस्थामा रहेको भनि छोराले प्रहरी चौकी बबियाबिर्तामा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय रंगेली समेतबाट प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
बालिकालाई जबरजस्ती करणी गर्ने १ जना र प्रयास गर्ने १ सहित एकै घरका २ दाजुभाई पक्राउ
झापा, भाद्र ३१ गते ।  ईलाका प्रहरी कार्यालय दमकले बालिकालाई जबरजस्ती करणी गर्ने १ जना र प्रयास गर्ने १ सहित एकै घरका २ दाजुभाईलाई पक्राउ गरेको छ । सोमबार राती ११ बजेको समयमा झापा घर भएकी १५ बर्षिय बालिकालाई उनकै २३ बर्षिय छिमेकीले फोन गरेर घरबाट ५०० मिटरको जंगलमा बोलाएर जबरजस्ती करणी गरी फरार भएका थिए । आफुलाई जबरजस्ती करणी गरेको भन्दै पिढकको घरमा पुगेकी बालिकालाई पिढकका २५ बर्षीय दाजुले समेत सोही जंगलमा लगेर जबरजस्ती करणीको प्रयास गरेको भन्दै पिढितको आफन्तले ईलाका प्रहरी कार्यालय गौरादहमा जानकारी गराउनासाथ खोजतलाशमा खटिएको प्रहरीको टोलीले घटनामा संलग्न २ जना दाजुभाई लाईनै पक्राउ गरेको छ । पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
बसको ठक्करबाट १ जनाको मृत्यु
सुनसरी, भाद्र ३१ गते ।  सुनसरीको ईटहरी उप-महानगरपालिका-१३ खनार सोमबारे स्थित धरान बिराटनगर सडक खण्डमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । आज बिहान पौने ८ बजेको समयमा धरान बाट बिराटनगर तर्फ जादै गरेको को १ ख २७४७ नम्बरको गोकुलम यातायात बसले सोही स्थानमा रहेको जुटमिलमा हेल्पर काम गर्दै आएका मोरङको रतुवामाई नगरपालिका- ७ बस्ने बर्ष ३४ को मंगल सिहं दमाईलाई सोही दिशा तर्फ साईकलमा जादै गर्दा ठक्कर दिएर गम्भिर घाईते बनाएको थियो । घाईते उनलाई उपचारको लागी कोशी अञ्चल अस्पताल बिराटनगर ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।
खोलाले बगाएर महिला बेपत्ता
संखुवासभा, भाद्र ३१ गते ।  संखुवासभाको मकालु गाउँपालिका-६ बस्ने बर्ष २६ की शुकमाया राई खोलाले बगाएर बेपत्ता भएकी छिन् । सोमबार अपरान्ह ४ बजेको समयमा शुकमाया राई सहित अन्य ४ जना आफन्तको घर गएर फर्कने क्रममा सिलिचोङ गाउँपालिका-५ र मकालु गाउँपालिका-६ को बिचमा पर्ने पोखुवा खोला तर्ने क्रममा अचानक पानीको भेल आई शुकमायालाई बगाई बेपता बनाएको थियो । घटनाबारे आफन्तले ईलाका प्रहरी कार्यालय याफुमा जानकारी गराउनासाथ प्रहरीको टोलि खटि गई खोजतलाश गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यलाय संखुवासभाले जनाएको छ ।
१ जना बिदेशी नागरीकको मृत्यु ७ जना बिरामी
सोलुखुम्बु, भाद्र ३१ गते ।  सोलुखुम्बु भ्रमणमा आएका १ जना बिदेशी नागरीकको मृत्यु भएको छ भने ७ जना बिरामी भएका छन । Kenya बाट नेपाल भ्रमणको लागि आएको बर्ष ३३ को Govind Lakhman गत २९ गते माहाकुलुङ गाउँपालिका-१ थाङ्ने स्थित मेरा गेष्ट हाउसमा बसेको अवस्थामा बिरामी भई उनको मृत्यु भएको हो साथै सोही गेष्ट हाउसमा बसेका अन्य ७ जना पर्यटक समेत बिरामी परेका छन् । मृतक र बिरामी सातै जना सहित १ जना गाईड लाई रेस्क्यु गरी आज बिहान साढे ६ बजेको समयमा कैलास र डाईनेस्टिक हेलीकप्टरद्वारा काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
मोटरसाईकलको ठक्करबाट बृद्ध गम्भिर घाईते
मोरङ, भाद्र ३१ गते ।  मोरङको सुन्दरहरैचा नगरपालिका-८ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाईकलको ठक्करबाट पैदलयात्री गम्भिर घाईते भएका छन । सोमबार दिउँसो ३ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको को २५ प ७६५८ नम्बरको मोटरसाईकलले सोही नगरपालिका- ९ बस्ने बर्ष-७५ को श्री प्रसाद पौडेललाई ठक्कर दिई दुर्घटना भएको थियो । दुर्घटनामा परेर गम्भिर घाईते भएका पौडेललाई उपचारको लागि न्यूरो अस्पताल बिराटनगर ल्याईएको छ भने मोटरसाईकल र चालकलाई प्रहरी चौकी बिराटचोकले नियन्त्रणमा लिएको छ ।
दाउराको चिर्पट प्रहारबाट १ जना घाईतेमोरङ, भाद्र ३१ गते ।  मोरङको पथरीशनिश्चरे नगरपालिका-१ रत्न चोक बस्ने बर्ष ५० को उजेध्वज लिम्बुले दाउराको चिर्पट प्रहार गर्दा १ जना घाईते भएका छन । सोमबार राती पौने ८ बजेको समयमा सोही नगरपालिका-३ बस्ने बर्ष २९ को सन्तोस लिम्बुलाई उनले सामान्य बादबिबादका क्रममा टाउकोमा दाउराले प्रहार गरी घाईते बनाएका थिए । घाईते उनको पथरी स्थित मोरङ डाइनेष्टिक अस्पतालमा उपचार भइरहेको छ भने कुटपिट गर्ने उजेध्वज लिम्बुलाई ईलाक प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।
१ नम्बर प्रदेश सरकारद्धारा जिल्ला प्रहरी कार्यालय मोरङलाई सीसी टिभी हस्तान्तरण
मोरङ, भाद्र ३० गते । प्रहरी सेवालाई प्रबिधी मैत्री बनाई समाजमा घटने अपराधलाई न्युनिकरण तथा नियन्त्रण गर्न ,अपराधको बस्तुनिष्ठ अनुसन्धान गर्न तथा शान्ति शुब्यबस्था कायम गर्न १ नम्बर प्रदेश सरकारको सहयोगमा जिल्ला प्रहरी कार्यालय मोरङले जिल्लाका बिभिन्न स्थानहरुमा कुल १ करोड १४ लाखको लागतमा जम्मा १५५ थान सिसि टिभि जडान गरेको छ । आज बिहान पौने ९ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मोरङको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अतिथी माननिय मुख्य मन्त्री शेरधन राईले सीसी क्यामेराको रिमोटबाट उदघाटन गर्नु भएको थियो । उदघाटन कार्यक्रममा बोल्नुहुदै माननिय मुख्यमन्त्री राईले समाजमा हुने सबै प्रकारका अपराधहरुमा सीसी टिभीको निगरानिका कारण उल्येख्य मात्रामा सफलता हासिल हुनुका साथै प्रदेश भरीनै शुसासन कायम हुने बिश्वास ब्यक्त गर्नुभयो । वाहाँले जनतालाई शान्ती र सुरक्षाको प्रत्याभुती दिलाउनुनै आजको प्रमुख आवश्यकता भएकाले प्रत्येक शुरक्षा निकायहरुलाई बिभिन्न कार्यक्रमहरुको माध्यमबाट जनतासंग प्रत्यक्ष रुपमा जोडिदै लगिएको समेत बताउनु भयो । यसैगरी मन्तब्यको क्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अहिलेको २१ औ सताब्दिमा सुरक्षा प्रणालीलाई प्रबिधी मैत्री बनाउनुका साथै अपराध अनुसन्धान, नियन्त्रण र रोकथामका लागी सीसी टिभी अपरीहार्य रहेको रहेको समेत बताउनुभयो । कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उपस्थित सम्पुर्ण अतिथिहरुलाई धन्यबाद दिनुहुदै अपराध रहित समाजको निर्माणका लागी प्रहरी र समाजको सम्बन्ध नङ र मासुको जस्तै स्थापित हुनु पर्ने बताउनु भयो । वाहाँले आउदा दिनहरुमा सिसि टिभि जडान कार्यले प्रहरीलाई सहज रुपमा काम गर्ने बाताबरण प्रदान हुने बिश्वास समेत ब्यक्त गर्नु भयो । प्रदेश नम्बर १ सरकारको सहयोगमा मोरङ जिल्लाको सिमा तथा राजमार्ग क्षेत्रमा यसरी जडान भएको डिजिटल प्रणालीमा आधारित सीसी टिभीको निग्रानीबाट सुरक्षा र प्रविधीको अन्योन्याश्रोत सम्बन्धलाई जोड्दै अपराधको प्रकृति र आयाममा आएको आमुल परिवर्तनसंग सामान गर्न, प्रहरीको सेवा प्रवाहलाई आधुनिकीकरण र प्रविधियुक्त बनाई अपराध रोकथाम,न्युनिकरण,नियन्त्रण र अनुसन्धान गरी समाजमा शान्ती सुव्यवस्था कायम गर्ने कार्यमा थप सहजता र सफलताका लागी ठुलो सहयोग मिल्ने छ । कार्यक्रममा १ नम्बर प्रदेशका माननिय सामाजिक विकास मन्त्री जिवन घिमिरे, माननिय उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसायत, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल , राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली, १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, स्थानिय निकायका जनप्रतिनिधिहरु, पत्रकार ,बिभिन्न बिधालयबाट आएका गुरुबर्ग तथा बिधार्थीहरु , स्थानिय भद्रभलाद्मी ,बुद्दीजिबि ,सर्बसाधारण लगायत अंदाजी ४०० जनाको उपस्थिती रहेको थियो ।
प्रदेश स्तरीय २ दिने सुरक्षा गोष्ठी सम्पन्नविराटनगर भाद्र २९ गते ।  शनिवार देखि मोरङको बिराटनगरमा सुरु भएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी आज सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय तथा १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजना गरिएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी १ नम्बर प्रदेशका माननीय मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रमममा बोल्नु हुँदै माननीय मन्त्री राईले शान्ति सुरक्षाको क्षेत्र विगतका वर्षभन्दा सुदृढ भएको, साथै विभिन्न खालका अपराधिक घटनामा पनि कमी आएको बताउनु भयो । वहाँले शान्ति सुरक्षामा खलल पुर्‍याउने कसैलाई पनी छुट नहुने हुँदा कानून विपरीत कार्य गर्ने जो कसैलाई पनी कानूनी कठघारामा उभ्याउन र कानुन सम्मत हुने कुरा तत्काल गरी सुरक्षा अवस्था अझै मजबुत बनाउन निर्देशन दिँदै राम्रो कामका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार सदैव तत्पर रहेको बताउनुभयो । यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत बहादुर कार्कीले जनताको चाहाना बमोजिको सुरक्षा रणनिती अबलम्बन गर्नु पर्ने हुँदा सोही अनुसार कानूनी परिधी भित्र रही जनताकै चाहाना बमोजिमको सुरक्षा ब्यवस्था मिलाउनु पर्ने आजको आवश्यकता रहेको बताउनु भयो । वहाँले समुदाय प्रहरी साझेदारी कार्यक्रमले अगाडी सारेका कार्ययोजनाहरुलाई समेत प्रभावकारी रुपमा कार्यान्वयन गरेमा पक्कै पनी सुरक्षा व्यबस्था अझ मजबुत हुने धारणा राख्दै समयमै प्रभावकारी भुमिका निर्वाह गर्दा विपद् व्यवस्थापन कार्यमा पनि ठूलो क्षति व्यहोर्न नपरेको उल्लेख गर्नु भयो । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृह मन्त्रालयको निर्देशन अनुसार काम गर्न प्रहरी संगठन कटिबद्ध रहेको चर्चा गर्दै यसबाट शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा सफलता पाउन सहज भएको बताउनुभयो । अपराध र अशोभनीय गतिविधिमा कमि आएको र शान्ति सुरक्षाको दृष्टिकोणले आवश्यक सुधारका कामहरुमा तीव्रता आएको उल्लेख गर्नुभयो । गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण सुवेदी , १ नम्बर प्रदेशका प्रमुख सचिव सुरेश अधिकारी, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, १ नम्बर प्रदेश अन्तर्गतका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाली सेनाका प्रतिनिधिहरु, १ नम्बर प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । उक्त गोष्ठी पश्‍चात् प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १ नम्बर प्रदेश अन्तर्गत १४ जिल्लाका प्रहरी प्रमुखहरुलाई समसामयिक विषयमा निर्देशन समेत दिनुभएको थियो ।
रुखबाट लडी मृत्युमोरङ, भाद्र २९ गते । मोरङ लेटाङ -५ खेरुवा बस्‍ने ४६ बर्षीया लालीमाया तामाङको रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान ९ बजे  आफ्नै घर पछाडी रहेको १० फिट अग्लो अम्बकको रुखमा चढी हांगा काट्ने क्रममा लडी घाईते भएकी तामाङको  सामुदायीक नोबेल अस्पताल बेलबारीमा  उपचारको क्रममा  ११ बजे  मृत्यु भएको  ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ  ।
सवारी दुर्घटनामा १ बृद्धको मृत्युसंखुवासभा,भाद्र २९ गते । संखुवासभाको खाँदवारी नगरपालिका-८ तुम्लिङटार चेवावेशी सडक खण्डमा जेसीवीको ठक्करबाट ९१ बर्षीय बृद्धको मृत्यु भएको छ । शनिवार दिउँसो सवा १ बजेको समयमा उक्त सडक खण्डमा बाटो मर्मत गर्ने क्रममा सडकमा हिडिरहेका खाँदवारी नगरपालिका-७ का ९१ बर्षीय सवर बहादुर राईलाई ठक्कर दिंदा घाईते भएका राईलाई उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार लगिएकोमा उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । जेसीबी तथा चालक प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
पौडी खेल्ने क्रममा कामदारको मृत्युसंखुवासभा, भाद्र २८ गते । खोटाङको दिप्रुङ चिचुम्बा गाउँपालिका-६ घर भई संखुवासभाको मकालु गाउँपालिका-५ मा रहेको अरुण थर्ड शाखा एस्.एम.राज कम्पनीका कामदार ३५ बर्षीय दिलिप थापाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । शुक्रवार बेलुका साँढे ६ बजेको समयमा मकालु गाउँपालिका-५ मा रहेको राते खोलामा पौडी केल्ने क्रममा थापाको डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै अस्थायी प्रहरी पोष्ट आमराङबाट खटिएको प्रहरी टोलीले थापालाई खोलामा मृत अवस्थामा फेला पारेको थियो । सो स्थानमा थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागि ईलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी टोली खटि गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
बाढीले पुल बगाउदा आवागमन अवरुद्धसोलुखुम्बु, भाद्र २७ गते । सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका-२ मा रहेको सुर्के खोलामा आएको बाढीले फलामे पुल बगाएको छ । राती देखी परेको अबिरल बर्षाका कारण आएको बाढीले पुल बगाउदा  घोडा तथा खच्चडको बाटो अबरुद्ध भएको हो । सो स्थानमा प्रहरी र स्थानीयवासीको सहयोगमा काठको फड्के बनाएर मानव आवागमन भने सुचारु गरिएको तथा बाढीले सुर्के खोला पेल्ट्री सेटको पाईप र ट्याङ्की बागाउदा  ५० घरमा बिद्युत आपुर्ती अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
स्कुल बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्युसुनसरी, भाद्र २७ गते । सुनसरीको दुहवीमा स्कुलबसले मोटरसाईकलाई ठक्कर दिंदा मोटरसाईकल चालक दुहवी नगरपालिका-४ का ३६ बर्षीय जय नारायण चौधरीको मृत्यु भएको छ । आज बिहान पौने १२ बजेको समयमा ईटहरीबाट बिराटनगर तर्फ जाँदै गरेको मेरिल्याण्ड स्कुलको को १ क ११८८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको को १३ प ४७५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि ईटहरीको एपेक्स अस्पताल लगिएकोमा उपचारको क्रममा पौने १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । बस चालक, बस तथा मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
हत्या आरोप १ जना पक्राउमोरङ, भाद्र २६ गते । झापाको गौरादह नगरपालिका-६ दामुना बजारका ४५ बर्षीय पुण्य चुडाल हत्याको आरोपमा पक्राउ परेका छन् । यही असार २१ गते बिहान मोरङको रतुवामाई नगरपालिका-६ को एक गोठमा अर्धचेत अवस्थामा फेला परेकी नाम थर वतन नखुलेकी एक महिलालाई उद्धार गरी उपचारको लागि कोशी अञ्चल अस्पताल लगिएकोमा निज महिलाको उपचारको क्रममा २२ गते राती मृत्यु भएको थियो । मृतक महिलाको शरिरमा निलडाम रहेकोले हत्याको आशंकामा अनुसन्धान थालेको प्रहरी टोलीले घटना घटेको ३ दिन पछी निजलाई पक्राउ गरेको हो । पक्राउ परेका चुडालले निज महिला संग १ महिना अगाडि देखि संगै बस्दै आएको र निज महिलालाई आफुले सिर्जना भनी बोलाउने गरेको तथा उक्त दिन मादक पदार्थ सेवन गरी कुटपिट गर्दा मर्छीन जस्तो लागेर गोठमा छाडेर भागेको बताएका छन् । स्थानिय मानिसहरूले गरिदिएको घटना विवरण कागज लगायतबाट खुल्न आएको आधार प्रमाणहरूको आधारमा घटनामा संलग्न रही फरार भएका निज पुण्य चुँडाललाई खोजतलासको क्रममा मोरङको रतुवामाई नगरपालिका १० मा लुकिछिपी बसीरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी मोरङले जनाएको छ । पक्राउ परेका चुँडाललाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।
बस भित्र १५ बर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा २ जना पक्राउमोरङ, भाद्र २६ गते । धनकुटा घर भई दमक आफन्तकोमा बस्दै आएकी १५ वर्षीय बालिकालाई बसभित्रै जवर्जस्ती करणी गर्न खोजेको आरोपमा बसका चालक र सहचालक प्रहरीले पक्राउ गरेको छ । २२ गते दिऊँसो बेतना सिमसार घुमेर दमक फर्किएकी बालिकालाई ललाईफकाई पथरीशनिश्चरे हुँदै रङ्गेली–९ दोहमना बजारमा ल्याई साँझ साँढे ६ बजेको समयमा जवर्जस्ती करणीको प्रयास गर्ने  ना ६ ख ९३४४ नम्बरको यात्रुबाहक बसका चालक मोरङ रङ्गेली नगरपालिका–३ का ३७ बर्षीय किरण खड्का र सहचालक उर्लाबारी नगरपालिका–४ का १९ बर्षीय सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो । करणीको प्रयास गर्ने क्रममा बालिका चिच्याएर भाग्न खोज्दा सहचालक न्यौपानेले जवर्जस्ती हात समाई बसभित्र लान खोज्दा पीडित बालिकाले पुनः प्रतिकार गरी चिच्याएको र स्थानीयले घटनाबारे थाहा पाई प्रहरीलाई सुचना दिए पश्चात तत्काल इलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरी टोलीले दुबैजनालाई पक्राउ गरेको छ । पक्राउ परेका दुवैजनालाई कानूनी कारवाही प्रकृया अगाढी बढाईएको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।
करेन्ट लागेर १ जनाको मृत्युसुनसरी, भाद्र २६ गते ।  सुनसरीको ईटहरी उप-महानगरपालिका-१३ खनारका ५२ बर्षीय फागुलाल सरदारको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार राती साँढे ७ बजेको समयमा आफ्नै घरमा लाईन जोड्ने क्रममा करेन्ट लागेर घाईते भएका सरदारलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालय जनाएको छ ।
आफैले घाँटी रेटी आत्महत्यापाँचथर, भाद्र २५ गते । पाँचथरको फिदिम नगरपालिका-८ घलेगाँउका ५५ बर्षीय सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन् । आज बिहान साँढे ९ बजेको समयमा आफै सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको भन्ने सूचना पाए लगत्तै अस्थायी प्रहरी चौकी तमाखेबाट खटिएको प्रहरी टोलीले गुरुङलाई मृत अवस्थामा फेला पारेको थियो । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्नमोरङ, भाद्र २५ गते । विश्व आत्महत्या रोकथाम दिवस (September 10) को अवसरमा आत्महत्या रोकथाम सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । भाद्र २४ गते बिहान ८ बजेको समयमा कानेपोखरी गाउँपालिका वडा नं. ६ स्थित जनसेवा माध्यमिक बिद्यालयको प्राङगणमा कानेपोखरी गाउँपालिका, जनसेवा माध्यमिक बिद्यालय र ईलाका प्रहरी कार्यालय पथरीको संयुक्त आयोजनामा सो कार्यक्रम संचालन गरिएको थियो । कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्लेको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी राज अधिकारी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठ, कोशी अंचल अस्पताल विराटनगरका मनोचिकित्सक डा. रोशन पोखरेल, स्थानिय जनप्रतिनिधी, बिभिन्न राजनितिक दलका प्रतिनिधी, बिभिन्न संघ संस्थाका पदाधिकारी, स्थानियवासी, भद्र भलादमी, नागरिक समाज, शिक्षक वर्ग, बिद्यार्थी, संचारकर्मी तथा अन्य प्रहरी कर्मचारी समेत गरी अन्दाजी ५०० जनाको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रमको प्रथम चरणमा कानेपोखरी बजारमा बिभिन्न सचेतना मुलक ब्यानर तथा प्ले कार्ड सहितको र्‍याली निकालिएको थियो भने दोस्रो चरणमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले आत्महत्याको बृद्धि तिब्र रूपमा बढि रहेको र यसलाई न्यूनीकरण गर्न समयमानै सबैले आ-आफ्नो ठाउँबाट क्रियाशिलता देखाउन जरूरी रहेको कुरा बताउनु भयो । त्यस्तै मनोचिकित्सक डा. रोशन पोखरेलले आत्महत्या न्यूनीकरण गर्नको निमित्त गर्नु पर्ने ब्यवहार तथा आत्महत्या बढ्नुको कारण समेत प्रष्ट पार्दै सागर्भित मन्तब्य राख्नु भएको थियो ।  कार्यक्रममा कानेपोखरी गाउँपालिकाका प्रमुख तारा बहादुर काफ्लेले आत्महत्या रोकथामको लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनु भएको थियो ।
उर्लावारीबाट १० जुवाडे पक्राउभाद्र, २५ गते । उर्लावारीको एक होटलबाट १० जना जुवाडे पक्राउ परेका छन् । जुवा खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलवार राती साँढे १२ बजे ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले होटलमा जुवा खेलि रहेका पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ का २१ बर्षीय आकाश थापा, सोही नगरपालिका वडा नं. १ का ३८ बर्षीय राजु भनिएका सञ्जिब गिरी र ३५ बर्षीय नरेन्द्र लिम्बू , उर्लाबारी नगरपालिका वडा नं. ५ का ३३ बर्षीय विकास राई, ३२ बर्षीय सन्तोष भनिएका विशाल राई, ४२ बर्षीय कृष्ण अधिकारी, उर्लाबारी नगरपालिका वडा नं. ३ का ४० बर्षीय दिनेश थापा, ३५ बर्षीय जाइतो चेम्जोङ, उर्लाबारी नगरपालिका वडा नं. ७ का २२ बर्षीय मोहन कटुवाल र ४१ बर्षीया अशोक राईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को जुवा सम्बन्धी कसुर बमोजिम थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।
सक्कली सुन भनी नक्कली सुन बिक्री गरी ठगी गर्ने १ जना पक्राउमोरङ, भाद्र २५ गते । सक्कली सुन भनी नक्कली सुन दिदै सर्वसाधरणबाट लाखौं रुपैयाँ ठगि गर्ने मोरङ बुढिगंगा गाउँपालिकामा सुन पसल संचालन गर्ने सुन व्यापारी पक्राउ परेका छन् । मोरङको बुढीगंगा गाउँपालिका – २ स्थित गणेश लक्ष्मी ज्वेलर्स (सुन पसल) संचालन गर्दै आएका विराटनगर महानगरपालिका – ४ का ३६ वर्षिय जितेन्द्र साह स्वर्णकारलाई प्रहरीले सक्कली भनि नक्कली सुन दिएको आरोपमा पक्राउ गरेको हो । व्यापारी स्वर्णकारले आफ्ना सुन पसलमा धितो राखेको सुनहरू समय सिमा पुरा भएपछि ग्राहकले आएर साँवा र व्याज चुक्ता गरेपछि सक्कली सुन राखेर नक्कली सुन दिने गरेको प्रहरीको अनुसन्धाबाट खुलेको हो । स्वर्णकारले ग्राहकले धितोमा राखेको सुन जस्तै बनाएर नक्कली सुन दिई ठगी गेरको भन्ने ८ जनाको उजुरीको आधारमा स्वर्णकारलाई पक्राउ गरिएको हो ।पैसाको लोभमा बिभिन्न मितिमा, बिभिन्न समस्या देखाएर नक्कली सुन गहनाहरूलाई सक्कली सुनका गहनाहरू हुन भनि विश्वासमा पारी झुक्याएर खड्ग बहादुर श्रेष्ठलाई बाला र औंठी २ थान, बेरूवा औंठी १ थान, टप ७ थान, कुन्डल १० थान, सुनको जुली समेत दिएर पटक पटक गरी १ लाख ४० हजार ठगि गरेको प्रहरी कार्यालय मोरङले जनाएको छ ।  श्रेष्ठलाई जस्तै गरि अन्य ७ जना जना महिला र पुरुषलाइ पनि सुन व्यापारी स्वर्णकारले सक्कली भनि नक्कली सुन दिएर ठगि गरेको खुल्न आएको छ । पक्राउ परेका स्वर्णकारलाई मुलुकी अपराध संहिता, २०७४ को ठगी कसुर अन्तर्गत थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।
धारिलो हतियार प्रहारबाट १ जना घाईतेखोटाङ, भाद्र २५ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ का ४३ बर्षीय बालाराम कट्वाल धारिलो हतियार प्रहारबाट घाईते भएका छन् । मंगलवार राती ९ बजेको समयमा मादक पदार्थ सेवन गरी आएका निजकै भतिज दिनेश कट्वालले सामान्य बादबिबादकै क्रममा एक्कासी टाउकोमा धारिलो हतियार खुकुरी प्रहार गर्दा घाईते भएका कट्वालको जिल्ला अस्पताल दिक्तेलमा उपचार भईरहेको छ भने खूकुरी प्रहार गर्ने दिनेश कट्वाललाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
बसको ठक्करबाट पैदलयात्री घाईते
झापा, भाद्र २४ गते झापाको शिवसताक्षी नगरपालिका- ८ पश्चिम बस स्टेन स्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्री घाईते भएका छन् । आज अपरान्ह १२ बजेको समयमा पूर्व बाट पश्चिम तर्फ जादै गरेको को १ ख ६६९० नम्बरको बसले पैदल यात्री सोही स्थान बस्ने बर्ष ६० को जदपति प्रसाद साह लाई ठक्कर दिई दुर्घटना भएको थियो । घटनाको जानकारी पाउनासाथ घटनास्थलमा खटिएको ईलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोलीले दुर्घटनामा परेर गम्भीर घाईते भएका साहलाई उपचारको लागी लाईफ लाईन अस्पताल दमक पठाएको थियो । बस र बस चालक जिल्ला मोरङ बेलबारी नगरपालिका-१ बस्ने बर्ष ३८ को बिनोद गुरुङलाई प्रहरी चौकी केर्खाले नियन्त्रणमा लिएको छ ।
लागुऔषध सहित ३ जना पक्राउसुनसरी, भाद्र २४ गते । सुनसरीको धरान उप-महानगरपालिका-८ बाट लागु औषध सहित ३ जना पक्राउ परेका छन् । सोमवार दिउँसो ईलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले को ४ प १७३५ र को १० प ४७४७ नम्बरको मोटरसाईकलमा सवार धरान १४ का ४० बर्षीय कुमार बस्नेत, धरान ७ का ३२ बर्षीय वसिम खान र ३४ बर्षीय राजेश भनिने नविन भण्डारीलाई डाईलक्स डि.सी. १० बोतल, स्पास्मोप्रोक्सिवन प्लस ९० क्याप्सुल, नाईट्रोसन २५ ट्याब्लेट, मोवायल २ थान र नगद २८,७४० सहित पक्राउ गरेको हो । पक्राउ परेका ३ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
जंगली च्याउ खाएर १ जना बिरामीतेह्रथुम, भाद्र २४ गते । तेह्रथुमको म्याङलुङ गाउँपालिका-७ जिरीखिम्ती बस्ने ३० बर्षीया सुमित्रा नेपाली जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेकी छन् । सोमवार बेलुका खाना संगै जंगलबाट आफैले टिपेर ल्याएको च्याउ खादा बिरामी भएकी नेपालीको जिल्ला अस्पताल म्याङलुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
खोलाले बगाएर १ जना बेपत्ताभोजपुर, भाद्र २२ गते । भोजपुरको षडानन्द नगरपालिका-१२ माघेछापका २३ बर्षीय दिनेश बि.क. खोलाले बगाएर बेपत्ता भएका छन् । आज बिहान पौने १२ बजे स्थानीय अरुण खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता भएका बि.क.को प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले खोजतलास गरिरहेको तथा खोला बगेको एरियामा पर्ने अन्य प्रहरी यूनिटबाट समेत प्रहरी टोली खटि गई खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
बस पल्टदा ९ जना घाईतेझापा, भाद्र २२ गते । झापाको मेचीनगर नगरपालिका-७ ईटाभट्टामा आज दिउँसो भएको बस दुर्घटनामा परी ९ जना घाईते भएका छन् । आज दिउँसो सवा १२ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ख ६१६६ नम्बरको बस आफै अनियन्त्रीत भई सडकमा पल्टदा बसमा सवार ९ जना घाईते भएका हुन् । घाईतेहरुलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि ६ जनालाई बिर्तामोडको बि.एण्ड.सी. अस्पताल पठाएको छ भने अन्य ३ जनाको आम्दा अस्पताल धुलावारीमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।
करेन्ट लागेर १ जनाको मृत्यु
झापा, भाद्र २१ गते । झापाको बारदर्शी गाउपालिका-५ पिपल चौक बस्ने बर्ष ४४ को पुर्ण बहादुर बि.क. को करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा खुकुरी,कोदालो,खुर्पि, फलामको अन्य सामान बनाउने काम गर्दै आईरहेका पुर्ण बहादुर बि.क. लाई आज बिहान साढे ११ बजेको समयमा खुर्पि बनाउने क्रममा अचानक ग्यालेनडरको पछाडिको भागको नोट खुस्कि करेन्ट लागी घाईते भएका हुन् । घाईते उलाई उपचारको लागी तत्काल लागी बिर्तासिटी अस्पताल बिर्तामोड ल्याएकोमा उपचारको क्रममा पौने १ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ढुङ्गाले लागेर कामदार घाईते
उदयपुर, भाद्र २१ गते । उदयपुरको कटारी नगरपालिका-१४ वनडाँडा स्थितमा सोलु हाईड्रोपावरको पोल गाड्नको लागी खाडल खन्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर सोही हाईड्रोपावरका १ जना कामदार घाईते भएका छन् । आज बिहान साढे ११ बजेको समयमा सोही स्थान बस्ने बर्ष ५० को निर्प बहादुर थापामगरको टाउकोमा ढुङ्गा झरेर लाग्दा उनी गम्भिर घाईते भएका हुन । घाईते उनलाई उपचारको लागी काठमाण्डौ टिचिङ अस्पताल लगीएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बोक्सिको आरोपमा यातना दिने २ जना पक्राउ
झापा, भाद्र २१ गते । झापामा बोक्सिको आरोपमा यातना दिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वर्ष ४० की कुमारी बुढाथोकि र वर्ष ३१ को दिनेश दर्जीले गत १९ गते रातको पौने ११ बजे स्थानीय २२ बर्षिय महिलालाई बोक्सिको आरोपमा पुन्यु तताएर अनुहार र हातमा डामेको भन्दै उक्त महिलाले २० गते बिहान ८ बजेको समयमा प्रहरीमा जानकारी गराउनासाथ प्रहरीको टोलि खटी निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा ल्याईएको उक्त कार्यालयले जनाएको छ ।
ट्रक दुर्घटना हुदा १ जनाको मृत्यु २ घाईते
इलाम, भाद्र २१ गते । इलामको रोङ गाउँपालिका-१ हिलेपाखा भन्ने भित्रि सडक खण्डमा ट्रक दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ घाईते भएका छन् । शुक्रबार साझँ ७ बजेको समयमा सोहि स्थान बाट तिनघरे इलाम तर्फ बाँस लोड गरी आउदै गरेको मे १ ख २२५६ नम्बरको ट्रक उकालोमा तान्न नसकि बाटोबाट अंदाजि ७० मिटर तल खसी दुर्घट्ना भएको हो । दुर्घटनामा झापाको बुद्दशान्ति गाउँपालिका-५ बस्ने अंदाजी बर्ष ३०।३१ को रबिन नेपाल को गाडीमुनि चेपिएर मृत्यु भएको छ भने बर्ष ३२ को नरेन्द्र खड्का र बर्ष २५ को रमेश चौहान घाईते भएका छन् । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगर बाट प्रहरीको टोलि खटी घाईतेहरुलाई उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड पठाएको थियो भने ट्रकका चालक झापाको दमक नगरपालिका-५ बस्ने बर्ष ४० को धुर्ब कार्की हाल सम्म फेला नपरेकोले खोजतलाश गर्ने कार्य भई रहेको उक्त कार्यालयले जनाएको छ ।
आफैले आफ्नै शरिरमा आगो लगाई कामदारको मृत्युझापा, भाद्र २० गते । झापाको अर्जुनधारा नगरपालिका-६ महानन्द चोकमा रहेको प्रदिप गिरीको फर्निचरमा काम गर्ने भारतिय नागरिक २३ बर्षीय बिश्वनाथ बरमनले आफ्नै शरिरमा आगो लगाई आत्महत्या गरेका छन् । बिहिवार दिउँसो साँढे ४ बजेको समयमा फर्निचरमा प्रयोग हुने तारपिनको तेल र स्प्रिट खन्याई उक्त फर्निचरमा रहेको ट्वाईलेटमा पसी ढोका बन्द गरी आफ्नो शरिरमा आगो लगाएको भन्ने खबर प्राप्त भएसंगै तत्काल खटिएको इलाका  प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले बरमनलाई मृत अवस्थामा फेला पारेको थियो ।  आगो लगाउनु कारण खुल्न नसकेको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
धारिलो हतियार प्रहारबाट महिलाको मृत्युखोटाङ, भाद्र २० गते । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका-२ साकेला थान की ३६ बर्षीया देविका राईको श्रीमानको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । बिहिवार राती साँढे ७ बजे घरायशी बिबादका कारण मृतककै श्रीमान ३५ बर्षीय सिताराम राईले धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गर्दा गम्भीर घाईते भएकी राईको उपचारको क्रममा जिल्ला अस्पताल दिक्तेलमा राती साँढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
खोलाले बगाएर महिलाको मृत्युधनकुटा, भाद्र २० गते । धनकुटाको महालक्ष्मी नगरपालिका-१ की ४८ बर्षीया देविमाया आले मगरको खोलाले बगाएर मृत्यु भएको छ । बिहिवार साँझ पौने ७ बजेको समयमा माईती घरबाट आफ्नो घर मारेकटहरे तर्फ फर्कदै गरेकी मगर बाटोमा रहेको पखाले खोला तर्ने क्रममा खोलाले बगाएर गम्भीर अबस्थामा स्थानीयहरुले उद्धार गरी उपचारको लागि स्वास्थ्य चौकी जितपुर लैजाने क्रममा बाटोमा नै राती साँढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
भिरबाट लडेर १ जनाको मृत्युओखलढुङगा, भाद्र १९ गते । ओखलढुङगाको मानेभञ्ज्याङ गाउँपालिका-७ स्थित बडारे गैरी  भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । हिजो बिहान साढे ८ बजेको समयमा भिरबाट लडेर गम्भिर घाईते भएका ओखलढुङगाको सुनकोशी गाउँपालिका-४ बस्ने बर्ष ५४ को मान बहादुर श्रेष्ठलाई उपचारको लागि वीर आस्पताल काठमाण्डौ लगिएकोमा उपचारको क्रममा आज बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
अस्थाई प्रहरी विट बिष्णुपादुकाको उद्घघाटनसुनसरी, भाद्र १९ गते । सुनसरीको धरान उप-महानगरपालिका-२० स्थित बिष्णुपादुकामा अस्थाई प्रहरी विटको उद्घघाटन भएको छ । प्रदेश सरकार, स्थानीय निकाय र स्थानीयवासीहरुको सहयोगमा बनेको १ तले नवनिर्मित पक्की अस्थाई प्रहरी विट बिष्णुपादुकाको आज दिउँसो एक कार्यक्रमका विच कार्यक्रमका प्रमुख अतिथी पूर्ब मन्त्री भिम आचार्यज्यूले नव निर्मित भवनको रिबन काटेर  उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा भबन निर्माण समितिका अध्यक्ष राजेन्द्र प्रसाद तामाङ, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक यज्ञ बिनोद पोख्रेल , ईलाका प्रहरी कार्यालय धरानका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक ढुण्डिराज न्यौपाने, धरान उप-महानगरपालिका-२० का वडा अध्यक्ष, भवन निर्माण समितिका पदाधिकारीहरू, स्थानियव वुद्दिजिबी र स्थानीय पत्रकार गरी अन्दाजी १०० जनाको उपस्थिती रहेको थियो ।
चोरीको मोटरसाइकल सहित १ पक्राउ
सुनसरी, भाद्र १९ गते । सुनसरीको ईटहरी उप-महानगरपालिका-४ बस्ने देवि प्रसाद सापकोटाको कम्पाउण्ड भित्र पार्किङ गरीराखेको को १७ प ९०२४ नम्बरको मोटरसाइकल चोरी गरेर भाग्दै गरेको अवस्थामा १ जना पक्राउ परेका छन् । बुधबार राती १२ बजेको समयमा धरान -१५ बस्ने बर्ष २६ को सुमित मगरले उक्त मोटरसाइकललाई ठेल्दै लादै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीको गस्ति टोलिले फेला पारी नियनत्रणमा लिएको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 
छुरा  प्रहारबाट १ जना घाईतेझापा, भाद्र १९ गते । झापाको शिवसताक्षी  नगरपालिका-८ स्थित वडा कार्यालयमा बस्ने वर्ष २३ को सरगम भन्ने सागर तिमिल्सिनाले छुरा  प्रहार गरी १ जनालाई घाईते बनाएका छन् । बुधबार दिउँसो १२ बजेको समयमा पुर्व रिईसिविको कारण उनले सोही नगरपालिका-११ बस्ने वर्ष ३३ को सुरज रिङ्गालुङ राईलाइ छातिको बाँया साइडमा छुरा प्रहार गरि घाइते बनाएका हुन् ।  घटनाबारे जानकारी पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोली खटि घाईतेलाई उपचारको लागि बि एण्ड सि अस्पताल विर्तामोड पठाएको छ भने छुरा प्रहार गर्ने सागरलाई नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत २ प्रहरी जवान श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषितबिराटनगर, भाद्र १८ गते
जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी जवान अनिष कार्की र मिलन बिष्ट श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)  घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही जवरजस्ती करणी, लागुऔषध तथा हातहतियार मुद्धाहरुमा फरार रहेका अभियुक्तलाई पक्राउ गर्न प्रभावकारी रुपमा परिचालित भई अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुलाई उच्च मनोवल र साहसका साथ कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा  सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रसंशनिय  कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी जवान अनिष कार्की र मिलन बिष्ट द्वयलाई निजहरुले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल श्रावण “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।
बिषालु सर्पले डसेर २ जनाको मृत्युसुनसरी, भाद्र १८ गते । सुनसरीको कोशी गाउँपालिका-७ हरिपुरकी ३० बर्षीया सरिता देवी यादवको बिषालु सर्पले डसेर मृत्यु भएको छ ।  मंगलवार दिउँसो २ बजेको समयमा घर नजिकै खेतमा घाँस काटिरहेको अवस्थामा खुट्टामा सर्पले डसी उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगिएकोमा उपचारकै क्रममा बेलुका साँढे ५ बजे मृत्यु भएको हो । यसैगरी सुनसरीकै हरिनगर गाउँपालिका-१ की ५५ बर्षीया सहिदान खातुनको पनि सर्पको टोकाईबाट मृत्यु भएको छ । मंगलवार राती सवा ९ बजे घर छेउमै बिषालु सर्पले डस्दा घाईते भएकी खातुनलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर  लगिएकोमा अस्पताल पर्‍यानासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
चोरी गरेको आरोपमा २ जना पक्राउबिराटनगर, भाद्र १८ गते । सुनसरीको धरान उपमहानगरपालिका-७ का १८ बर्षीय अमन तामाङलाई चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मंगलवार राती सवा १० बजेको समयमा स्थानीय एक युवकलाई नोक देखाई धाकधम्की दिई युवकसंग भएको सामसुङ मोवायल र चाँदीको सिक्री लुटेर भाग्ने क्रममा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको हो । तामाङको साथबाट प्रहरीले चोरी गरेको मोवायल र सिक्री समेत बरामद गरेको छ भने तामाङसंगै रहेका अर्का एक जना भने फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । यसैगरी एक महिलाले घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्ने क्रममा ईटहरीका १६ बर्षीय बालक झापाबाट पक्राउ परेका छन् । मंगलवार साँझ साँढे ५ बजेको समयमा झापाको बाह्रदशी गाउँपालिका-३ राजगढ बजारमा तरकारी किन्दै गरेकी स्थानीय एक महिलाले घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्दै गरेका निजलाई ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
करेन्ट लागेर  १ जनाको मृत्युसुनसरी, भाद्र १७ गते । सुनसरीको ईटहरी उपमहानगरपालिका-१३ का १६ बर्षीय मुकेश सरदारको करेन्ट लागेर मृत्यु भएको छ । आज दिऊँसो १ बजेको समयमा घर नजिकै रहेको नालीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका सरदारलाई उपचारको लागी नोवेल अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आगलागीबाट क्षतिताप्लेजुङ, भाद्र १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका-९ बुङकुलुङका मनोज गुरुङको घरमा आगलागी हुँदा करिव ८ लाख बराबरको क्षति भएको छ । आज बिहान ११ बजेको समयमा गुरुङको ढुङगा माटोले बनेको टिनको छाना भएको एक तले कच्ची भान्सा घरमा अचानक आगलागी हुँदा भान्सा घरमा भएको सम्पुर्ण समान जलेर नष्ट भई उक्त मुल्य बराबरको क्षति भएको हो । सो आगलागी विमानस्थल सुरक्षा गार्ड सुकेटारबाट खटिएको प्रहरी टोली र स्थानियवासीहरुको समेत सहयोगमा बिहान साँढे ११ बजे नियन्त्रणमा आएको थियो भने आगलागीमा अन्य कुनै मानवीय तथा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्युसुनसरी, भाद्र १७ गते । सुनसरीको धरान उप-महानगरपालिका-१८ लाङघाली चोकमा सोमवार  भएको मोटरसाईकल दुर्घटनामा परी ६९ बर्षीय बृद्धको मृत्यु भएको छ । दिउँसो सवा १ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १४ प १२०३ नम्बरको मोटरसाईकलले पैदल यात्री धरान १५ का ६९ बर्षीय श्री प्रसाद राईलाई ठक्कर दिंदा राई गम्भीर घाईते भएका थिए । घाईतेलाई तत्काल उपचारको लागि धरानकै घोपा क्याम्प पठाईएको र थप उपचारको लागि बिराटनगरको नोबेल अस्पताल लगिएकोमा उपचारकै क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
खोलाले बगाएर मानिस बेपत्ताओखलढुङगा, भाद्र १६ गते । ओखलढुङगाको सिद्धिचरण नगरपालिका-४ का ३७ बर्षीय सानोकाजी ठटाल खोलाले बगाएर बेपत्ता भएका छन् । आईतवार अपरान्ह साँढे ५ बजेको समयमा गाई पुर्‍याउन चिसंखुगढी गाउँपालिका-८ तर्फ हिडेका ठटाल बाटोमा रहेको खोला तर्ने क्रममा खोलाले  बगाउदा बेपत्ता भएका हुन् । खोलाले बगाएको गाई घटनास्थल भन्दा करिव १०० मिटर तल सकुशल फेला परेको थियो भने बेपत्ता भएका ठटालको बिमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीहरु समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङाले जनाएको छ ।
हात्तिको आक्रमणबाट १ जनाको मृत्युसुनसरी, भाद्र १५ गते । सुनसरीको कोशी गाउँपालिका-३ का ३२ बर्षीय अनमोल मुखियाको जंगली हात्तिको आक्रमणबाट मृत्यु भएको छ ।  आज बिहान पौने १२ बजेको समयमा स्थानीय खहरे खोलामा माछा मारिरहेको अबस्थामा कोशी टप्पु बन्यजन्तु आरक्षबाट निस्किएको जंगली हात्तीले आक्रमण गरी मुखियाको छाती र खुट्टामा कुल्चदा निजको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।
पहिरोले पुरेर १ जनाको मृत्युभोजपुर, भाद्र १५ गते । भोजपुरको साल्पासिलिचो गाउँपालिका-६ थुमलुङ बस्ने ६५ बर्षीय मान बहादुर बिष्टको पहिरोले पुरेर मृत्यु भएको छ । शनिवार बेलुका ६ बजेको समयमा घर नजिकै रहेको अलैची बगानमा अलैची गोड्ने क्रममा एक्कासी आएको पहिरोले पुरेर घाईते भएका बिष्टलाई उद्धार गरी घर लगिएकोमा आज बिहान सवा ५ बजे मृत्यु भएको भनी खबर प्राप्त भए संगै प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरी टोलीले बिष्टलाई घरमै मृत अबस्थामा रहेको पाएको थियो । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
साँढे २ लाख बराबरको अबैध समान बरामदझापा, भाद्र १५ गते । झापाको मेचीनगर नगरपालिका-६ बाट आज बिहान राती साँढे ३ बजेको समयमा अन्दाजी २ लाख ५२ हजार रुपैयाँ बराबरको अबैध समान बरामद भएको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको मोटर पार्टस, हार्डवेयरको समान तथा बिभिन्न किसिमको कपडा गरी उक्त मुल्य बराबरको समान बरामद गरेको हो । बरामद भएको समान आवश्यक कारवाहीको लागि आजै भन्सार कार्यालय मेची बुझाईने उक्त कार्यालयले जनाएको छ ।
श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाईते
मोरङ, भाद्र १४ गते । मोरङको लेटाङ नगरपालिका-४ मा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाईते भएका छन् । शुक्रबार साँझ ५ बजेको समयमा बर्ष ५१ की मगमाया राईले घरायसी बिवाद हुँदा आफ्नै श्रीमान बर्ष ५१ को सुन बहादुर राईलाई खुकुरीले हात र खुट्टामा काटी घाइते बनाएकी हुन् । घाईते सुन बहादुरको स्थानिय मेडिकलमा उपचार भईरहेको छ भने खुकुरी प्रहार गर्ने मनमाया लाई ईलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको छ ।
जंगली च्याउ खादा ४ जना बिरामी
ताप्लेजुङ, भाद्र १४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-२ सानथाक्रामा जंगली च्याउ खादा ४ जना घाईते भएका छन । शुक्रबार बिहान साढे ८ बजेको समयमा घर नजिक रहेको उतिसको रुखमा रहेको जंगली च्याउ खाई बर्ष ५५ को पुर्ण बहादुर कामी, निजको श्रीमती बर्ष ५३की दिलमाया कामी, निजको छोरा बर्ष १८ को तेज ब कामी र सोही गाऊँपालिका-४ बस्ने बर्ष १७ को पुर्ण बहादुर लिम्बु बिरामी परेका हुन् । उनिहरु सबैजनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
पिङ खेलने क्रममा बालकको मृत्यु
उदयपुर, भाद्र १४ गते । उदयपुरको रौतामाई गाउँपालिका-८ पाँबुमा पिङ खेलने क्रममा १ जना बालकको मृत्यु भएको छ । टेक बहादुर मगरको छोरा अंदाजी बर्ष १०/१२ को शेर बहादुर मगर हिजो मध्यान्न १२ बजेको समयमा आफ्नै घरमा साडिको पिङ बनाई पिङ खेल्ने क्रममा साडिको पासो लागि मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय रौतामाई बाट घटनास्थलमा प्रहरीको टोली खटि आवश्यक अनुसन्धान कार्य पुरा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
म्याजिकको ठक्करबाट पैदलयात्री घाईते
सुनसरी, भाद्र १३ गते । सुनसरीको इनरुवा नगरपालिका-३ महेन्द्रचोक स्थित पूर्व पश्चिम राजमार्गमा म्याजिकको ठक्करबाट पैदलयात्री घाईते भएका छन् । बिहिबार साँझ साढे ५ बजेको समयमा पूर्व बाट पश्चिम तर्फ जादै गरेको को १ ज ३०७४ नम्बरको म्याजिकले सोही नगरपालिका-४ बस्ने बर्ष ६० को बासुदेब पंन्डित लाई बाटो काट्ने क्रममा ठक्कर दिइ घाईते बनाएको थियो । ठक्करबाट गम्भिर घाईते भएका पंन्डित लाई उपचारको लागी जिल्ला अस्पताल इनरुवा सुनसरी लगिएकोमा थप उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर ल्याईएको छ । साथै म्याजिक र म्याजिक चालक लाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।
लागुऔषध ब्राउन सुगर सहित झापाबाट ४ जना पक्राउझापा, भाद्र १२ गते । झापाका ३ छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागु औषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट बुधवार दिऊँसो पौन १ बजे खटिएको प्रहरी टोलीले मोरङको बेलवारी नगरपालिका-३ का २४ बर्षीय सन्तोष खड्का र १९ बर्षीय सोनाम लिम्बुलाई १ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित मेची नगर नगरपालिका-६ भन्सार गेटबाट नियन्त्रणमा लिएको हो । यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले अपरान्ह ५ बजे मेचीनगर नगरपालिका-७ गैह्रीगाउँबाट बेलवारी नगरपालिका-३ का १९ बर्षीय सुरज खवासलाई ५ ग्राम ब्राउ सुगर सहित पक्राउ गरेको छ भने सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले राती साँढे ८ बजे बिर्तामोड नगरपालिका-५ बाट हल्दिवारी गाउँपालिका-१ घर भई बिर्तामोड-४ बस्ने २६ बर्षीय मनोज गुरुङलाई ९० ग्राम ब्राउ सुगर र निजले प्रयोग गरेको मे ९ प ४८३२ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो । 
अबैध गाजाको बोट फडानीधनकुटा, भाद्र १२ गते । धनकुटाको शहिदभुमी गाउँपालिका-१ को पाङनाम र वडा नम्बर २ को बुर्खामा अबैध रुपमा लगाएको गाजा खेती ईलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलीले फडानी गरी नष्ट गरेको छ  । उक्त स्थानको करिव २५ रोपनी जग्गामा अबैध रुपमा लगाएको गाजा १० हजार १ सय ९४ बोट  नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
२ लाख बराबरको अबैध औषधी वरामदझापा, भाद्र १२ गते । झापाको मेचीनगर नगरपालिका-६ बाट अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको करिव २ लाख बराबरको औषधी बरामद भएको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधवार राती सवा ९ बजेको समयमा बिभिन्न किसिमका २ कार्टुन औषधीहरु बरामद गरेको हो । गस्तिमा रहेको प्रहरी टोलीलाई देख्नासाथ औषधी ल्याउँदै गरेको मानिस औषधी छाडेर फरार भएको तथा सो सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जानएको छ ।   
रुखबाट लडेर मृत्युमोरङ, भाद्र ११ गते । मोरङको बेलवारी नगरपालिका-२ का ३२ बर्षीय जिवन श्रेष्ठको रुखबाट लडेर मृत्यु भएको छ । आज दिउँसो १२ बजे घर नजिकै रहेको सामुदायिक बनमा रुखमा चढेर घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाईते भएका श्रेष्ठको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा आज दिउँसो १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
पानीको खाल्डोमा डुबेर बालकको मृत्युताप्लेजुङ, भाद्र १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिका-३ टाङसादिनका १५ बर्षीय बालक मन कुमार चोङवाङको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । आज दिउँसो साँढे २ बजेको समयमा निमाणाधिन अवस्थाको मदन भण्डारी रंगशालामा रहेको पानीको खाल्डोमा डुबेर बालकको मृत्यु भएको हो । घटनाको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
चट्याङ लागेर १ जनाको मृत्युओखलढुङा, भाद्र १० गते । ओखलढुङगाको सुनकोशी गाउँपालिका-१ की ६८ बर्षीया कृष्ण माया गुर्मछाने मगरको करेन्ट लागेर मृत्यु भएको छ । सोमवार अपरान्ह ५ बजेको समयमा घर नजिकै बारीमा घाँस काटिरहेको अवस्थामा अचानक चट्याङले लाग्दा मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
माछा मार्ने क्रममा १ जनाको मृत्युझापा, भाद्र १० गते । झापाको बाहदशि गाउँपालिका-४ का २५ बर्षीय धन कुमार राजवंशीको माछा मार्ने क्रममा घाग्रा खोलामा डुबेर मृत्यु भएको छ । सोमवार अपरान्ह ५ बजेको समयमा खोलामा  माछा मार्ने  क्रममा डुबिरहेको अवस्थामा स्थानियले देखेपछी तत्काल उद्धार गरी उपचारको लागि झापाको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
लेन्डरोभर गाडी दुर्घटना हुदा ११ जना घाईते।
तेह्रथुम, भाद्र ०९ गते । तेह्रथुमको फेदाप गाउँपालिका-२ शेर्मा स्थित मधय पहाडी राजमार्गमा लेन्डरोभर गाडी दुर्घटना हुदा १२ जना घाईते भएका छन् । आज बिहान १० बजेको समयमा सम्दु बाट म्याङलुङ तर्फ आउदै गरेको स १ ज २७२ नम्बरको लेन्डरोभर गाडी आफै अनियन्त्रीत भई सडक बाट अन्दाजी २५ मिटर तल खस्दा उक्त गाडीमा सवार चालक सहित १५ जना मध्ये ११ जना घाईते भएका हुन् । घाईते हुनेहरुमा तेह्रथुमको फेदाप गाउँपालिका-४ बस्ने बर्ष ४० को योगेन्द्र लिम्बु, सोही गाउँपालिका-५ बस्ने बर्ष ३३ को महेन्द्र कुमार थापा, बर्ष ४२ को खड्क बहादुर लिम्बु, बर्ष ४४ की गंगा लिम्बु, म्याङलुङ नगरपालिका-९ बस्ने बर्ष ३५ की शान्तिला लिम्बु, बर्ष ४२ को बिर बहादुर लिम्बु र उनकै छोरा बर्ष ११ का बिज्ञान लिम्बु, मोरङको सुन्दर हरैचा नगरपालिका-७ बस्ने बर्ष ३५ को कमल कोईराला, उर्लाबारी नगरपालिका-४ बस्ने बर्ष २१ को संन्जय थापा, झापाको दमक नगरपालिका-१ बस्ने बर्ष ४० को दिल बहादुर कार्की र मोरङको मधूमल्ला गाउँपालिका-३ बस्ने बर्ष ३२ को संन्तोष कार्की रहेका छन् । घाईते निजहरुको जिल्ला अस्पताल म्याङलुङ तेह्रथुममा उपचार भईरहेको छ । दुर्घटना पश्चात चालक फरार रहेका छन भने सह-चालकलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।
खोला तर्ने क्रममा १ जनाको मृत्यु
झापा, भाद्र ०९ गते । झापाको शिवसताक्षी नगरपालिका-१० सुकुम्बासी बस्ति बस्ने ताला हस्ता को घरमा काम गरी बस्दै आएका बर्ष ४३ को साहेब सरदारलाई गत ५ गते माई खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता बनाएको थियो । घटनाबारे अस्थायी प्रहरी पोष्ट माईधारमा जानकारी गराउनासाथ स्थानीयको सहयोगमा खोजतलासमा खटिएको प्रहरी टोलीले आईतबार साँझ ४ बजेको समयमा शिवसताक्षी नगरपालिका-६ शिवगंज स्थित माईखोलाको बिचमा रहेको बालुवाको थुप्रोमा अडकिएको अवस्थामा निजको शव फेला परेको थियो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोली खटि गई सम्पुर्ण कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ ।
धारीलो हतियार प्रहारबाट १ जनाको मृत्यु
सुनसरी, भाद्र ०९ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ टपरा बस्ने बर्ष ४५ को बहाब मीयाको धारीलो हतियार प्रहारबाट मृत्यु भएको छ । ८ गते बिहानको राती १ बजेको समयमा सोही स्थान बस्ने २५ बर्षिय मुर्ताज मियाले मादक पदार्थ शेवन गरी बहाब मीया लाई धारिलो हतियारले घाटिमा प्रहार गरि घाईते बनाउनुका साथै आफै समतेले धानमा किरा मार्ने बिषादि सेवन गरी घाईते भएका थिए । घाईते दुबैजनालाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगीएकोमा उपचारको क्रममा बहाब मीयाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
खोलाको पैनिमा डुबेर १ जनाको मृत्यु
मोरङ, भाद्र ०९ गते । मोरङको सुनबर्सि नगरपालिका-२ स्थित कमिनि खोलाको पैनिको खाल्डोमा डुबेर १ जनाको मृत्यु भएको छ । हिजो साझँ पौने ५ बजेको समयमा पथरी शनिश्चरे नगरपालिका-६ बस्ने बर्ष ५१ को धन बहादुर सार्किलाई उक्त खाल्डोमा डुबेर मृत अवस्थामा स्थानियले देखे पछी प्रहरीलाई जानकारी गराउनासाथ ईलाका प्रहरी कार्यालय कार्यालय रंगेलीबाट प्रहरीको टोली खटि आवश्यक कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ ।
करेन्ट लागेर बालिकाको मृत्यु
संखुवासभा, भाद्र ०९ गते । संखुवासभाको पांचखपन नगरपालिका-३ बस्ने राजकुमार राईको १४ बर्षिय छोरी एलिना राईको करेन्ट लागेर मृत्यु भएको छ । हिजो राती पौने ८ बजेको समयमा घरको नाङगो तारमा अचानक करेन्ट लागेर घाईते भएकी उनलाई तल्काल उपचारको लागी जिल्ला अस्पताल खादबारी तर्फ ल्यांउदै गर्दा रातको पौने ११ बजे उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
धनकुटा, भाद्र ०८ गते । धनकुटाको सागुरीगढी गाउँपालिका-९ थाम्चुवा स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । हिजो साझँ ६ बजेको समयमा सागुरीगढी गाउँपालिका-८ खुडी स्थितमा निर्माण भई रहेको तमोर करिडोर सडक खण्डको लागि चाहिने आवश्यक सिमेन्ट लिएर इटहरीबाट धनकुटातर्फ जादै गरेको कालिका कन्सट्रक्सनको लु. ४ त. २६९९ नम्बरको ट्याक्टर बाटोबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना हुँदा चालक सुनसरीको बराहाक्षेत्र नगरपालिका-८ मैनाबारी बस्ने वर्ष २६ को राकेश चौधरीको मृत्यु भएको हो । निर्माण स्थलमा अबेरसम्म पनी राकेश नपुगेपछी ठेकेदार पक्षका मानिसहरूले खोजतलाश गर्ने क्रममा आज बिहानको राती ३ बजेको समयमा उक्त स्थानमा मृत्त अबस्थामा फेला परेका थिए । घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले सम्पुर्ण कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाएको उक्त कार्यालयले जनाएको छ ।
खोलामा डुबेर बालकको मृत्यु
उदयपुर, भाद्र ०७ गते । उदयपुरको कटारी नगरपालिका-५ भोर्ले स्थित भोर्ले खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । आज दिउँसो २ बजेको समयमा सोही स्थान बस्ने जगदिश श्रेष्ठको ८ बर्षिय छोरा सिद्धान्त श्रेष्ठ र कृष्ण श्रेष्ठको ६ बर्षिय छोरा नारायण श्रेष्ठ दुबैजनाले घरमा कोही कसैलाई नभनी खोलामा नुहाउन गएकोमा नुहाउने क्रममा सिद्धान्त श्रेष्ठ खोलामा डुबेको भनी नारायण श्रेष्ठले आफन्तलाई जानकारी गराएपछी घाईते बालकलाई उद्दार पश्चात तत्काल कटारी अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
नालीमा डुबेर महिलाको मृत्यु
झापा, भाद्र ०६ गते । झापाको बिर्तामोड नगरपालिका-३ बिर्तामोड-भद्रपुर सडक खण्डमा खनेको नालीमा डुबेर बिर्तामोड १० कि ६५ बर्षीया सुमित्रा राईको मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा महिला नालीमा डुबेर मृत अवस्थामा फेला परेकी थिईन् । घटनास्थलमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा शव पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल पठाएको उक्त कार्यालयले जनाएको छ ।
अचेत अवस्थामा फेला पारी उपचारार्थ पठाईएकोमा उपचारको क्रममा मृत्यु ।
मोरङ, भाद्र ०६ गते ।  मोरङ बेलबारी -२ लालभित्ति स्थितमा सोहि स्थान बस्ने ३१ बर्षीय दिपेश लिम्बु अचेत अवस्थामा फेला परेका थिए । आज बिहान साढे १० बजे अचेत अवस्थामा फेला परेको भनि स्थानीयले ईलाका प्रहरी कार्यालय बेलबारीमा जानकारी गराउन साथ प्रहरी टोली खटि गई लिम्बुलाई थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा उनको पउने १२ बजे मृत्यु भएको भनि डाक्टरले जानकारी गराएका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
मृत अवस्थामा फेला
उदयपुर, भाद्र ०६ गते । उदयपुर चौदण्डीगढी नगरपालिका वर्डा नम्बर ८ कात्तिके बस्ने ६० बर्षीय किताब सिंह राई घर नजिकै रहको कात्तिके जंगलमा मृत अवस्थामा फेला परेका छन । हिजो दिउँसो साढे १ बजे राई गाई-बाख्रा चराउन घर नजिकै रहेको कात्तिके जंगलमा गएको र राती अबेर सम्म पनि घर फर्कि नआए पछि आफन्तले खोजी गर्दै जाने क्रममा राती १२ बजे घर भन्दा दुई किलोमिटर टाँढा रहेको कात्तिके जंगलमा उनलाई मृत अवस्थामा फेला पारिएको भनि ईलाका प्रहरी कार्यालय बेल्टारमा आज बिहान ९ बजे जानकारी गराएका थिए । साथै मृतका आफन्तले राईको सोही जंगलमा सालको रुखमा चढेर घाँस काट्ने क्रममा अचानक रुखबाट लडि उनको मृत्यु भएको हुन सक्ने समेत बताएका छन । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
ट्रक र एम्बुलेन्स ठोक्कीदा १ को मृत्यु ६ घाईते
मोरङ, भाद्र ०६ गते । मोरङको सुन्दर हरैचा नगरपालिका-७ को पूर्व पश्चिम राजमार्गमा आज राती ट्रक र एम्बुलेन्स एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । राती ०१ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च २००३ नम्बरको एम्बुलेन्स र बिपरीत दिशाबाट आउँदै गरेको ना ५ ख १९२५ नम्बरको ट्रक एक आपसमा ठोक्किदा एम्बुलेन्स चालक ईलाम नगरपालिका-२ का २१ बर्षीय रमेश निरौलाको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा एम्बुलेन्समा सवार ५ जना र ट्रकका सहचालक घाईते भई उपचारको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको र मृतकको शव समेत कानूनी प्रकृया पुरा गरी परिक्षणको लागि घोपा पठाईएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ भने दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय बेलवारीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
मोरङ, भाद्र ०६ गते । मोरङको बिराटनगर महानगरपालिका-२ बरगाछी चोकमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज राती साँढे १२ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ त ४४६७ नम्बरको ट्याक्टरले भित्री बाटोबाट मुख्य सडकमा निस्कदै गरेको स ८ प ४३५१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक सप्तरी शम्भुनाथका २० बर्षीय त्रिभुवन चौधरी र सोही मोटरसाईकलको पछाडी सवार सप्तरी महुलीका १८ बर्षीय सुनिल चौधरी घाईते भई उपचारको लागि बिराट नर्सिङ होम पठाएकोमा सुनिल चौधरीको उपचारको क्रममा राती १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाईकल चालकको सोही अस्पतालमा उपचार भईरहेको छ भने ट्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।
चट्याङले लागेर १ को मृत्यु १ घाईते
ताप्लेजुङ, भाद्र ०६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका-८ भित्तेका ५६ बर्षीय मान बहादुर बि.क. को चट्याङले हानेर मृत्यु भएको छ । बिहिवार बेलुका ७ बजे आफ्नै घरको भान्सामा बसिरहेको अवस्थामा अचानक परेको चट्याङले लागेर बि.क.को घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसैगरी फुङलिङ नगरपालिका-१० की ५० बर्षीय श्रीमाया तामाङ चट्याङले लागेर घाईते भएकी छन् । बिहिवार राती साँढे ७ बजे आफ्ने घरमा बसिरहेको अबस्थामा अचानक चट्याङले लाग्दा उनी घाईते भएकी हुन् । घाईते तामाङको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ ।
माई खोलाले बगाएर १ जना बेपत्ता
झापा, भाद्र ०६ गते । झापाको शिवसताक्षी नगरपालिका-१० सुकुम्बासी बस्तीका ताला हस्ताको घरमा बस्दै एका ४३ बर्षीय साहेव सरदारलाई माई खोलाले बगाउदा बेपत्ता भएका छन् । बिहिवार दिउँसो २ बजे माईखोला तर्ने क्रममा खोलाले बगाउँदा उनी बेपत्ता भएका हुन् । खोलाले बगाई बेपत्ता भएका सरदारको ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।
पोखरीमा डुबेर १ जनाको मृत्यु
झापा, भाद्र ०६ गते । झापाको दमक नगरपालिका-३ का २० बर्षीय मदन श्रेष्ठको वडा नम्बर ३ कार्यालयले खनेको सार्वजानिक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बिहिवार दिउँसो साँढे ४ बजे पोखरीमा पौडी खेल्न गएका श्रेष्ठ डुबेर मृत फेला परेका थिए । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
सालकको खपटा सहित २ जना पक्राउ
पाँचथर, भाद्र ०६ गते । पाँचथरको हिलिहाङ गाउँपालिका-२ कावेलीबाट लोपोन्मुख बन्यजन्तु सालकको खपटा सहित २ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । बिहिवार दिउँसो १ बजेको समयमा ताप्लेजुङको हप्पुखोलाबाट सदरमुकाम तर्फ जाँदै गरेको मे १ ज २३२४ नम्बरको गाडीमा सवार रहेका ताप्लेजुङको फुङलिङ नगरपालिका-२ का धन बिक्रम लिम्बुको साथबाट ६०० ग्राम खपटा र बिक्रम लिम्बुको साथबाट ६०० ग्राम खपटा बरामद भएको थियो । सालकको खपटा सहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लागु औषध खैरो हेरोईन सहित १ पक्राउ
झापा, भाद्र ०५ गते ।
झापाको बिर्तामोड नगरपालिका-५ पुरानो ईलाम स्टेसनबाट ५२ ग्राम लागुऔषध खैरो हेरोईन सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज बिहान साँढे ९ बजेको समयमा बा १६ च १६९३ नम्बरको कारमा सवार बिर्तामोड नगरपालिका-५ का ३६ बर्षीय राम कृष्ण कडरीयालाई पक्राउ गरेको हो । पक्राउ परेका कडरियालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
करेन्ट लागेर १ जनाको मृत्यु
झापा, भाद्र ०५ गते । झापाको शिवसताक्षी नगरपालिका-८ दाहाल चोकका ६१ बर्षीय हर्क बहादुर दर्जीको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार अपरान्ह साँढै ५ बजेको समयमा आफ्नै घरमा बिद्युतको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका दर्जीको झापाको बिर्तासिटी अस्पतालमा बेलुका पौने ७ बजे उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ
अबैध समान बरामद
झापा, भाद्र ०४ गते । झापाको मेचीनगर नगरपालिका-६ बाट १ लाख ५२ हजार बराबरको अबैध सामान बरामद भएको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भन्सार छली गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको बिभिन्न किसिमका कपडा तथा किराना समानहरु बरामद गरेको हो । बरामद भएको अबैध सामान आवश्यक कारवाहीको लागि आज मेची भन्सार कार्यालय बुझाईने उक्त कार्यालयले जनाएको छ ।
नक्कली प्रशीक्षार्थी पक्राउमोरङ, भाद्र ०३ गते ।
मोरङको रंगेली नगरपालिका-६ स्थितमा रहेको श्री पब्लिक माध्यमिक बिधालयमा संचालन भई रहेको SEE पुरक परिक्षाबाट नक्कली प्रशीक्षार्थी पक्राउ परेका छन् । सिम्बल नम्बर ०८१३४३६(Z) को कुमोद प्रसाद गनगाईको अनिबार्य गणित बिषयको परिक्षा जिल्ला मोरङ सुनवर्सी नगरपालिका-८ बस्ने बर्ष २१ को मुन्ना मण्डलले परीक्षा दिईरहेको अवस्थामा सोहि केन्द्रमा खटिएका गार्डले बिहान पौने १२ बजेको समयमा फेला पारी उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । नियन्त्रणमा लिईएका मण्डललाई ईलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई राखीएको उक्त कार्यालयले जनाएको छ ।
भीरबाट लडेर १ जनाको मृत्युधनकुटा, भाद्र ०३ गते । 
धनकुटाको सहिदभूमि गाउँपालिका-३ डाँडागाउँ बस्ने बर्ष ३८ का अर्जुन राईको भीरबाट लडेर मृत्यु भएको छ । हिजो साझँ साढे ५ बजेको समयमा घरबाट सोही स्थानको टारबारीमा रहेको शशुराली घर जान्छु भनि हिँडेका राई राती सम्म पनि शशुराली तथा आफन्तकोमा कतै नगए पछी खोजी गर्दै जाँदा आज बिहान ७ बजेको समयमा कोर्लाङ भीर बाट अन्दाजी १०० मिटर तल लडेर मृत्यु भएको अबस्थामा फेला परेका थिए । घटनाबारे ईलाका प्रहरी कार्यालय छिन्ताङमा जानकारी गराउनासाथ घटनास्थलमा खटिएको प्रहरीको टोलीले कानूनी प्रकृया गरी थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु
उदयपुर, भाद्र ०३ गते ।

उदयपुरको बेलका नगरपालिका-५ का तिर्थ आले मगरले श्रीमतीलाई कुटपिट गर्दा बर्ष ३० कि मन्जु आले पुलामि मगरको मृत्यु भएको छ । सोमबार राती १० बजेको समयमा घरायशी बादबिबादका कारण श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाईते भएकी मनजुको उपचारको क्रममा धरानको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा रातको साढे ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटना पश्चात श्रीमानलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको समेत उक्त कार्यालयले जनाएको छ ।
बादबिबादका क्रममा दाउ प्रहार गर्दा १ घाईते
मोरङ, भाद्र ०३ गते । मोरङको बेलबारी नगरपालिका-९ पोखरी बस्ने बर्ष-५५ को गणेश चौधरीले सामान्य बादबिबादका क्रममा सोही स्थान बस्ने बर्ष-६५ को सुर्ता चौधरीलाई घरेलु हतियार दाउ ले पछाडीबाट टाउकोमा प्रहार गर्दा उनी घाईते भएका छन् । घाईते उनको स्थानिय किल्निक डागा बजारमा उपचार भईरहेको छ भने दाउ प्रहार गर्ने गणेश चौधरीलाई अस्थायी प्रहरी चौकी डागाबजारले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
अलैची फाड्न गएका ब्यक्ति मृत फेला
ताप्लेजुङ, भाद्र ०३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ दलैचामा आफ्नै बारीमा अलैची फाड्न गई ३ दिनदेखी हराएका बर्ष ४८ को मन कुमार भन्ने मनमरे लिम्बु हिजो मृत अवस्थाम फेला परेका छन् । गत ३२ गते देखी अलैची फाड्न गएका श्रीमान हराए पछी निजकै श्रीमती बर्ष ४६ की पबित्रा लिम्बुले प्रहरी चौकी पापुङ्गमा हुलिया निबेदन दिएकि थिईन । सोही क्रममा खोजतलाश गर्दै जादा हिजो साझँ साढे ६ बजे मिक्वाखोलाको बगरमा मन कुमारलाई मृत अबस्थामा फेला परीएको थियो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरीको टोली खटि गई कानूनी प्रकृया पुरा गर्नुका साथै घटनाबारे थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
घरबाट हराएका बालकको पोखरीमा भेटियो शव
झापा, भाद्र ०२ गते । झापाको दमक नगरपालिका-३ बेलडागी २ सेक्टर न.E1, हर्ट न. 2 सिबीर मा बस्ने नर बहादुर मगर को छोरा बर्ष १४ को ओषिष मगर पोखरीमा मृत अवस्थामा फेला परेका छन । आईतबार साँझ ५ बजेको समयमा घरबाट हिडेका ओषिष लाई आज बिहाँन साढे ७ बजेको समयमा दमक नगरपालिका-३ हुम्से दुम्से सामुदायिक बनका कर्मचारीले जंगलमा खनेर बनाईएको पोखरीमा ओषिष मगरको शव डुबी रहेको अवस्थामा फेला परेका थिए । घटनाबारेमा अस्थायी प्रहरी चौकी बेलडागीमा जानकारी गराउनासाथ प्रहरीको टोली खटिगएको थियो भने आवश्यक अनुसन्धान तथा कानूनी प्रकृयाको लागी ईलाका प्रहरी कार्यालय बाट प्रहरीको टोली खटिएको उक्त कार्यालयले जनाएको छ ।
कारमा लुकाएर लैजादै गरेको लागुऔषध सहित २ पक्राउ
सुनसरी, भाद्र ०२ गते । सुनसरीको धरान उप-महानगरपालिका-८ तिनकुने बाट कारमा लुकाएर लैजादै गरेको लागुऔषध सहित २ पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट चेकिङमा खटिएको प्रहरीको टोलीले आईतबार राती १२ बजेको समयमा ईटहरी बाट धरानतर्फ आउदै गरेको को.२ च. १०२१ नम्बरको कारलाइ चेकजाँच गर्ने क्रममा धरान -१५ बस्ने बर्ष ३९ को रुभिन श्रेष्ठ र उक्त कारमा सवार धरान-२ बस्ने बर्ष ५६ को बनबरीलाल शर्माले लुकाइ-छिपाई ल्याउदै गरेको अवैध लागुऔषध लाईलेक्स-२८ बोतल फेला पारेको थियो । लागुऔषध सहित पक्राउ परेका दुबैजना र कारलाई ईलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
चट्याङले लागेर बालिकाको मृत्यु १ घाईते
उदयपुर, भाद्र ०२ गते । उदयपुरको त्रियुगा नगरपालिका-१५ खाबु बस्ने बर्ष १३ कि निर्मला मगरको चट्याङले लागेर मृत्यु भएको छ भने अर्का १ जना घाईते भएका छन् । आईतबार दिउँसो साढे २ बजे बर्ष २९ का पूर्ण बहादुर मगरको घरमा बसी रहेको अवस्थामा पानि संगै परेको चट्याङले लागेर घाईते भएका दुबैजनाई उपचारको लागी लैजादै गर्दा निर्मलाको बाटैमा मृत्यु भएको थियो भने घाईते पुर्णको जिल्ला अस्ताल उदयपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
गाँजा सहित १ जना पक्राउ
झापा, भाद्र ०१ गते । झापाको शिवसताक्षी नगरपालिका-१० दोमुखाका ५४ बर्षीय तिर्थराज दाहाल २ केजी ७०० ग्राम लागुऔषध गाँजा सहित पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले दाहाललाई निजकै घरबाट पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका दाहाललाई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
पानीमा डुबेर एकै दिनमा ४ जनाको मृत्यु १ घाईते
मोरङ,सुनसरी ,झापा, भाद्र ०१ गते । १ नम्बर प्रदेशका बिभिन्न जिल्लाहरुमा शनिबार पानीमा डुबेर ४ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन । मोरङको रतुवामाई नगरपालिका-७ सिजुवा बस्ने शिव मुखीयाको १० वर्षिय छोरा आकाश मुखीयाको खोलामा डुबेर मृत्यु भएको छ । घरबाट शनिबार बिहान हिडेका आकाश साँझ सम्म पनी घरमा फर्कीएर नआए पश्चात आकाशका परीवारले ईलाका प्रहरी कार्यालय सिजुवामा खबर गरेका थिए । घटनाबारे जानकारी पाएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा रातको ९ बजे रतुवा खोलाको किनारमा आकाशको कपडा देखे पश्चात प्रहरीले खोलामा खोजी गर्दा उनलाई डुबेर मृत अवस्थामा फेला पारेको थियो । घटना सम्बन्धमा कानूनी प्रकृया पुरा गरी आवश्यक अनुशन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसैगरी झापाको बिर्तामोड नगरपालिका-३ बिराट पोखर बस्ने रोशन बेसराको २ बर्षिय छोरा अजित बेसरा शनिबार अपरान्ह पौने ४ बजेको समयमा खेल्ने क्रममा घर नजिकै रहेको अदुवा खोलामा डुबेर मृत्यु अवस्थामा फेला परेका थिए । घटनाबारे जानकारी पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली खटिगई आवश्यक अनुसन्धान कार्य पुरा गरेको उक्त कार्यालयले जनाएको छ । यस्तै सुनसरीको ईटहरी उप-महानगरपालिका-६ बस्ने बर्ष ४० को मोहन भट्टराईको खेती खोलामा डुबेर मृत्यु भएको छ । खोलामा गएका भट्टाराईलाई केही समय पश्वात डुबीरहेको अवस्थामा स्थानियले भेटेका थिए । घटनाबारे प्रहरीलाई खबर गराउनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरीको टोली खटिगई आवश्यक अनुसन्धान एवं कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ । यसैगरी सुनसरीको रामधुनि नगरपालिका-६ ईचोल बस्ने बर्ष अन्दाजी ५० को सरीलाल राजधामी घर नजिकै रहेको पोखरीमा डुबेर मृत अबस्थामा फेला परेका छन् । घटनाबारे जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरीको टोली खटिगई आवश्यक अनुसन्धान कार्य पुरा गरी शवलाई पोष्टमार्टमको लागी बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाएको उक्त कार्यालयले जनाएको छ । यसैगरी सुनसरीको कोशी कटानमा रामधुनी-५ भुमरी चोक बस्ने बर्ष १८ को आयुष बस्नेत नुहाउने क्रममा डुबेर गम्भिर घाईते भएका थिए । उनलाई साथिहरुले डुबिरहेको अवस्थामा देखे पश्चात तत्काल उद्दार गरी जिल्ला अस्पताल ईनरुवा लगेकोमा थप उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर ल्याईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
करेन्ट लागेर महिलाको मृत्यु
सुनसरी, भाद्र ०१ गते ।
सुनसरीको देवानगञ्ज नगरपालिका-३ कप्तानगञ्जमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । शनिबार बिहान साढे ९ बजेको समयमा रामचन्द्र मेहेताको श्रीमती बर्ष २५ की अनिता मेहेता घरमा टेबुल फेन चलउने क्रममा करेन्ट लागी गम्भिर घाईते भएकी थिईन् । उनलाई उपचारको लागी विराट नर्सिङहोम विराटनगर लगीएकोमा उपचारको क्रममा दिउँसो मृत्य भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
फलामको हम्बर प्रहारबाट बृद्ध घाईते
झापा, श्रावण ३२ गते । झापाको मेचीनगर नगरपालिका-९ कृर्षी फारम बस्तिका ६३ बर्षिय तेज बहादुर लिम्बुले फलामको हम्बर प्रहारबाट एक बृद्ध लाई घाईते बनाएका छन् । शुक्रबार राती साढे ८ बजेको समयमा सोही स्थानका ६५ बर्षिय प्रेम लोकान्द्री लाई बादबिबादका क्रममा फलामको हम्मरले टाउकोमा प्रहार गरी घाईते बनाएका हुन । हम्बर प्रहारबाट गम्भिर घाईते भएका उनको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भई रहेको छ भने हम्बर प्रहार गर्ने तेज बहादुर लिम्बु लाई ईलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।
पोखरीमा डुबेर १ जनाको मृत्यु
सुनसरी, श्रावण ३२ गते । सुनसरीको रामधुनी नगरपालिका-६ ईचोल बस्ने ४५ बर्षिय पदम बहादुर श्रेष्ठ घर नजिकै रहेको पोखरी मा डुबेर मृत अबस्थामा फेला परेका छन् । शुक्रबार अपरान्ह पौने ४ बजेको समयमा स्थानियबासीले घटनाबारे प्रहरीलाई जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरीको टोली खटि आवश्यक कानूनी प्रकृया पुरा गरी घटनाबारे थप अनुसन्धान गरीरहेको उक्त कार्यालयले जनाएको छ ।
मृत अवस्थामा फेला
झापा,श्रावण-३१ गते । झापा भद्रपुर नगरपालिका-१ तुलसी चौक बस्ने ४२ बर्षीय जित बहादुर दर्लामी मगर मृत अवस्थामा फेला परेका छन । गत २९ गते घरबाट कोहि कसैलाई केही जानकारी नगराई हिडेका मगर साँझ सम्म घर फर्की नआपछी आफन्तले खोजतलास गर्ने क्रममा घर नजिकै रहको आफ्नै खेतमा आज बिहान सवा ८ बजे निज मृत अवस्थामा फेला परेको भनी सिमा प्रहरी चौकी पृथ्बीनगरमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ कानुनी प्रकृया तथा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापाबाट समेत प्रहरी टोली घटनास्थल तर्फ खटिएको छ ।
तार सट भइ टेम्पोमा आगलागी
झापा,श्रावण-३१ गते । झापा अर्जुनधारा नगरपालिका-६ भित्री सडक खण्डमा टेम्पोमा आगलागी हुदा टेम्पो पुर्ण रुपमा जलि नष्ट भएको छ । आज बिहान सवा ५ बजे झापा अर्जुनधारा नगरपालिका-५ बस्ने गुरु प्रसाद न्यौपानेले चलाई ल्याएको मे १ ह ५८६२ नम्बरको टेम्पो पश्चिम बाट पुर्ब महानन्द चोक तर्फ आउदै गर्दा अचानक तार सट भइ आगलागी हुदा टेम्पो पुर्ण रुपमा जलि नष्ट भएको साथै मानबिय क्षति नभएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
सप्तकोशी नदीले बगाएर ११ बर्षीय बालकको मृत्यु
सुनसरी, श्रावण ३१ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ का शिवराज राईको ११ बर्षीय छोरा मेदिम राईको सप्तकोशी नदीले बगाएर मृत्यु भएको छ । आज दिउँसो पौने १ बजे मेदिम सहित ५ जना नदीमा पौडी खेल्न गएकोमा पौडी खेल्ने क्रममा बालकलाई नदीले बगाएको थियो । घटनास्थलदेखी करिव ८०० मिटर तल नदीले बालकलाई बगाउदै गरेको देखि सो स्थानमा माछा मार्ने ब्यक्तिहरुले उद्धार गर्दा बालकको मृत्यु भईसकेको जनाईएको छ । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुधकोशी नदीले बगाएर १ जना बेपत्ता
ओखलढुङगा, श्रावण ३० गते । ओखलढुङगाको चिसंखुगढी गाउँपालिका-१ कुईभिर सिलउरी घाटमा पौडी खेल्ने क्रममा दुधकोशी नदीले बगाउदँदा १ जना बेपत्ता भएका छन् । नमस्ते अल इन्टरनेशनल आयुवेर्दिक कम्पनी काठमाण्डौबाट आयुवेर्दिक औषधी बिक्री बितरणको लागि आएका जिल्ला डोटी चौकी गाउँपालिका-७ का २० बर्षीय चन्द्र बहादुर खड्का र झपेन्द्र नेपाली पौडी खेल्ने क्रममा चन्द्र बहादुर खड्कालाई नदीले बगाई बेपत्ता भएका हुन् । उक्त स्थानमा प्रहरी चौकी खानीभञ्याङबाट प्रहरी टोली खटि गई स्थानीयवासीहरुको सहयोगमा बेपत्ता भएका खड्काको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
भीरबाट लडेर १ जनाको मृत्यु
ओखलढुङगा, श्रावण ३० गते । ओखलढुङगाको खिजिदेम्बा-४ बस्ने ३६ बर्षीया बालकुमारी बि.क.को भीरबाट लडेर मृत्यु भएको छ । बुधवार राती साँढे ७ बजेको समयमा घरबाट खिजिदेम्बा-२ दिदिको घर जाँदै गरेको अवस्थामा बाटोमा रहेको भीरबाट लडेर बि.क.को घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई शवलाई भीरबाट निकाली कानूनी प्रकृया पश्चात अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
मन्दिरका पुजारी मृत अबस्थामा फेला
सुनसरी, श्रावण ३० गते । सुनसरीको दुहवी नगरपालिका-१ साहु टोलमा रहेको शिव मन्दिरका पुजारी दुहवी-५ का ६० बर्षीय तुलाकृष्ण चौधरी मृत अवस्थामा फेला परेका छन् । आज बिहान पौने ८ बजेको समयमा उक्त मन्दिरका पुजारी मन्दिर परिसरमा नै मृत अवस्थामा रहेको भन्ने स्थानियवासीहरुले जानकारी गराउना साथ ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
करेन्ट लागेर १ जनाको मृत्यु
झापा, श्रावण ३० गते । झापाको मेचीनगर नगरपालिका-९ मागुरवाडीका ६० बर्षीय गंगा थपलियाको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ७ बजेको समयमा आफ्नै घर पछाडी बारीमा हात्तीबाट जोगिन जोडेको बिजुलिको नाङगो तारबाट करेन्ट लाग्दा थपलियाको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय धुलावरीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यु
सुनसरी, श्रावण २९गते । सुनसरीको बर्जु गाउँपालिका-५ पुरानो नहर टोलका २६ बर्षीय प्रदिप यादवले श्रीमतीलाई कुटपिट गर्दा २३ बर्षीया श्रीमती अवन देवी यादवको मृत्यु भएको छ । मंगलवार बिहान घरायशी बादबिबादका कारण श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाईते भएकी यादवको उपचारको क्रममा बिराटनगरको लाईफ गार्ड अस्पतालमा मंगलवार बेलुका ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ । घटना पश्चात फरार रहेका अभियुक्त प्रदिप यादवको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आगलागीबाट ५ लाख बराबरको क्षती
ईलाम, श्रावण २८ गते । ईलाम सुर्योदय नगरपालिका-१० आरुबोटे स्थितमा रहेको कृष्ण गोपाल चिया फ्याक्ट्रीमा आगलागी हुदा ५ लाख बराबरको क्षती भएको छ । आज बिहान साढे ६ बजे बिधुत सट भई फ्याक्ट्रीमा आगलागी हुदा २ थान पानी तान्ने मोटर, २ थान फेन र ३ सय केजी चिया जलि नष्ट हुदा उक्त रकम बराबरको क्षती भएको हो । आगो प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा पउने ७ बजे नियन्त्रणमा लिईएको थियो ।
मृत अवस्थामा फेला
सोलुखुम्बु, श्रावण २८ गते । सोलुखुम्बु महाकुलुङ गाउँपालिका-१ बुङ बस्ने २० बर्षीय शुक्र कुमार राई मृत अवस्थामा फेला परेका छन । गत २६ गते घर बाट नाम्चेमा ट्रेकिङ काम गर्न जान्छु भनि हिडेकोमा बुङबाट नाम्चे जाने बाटोमा पर्ने माप्ये दुधकोशी गाउँपालिका ७ सिबुचे स्थित जंगलको बिचमा रहेको बाटोमा उनि मृत अवस्थामा फेला परेको भनि स्थानीयले हिजो राती १० बजे प्रहरी चौकी खरीखोलामा जानकारी गराएका थिए । घटनाको जानकारी पाउन साथ कानुनी प्रकृया तथा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु समेतबाट प्रहरी टोली खटि गएको छ । 
लागुऔषध सहित २ जना पक्राउ
उदयपुर, श्रावण २८ गते । उदयपुरको त्रियुगा नगरपालिका-६ लालपत्ताबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स ७ प ८८०९ नम्बरको मोटरसाईकलमा सवार रहेका सिराहाको भगवानपुर गाउँपालिका-२ का २० बर्षीय मुकेश कुमार यादव र २३ बर्षीय रमेश कुमार महतोलाई फेनारगन १०० एम्पुल, नोर्फिन १०० एम्पुल, डाईजोल्याप १०० एम्पुल र नगद रु. ७२३०।– सहित सोमवार अपरान्ह ५ बजे पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 
खोलामा डुबेर १ जनाको मृत्यु
सोलुखुम्बु श्रावण २७ गते । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-८ लाखोपकी ६३ बर्षीया काण्डी शेर्पाको खोलामा डुबेर मृत्यु भएको छ । आईतवार दिउँसो घरबाट अचानक हिडेकी शेर्पाको खोजतलास गर्ने क्रममा आज दिउँसो साँढे १२ बजे लाखोप ठाडे खोलामा डुबी मृत अबस्थामा फेला परेकी थिईन । घटनास्थलमा प्रहरी चौकी केरुङको प्रहरी टोली रहेको छ भने थप अनुसन्धान र कानूनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लडेर १ जनाको मृत्यु
खोटाङ, श्रावण २७ गते । खोटाङको बराहपोखरी गाउँपालिका-५ सोह्रखानीकी ५० बर्षीया बाटुली माया सार्कीको लडेर मृत्यु भएको छ । आज दिउँसो साँढे १२ बजेको समयमा सार्की घर नजिकै बारीमा लडेर मृत अबस्थामा रहेको भन्ने जानकारी पाए पश्चात घटनास्थल तर्फ खटिएको प्रहरी चौकी हुक्नाजोरको टोलीले निजलाई मृत अवस्थामा फेला पारेको थियो । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय चिसापानी तथा खोटाङ बजारबाट समेत प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय रानीको नव निर्माण हुने भवनको शिलान्याश
मोरङ, श्रावण २७ गते । ईलाका प्रहरी कार्यालय रानीको हाता भित्र निर्माण हुन लागेको प्रहरी कार्यालय भवन तथा आवास गृहको शिलान्याश भएको छ । उक्त भवनको आज बिहान ८ बजे १ बिशेष समारोहका विच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालले बिधिवत रुपमा शिलान्याश गर्नु भएको हो । पुरानो भवन जिर्ण भई दैनिक काम कारवाहीमा कठिनाई भएको अबस्थामा प्रहरी प्रधान कार्यालयले UNOPS को सहयोगमा ५ कठ्ठा १० धुर क्षेत्रफलमा, ७ करोडको कुल लागतमा सुबिधा सम्पन्न कार्यालय भवन तथा आवास गृहको निर्माण हुन लागेको हो ।
भवनको शिलान्याश पश्चात कार्यक्रममा बोल्नु हुँदै प्रदेश प्रहरी प्रमुख ज्ञवालीले भवन मात्र सबै चिज नभई भवनबाट प्रवाह हुने सेवा सबै भन्दा ठुलो र भवनको महत्व भन्दा पनि भवनबाट प्रवाह हुने सेवाको गुणस्तरको महत्व बढी हुने तथा प्रहरी कस्तो छ भन्ने देखाउने हुँदा यसवाट प्रवाह हुने सेवाको स्तरमा बृद्धी गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । साथै वहाँले तोकिएकै समयमा र तोकिएकै मापदण्ड अनुसार निर्माण सम्पन्न भई हस्तान्तरण हुनेमा आफु बिश्वस्त रहेको बताउदै सम्बन्धीत निर्माणकर्तालाई सम्झौता बमोजिमकै समय र मापदण्डमा निर्माण सम्पन्न गर्न अनुरोध गर्नु भयो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक बिश्व अधिकारीले जव सम्म कानून कार्यान्वयनको विकाश हुँदैन तव सम्म मानव सभ्यताको विकाश नहुने हुँदा समाजमा शान्ति सुरक्षाको विकाश गर्न र सभ्यताको विकाशमा पहिलो अवश्यकता भनेको प्रहरी/सुरक्षा रहेको बताउँदै प्रहरी प्रबिधी मैत्री र सुबिधा सम्पन्न हुनुको बिकल्प नरहेको बताउनु भयो । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधीकारीहरु, स्थानीय जनप्रतनिधीहरु, स्थानीय नागरीक, समाजसेवी, ब्यापारी, संचारकर्मी लगायत १०० भन्दा बढीको उपस्थिति रहेको थियो ।
करेन्ट लागेर १ जनाको मृत्यु
मोरङ, श्रावण २७ गते । मोरङको ग्रामथान गाउँपालिका- ७ नेताचोकका ३५ बर्षीय उमालाल पाँचकोटीको करेन्ट लागेर मृत्यु भएको छ । आईतबार राती पौने ९ बजेको समयमा आफ्नै घरमा बिद्युतिय तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका पाँचकोटीको बिराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
खोलाले बगाएर १ जनाको मृत्यु
उदयपुर, श्रावण २७ गते । उदयपुरको बेलका नगरपालिका-१ आम्बासीका ६६ बर्षीय राज कुमार तामाङको खोलाले बगाएर मृत्यु भएको छ । आईतवार दिउँसो पौने ४ बजे तामाङलाई स्थानीय काली खोलाले बगाएको भनी सूचना पाए पश्चात तत्काल खटिएको प्रहरी चौकी भागलपुरको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा काली खोलाको दोभानमा तामाङको शव फेला पारेको थियो । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट समेत प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल उदयपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
कुलोमा डुबेर १ जनाको मृत्यु
पाँचथर, श्रावण २६ गते । पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ मा स्थानीय थाम्सुङ खोलाबाट थाम्सुङ गाउँमा सिंचाईको लागि ल्याएको कुलोमा डुबेर स्थानीय ५४ बर्षीय पुर्ण बहादुर राईको मृत्यु भएको छ । शनिवार राती १० बजे उक्त कुलोमा डुबेर मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय रवीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
खोलाले बगाएर महिलाको मृत्यु
ताप्लेजुङ श्रावण २६ गते । ताप्लेजुङको सिरिजंगा गाउँपालिका-४ की ४७ बर्षीया सीता भट्टराईको खोलाले बगाएर मृत्यु भएको छ । शनिवार दिउँसो साँढे ४ बजे छिमेकीको घरमा घिऊ पुर्‍याउन गएकी भट्टराई बेलुका सम्मपनी घर फर्केर नआएपछी खोजतलास गर्ने क्रममा बाटोमा रहेको नागदेवा खोलाको किनारामा बाटोभन्दा करिव २०० मिटर तल मृत अबस्थामा फेला परेकी थिईन् । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
पोखरीमा डुबेर बालकको मृत्यु
झापा, श्रावण २६ गते । झापाको भद्रपुर नगरपालिका-१० का बासुदेव जोगीको १२ बर्षीय छोरा सुमन जोगीको पोखरीमा डुबेर मृत्यु भएको छ । घरबाट दिउँसो १ बजे नै हिडेका बालक बेलुका सम्म पनी घर फर्केर नआएपछी खोजतलास गर्ने क्रममा राती साँढे ८ बजे बिष्णु कन्ट्रक्सनको माछा पोखरीमा मृत अवस्थामा फेला परेका थिए । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शवको उद्धार गरी कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि मेची अञ्चल अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
मोटरसाईकल दुर्घटना १ को मृत्यु २ घाईते
झापा, श्रावण २६ गते । झापाको हल्दीवारी गाउँपालिका-२ मा शनिवार राती भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । राती साँढे ७ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे ७ प ४१३७ नम्बरको मोटरसाईकलले पैदलयात्री स्थानीय ३५ बर्षीय कुमार भन्ने डम्बर बहादुर तामाङलाई ठक्कर दिंदा तामाङ लगायत मोटरसाईकल चालक बिर्तामोड-३ का ४५ बर्षीय देवबन्धु उप्रेती र पछाडी रहेका १३ बर्षीय राकेश ठाकुर घाईते भएका थिए । घटनास्थलमा प्रहरी चौकी हल्दीवारीबाट खटिएको प्रहरी टोलीले घाईते ३ जनालाई नै उपचारको लागि बि.एण्ड.सी. अस्पताल बिर्तामोड पठाएकोमा पैदलयात्री डम्बर बहादुर तामाङको उपचारको क्रममा आज बिहान साँढे ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अबैध भरुवा बन्दुक सहित १ जना पक्राउ
झापा, श्रावण २५ गते । झापाको हल्दिवारी गाउँपालिका-५ स्थित शान्ति सामुदायिक वनबाट अबैध भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । शुक्रबार राती साढे ८ बजेको समयमा सोही स्थान बस्ने बर्ष ६० को ताराहाङ राईलाई प्रहरी चौकी जलथलबाट गस्तीमा खटिएको प्रहरीको टोलीले १ थान भरुवा बस्दुक सहित नियन्त्रणमा लिएको थियो । पक्राउ परेका राईलाई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय झापामा ल्याईएको उक्त कार्यालयले जनाएको छ ।
भालुको आक्रमणबाट महिला घाईते
सोलुखुम्बु, श्रावण २५ गते । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-३ लोदिङ बस्ने बर्ष ४२ की मायाँ शेर्पा भालुको आक्रमणबाट घाईते भएकी छिन । शुक्रबार राती साढे ९ बजेको समयमा आफ्नै मकैं बारीमा मकै रुङ्न बनाएको सानो टहरामा बसी भालु धपाउन टिन बजाउने क्रममा बच्चा सहित आएको भालुले अचानक आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी हुन् । उनलाई उपचारको लागी जिल्ला अस्पताल सोलुखुम्बु लगीएकोमा थप उपचारको लागी जिल्ला स्थित मिसन अस्पताल लगीएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
छोराको कुटपिटबाट वुवाको मृत्यु
झापा, श्रावण २४ गते । झापाको कमल गाउँपालिका-१ का ७० बर्षीय सुर्य बहादुर थापालाई आफ्नै ३१ बर्षीय छोरा प्रकाश थापाले चिर्पटले हिर्काउँदा मृत्यु भएको छ । आज बिहान सवा ७ बजे घरायशी कारणले बादबिबाद हुँदा छोराले बाबुलाई चिर्पटले टाउकोमा प्रहार गर्दा निजको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटनास्थलमा खटिएको प्रहरी चौकी तोपगाछीको प्रहरी टोलीले प्रकाश थापालाई पक्राउ गरेको छ भने मृतकको कानूनी प्रकृया पूरा गरी शव परिक्षण लागि मंगलवारे अस्पताल पठाएको र सो सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
अबैध समान बरामद
झापा, श्रावण २४ गते । झापाको भद्रपुर नगरपालिका-१० लेखनाथ चोकबाट अन्दाजी ३ लाख बराबरको अबैध समान बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आज बिहान साँढे ९ बजे भारतबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको कुर्था सुरुवाल, सर्टको टोल कपडा र साडी गरी उक्त मुल्य बराबरको अबैध समान बरामद गरेको हो । अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागि आजै मेची भन्सार कार्यालय बुझाईएको उक्त कार्यालयले जनाएको छ ।
कन्टेनरको ठक्करबाट साईकल यात्रीको मृत्यु
मोरङ,श्रावण-२४ गते । मोरङ विराटनगर महानगरपालिका-५ बरगाछी स्थित कोशी राजमार्गमा कन्टेनरको ठक्करबाट विराटनगर १ बस्ने ३५ बर्षीया स्वेता सहनीको मृत्यु भएको छ । हिजो राती १० बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको NL01L5135 नम्बरको भारतिय कन्टेनर गाडीले भित्री बाटोबाट निस्किदै गरेको साईकललाई ठक्कर दिदा घाईते भएकी साईकल यात्री सहनीको विराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने गाडी र गाडी चालक भारत बिहार भागलपुर बस्ने ३३ बर्षीय मो. सम्सुललाई उक्त कार्यालयले नियन्त्रणमा लिएको छ ।
पोखरीमा डुबी ४ बर्षीय बालकको मृत्यु
संखुवासभा, श्रावण-२४ गते । संखुवासभा खाँदबारी नगरपालिका-९ तुम्लिङटार बस्ने बिर बहादुर कुमाल को ४ बर्षीय छोरा बिमल कुमालको पोखरीमा डुबेर मृत्यु भएको छ । हिजो राती पौने ८ बजे घर नजिकै रहेको कोशी कोरीडोरको पानी जमाउन खनेको सानो पोखरी छेउमा खेल्ने क्रममा सोहि पोखरीमा पर्दा डुबेर बालकको मृत्यु भएको भनि आफन्तले जिल्ला प्रहरी कार्यालय संखुवासभा जानकारी गराएका थिए । घटनाको जनाकरी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।
रुखले किच्दा पैदल यात्रीको मृत्यु
मोरङ श्रावण-२४ गते । मोरङ कानेपोखरी गाउँपालिका ७ आईतबारे बस्ने ५१ बर्षीया पार्वता भट्टराईको रुखले किचेर मृत्यु भएको छ । हिजो सवा ४ बजे कानेपोखरीबाट रमाईलो तर्फ गईरहेको अवस्थामा कानेपोखरी चोक देखि ५०० मिटर दक्षिण पुग्दा एक्कासी आएको हावा हुरीको कारण रुख लड्दा सोहि रुखले किचेर घाईते भएकी भट्टराईको पथरी अस्पताल पथरीमा उपचारको क्रममा पौने ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
लागु औषध सहित १ जना पक्राउ
मोरङ, श्रावण २३ गते । मोरङको उर्लावारी नगरपालिका-७ बाट लागुऔसध सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान १० बजेको समयमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३२ प ६४८५ नम्बरको मोटरसाईकलाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक पथरी शनिश्चरे नगरपालिका-२ का २६ बर्षीय अनुज राईको साथबाट लुपिजेसीक-१७ एम्पुल, डाईजेपम-१७ एम्पुल र प्रोमोजोन १७ एम्पुल बरामद गरेको थियो । लागु औसध सहित पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय उर्लावारीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
ठुलो संख्यामा गाई गोरु मृत फेला
सुनसरी श्रावण २३ गते । सुनसरीको बराह नगरपालिका-६ र ९ स्थित कोशी आरक्षण क्षेत्रको मध्यवर्ती घाँसे जंगलमा ४४ वटा गाई गोरु मृत फेला परेका छन् । जंगलमा गाई गोरु मृत रहेको भन्ने खबर प्राप्त भए संगै प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले २८ वटा गाई र १६ वटा गोरु मृत अबस्थामा रहेको पाएको थियो । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली तथा जिल्ला पशु सेवा केन्द्र ईनरुवाबाट पशु चिकित्सक सहितको टोली खटि गई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
करेन्ट लागेर १ जनाको मृत्युझापा, श्रावण २३ गते । 
झापाको दमक नगरपालिका-३ शरणार्थी शिविरमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । बुधवार साँझ साँढे ६ बजे शरणार्थी शिविरको खाद्यान्न गोदाम छेउको पोलमा पाथिभरा नेटवर्कीङ प्रा.लि.ले नेटवर्कको तार ताँग्ने क्रममा अचानक करेन्ट लाग्दा नेटवर्कीङ प्रा.लि.का कर्मचारी २३ बर्षीय प्रकाश कार्की गम्भीर घाईते भई उपचारको लागि दमकको आम्दा अस्पताल लगिएकोमा उपचारको क्रममा बेलुका सवा ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
आगलागीबाट १६ लाख रुपयाँ बराबरको क्षतिमोरङ, श्रावण २२ गते । 
मोरङको बेलवारी नगरपालिका-११ मा भएको आगलागीमा परी ३ घर जलेर नष्ट भएका छन् भने करिव १६ लाख रुपयाँ बराबरको क्षति भएको छ । मंगलवार राती सवा ८ बजे स्थानीय सुजन राईको घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी हुँदा निजको टिनको छाना भएको १ तले कच्ची घर, छिमेकी कुमार बि.क. र दिल कुमारी लिम्बुको समेत घर जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा राती पौने ९ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । उक्त आगलागीमा परी दिल कुमारी लिम्बुको ४ वटा बाख्रा समेत जलेर मरेको तथा मानवीय नभएको उक्त कार्यालयले जनाएको छ ।
थुनुवा भेट्न आएका ब्यक्ति लागु औषध सहित पक्राउझापा, श्रावण २२ गते ।  झापाको ईलाका प्रहरी कार्यालय अनारमनीमा रहेका थुनुवा भेट्न आएका एक ब्यक्तिलाई प्रहरीले लागूऔषध र ब्लेड सहित पक्राउ गरेको छ । मंगलवार राती पौने ९ बजे ईलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका जबरजस्ति करणी मुद्धाका थनुवालाई भेट्न आएका बिर्तामोड नगरपालिका-१ बस्ने २४ बर्षीय बिशाल शाक्यलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट १ थान ब्लेड, ०.१७ मिलिग्राम ब्राउन सुगर र ०.६९ मिलिग्राम गाँजा फेला परेको थियो । लागुऔषध सहित पक्राउ परेका शाक्यलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
नक्कली नेपाली नोट सहित १ पक्राउउदयपुर, श्रावण २२ गते । 
उदयपुरको चौदण्डीगढी नगरपालिका-५ बाट नेपाली १००० दरका नक्कली नोट सहित १५ बर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १ हजार दरको नेपाली नोट लिएर स्थानीय एक पसलमा किराना सामान किन्न गएका बालकले पसलमा दिएको नोट शंका लागि चेक गर्दा नक्कली जस्तो देखिएपछी किराना पसल संचालकले ईलाका प्रहरी कार्यालय सुन्दरपुरमा खबर गरेका थिए । खबर प्राप्त भए लगत्तै घटनास्थल तर्फ खटिएको प्रहरी टोलीले स्थानीय १५ बर्षीय बालकलाई १ हजार दरका ४१ थान नक्कली नोट सहित नियन्त्रणमा लिएको हो । नक्कली नोट सहित पक्राउ परेका बालकको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
डुबेर नाबालिकाको मृत्यु
झापा, श्रावण २१ गते । झापा बुद्धशान्ति गाउँपालिका-६ शान्तिनगर बस्ने खड्क बहादुर लिम्बुको छोरी १४ महिनाकी साखिम लिम्बुको पोखरीमा डुबेर मृत्यु भएको छ । आज दिउँसो सवा १२ बजेको समयमा नाबालिका घर नजिकै रहेको माछा पोखरीको छेउमा खेल्ने क्रममा सोही माछा पोखरीमा परी डुबेर बेहोस भएकोमा उपचारको क्रममा बिर्तामोड तर्फ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको भनि आफन्तले ईलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी प्रकृया भईरहेको उक्त कार्यालयले जनाएको छ ।
खोलामा नुहाउने क्रममा डुबेर मृत्यु
उदयपुर, श्रावण २१ गते । उदयपुरको त्रियुगा नगरपालिका-६ का ६४ बर्षीय निर बहादुर श्रेष्ठको त्रियुगा खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । आज बिहान साँढे ७ बजे त्रियुगा खोलाको २ नम्बर पुल नजिक नुहाउने क्रममा अचानक पानीमा डुबेर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय उदयपुर तथा ईलाका प्रहरी कार्यालय जलजलेबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
आगलागीबाट ५० लाख बराबरको क्षति
मोरङ, श्रावण २१ गते ।मोरङको लेटाङ नगरपालिका-६ घुम्तिमा आज बिहान भएको आगलागीमा परी ३ घर जलेर नष्ट हुँदा करिव ५० लाख बराबरको क्षति भएको छ । बिहान ५ स्थानीय मेश बहादुर बि.क.को भान्सा घरबाट अचानक आगलागी शुरु भई बि.क. को भासा घर, छिमेकी ठोल प्रसाद मगर र भक्त बहादुर राईको २/२ तले घर तथा घर भित्र रहेको सम्पुर्ण समान जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उक्त आगलागी नेपाल प्रहरी, नेपाली सेना, बारणयन्त्र तथा स्थानीयवासी समेतको सहयोगमा बिहान ५:५० बजे पुर्ण रुपमा नियन्त्रणमा आएको छ भने कुनै पनि मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।
एम्बुलेन्स दुर्घटना ११ जना घाईते
बिराटनगर, श्रावण २१ गते ।
उदयपुर र सुनसरीमा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा ११ जना घाईते भएका छन् । झापाबाट उपचार गरी घर फर्केका मानिसलाई लिएर गाईघाट तर्फ जाँदै गरेको मे १ च ६६१ नम्बरको एम्बुलेन्स आज बिहान साँढे ३ बजे उदयपुरको त्रियुगा नगरपालिका-६ चुरेमा आफै अनियन्त्रित भई दुर्घटना हुँदा एम्बुलेन्समा सवार त्रियुगा नगरपालिका-६ का सदहरुल मिया, निजको छोरी २८ बर्षीया सहिजा मिया, सोही स्थान बस्ने ३५ बर्षीय मोहमद हमिद, बर्ष ४० की सहिपुन खातुन, बर्ष ७५ की हजरा खातुन, त्रियुगा नगरपालिका-१२ की ३२ बर्षीय अम्बिका बि.क. र निजको छोरा ११ बर्षीय अशोक बि.क. घाईते भएका हुन् । घाईते सबैजनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ भने चालक र एम्बुलेन्स ईलाका प्रहरी कार्यालय जलजलेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसैगरी उदयपुरको उदयपुरगढी गाउँपालिका-१ बाट सुत्केरी ब्यथा लागेको बिरामी बोकेर बिराटनगर तर्फ आउँदै गरेको स १ झ ५२६ नम्बरको एम्बुलेन्स सुनसरीको गढी गाउँपालिका-२ को थलाहा पुलमा आज बिहान ३:१० बजे ठोक्किएर दुर्घटना हुँदा एम्बुलेन्समा सवार उदयपुर गढी गाउँपालिका-१ की ३२ बर्षीया सबिना बास्तोला (सुत्केरी ब्यथा लागेको बिरामी), निजको श्रीमान ३६ बर्षीय खेम बहादुर बास्तोला, सोही स्थानका ३६ बर्षीय सिताराम बास्तोला घाईते भई बिराट टिचिङ अस्पताल गंगा चौकमा उपचार भईरहेको छ भने चालक सोही स्थानका २८ बर्षिय नीर बहादुर पुलामी मगरको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
लागुऔषध सहित १ जना पक्राउ
उदयपुर, श्रावण २१ गते ।
उदयपुरको त्रियुगा नगरपालिका-६ का २२ बर्षीय सुदिप परियार लागु औषध सहित पक्राउ परेका छन् । सोमवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय जलजलेबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले परियारलाई जलजले चौकबाट लुपिजेसिक-५ एम्पुल, फेनारागन-५ एम्पुल र डाईजेल्याव ५ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका परियारलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु
संखुवासभा, श्रावण २० गते ।
संखुवासभाको खाँदवारी नगरपालिका-९ का ४५ बर्षीय ऋषिकेश निरौलाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । आज दिउँसो सांढे १ बजेको समयमा खाँदवारी नगरपालिका-९ मा रहेको सभाखोलामा पौडी खेल्ने क्रममा डुबेर घाईते भएका निरौलालाई अन्य पौडी खेलिरहेका साथीहरुले उद्धार गरी उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार पठाएकोमा उपचारको क्रममा साँढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
आगलागीबाट ५० लाख बराबरको क्षति
झापा, श्रावण २० गते ।
झापाको कन्काई नगरपालिका-५ चत्रामारीका सोमनाथ अधिकारीको घरमा आगलागी हुँदा अन्दाजी ५० लाख बराबरको क्षति भएको छ । आज बिहान सवा १० बजे अधिकारीको काठले बनेको टिनको छाना भएको घरमा बिजुलिको तार सर्ट भई अचानक आगलागि हुँदा घर भित्र रहेको लत्ता कपडा, भाडा वर्तन, खाद्यान्न तथा फर्निचरको समान जलेर नष्ट भई उक्त मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ । उक्त आगलागी प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा बिहान सवा ११ बजे पुर्ण रुपमा नियन्त्रणमा लिईएको थियो भने आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।
ट्रकको ठक्करबाट बालकको मृत्यु
संखुवासभा, श्रावण २० गते ।
संखुवासभाको धर्मदेवी नगरपालिका-३ का धनराम अधिकारीको ४ बर्षीय छोरा आदित्य अधिकारीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । आज बिहान ९:४० बजेको समयमा कोशी राजमार्ग अन्तरगत टुटेदेउरालीबाट खाँदवारी तर्फ जाँदै गरेको ना ४ ख २९०० नम्बरको ट्रकले ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
भीरबाट लडी १ को मृत्यु
संखुवासभा,श्रावण-१९ गते ।
संखुवासभा मकालु गाउँपालिका-३ एक्वा बस्ने ६२ बर्षीय घले शेर्पा भीरबाट लड्दा उनको घट्नास्थलमा मृत्यु भएको छ । हिजो दिउँसो सोही स्थानमा रहेको बजारमा पुजाको सामाग्री किन्नको लागि गएका शेर्पा सामान किनी फर्कने क्रममा राती ९ बजे नजिकै रहेको महाभीरबाट अन्दाजी ५० मिटर तल खस्दा उनको मृत्यु भएको भनि आफन्तले आज बिहान ६ बजे ईलाका प्रहरी कार्यालय हेदाङनामा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी प्रकृया भईरहेको उक्त कार्यालयले जनाएको छ ।
बुलेरोको ठक्करबाट लडेका मोटरसाइकल चालकको बसले किचेर मृत्यु
सुनसरी, श्रावण १८ गते ।
सुनसरीको ईटहरी उप-महानगरपालिका-२० पानिपिया स्थित कोशीराजमार्ग जंगलमा बुलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो १ बजेको समयमा धरानबाट ईटहरी तर्फ आउदै गरेको को २९ प ४१९५ नम्बरको मोटरसाइकललाई धरान बाट ईटहरी तर्फ आउदै गरेको ना २ च ६६८९ नम्बरको बुलेरोले ठक्कर दिएको थियो । बुलेरोको ठक्करबाट लडेका मोटरसाइकल चालक सुनसरीको धरान-८ बस्ने बर्ष अन्दाजी २२/२३ को संजु गुरुङलाई ईटहरी बाट धरान तर्फ जादै गरेको मे.१ ख २०४५ नम्बरको बसले किच्दा घटनास्थलमै उनको मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी तरहरा बाट प्रहरीको टोली खटिगई बुलेरो र चालक उदयपुरको बेलटार-३ बस्ने वर्ष ४२ को सन्तमान याक्खा , बस र चालक झापाको मेचि नगरपालिका-१ बस्ने वर्ष ४३ को रमेश खतिवडा लाई नियन्त्रणमा लिनुको साथै घटनास्थलमा कानूनि प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमकालागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पुर्याएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नेपालमा बस्दै आएका भारतीय बालकको खोलामा डुबेर मृत्यु ।
झापा, श्रावण १८ गते ।
झापाको गौरीगंज गाऊँपालिका-६ तिनटोलीया मामा घरमा बस्दै आएका भारतीय बालकको खोलामा डुबेर मृत्यु भएको छ । हिजो अपरान्ह साढे ४ बजेको समयमा देश भारत फुलबरीया घर भएका ६ बर्षिय आकाश महतोलाई सोही स्थानमा रहेको गेउरीया खोलामा डुबिरहेको अवस्थामा स्थानियबासीले देखेर तत्काल उपचारको लागी आफन्तले उनलाई लाईफ लाईन अस्पताल दमक लैजानासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पौडी खेल्ने क्रममा डुबेर १३ बर्षीय बालक को मृत्यु ।
सुनसरी, श्रावण-१७ गते ।
सुनसरी ईनरुवा नगरपालिका-७ बर्छवा बस्ने १३ बर्षीय अर्पण खबासको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । आज दिउँसो १ बजे घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका खबासलाई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा ल्याई पूर्याउदा चिकित्सकले सवा २ बजे मृत्यु भईसकेको भनि जानकारी गराएपछी मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय सुनसरीमा खबर गरेको थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरेहेको उक्त कार्यालयले जनाएको छ ।
मृत अवस्थामा मानिस फेला
खोटाङ,श्रावण-१७ गते । खोटाङ बराहपोखरी गाउँपालिका ४ बस्ने ६० बर्षीय खड्ग बहादुर राई मृत अवस्थामा फेला परेका छन । राई हिजो नजिकै रहेको बजार एरियामा गएको र राति अबेर सम्म पनि घर फर्की नआएछी खोजी गर्ने क्रममा स्थानीय र आफन्तले आज बिहान साढे ८ बजे बराहपोखरी घोरिंखा बस्ने प्रताप राईको खेत बारीमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको भनि प्रहरी चौकी हुक्नाजोरमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी प्रकृया तथा अनुसन्धान भईरेहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
खाल्डोमा डुबेर बालकको मृत्यु
मोरङ, श्रावण १६ गते ।
मोरङको कटहरी गाउँपालिका-४ बस्ने मोटा खिस्कुको १ बर्षिय छोराको खाल्डोमा डुबेर मृत्यु भएको छ । आज अपरान्ह सवा ४ बजेको समयमा आफ्नै घरमा खेल्ने क्रममा नजिकै जमिरहेको पानीको खाल्डोमा डुबीरहेको अवस्थामा निजकै आमाले फेला पार्नासाथ तत्काल उपचारको लागी कोशी अस्पताल पुर्याएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाबारे थप अनुसन्धान बईरहेको समेत उक्त कार्यालयले जनाएको छ ।
करेन्ट लागेर बालकको मृत्यु
मोरङ, श्रावण १६ गते ।
मोरङको लेटाङ नगरपालिका-३ स्थित त्रिसुली चोकमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । आज बिहानको राती सवा १ बजेको समयमा पदम बहादुर राईको १५ बर्षिय छोरा सौजन राई सोही स्थान बस्ने धन कुमार राईको १५ बर्षिय छोरा सुरज राईको घरमा सँगै सुतेको अवस्थामा राती वेडमा चार्जमा राखेको मोबाइलमा भएको गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर उनको मृत्यु भएको छ । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीको टोलीले घटनास्थलमा पुगी थप अनुसन्धान कार्य गरीरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मृत अवस्थामा फेला
मोरङ, श्रावण-१५ गते ।
मोरङ बेलबारी नगरपालिका-५ धोकादार बस्ने ६० बर्षीय भीम बहादुर खड्का मृत अवस्थामा फेला परेका छन । आज दिउँसो पउने २ बजे बेलबारी नगरपालिका-९ भक्का चोक स्थितमा रहेको पैनीमा खड्का मृत अवस्थामा फेला परेको भनि स्थानीयले ईलाका प्रहरी कार्यालय बेलबारीमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी प्रकृया तथा अनुसन्धान भईरहेको उक्त कार्यालय जनाएको छ ।

पौडी खेल्ने क्रममा ११ बर्षीय बालकको डुबेर मृत्यु

उदयपुर,श्रावण-१५ गते ।

उदयपुर कटारी नगरपालिका ८ थलिया बस्ने गंगा बहादुर  पुलामी मगरको छोरा ११ बर्षीय हर्क बहादुर पुलामी मगरको पानीमा डुबेर मृत्यु भएको छ । हर्क बहादुर हिजो १० बजे घरबाट करिब ५० मिनेटको दुरीमा रहेको लल्लरी खोलामा साथीहरुसंग पौडी खेल्न भनी गएकोमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको आफन्तले साँझ ईलाका प्रहरी कार्यालय कटारीमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी प्रकृया तथा अनुसन्धान भईरहेको उक्त कार्यालय जनाएको छ ।

भीरबाट लड्दा १ को मृत्यु
सोलुखुम्बु, श्रावण-१४ गते ।
सोलुखुम्बु माप्ये दुधकोशि गाउँपालिका ४ लुनाम बस्ने ११ बर्षीय अरुण बि.क. भीरबाट लड्दा उनको मृत्यु भएको छ । हिजो दिउसो साढे २ बजे घर नजिकै रहेको चेल्सी खोलामा बाख्रा चराउने क्रममा चिप्लिएर भिरबाट लडेका बि.क.लाई साथीहरुले घर तर्फ ल्याउने क्रममा पउने ३ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
पानीमा डुबेर ४ बर्षीय बालकको मृत्यु
भोजपुर, श्रावण-१४ गते ।
भोजपुर रामप्रसाद राई गाउँपालिका ६ वैकुण्ठे थापा टोल बस्ने प्रकाश थापाको ४ बर्षीय छोरा प्रमिश थापाको पानीमा डुबेर मृत्यु भएको छ । हिजो साँझ ६ बजे घर देखी ५ मिनेटको दुरीमा खेल्दै जाने क्रममा गाई बस्तुलाई खुवाउनको लागि बनाएको पानीको आहालमा डुबेर बालकको मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी मानेभञ्ज्याङमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी प्रकृया तथा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
जंगली च्याउ खादा १ को मृत्यु ।
पाँचथर, श्रावण-१४ गते ।
पाँचथर फाल्गुन्नद गाउँपालिका ५ बस्ने ४८ बर्षीया सुनिता चेम्जोङले जंगली च्याउ खादा उनको मृत्यु भएको छ । साउन ७ गते चेम्जोङ र निजकी सासु सन्तमायाले जंगलबाट च्याउ ल्याएर खाएपछी दुबै जान बिरामी भएका थिए। सन्तमायाको मोहनमोहन अस्पताल बिर्तामोड झापामा उपचार भईरहेको छ भनि सुनिताको बिराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
गाँजा सहित भारतिय नागरिक पक्राउ
सुनसरी,श्रावण-१३ गते ।
भारत अररिया जिल्ला हासकोसा ग्रामपंचायत घर बताउने २० बर्षीय बिकेश कुमार राय १२ केजी लागु औषध गाँजा सहित पक्राउ परेका छन । हिजो साँझ ७ बजे सुनसरी बर्जु गाउपालिका-३ केशलिया खोला छेउ नेपाल भारत जोडने बाटोमा चेकीङमा खटिएको प्रहरी टोलीले रायलाइ नियन्त्रणमा लिई निजले बोकेको दुई वटा कालो ब्याग चेँकजाच गर्दा सिलप्याक गरेको १/१ केजी को १२ पोका गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै रायको साथमा भएको २ वटा मोबाईल समेत बरामद गरी उनि उपर लागु औषध गाँजा मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतबाट १५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान अगाडी बढाईएको उक्त कार्यालयले जनाएको ।
नगद चोरी गर्ने पक्राउ
मोरङ, श्रावण-१३ गते । नगद चोरी गरी फरार रहेका मोरङ कटहरी गाँउपालिका १ बस्ने २० बर्षीय सुरज कामत पक्राउ परेका छन । साउन ७ गते कामतले बिराटनगर १ बस्ने मोतीराज दाहालको घरबाट नगद १३ लाख ५० हजार रुपैया चोरी गरी फरार रहेका उजुरी परेको थियो । फरार रहेका कामतलाई हिजो बिराटनगर १ स्थितबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका कामतको साथबाट नगद ३ लाख ८१ हजार रुपैया र १ लाख ५ हजार पर्ने १ थान SAMSUNG मोबाईल समेत बरामद गरिएको साथै उनि उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लागु औषध सहित १ जना पक्राउ
सुनसरी, श्रावण-१३ गते ।
धरान उप-महानगरपालिका-८ स्थित तिनकुने चोकबाट २३ बर्षीय सन्तोष साही लागुऔषध सहित पक्राउ परेका छन । हिजो साँझ साढे ५ बजे अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा ईटहरीबाट धरान तर्फ आउदै गरेको यात्रु बाहक बस रोकी बसमा सवार धरान २ बस्ने साहीलाई नियन्त्रणमा लिई निजले बोकेको झोलामा खानतलासी गर्दा सो झोला भित्र लुकाई छिपाई राखेको लुपिजेसिक ७४ एम्पुल, एभिल ७३ एम्पुल, डाईजेलाभ ७३ एम्पुल लागु औषध बरामद गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका साही उपर कानुनी कारबाही अगाडी बढाईएको साथै थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
कुलोमा डुबेर १ को मृत्यु
मोरङ, श्रावण-१३ गते ।
मोरङ कानेपोखरी गाउँपालिका ५ बस्ने ४२ बर्षीय तेजेन्द्र अधिकारीको कुलोमा डुबेर मृत्यु भएको छ ।मादक पदार्थ सेवन गरी आज बिहान पउने ११ बजे घर नजिकै रहेको फलैचामा बसिरहेको अवस्थामा सोही फलैचाबाट लडी कुलोमा पर्दा डुबेर अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
करेन्ट लागी १ को मृत्यु
झापा,श्रावण-१३ गते ।
झापा कन्काई नगरपालिका सेल्फीडाँडा-२ बस्ने १९ बर्षीय सोम किस्कुको करेन्ट लागी मृत्यु भएको छ । आज बिहान साढे ८ बजे सोहि स्थानमा रहेको टेक नारायण संग्रौलाको प्लटिङ जग्गामा काम गर्ने क्रममा खेतमा राखेको पानी तान्ने मोटरको नाङ्गो तारमा परी करेन्ट लाग्दा उपचारको क्रममा किस्कुको १० बजे बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङाले जनाएको छ ।
मृत अवस्थामा फेला
खोटाङ,श्रावण-१३ गते ।
खोटाङ केपिलासगढी गाउँपालिका १ फेदि बस्ने ४९ बर्षीया भइमाया राई मृत अवस्थामा फेला परेकी छिन । साउन ८ गते घरबाट हिडि हराई बेपत्ता भएकी राईको निजको श्रीमान डम्बर गुरुङ सहित स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा हिजो दिउँसो १ बजे भोजपुर ट्याम्केमयुम गाउँपालिका २ छिनामखुको धोत्रेको पाटिडाँडामा उनको शब फेला परेको भनि खोटाङ केपिलासगढी गाउँपालिका १ का वडा सदस्य शिवराज राईले जिल्ला प्रहरी कार्यालय भोजपुरमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी प्रकृया तथा अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
पोखरीमा डुबेर नाबालकको मृत्यु
मोरङ,श्रावण-१३ गते ।
मोरङ धनपालथान गाउँपालिका ७ मुस्लिम टोल बस्ने १५ महिनाका नाबालक शिव कुमार यादव पोखरीमा मृत्त अवस्थामा फेला परेका छन । हिजो के कुन समयमा मृतकका बाबु सुबर्ण कुमार यादव र आमाले बच्चालाई सासु आमालाई हेर्नु भनि खेतमा काम गर्न गएको र खेतबाट फर्की आई घरमा बच्चा नदेखेपछी खोजतलास गर्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा बच्चा फेला परेको भनि राती पउने १० बजे ईलाका प्रहरी कार्यालय रंगेलीमा जानकारी गराएका हुन । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी प्रकृया तथा अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
खोलाले बगाउदा १ को मृत्यु
मोरङ,श्रावण-१२ गते ।
रामेछाप घर भई मोरङ बिराटनगर महानगरपालिका ७ बस्दै आएका १५ बर्षिय रमेश गुरुङलाई खोलाले बगाउदा उनको मृत्यु भएको छ । हिजो दिउँसो पउने २ बजे साथीहरुसंग सिंघिया खोलामा पौडी खेल्ने क्रममा गुरुङलाई खोलाले बगाई बेपता भएको भनि स्थानियले वडा प्रहरी कार्यालय बिराटनगरमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ स्थानियको सहयोगमा खोजतलास गर्ने क्रममा आज बिहान पउने ९ बजे जहदा भातीगञ्ज स्थित सोही खोलाको किनारमा गुरुङको लाश फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पौडी खेल्ने क्रममा डुबेर १ बालकको को मृत्यु ।
तेह्रथुम,श्रावण-१२ गते ।
तेह्रथुम छथर गाउँपालिका-३ पन्चकन्या बस्ने १० बर्षिय बादल बि.क. को पोखरीमा डुबेर मृत्यु भएको छ । हिजो अपरान्ह सँबा ५ बजे घर नजिकै रहेको सार्बजनिक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बि.क.को मृत्यु भएको भनि स्थानीयले राती पउने ९ बजे प्रहरी चौकी शुक्रबारेमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई घटनास्थलको कानुनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
मृत अवस्थामा फेला
उदयपुर, श्रावण ११ गते ।
उदयपुर बेलका नगरपालिका-२ बस्ने ३८ बर्षीय तुलसीराम बास्तोला मृत अवस्थामा फेला परेका छन । त्रियुगा नगरपालिका ११ स्थितमा रहेको प्रयास महिला समुहको सेफ हाउसमा १० गते राती सुतेका उनि आज बिहान ८ बजे सम्म पनि नउठे पछी गई हेर्दा मृत अवस्थामा रहेको भनि स्थानीयले जिल्ला प्रहरी कार्यालय उदयपुरमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी प्रकृया तथा अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
२ थान भरुवा बन्दुक सहित २ जना पक्राउ
मोरङ, श्रावण ११ गते ।
मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित जनजागृती सामुदायिक वनबाट प्रहरीले २ थान भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ पौने ५ बजेको समयमा उक्त स्थानमा अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधीहरुको संयुक्त टोलीले वनमा गस्ती गर्ने क्रममा कानेपोखरी गाउँपालिका-५ जहदा बस्ने बर्ष २६ को धन केशर राई र उर्लाबारी नगरपालिका-४ बस्ने बर्ष ४४ को शम्भु गहतराजलाई फेला पारी चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट लोड गरेर राखेको अबस्थामा २ नाल भरुवा बन्दुक फेला पारेको थियो । हतियार सहित पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय पथरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
खोल्छामा पौडी खेल्दा बालकको मृत्यु
पाँचथर, श्रावण ११ गते ।
पाँचथरको याङवरक गाउँपालिका- १ र २ को ठिङगेपुर खोल्छामा पौडि खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । शुक्रबार साझ पौने ७ बजेको समयमा पाँचथकोर याङवरक गाउँपालिका- १ वस्ने डम्वर मगरको छोरा वर्ष ११ को अर्बिन मगर पौडि खेल्ने क्रममा डुवेको देखेपछी निजको बहिनिले अभिभावकलाई खवर गर्न साथ उनालाई पानीबाट तत्काल निकाली उपचारको लागी जिल्ला अस्पताल फिदिम पाँचथर ल्याउनासाथ राती पौने १० बजे डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

बिधालय बाट फर्कीदा पैनीमा डुबेर बालकको मृत्यु ।
सुनसरी, श्रावण १० गते ।

सुनसरीको देबानगंज कप्तानगंज सडक खण्डमा बिधालय बाट फर्कीदा पैनीमा डुबेर एक बालकको मृत्यु भएको छ । हिजो दिउँसो १२ बजेको समयमा लिटिल गार्डेन बोर्डिङ स्कुलमा एल.केजि. मा अध्ययनरत जय कृष्ण पाल को छोरा वर्ष -८ को प्रिपेस पाल बोर्डिङ छुट्टी भई घर फर्कने क्रममा सडकको नालीमा जमेको पानिमा डुबेर बेपत्ता भएका थिए । घटनाबारे खबर पाउनासाथ सिमा प्रहरी चौकी साहेबगंज बाट प्रहरीको टोली खटि खोजतलाश गर्दा सोही स्थानमा रहेको नालीमा मृत अवास्थामा फेला परेका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरी बाट प्रहरीको टोली खटि गई कानुनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ ।

सवारी दुर्घटनामा १ जनाको मृत्यु ।
मोरङ, श्रावण १० गते ।

मोरङको विराटनगर महानगरपालिका-१५ स्थित विराटनगर जोगबनी सडक खण्डमा सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । हिजो अपरान्ह सवा ४ बजेको समयमा जोगबनी बाट विराटनगर तर्फ जादै गरेको NL01D 3690 नम्बरको लहरीले सोही दिशा तर्फ जादै गरेको BR38R 3213 नम्बरको मोटरसाइकललाई ठक्कर दिदा बिराटनगर महानगरपालिका-१५ बस्ने बर्ष २२ को अमर सिंहको घटना स्थलमानै मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय रानी बाट प्रहरीको टोली खटि गई मोटरसाइकल र लहरीलाई नियन्त्रणमा लिनुका साथे फरार रहेका लहरी चालकको खोजी कार्य शुरु गरेको थियो भने घटनास्थलको कानुनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमका लागी कोशी अंचल अस्पताल विराटनगरमा लगेको उक्त कार्यालयले जनाएको छ ।

लागु औषध सहित १ जना  पक्राउ
मोरङ श्रावण-०९ गते ।

मोरङ विराटनगर महानगरपालिका १५ स्थित राम जानकी मन्दिर छेउबाट लागुऔषध सहित १ जना  पक्राउ परेका छन । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले आज बिहान सवा ६ बजे स्थानीय ३० बर्षीय अरजिना खातुनलाई पक्राउ गरेको हो । पक्राउ परेका खातुनले झोलामा लुकाई छिपाई ल्याएको लुपिजेसिक २ सय एम्पुल, एभिल २ सय एम्पुल, डाईजोल्याव २ सय एम्पुल, स्पास्मो १४४ चक्की, नाईट्रेसन ३० चक्की, डाईजेल्याप ५ बोतल र नगद २६ हजार रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका खातुनलाई जिल्ला अदालत मोरङबाट लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत म्याद थप गरी अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

भिरबाट लड्दा १ को मृत्यु
ओखलढुङगा,श्रावण-०९ गते ।

ओखलढुङगा लिखु गाउँपालिका ५ बस्ने ३७ बर्षीय लोक बहादुर पारियारको भिरबाट लडेर मृत्यु भएको छ । आज बिहान साढे १० बजे बजारबाट घर तर्फ फर्कने क्रममा सोहि स्थानमा रहेको भिरमा चिप्लीएर लड्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

मृत अवस्थामा फेला
झापा,श्रावण-०९ गते ।

झापा हल्दीबारी गाउँपालिका-१ बस्ने ३८ बर्षीय बिरेन्द्र बुढाथोकी खेतमा जमेको पानीमा डुबेको अवस्थामा मृत फेला परेका छन । आज बिहानको राती -२ बजे घरबाट निस्केर हिडेका उनि बिहान सम्म घर फर्की नआएकोले खोत गर्दै जाँदा घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबी मृत अवस्थामा बुढाथोकीको शव फेला परेको भनी स्थानीयले जिल्ला प्रहरी कार्यालय झापामा जानकारी गराएको थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी प्रकृया भईरहेको उक्त कार्यालयले जनाएको छ ।

पैनीले बगाउदा १ को मृत्यु
झापा, श्रावण-०९ गते ।

झापा कमल गाउँपालिका ५ बस्ने ६८ बर्षीय काजी बहादुर जोशीलाई पैनीले बगाउदा उनको मृत्यु भएको छ । आज बिहान साढे ५ बजे गोठ जाने क्रममा गोठ छेउमा रहेको पिडीमा चिप्ली पैनीमा परी सोहि पैनीले बगाउदा जोशीको मृत्यु भएको भनि स्थानीयले ईलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएको थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी प्रकृया भईरहेको उक्त कार्यालयले जनाएको छ ।

ट्याक्टरले किच्दा १ को मृत्यु
मोरङ, श्रावण -०९ गते ।

मोरङको जहदा गाउँपालिका १ स्थित खेतमा को २ त ९०४६ नम्बरको ट्याक्टर पल्टदा ट्याक्टरले किची सोही स्थान बस्ने ट्याक्टर धनि ४१ बर्षीय दिपक सरबरियाको मृत्यु भएको छ । आज बिहान पउने ११ बजे स्थानीय कुल बहादुर गुरुङको खेतमा सरबरिया आफैले जोत्ने क्रममा अनियन्त्रित भई ट्याक्टर पल्टिदा सोहि ट्याक्टरले किचेर उनको मृत्यु भएको भनि स्थानीयले ईलाका प्रहरी कार्यालय बुधनगरमा जानकारी गराएको थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी प्रकृया भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तास खेल्दै गरेको अवस्थामा ५ जना पक्राउ
श्रावण, सुनसरी ०९ गते ।

सुनसरीको ईटहरी उपमहानगरपालिका-४ बाट तास खेल्दै गरेका ५ जनालाई बुधबार ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । दिउसो साढे ३ बजे ईटहरी-४ बस्ने दिपक तामाङको घरमा पैसाको बाजी थापी जुवा तास खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलिले तामाङ सहित ईटहरी-१ बस्ने ४४ वर्षीय लोहित घले, ईटहरी-३ बस्ने ३६ वर्षीय शंकर खत्री, ईटहरी-४ बस्ने ४० वर्षीय अम्बर गिरी, र वर्ष ४६ को गोपाल थापालाई पक्राउ गरेको हो । प्रहरीले उक्त स्थानबाट नेपाली नगद ४० हजार ८ सय ५ रुपैयाँ, भारतीय नगद १५ सय रुपैयाँ र २१३ पत्ती तास बरामद गरेको छ । पक्राउ परेका ५ जनालाई नै ईलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

ग्याङ-फाईट हुदा १ को मृत्यु २ घाईते
झापा,श्रावण-०९ गते ।

झापा दमक नगरपालिका- १ दुर्गा मन्दिर पछाडी ग्याङ फाईट हुदा स्थानीय १८ बर्षिय बिक्रम लिम्बुको मृत्यु भएको छ । हिजो दिउसो पउने ४ बजे उक्त स्थानमा पुरानो रिसिवीको कारण दुई समुह बिच ग्याङ फाईट भई छुरा हाना-हान हुदा छुरा प्रहारबाट घाईते भएका लिम्बुको उपचारका क्रममा लाईफ लाईन अस्पताल दमकमा मृत्यु भएको साथै घाईते भएका सुजन भुजेलको सोहि अस्पताल र सरोज भण्डारीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ। ग्याङ फाईटमा संलग्न ९ जनालाइ पक्राउ गरी अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मृत अवस्थामा फेला
मोरङ,श्रावण-०९ गते ।

मोरङ मिक्लाजुङ गाउँपालिका-६ स्थितमा रहेको नुनसरी खोला र बक्रा खोला जोड्ने दोभानको किनारमा स्थानीय २० बर्षिय अनिष कार्की मृत अवस्थामा फेला परेका छन । गत ४ गते मधुमल्ला बजार जान्छु भनी हिडेका उनि घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा हिजो अपरान्ह पउने ५ बजे उक्त खोलाको किनारमा पानीले बगाई ल्याएको अवस्थामा कार्कीको शव फेला परेको भनि ईलाका प्रहरी कार्यालय मधुमल्लामा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ तत्काल प्रहरी टोली खटि गई कानुनी प्रकृया तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तास खेल्दै गरेका ६ जना पक्राउ 
श्रावण, सुनसरी ०८ गते ।
सुनसरीको ईटहरी उपमहानगरपालिका-२ स्थित हलगढामा रहेको सुर्यदय होटलबाट तास खेल्दै गरेका ६ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । होटलमा पैसाको बाजी थापी अवैध जुवा तास भई रहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलिले सुनसरीको ईटहरी उपमहानगरपालिका-२ बस्ने वर्ष ४८ को डोमी चौधरी, वर्ष ४५ को झलक बहादुर कार्की, वर्ष ३७ को अनिल तामाङ, वर्ष ५८ को गोपाल निरौला, सोही उपमहानगरपालिका-४ बस्ने वर्ष ३६ को बिदुर मिश्र र सोही उपमहानगरपालिका- ५ बस्ने वर्ष २६ को मुकुन्द काफ्ले समेतलाई पक्राउ गरेको छ । प्रहरीले तास खेलेको ठाउबाट ३५ हजार ८ सय ८० नगद, क्याल्कुलेटर, तास १६२ पत्ती बरामद गरेको छ । पक्राउ परेका ६ जनालाई नै ईलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
तमोर नदिले बगाएर ३ बालबालिका बेपत्ता
धनकुटा, श्रावण ०८ गते

धनकुटा नगरपालिका ८ डाँडाटोलका ३ जना बालबालिका तमोर नदिले बगाएर बेपत्ता भएका छन । गत श्रावण ५ गते दिउँसो ३ बजे सोहि ठाँउ बस्ने शंख बहादुर राईको परिवार सहित याक्चानाघाटमा रहेको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा निजको ९ बर्षीय छोरा संदिप राई, ७ बर्षीया छोरी सलिना राई र बर्ष ६ की संजिला राईलाई तमोर नदिले बगाएको थियो । नदिले बगाएर बेपत्ता भएका उनिहरुको स्थानीयवासी र आफन्तले खोजी गर्दा फेला नपरे पछी आज बिहान पौने ११ बजे जिल्ला प्रहरी कार्यालय धनकुटामा खबर गरेको थिए । घटनाको जानकारी पाउनसाथ तत्काल उक्त कार्यालय र अन्य सुरक्षा निकायसंग समन्वय गरी बेपत्ता बालबालिकाहरुको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु ।
श्रावण, ०७ गते ।
मोरङको विराटनगर महानगरपालिका-३ गोग्राहा चोकमा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान पौने ७ बजेको समयमा ज १च ११९५ नम्बरको एम्बुलेन्सले पैदल यात्री सप्तरीको राजबिराज नगरपालिका-६ बस्ने वर्ष ५५ की उर्मिला देवी झालाई ठक्कर दिएर गम्भिर घाइते बनाएको थियो । घाइते उनलाई उपचारको लागी न्युरो अस्पताल बिराटनगर लगीएकोमा उपचारको क्रममा साढे सात बजे मृत्यू भएको थियो । ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक धनुषा बिरेन्द्रबजार नगरपालिका-१ बस्ने वर्ष २२ का दिप कुमार मुखियालाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।
छुरा प्रहारबाट एक जना घाइते
सुनसरी, श्रावण ०७ गते ।
सुनसरीको धरानमा खाने पानी छेपेको बिषयमा छुरा प्रहारबाट एक जना घाइते भएका छन । आज बिहान साढे १० बजे धरान उप-महानगरपालिका-६ स्थित बिशाल चोक बस्ने बर्ष ३२ को काजीमान तामाङलाई खाने पानी छेपेको भन्दै सोही स्थान बस्ने बर्ष २० को बसन्त लिम्बु र भोजपुरको राम प्रशाद गाउँपालिका घर भई हाल सोही स्थानमा डेरा गरी बस्ने बर्ष १९ को हाङकोप राईले एक्काशी दाहिने कोखामा छुरी प्रहार गरी घाईते बनाएका थिए । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट प्रहरीको टोली खटि घाइतेलाई उपचारकोलागी बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाएको छ भने छुरा प्रहार गर्ने दुबै लाई नियन्तणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
पोखरीमा डुबेर एक बृद्धको मृत्यु
मोरङ, श्रावण ०७ गते ।
मोरङको जहदा गाउँपालिका-१ बुधनगरमा सोमवार पोखरीमा डुबेर १ बृद्धको मृत्यु भएको छ । पोखरीमा डुबेर सोही ठाउँ बस्ने बर्ष ६० को किसन राजवंशीको मृत्यु भएको हो । अपरान्ह ४ बजे पोखरीमा डुबेको अवस्थामा स्थानीयले देखि प्रहरीमा खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय बुधनगर र रानीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
पाटीको छतले किचेर २ जनाको मृत्यु
पाँचथर, श्रावण ०६ गते ।
पाँचथरको हिलिहाङ गाउँपालिका-७ को टारीमा रहेको यलम्बर पार्क भित्र निर्माणाधीन अवस्थामा रहेको पाटीको छत खस्दा २ जनाको मृत्यु भएको छ । आज बिहान ८ बजे १९ दिन अगाढी निर्माण गरीएको छत ढलाईको सेटिङ खोल्ने क्रममा छत ढलेर किच्दा स्थानीय ५० बर्षीय जगत बहादुर राई र ५१ बर्षीय रुद्र राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
धारिलो हतियार प्रहार गरि भारतीय नागरिकको हत्या
सुनसरी, श्रावण ०६ गते ।
सुनसरीको देवानगंज गाउँपालिका-२ रामजानकी मन्दिर परिसर भित्र आज धारिलो हतियार प्रहारबाट १ जना भारतीय नागरिकको हत्या भएको छ । हतियार प्रहारबाट भारत घर भई सोही मन्दिरमा ३/४ दिन देखि बस्दै आईरहेका बर्ष ५५ को बिलु यादबको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यादवलाई बिहान ६ बजेको समयमा सोही स्थान बस्ने बस्ने बर्ष ५० को महानन्द मेहेताले घाँटीमा धारिलो हतियार प्रहार गरेका हुन् । हतियार प्रहारबाट यादबको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय देवानगंज र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले हतियार प्रहार गर्ने मेहतालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
मोरङबाट गाँजा र झापाबाट खैरो हेरोईन सहित ४ पक्राउ
विराटनगर, श्रावण ०६ गते ।
प्रतिबन्धित लागूऔषध सहित मोरङ र झापाबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । मोरङको केरावारी गाउँपालिका-१० बगैँचा चोकबाट प्रहरीले लागुऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले ३ किलो गाँजा सहित सोही ठाउँ बस्ने बर्ष १८ को गणेश तामाङ र जिग्री भुजेललाई पक्राउ गरेको हो । सोमवार बिहानको राती २ बजेको समयमा शंकास्पद अवस्थामा हिडिरहेका उनिहरुलाई चेकजाँच गर्ने क्रममा ३ किलो लागूऔषध गाँजा फेला पारि दुवै जनालाई इलाका प्रहरी कार्यालय केरावारीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । त्यसैगरी आईतवार साँझ ६:४० बजे झापाको मेचीनगर नगरपालिका-६ भन्सार गेट अगाडीबाट खैरो हेरोईन सहित २ जनालाई पक्राउ गरेको हो । लागूऔध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ६ सय मिलिग्राम खैरो हेरोईन सहित ईलामको सुर्योदय नगरपालिका-१० फिक्कल बस्ने बर्ष ३१ को अमित लिम्बु र झापा बुद्धशान्ति गाउँपालिका-४ बस्ने बर्ष २१ को किशन बेगालाई पक्राउ गरको हो । भारतबाट नेपाल तर्फ आउँदै गरेको बा ६७ प १२८५ नम्बरको मोटरसाईकलमा सवार उनिहरुलाई चेकजाँच गर्ने क्रममा मुखमा हालेर लुकाई छिपाई ल्याउँदै गरेको उक्त परिमाणको खैरो हेरोईन बरामद गरेको थियो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
मोटरसाईकल दुर्घटनामा १ को मृत्यु
सुनसरी, श्रावण ०६ गते ।
सुनसरीको बर्जु गाउँपालिका-५ बुढीपुल नजिक आइतवार मोटरसाईकल दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । राती ८ बजेको समयमा बेलाहबाट देवानगंज तर्फ जाँदै गरेको BR 38 F 8938 नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनमा मोटरसाईकल चालक सुनसरी देवानगंज गाउँपालिका-२ बस्ने बर्ष-२५ को धिरेन्द्र यादव गम्भिर घाइते भई उपचारको लागि बिराट नर्सिङहोम विराटनगर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सितागंज सुनसरीले जनाएको छ ।
ब्राउन सुगर सहित २ जना पक्राउ
झापा, श्रावण ०५ गते ।
झापाको मेचिनगर नगरपालिका-६ भन्सार गेट अगाडीबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । आज दिउँसो साढे ३ बजेको समयमा भारतबाट नेपाल तर्फ आउदै गरेको मे १० प १६८७ नम्बरको मोटरसाईकलमा सबार ब्यक्तिहरु लाई ईलाका प्रहरी कार्यालय काकडभिट्टा बाट खटिएको प्रहरी टोलीले रोकेर चेकजाँच गर्ने क्रममा चालक जिल्ला झापा कमल गाउँपालिका-४ केर्खा बस्ने ३१ बर्षिय मोहन सुबेदी र पछाडी सवार सोही गाउँपालिका-३ बस्ने २८ बर्षिय युवराज गुरुङले मुखमा हाली ल्याएको ३ ग्राम ब्राउन सुगर सहित निजहरुलाई नियन्त्रणमा लिएको थियो । लागुऔषध सहित पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 
करेन्ट लागेर १ जनाको मृत्यु
झापा, श्रावण ०५ गते ।
झापाको मेचीनगर नगरपालिका-६ का ५५ बर्षीय धन कुमार राईको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ५ बजेको समयमा आफ्नै घरको बाहिर जमेको पानी मोटर लगाई तान्ने क्रममा अचानक करेन्ट लागि घाईते राईलाई उपचारको लागि झापाको मनमोहन अस्पताल लगिएकोमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
जंगली च्याउ खाएर १२ जना बिरामी
उदयपुर, श्रावण ०५ गते ।
उदयपुरका २ छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएका छन् । त्रियुगा नगरपालिका-९ राजाबासमा १ परिवारका ५ जना र कटारी नगरपालिका-४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् । शनिवार दिउँसो १ बजेको समयमा जंगली बिषादि च्याउ खाएर राजावासका ४० बर्षीय चित्र बहादुर दनुवार, निजको श्रीमति ३८ बर्षीया फुलमाँया दनुवार ,निजको छोरा बर्ष २० को अनिश दनुवार , ११ बर्षीय मनिस दनुवार र १७ बर्षीया रबिना दनुवार बिरामी परेका हुन । यसैगरी कटारी सिसाघारीकी ३५ बर्षीया टंक कुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा टंक कुमारी सहित निजको छोराहरु १४ बर्षीय अनिष दनुवार र ११ बर्षीय महेन्द्र दनुवार तथा ९ बर्षीया छोरी सुजिता दनुवार बिरामी भएका छन् भने छिमेकी बर्ष २० की गंगा कुमारी तामाङ, बर्ष १९ की लक्ष्मी तामाङ र बर्ष १७ की समिता तामाङ समेत बिरामी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । निजहरु सबै जनाको बिराटनगरको नोबेल अस्पतालमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।
पोखरीमा पौडी खेल्दा बालिकाको मृत्यु
सुनसरी, श्रावण ०५ गते ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-५ मा रहेको पोखरीमा पौडी खेल्ने क्रममा १४ बर्षीया बालिकाको डुबेर मृत्यु भएको छ । धनकुटाको छिन्ताङ-५ घर भई बिगत ७/८ बर्ष देखी स्थानीय राजु अधिकारीको घरमा बस्दै आएका पबित्रा श्रेष्ठ कि १४ बर्षिय छोरी अनु श्रेष्ठ र १६ बर्षिय ममता श्रेष्ठ दुबै जना शनिवार अपरान्ह सवा ४ बजे पोखरीमा पौडी खेल्ने क्रममा अनु श्रेष्ठको डुबेर मृत्यु भएको हो । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
प्रहरी नायव निरीक्षक टिकाराम सुनुवार असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
बिराटनगर, श्रावण ४ गते
जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी नायव निरीक्षक टिकाराम सुनुवार असार महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)  घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील, कर्तव्यनिष्ठ र उच्च मनोवलका साथ कर्तव्यपथमा तल्लीन रही कार्य सम्पादन गर्ने क्रममा यस १ नं. प्रदेश अन्तर्गत संखुवासभा जिल्लामा घटेका संगठित अपराध, हातहतियार तथा खरखजाना, बिष्फोटक पदार्थ जस्ता जघन्य प्रकृतिका अपराधहरुको गहन विश्लेषण, सफल अनुसन्धान तथा उच्च मनोबल र साहसका साथ अपराधिक गतिबिधिमा संलग्न अभियुक्त एवं ठूलो परिमाणमा आधुनिक हातहतियार समेत पक्राउ गरी कानूनी दायरामा ल्याई आम नागरिकहरु समक्ष सुरक्षाको अनुभूती दिलाई प्रहरी संगठनको छवि उच्च बनाई प्रशंसनिय कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी नायव निरीक्षक टिकाराम सुनुवारलाई निजले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।
चट्याङले हानेर ईलाम र झापामा ४ जना घाईते
बिराटनगर, श्रावण ४ गते ।
चट्याङले हानेर ईलाम र झापामा ४ जना घाइते भएका छन् । शुक्रवार साँझ साढे ६ बजे ईलामको चुलाचुली गाउँपालिका-३ का ५५ बर्षीय चक्रबिर राईलाई घाँस काट्ने क्रममा अचानक चट्याङले हानेर घाईते भएकोमा बिराटनगरको नोबेल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी ईलामले जनाएको छ । यसैगरी झापाको बाह्रदशी गाउँपालिका-६ का २६ बर्षीया सुनिता मुर्मु, ४५ बर्षीया माईन सोरेन र ३४ बर्षीया बिना मुर्मु खेतबाट धान रोपेर फर्कने क्रममा अचानक चट्याङले हानेर घाईते भएका हुन् । घाईतेहरुको बि.एण्ड.सी.अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।
ब्राउन सुगर सहित १ जना पक्राउ
झापा, श्रावण ०४ गते ।
झापाको बाह्रदशी गाउँपालिका-३ चकचकीका २८ बर्षीय मोहमद रियाज नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शुक्रवार राती साढे ९ बजे रियाजलाई ४.५० ग्राम ब्राउनसुगर सहित बिर्तामोडबाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका रियाजलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
बाढीले बगाई बेपत्ता भएका बालक मृत फेला
झापा, श्रावण ०३ गते ।
झापाको बाह्रदशी गाउँपालिका-३ का केदार खड्काको ११ बर्षीय छोरा बिजय खड्का अदुवा खोलाको किनारामा मृत फेला परेका छन् । असार ३१ गते दिउँसो अदुवा खोलामा खेल्न गएका बालक बेलुका सम्म फर्किएर नआए पश्चात बाढीले बगाएको आशंकामा खोततलास शुरु गरिएको थियो । खोजतलासकै क्रममा बिहिवार दिउँसो ३ बजे अदुवा खोलाको किनारामा रुखको कापमा मृत अबस्थामा बालकको शव फेला परेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
मोटरसाईकल दुर्घटना १ जानको मृत्यु २ घाईते
सुनसरी, श्रावण ०३ गते ।
सुनसरीको गढी गाउँपालिका-५ मा भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बिहिवार अपरान्ह ५ बजेको समयमा तिनमोहडी स्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ गईरहेको को १० प ४८७१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिई छेउमै रहेको पानीको खाल्डोमा पर्दा मोटरसाईकल चालक गढी गाउँपालिका-६ का ३० बर्षीय राजेश्वर मण्डल घाईते भई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मोटरसाईकल पछाडी सवार गढी गाउँपालिका-६ का २१ बर्षीय जितेन मण्डल र २२ बर्षीय कैलाश भन्ने राम नारायण मण्डल सामान्य घाईते भएको उक्त कार्यालयले जनाएको छ ।
भिरबाट लडेर १ जनाको मृत्यु
खोटाङ, श्रावण ०३ गते ।
खोटाङको हलेसि तुवाचुङ नगरपालिका-७ का ४० बर्षीय गणेश बि.क.को भिरबाट लडेर मृत्यु भएको छ । बिहिवार अपरान्ह ५ बजे घरबाट दुध बेच्न भनी हलेसी बजार तर्फ हिडेका बि.क. दुध बेचेर फर्कने क्रममा बाटोमा रहेको तारेभिरबाट अचानक लडी करिव २०० मिटर तल खस्दा घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल खोटाङ पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
हाईड्रो पावरका कामदार मृत फेला
सोलुखुम्बु, श्रावण ०३ गते ।
सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-११ मा रहेको लोयर सोलु हाईड्रो पावर कम्पनीका कामदार भारत आछामका ३२ बर्षीय जय देव ईन्टि मृत फेला परेका छन् । असार २१ गते देखि हराई बेपत्ता भएका ईन्टिको खोजतलास गर्ने क्रममा बिहिवाट दिउँसो २ बजे दाल्दु खोलाको किनारामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मृततको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल फाप्लु पठाईएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
करेन्ट लागेर १ जनाको मृत्यु
सुनसरी, श्रावण ०३ गते
सुनसरीको इटहरी उप-महानगरपालिका-१२ मा रहेको बि.एस.मेटल फ्याक्ट्रीका कामदार ३० बर्षीय यादव श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ । बिहिवार दिउँसो साँढे ३ बजेको समयमा फ्याक्ट्रीमा रहेको लाईनको मेन स्विच चलाउने क्रममा करेन्ट लागी बेहोस भएका श्रेष्ठलाई उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान लगेकोमा उपचारको क्रममा दिउँसो ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सवारी दुर्घटनाबाट २ को मृत्यु २६ घाईते ।
मोरङ, साउन-२ गते ।
मोरङको पथरी शनिश्चरे नगरपालिका-१० पूर्व पश्चिम राजमार्गमा बस पल्टदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका सहचालक मोरङ कानेपोखरी गाँउपालिका ३ का ३१ बर्षिय टिकाराम थापा र बसमा सवार तत्काल नामथर वतन नखुलेका अन्दाजी ३५ बर्षिय पुरुष ब्यक्ती रहेका छन । आज बिहान सवा ९ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई ठक्कर दिंदा बस अनियन्त्रीत भई दुर्घटना भएको थियो । दुर्घटनामा बसमा सवार तत्काल नाम थर नखुलेका पुरुष ब्यक्तिको घटनास्थलमा नै मृत्यु भएको थियो भने बसका सह-चालकको नोबेल अस्पताल बिराटनगरमा बिहान १०:५० मा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका घाईतेहरुमा ५ जनाको न्युरो अस्पताल बिराटनगरमा, ८ जनाको मोरङ डाइनेस्टिक अस्पताल पथरीमा, ६ जनाको पथरी अस्पताल पथरीमा र अन्यको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
पोखरीमा डुबेर २ युवकको मृत्यु
भोजपुर, श्रावण ०१ गते ।
भोजपुरको आमचोक गाउँपालिका-२ थामडाँडामा रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर २ युवकको मृत्यु भएको छ । मंगलवार दिउँसो साँढे १२ बजेको समयमा उक्त पोखरीमा पौडी खेल्ने क्रममा आमचोक गाउँपालिका-१ का २५ बर्षीय निमा शेर्पा र २० बर्षीय गेल्बु शेर्पाको मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय घोरेटारबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि अस्पताल पठाउने तयारी भईरहेको छ भने अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
करेन्ट लागेर २ जनाको मृत्यु
बिराटनगर, श्रावण ०१ गते ।
मोरङको सुन्दरहरैचा नगरपालिका-५ जनता गृल उद्योगका कामदार भोजपुर देउरालीका २० बर्षीय प्रकाश कार्कीको करेन्ट लागेर मृत्यु भएको छ । मंगलवार अपरान्ह साढे ५ बजेको समयमा गृल उद्योग नजिकै रहेको लक्ष्मी सरस्वती खाजा घरको होडिङ्बोर्ड बिग्री मर्मतको लागी गएकोमा मर्मत गर्ने क्रममा करेन्ट लागी घाइते भई उपचारको लागि बिराटनर्सीङ अस्पताल बिराटनगर पठाईएकोमा उपचारकै क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसैगरी सुनसरीको ईनरुवा नगरपालिका-८ का १९ बर्षीय अजय मेहेताको पनी करेन्ट लागेर मृत्यु भएको छ । मंगलवार साँझ साँढे ७ बजे आफ्नै घरमा बिजुलीको स्वीच थिच्ने क्रममा करेन्ट लागेर घाईते भएका मेहेताको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा बेलुका ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
लागु औषध सहि १ जना पक्राउ
मोरङ, श्रावण ०१ गते ।
मोरङको बिराटनगर महानगरपालिका-१५ बाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान-६ का ३१ बर्षीय पुर्ण थापा मगरलाई चिनी र चना भित्र लुकाई छिपाई ल्याउँदै गरेको डाईजोल्याब १०० ऐम्पुल , लुपिजेसिक ९९ एम्पुल , एभिल ८६ एम्पुल र फेनारगन २४ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
बाढीले बगाएर महिलाको मृत्यु
संखुवासभा, असार ३१ गते ।
संखुवासभाको मकालु गाउँपालिका-३ एकुवा बस्ने ३४ बर्षीया मिङमा खङडु शेर्पाको बाढीले बगाएर मृत्यु भएको छ । सोमवार सांझ साढे ६ बजेको समयमा श्रीमान रिदाक शेर्पासंगै स्थानीय स्वास्थ्य चौकीबाट उपचार गरी फर्कने क्रममा बिच बाटोमा रहेको भ्यागुते खोलाले बगाएर मिङमा खङडु शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी स्याक्सिगोला र ईलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
३ थान भरुवा बन्दुक सहित २ जना पक्राउ
ईलाम, असार ३१ गते ।
ईलाम नगरपलिका-३ बाट प्रहरीले ३ थान भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । उक्त स्थानमा हतियारधारी समुहबाट शंकास्पद गतिबिधी भईरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले सन्दकपुर गाउँपालिका-१ का ३५ बर्षीय राम कुमार राई र २७ बर्षीय कुमार फागो लिम्बुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय ईलाममा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
पहिरोले पुरिएर १ जनाको मृत्यु १ जना घाईते
उदयपुर, असार ३१ गते ।
उदयपुरको रौतामाई नगरपालिका-८ डिल्लीवरमा आज बिहानको राती १ बजे पहिरोले पुरिएर स्थानीय ५५ बर्षीया रनमाया रिठ्ठा मगरको मृत्यु भएको छ भने मृतककै ९ बर्षीय नाती महेश ग्रान्जा मगर घाईते भएका छन् । घरमा सुतिरहेको अबस्थामा एक्कासि आएको पहिरोले पुरीएर घरमा क्षति भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरी टोलीले बालकको जिवितै उद्धार गरी उपचारको लागि धरान स्थित बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको छ भने मृतकको शव बिहान साढे ८ बजे पुरीएको स्थानबाट निकालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पैनिमा डुबेर १ को मृत्यु १ जना बेपत्ता
मोरङ, असार ३१ गते ।
मोरङको पथरीशनिशचरे नगरपालिका-६ मा पैनीमा डुबेर १ बालिकाको मृत्यु भएको छ भने १ जना बालिका बेपत्ता भएकी छन् । आज दिउँसो पौने १ बजेको समयमा पथरी-शनिशचरे नगरपालिका-६ का राजिव तामाङको ११ बर्षीया छोरी सृजना तामाङ र ईलाम दानावारी-९ घर भई राजिव तामाङको घरमा बस्दै आएकी कृष्ण तामाङको ८ बर्षीया छोरी प्रिति तामाङ साईकलमा सुनबर्सी नगरपालिकामा रहेकी आफ्नी फुपुको घर जाने क्रममा सुनवर्सी नगरपालिका-२ मा रहेको कलभर्टबाट लडेर पैनीमा खस्दा दुवै जना बेपत्ता भएका थिए । बेपत्ता भएको खबर प्राप्त भएसंगै प्रहरी चौकी अमरदहबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा खोजतलास गर्ने क्रममा कलभर्ट देखि करिव १०० मिटरको दुरीमा प्रिति तामाङको शव फेला परेको छ भने अर्की बालिकाको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
भीरबाट लडेर १ जनाको मृत्यु
ओखलढुङगा, असार ३१ गते ।
ओखलढुङगाको चिसङखुगढी गाउँपालिका-६ की २२ बर्षीया कबिता आले मगरको भिरबाट लडेर मृत्यु भएको छ । आज बिहान ६ बजे घरबाट नजिकै रहेको जंगलमा घास काट्न गएकी उनी भिरबाट लडेर गम्भीर घाईते भई उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढूङगाले जनाएको छ ।
ट्रयाक्टरमा चेपिएर १ जनाको मृत्यु
सुनसरी, असार ३१ गते ।
सुनसरीको ईनरुवा नगरपालिका-९ जमुवामा ट्रयाक्टरमा चेपिएर १ जनाको मृत्यु भएको छ । आज बिहान साढे ९ बजेको समयमा को २ त ८३४० नम्बरको ट्रयाक्टरले खेत जोत्ने क्रममा हिलोमा फसेको र निकाल्ने प्रयास गर्दा ट्रयाक्टर पल्टीई स्थानीय २४ बर्षीय चन्दन कुमार मेहेतालाई चेप्दा गम्भीर घाईते भई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पोखरीमा डुबेर बालकको मृत्यु
सुनसरी, असार ३१ गते ।
सुनसरीको दुहबी नगरपालिका-२ का सलिब मियाको ४ बर्षीया छोरा जुगेर मियाको पोखरीमा डुबेर मृत्यु भएको छ । सोमवार अपरान्ह ५ बजेको समयमा बिबाहमा जान भनी हिडेका बालक घर नजिकै रहेको पोखरीमा डुबेर घाइते भएकामा उनलाई तत्काल उद्धार गरी उपचारको लागि सामुदायिक अस्पताल दुहवी हुँदै थप उपचारको लागि बिराट टिचिङ अस्पताल पठाईएकोमा उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
बाढीले बगाएर बालकको मृत्यु
उदयपुर, असार ३१ गते ।
उदयपुरको रौतामाई नगरपालिका-७ का १४ बर्षीय बालकको बाढीले बगाएर मृत्यु भएको छ । सोमवार राती १० बजेको समयमा छाउरे खोलामा अचानक बाढी आएर घरमा सुतिरहेका आमा सुनिता तामाङ र छोरा आर्यन तामाङलाई बगाएकोमा प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा आमालाई जिवितै उद्धार गरिएको थियो भने छोरा आर्यनलाई बाढीले बगाएर बेपत्ता भएकोमा खोजतलास गर्ने क्रममा आज बिहान सवा ८ बजे त्रियुगा खोलाको किरानामा मृत अबस्थामा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
खोलाले बगाएर अढाई बर्षीय बालकको मृत्यु
झापा, असार ३० गते ।
झापाको मेचीनगर नगरपालिका-१३ का गंगाराम प्रसाईको अढाई बर्षीय छोरा अजित प्रसाईको खोलाले बगाएर मृत्यु भएको छ । आज बिहान ७ बजे बाबु खेतमा गएको र छोराले बाबुलाई पछ्याउदै जाने क्रममा फुलवासा खोलाले बगाउदै गरेको बाबुले नै देखेपछी स्थानीयवासी समेतको सहयोगमा तत्काल उद्धार गरी उपचारको लागी बिर्तामोडको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गेउरिया खोलामा बेवारीसे लाश
बिराटनगर असार ३० गते ।
मोरङको रङगेली नगरपालिका-९ मा रहेको गेउरीया खोला किनारामा बेवारीसे लाश भेटिएको छ । आईतवार दिउँसो साढे १ बजे तराई मुलको जस्तो देखिने अन्दाजी बर्ष २८ को पुरुष ब्यक्तिको लाश गेउरीया खोला किनारामा रहेको भन्ने जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय रङगेलीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया गरी शव परिक्षणको लागि रङगेली अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ । मृतकको हाल सम्म पहिचान खुल्न सकेको छैन ।
नहरमा डुबेर बालकको मृत्यु
सुनसरी, असार ३० गते ।
सुनसरीको हरिनगरा गाउँपालिका-२ का अकबल मियाको १२ बर्षीय छोरा तोसिब मियाको नहरमा डुबेर मृत्यु भएको छ । आईतवार दिउँसो सवा ३ बजेको समयमा भुटाह-सिसुवाधरमपुर सडक खण्डमा पर्ने नहरको डिलबाट चिप्लिएर नहरमा डुब्दा घाईते भएका मियालाई प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाएकोमा उपचारकै क्रममा दिउँसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बेपत्ता मध्ये थप १ को मृत्यु
पाँचथर, असार २९ गते ।
पाँचथरको मिक्लाजुङ गाऊँपालिका-४ बस्ने लोक बहादुर राईको ९ बर्षिय छोरा दिवन राईको खोलाले बगाएर मृत्यु भएको छ । २७ गते बिहान पौने १० बजेको समयमा घरबाट बिद्यालय तर्फ जादै गर्दा सोही स्थानमा रहेको नुवाखोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता भएका बालक राईको खोजतलासका क्रममा आज दिउसो १ बजेको समयमा- ५ किलोमिटरको दुरीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बेपत्ता मध्ये थप १ को मृत्यु
उदयपुर, असार २९ गते ।
उदयपुर चौदण्डिगढि नगरपालिका-४ बस्ने ३५ बर्षीय मनकुमार तामाङको खोलाले बगाई मृत्यु भएको छ । हिजो बिहान साढे १० बजे सोहि स्थानमा रहेको लामाखोला र कालिखोलाको दोभानमा आफुले पालेको कुकुरलाई खोलाले बगाउन लाग्दा कुकुर लाई बचाउन जादा आफै बगि बेपत्ता भएका तामाङको खोजतलासका क्रममा आज बिहान साढे १० बजेको समयमा १ किलोमिटरको दुरीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
भिरबाट लडेर १ जनाको मृत्यु
ताप्लेजुङ, असार२९ गते ।
ताप्लेजुङको फुङलिङ नगरपालिका-१० फुरुम्बु मयुममा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । ताप्लेजुङ फक्तालुङ गाउँपालिका-४ ईखाबु घर भई जिल्ला ताप्लेजुङ फुङलिङ नगरपालिका-१० फुरुम्बु मयुम ससुरालीले दिएको घर जग्गामा धेरै बर्ष अगाडीबाट श्रीमतिसँगै बस्दै आएका बर्ष ६३ का कर्ण बहादुर ल्याबुङ गाँऊतिर जान्छु भनि २४ गते हिडे पश्चात बेपत्ता भए पछी आफन्तले खोजि कार्य शुरु गरेका थिए । सोही क्रममा घरबाट १५ मिनेट दक्षिण नामबारा भिरबाट लडेर बाटो देखि १०० मिटर भिरमा झरी मृत अबस्थामा फेला पारे पश्चात आफन्तले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोली खटि कानूनी प्रकृया पुरा गरी शव लाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाएको उक्त कार्यालयले जनाएको छ ।
ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
सुनसरी, असार २९ गते ।
सुनसरीको ईनरुवा नगरपालिका-३ बिजुली अफिस अगाडी ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । शनिबार राति पौने १० बजेको समयमा पूर्व पश्चिम राजमार्गमा पश्चिम बाट पूर्व तर्फ आउदै गरेको ना.५ ख. ३३०९ नम्बरको ट्रकले बिपरित दिशा बाट जादै गरेको को.५७ प. १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक ईनरुवा-६ मधेसा बस्ने बर्ष ३७ को भोगेन्द्र घिमिरेको र सोही मोटरसाइकलमा पछाडी सवार सोही नगरपालिका-३ बस्ने बर्ष २७ को अनिल ऋषिदेव सदा गम्भिर घईते भएका थिए । घाईते उनिहरुलाई जिल्ला अस्पताल ईनरुवामा सामान्य उपचार गराए पश्चात थप उपचारको लागी गोल्डेन अस्पताल विराटनगर लैजादै गर्दा भोगेन्द्र घिमिरेको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै मोटरसाईकल र ट्रक,ट्रक चालक ईटहरी ९ बस्ने बर्ष ३५ गंगाराम सदालाई समेत प्रहरीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।
बाढिले बगाएर एकको मृत्यु
उदयपुर, असार २९ गते
उदयपुरको त्रियुगा खोलामा आएको बाढिले बगाएर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो साढे ३ बजेको समयमा बेलका नगरपालिका-१ बस्ने तारा श्रेष्ठको खेतमा पुरुष ब्यक्तिको बेवारिसे शव बाढिले बगाएर ल्याएको थियो । घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी भागलपुर र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरीको टोली खटीगई कानूनी प्रकृया गरीरहेको छ । साथै मृतकको सनाखत गरी आफन्तहरुको खोजतलाश गर्ने कार्य समेत भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बेपत्ता मध्ये १ को शव फेला
ओखलढुंगा, असार २८ गते
ओखलढुंगाको सिद्धिचरण नगरपालिका-६ माझखर्क बस्ने बर्ष ४० की कान्छीमायाँ श्रेष्ठको मृत्यु भएको छ । आज बिहान परेको अबिरल बर्षाको कारण आएको पहिरोले २ तले घर र गोठ बगाउँदा बेपत्ता भएकी कान्छीमायाँ लाई अपरान्ह साढे ३ बजे मृत अवस्थामा घर देखी २०० मिटर तल फेला पारीएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
हाल सम्म यस प्रदेश अन्तरगत मृत्यु हुनेको संख्यामा खोटाङमा-३ जना, झापामा- २, ओलढुंगामा-४, भोजपुरमा-५, ईलाममा-१ र सुनसरीमा १ जना गरी जम्मा १६ जना पुगेको छ ।
बेपत्ता मध्ये १ को शव फेला
भोजपुर, असार २८ गते
भोजपुर रामप्रसाद राई गाँउपालिका ५ बस्ने १५ बर्षिय सक्तीकुमार राईको पुरिएर मृत्यु भएको छ । आज बिहान ९ बजे भान्साघरको माथिबाट पहिरो झरी पुरिएर बेपत्ता भएका राईको खोजतलास गर्ने क्रममा साँझ ५ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।हाल सम्म यस प्रदेश अन्तरगत मृत्यु हुनेको संख्यामा खोटाङमा-३ जना, झापामा- २, ओलढुंगामा-३, भोजपुरमा-५, ईलाममा-१ र सुनसरीमा १ जना गरी जम्मा १५ जना पुगेको छ ।
अबिरल बर्षाको कारण थप ४ को मृत्यु ।
ओखलढुंगा-२, झापा-१, भोजपुर-१, असार २८ गते ।
ओखलढुंगा मोलुङ गाउँपालिका-७ पात्ले बस्ने ४० बर्षीया खपुटि शेर्पा र निजको छोरी १२ बर्षीया याङजि शेर्पाको पहिरोले पुरिएर मृत्यु भएको छ । आज बिहान ११ बजे घर माथिबाट पहिरो खसि पुरिएर बेपत्ता भएका दुबै जनाको खोजतलासका क्रममा अपरान्ह २ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।यसै गरी भोजपुर रामप्रसाद राई गाँउपालिका ५ बस्ने ३५ बर्षिया मनकुमारी राईको पुरिएर मृत्यु भएको छ । आज बिहान आफ्नै भान्सा घरले किच्दा पुरिएर बेपत्ता भएकी राईको खोजतलास गर्ने क्रममा ४ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
यस्तै झापा शिवसताक्षी नगरपालिका-५ सालमारामा रहेको बनियानी खोलाले बगाउदा ९ बर्षीय सौगात चापागाई को मृत्यु भएको छ । आज अपरान्ह २:१० बजे सौगात आफ्नै फुपुको छोरी समिक्षा पौडेल संग खोला छेउमा खेल्ने क्रममा चिप्लिएर खोलामा लड्दा सोही खोलाले बगाउदा खोजतलासका क्रममा सौगातको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।हाल सम्म यस प्रदेश अन्तरगत मृत्यु हुनेको संख्यामा खोटाङमा-३ जना, झापामा- २, ओलढुंगामा-३, भोजपुरमा-४, ईलाममा-१ र सुनसरीमा १ जना गरी जम्मा १४ जना पुगेको छ ।
बेपत्ता मध्ये १ को शव फेला
भोजपुर, असार २८ गते
भोजपुर रामप्रसाद राई गाँउपालिका ५ बस्ने १७ बर्षिय शिवकुमार राईको पुरिएर मृत्यु भएको छ ।आज बिहान ९ बजे भान्साघरको माथिबाट पहिरो झरी पुरिएर बेपत्ता भएका राईको खोजतलास गर्ने क्रममा अपरान्ह साढे २ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
मृत अवस्थामा फेला
सुनसरी,असार २८ गते ।
सुनसरी बराहक्षेत्र नगरपालिका-७ बाङगे बस्ने २६ बर्षीय बाल कुमार राई मृत अबस्थामा फेला परेका छन । आज बिहान साढे ७ बजे आफ्नै घर देखी ५० मिटर जतिको दुरीमा साईकलमा कुखुरा लिई आउने क्रममा नालीमा साईकल सहित घोप्टो परेको अवस्थामा राई मृत फेला परेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ। आफन्तको भनाई अनुसार राई पहिला देखिनै छारे रोगको बिरामी रहेको उक्त कार्यालयले जनाएको छ ।
अबिरल बर्षाको कारण मानबिय क्षतिको बिवरण
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, असार-२८ गते ।
असार २६ गते देखी हालसम्म अबिरल बर्षाको कारण यस प्रदेश अन्तरगतमा ९ जनाको मृत्यु भएको छ भनि ७ जना बेपत्ता छन। २६ गते भोजपुर रामप्रसाद राई गाउपालिका ७ बस्ने ६६ बर्षीय जगत बहादुर राइको खोलाले बगाई मृत्यु भएको छ, २७ गते भोजपुरकै ट्याम्केमयुम गाउपालिक ९ बस्ने १४ बर्षीय जनक बि.क.को ट्वाईलेटले किचि मृत्य भएको छ, यस्तै २७ गतेनै खोटाङ खोटेहयाङ गाउपालिका २ बस्ने २८ बर्षीया रेखा राई र निजकै छोराहरु बर्ष ४ को रोमन राई र ७ महिनाको रोहन राईको आफ्नै घरले किची मृत्यु छ, यस्तै २७ गते खोलाले बगाउदा ओखलढुङगा चिसुङखुगडी गाउपालिका ४ बस्ने ८५ बर्षीया पासाङ पुटी सेर्पा, ईलाम चुलाचुली १ बस्ने ५० बर्षीय अंचल लावती र झापा दमक नगरपालिका १० बस्ने ६ बर्षिया बालक ऐलिजा न्यौपानेको मृत्यु भएको छ भनि २६ गते खोलाले बगाई बेपत्ता भएका उदयपुर घर भई ईटहरी ५ सुनसरीमा काम गरी बस्ने ३५ बर्षिय सागर थापा आज बिहान मृत अवस्थामा फेला परेका छन । यसैगरी बेपत्ता हुने हरुमा पाँचथर मिक्लाजुङ गाउपालिका-४ बस्ने ९ बर्षिय दिवन राई, झापा भद्रपुर नगरपालिका ९ बस्ने ४५ बर्षिय सफल हज्दा, सुनसरी बराहाक्षेत्र १ बस्ने १० बर्षिय अर्पन राई र मोरङ कानेपोखरी गाँउपालिका २ बस्ने तत्काल नामथर वतन नखुलेका १ जना खोलाले बगाई बेपत्ता भएका छन । यसै गरी भोजपुर रामप्रसाद राई गाँउपालिका ५ बस्ने ३५ बर्षिया मनकुमारी राई निजकै छोराहरु १७ बर्षिय-शिबकुमार राई र १५ बर्षिय सक्तीकुमार राईलाई आफ्नै भान्सा घरले किच्दा पुरिएर बेपत्ता भएका छन ।
ट्वाईलेटले पुरिएर १ को मृत्यु
भोजपुर,असार २७ गते ।
भोजपुर ट्याम्केमयुम गाउँपालिका-९ ऐराङ बस्ने १४ बर्षीय जनक बि.क.को ट्वाईलेटले पुरी मृत्यु भएको छ । आज बिहान साढे १० बजे ट्वाईलेट गएको अबस्थामा ट्वाईलेट माथिको काल्ला अचानक झरी ट्वाईलेट समेत बगाई बि.क.लाइ पुरेको अबस्थामा निजकै दिदिले देखी स्थानीय समेतको सहयोगमा उद्दार गरी घरमा ल्याई राखेको अवस्थामा अपरान्ह २ बजे उनको मृत्यु भएको खबर ईलाका प्रहरी कार्यालय दिल्पामा प्राप्त हुनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।
मृत अवस्थामा फेला
झापा,असार २७ गते ।
कनकाई नगरपालिका-२ सुकेडाँगी सामुदायिक बनमा तत्काल नामथर वतन नखुलेका सेतो भेष्ट, निलो जिन्स पेन्ट, म्याजिक चप्पल र हातमा घडी लगाएका १ जना मानिस मृत अवस्थामा फेला परेका छन । आज अपरान्ह २ बजे अन्दाजी २७/२८ बर्षीय पुरुष मानिस उक्त बनमा मृत अवस्थामा फेला परेको स्थानीयले ईलाक प्रहरी कार्यालय सुरुङामा खबर गर्न साथ प्रहरी टोली खटि गई थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।
खोलाले बगाउदा बालक बेपत्ता
पाँचथर, असार २७ गते ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ बस्ने लोक बहादुर राईको छोरा ९ बर्षीय दिवन राईलाई खोलाले बगाउदा बेपत्ता भएका छन । आज बिहान ०९ः५० बजे दाजुसंग घरबाट बिधालय तर्फ जादै गर्दा सोहि स्थानमा रहेको नुवाखोला तर्ने क्रममा दिवनलाई खोलाले बगाएको ईलाका प्रहरी कार्यालय रबिले जनाएको छ । बालकको प्रहरी र स्थानीयको सहयोगमा खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।
घरको गाह्रोले किच्दा १ जनाको मृत्यु
भोजपुर असार २७ गते ।
भोजपुर रामप्रसाद राई गाउँपालिका-७ बासिखोरा बस्ने ६६ वर्षिय जगत बहादुर राईको आफ्नै घरको गाह्रो लडी सोही गाह्रोले किच्दा मृत्यु भएको छ । २५ गते देखी आएको अबिरल बर्षाको कारण घरमा पानीको भेल पस्दा पिढिमा सुतिरहेका राईको गाह्रोले किची मृत्यु भएको हो। राई घरमा एक्लै बस्दै आएका र २५ गते राती के कुन समयमा उनको मृत्यु भएको भनि स्थानियले २६ गते ईलाका प्रहरी कार्यालय घोडेटारमा खबर गर्न साथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।
धरानमा नवजात शिशु चोरी गर्ने २ महिला पक्राउ
सुनसरी असार २६ गते ।
धरानको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिरामी तथा कुरुवा निदाएको मौका छोपी नवजात शिशु चोरी गर्ने २ महिलालाई प्रहरीले बिहीवार पक्राउ गरेको छ । भोक्राह-नर्सिङ गाउँपालिका-१ बस्ने बविता मेहतालाई सुत्केरी व्यथा लागेर गत असार १० गते वि.पी. प्रतिष्ठान धरान लगिएकोमा १३ गते शिशुलाई जन्म दिए पश्चात आमा र शिशुको सोही अस्पतालको गाईनो वार्डमा राखि उपचार भईरहेकोमा राती १२:२५ बजेको समयमा विरामी कुरुवाले शिशुलाई नदेखे पछि खोजी गर्दा कहि फेला नपरेकोले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोली र पिडितको सहयोगमा शिशुको खोजतलास गर्ने क्रममा केही दिन अगाडी अस्पताल परिसरमा सुत्केरी तथा बच्चाको रेखदेख गर्ने बहानामा आएकी धरान-५ देवी गाउँ बस्ने बर्ष २७ की लीला बिश्वकर्माले शिशुलाई चोरी गरि भाउजु नाता पर्ने धरान १५ बगरकोट बस्ने बर्ष ४२ की मीना लिम्बु (बिश्वकर्मा) को घरमा शिशुलाई लुकाई राखेको अवस्थामा आज बिहान सवा ३ बजे फेला पारिएको हो । उक्त स्थानबाट प्रहरीले निजहरु दुवै जनालाई नियन्त्रणमा लिई नवजात शिशुको उद्धार गरि परिवारको जिम्मा लगाईएको हो भने दुवै जनालाई शरिर बन्धक सम्बन्धि मुद्धामा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
करेन्ट लागी १ जनाको मृत्यु
झापा असार २६ गते ।
गौरादह नगरपालिका-८ थापा चोक स्थितमा बस्दै आएका ६ बर्षिय रोसन महतोको करेन्ट लागी मृत्यु भएको छ। मोरङ रतुवामाई नगरपालिका १ घर भई मावली घर बस्दै आएका गोल्छा महतोको छोरा रोसनले आज बिहान ९ बजे मोबाईल चार्जमा लगाउने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौरिगंजले जनाएको छ ।
माछा मार्ने क्रममा करेन्ट लाग्दा १ को मृत्यु
सुनसरी असार २६ गते ।
ईटहरी उपमहानगरपालिका ४ स्थित बिश्वआदर्श स्कुल छेउको नालीमा करेन्ट लागी २९ बर्षिय महेश चौधरीको मृत्यु भएको छ । सोही स्कुलमा कार्यालय सहयोगीको रुपमा काम गर्ने चौधरीले राती १२ बजे नालीमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
छुट्टा छुट्टै स्थानमा करेन्ट लागी २ जनाको मृत्यु
असार २५ गते ।
मोरङको रंगेली नगरपालिका-५ आपगाछी बस्ने १२ बर्षिय प्रमोद ऋषिदेवको आज दिउँसो १२५० बजे करेन्ट लागी मृत्यु भएको छ । आफ्नै घर छेउको काठमा विजुलीको पोल नजिक हिडिरहेको अवस्थामा अचानक उक्त विजुलीको पोल ढली नाङगो तारबाट करेन्ट लाग्दा ऋषिदेवको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । यस्तै सुनसरी धरान थाक्कर डाँडा बस्ने ६७ बर्षिय बिर्ख बहादुर राईको करेन्ट लागी मृत्यु भएको छ । आज बिहान ११ बजेको समयमा आफ्नै घरमा रेडियो बजाउनको लागि रेडियोको ज्याक मल्टिपल्कमा जोड्ने क्रममा करेन्ट लागी बेहोस भएका राईको उपचारको क्रममा बीपी कोईराला स्वास्य्थ बिज्ञान प्रतिष्ठान घोपा धरानमा दिउसो १२२० बजे मृत्यु भएको अस्थाई प्रहरी पोष्ट घोपाले जनाएको छ ।
सवारी दुर्घटनाबाट ३ जनाको मुत्यु
ओखलढुंगा असार २५ गते ।
ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ६ सिद्दीचरण राजमार्ग डडुवा डाडा स्थितमा बस दुर्घटना हुदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । झापाको काकडभिट्टाबाट सोलुतर्फ जादै गरेको मे १ ख १८९१ नम्बरको मातृ भाग्यरेखा प्रालिको नाईट बस आज बिहान साढे ३ बजे आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल खसि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। दुर्घटनाबाट बसमा सवार २० जना मध्ये झापा पथरियाका ४५ बर्षिय कृष्ण बहादुर बस्नेत(चालक), सोलु दुधकुण्डकी ५२ बर्षिया माया थापा र सिन्धुली कमलामाईका ३५ बर्षिय लाल बहादुर धामिको घटनास्थलमै मृत्यु भएको हो। यस्तै दुर्घटनाबाट घाईते भएका ५ जनालाई उपचारको लागि काठमाण्डौ पठाईएको छ भने अन्यको ओखलढुंगा र उदयपुरको स्थानिय मेडिकलमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।
बुहारीलाई धारीलो हतियार प्रहार गर्ने जेठाजु पक्राउमोरङ, असार २४ गते ।
मोरङको सुन्दरहरैचा नगरपालिका-१ स्थित कुमार गाँउमा धारीलो हतियार प्रहारबाट एक महिला घाईते भएकी छिन । आज दिउँसो साढे १ बजेको समयमा सोही स्थान बस्ने बर्ष ३६ का निर बहादुर नेपालले आफ्नै २६ बर्षिय बुहारी सलिना नेपाल लाई शरिरको  बिभिन्न भागमा खुकुरीले प्रहार गरी गम्भिर घाईते बनाएका हुन । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीको टोलीले खुकुरी प्रहार गर्ने निर बहादुरलाई तत्काल पक्राउ गर्नुकासाथै गम्भिर घाइते भएकी सलिना लाई उद्धार गरी उपचारको लागि बी.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सवारी दुर्घटनाबाट साईकलयात्रीको मृत्यु
मोरङ असार २३ गते ।
बुढीगंगा गाँउपालिका ४ स्थित कोशी राजमार्ग सडकखण्डमा मोटरसाईकलको ठक्करबाट साईकल यात्री भोजपुर नगरपालिका ३ घर भई बुढिगंगा ४ मा डेरा गरी बस्ने ३४ बर्षिय लोक बहादुर खड्कीको मृत्यु भएको छ । आज बिहान १० बजे उतरबाट दक्षिण तर्फ जादै गरेको को २८ प १९०७ नम्बरको मोटरसाईकलले खडकी लाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । घाईते खड्कीको बिराट मेडिकल कलेज बिराटनगरमा उपचारको क्रममा ११५५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।ठक्कर दिने मोटरसाईकल र चालक सुनसरी सोनापुर बस्ने बिष्णु चौधरी ईलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा रहेका छन ।
सर्पको टोकाईबाट ७ बर्षिया बालिकाको मृत्यु
झापा असार २३ गते ।
झापा गाँउपालिका ६ बस्ने बैजुनाथ गोसाईको छोरी बर्ष ७ की निरुता गोसाईको सर्पको टोकाईबाट मृत्यु भएको छ। कोठामा सुतिरहेको अवस्थामा राती २ बजे गोमन सर्पले छोरीलाई टोकेको थाहा पाउन साथ उपचारको लागी बुबा बैजुनाथले सर्प दंस उपचार केन्द्र कन्काई नगरपालिका ४ कोटी होम लगि उपचार गराई रहेकोमा उपचारको क्रममा निरुताको बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
करेन्ट लागेर १ जनाको मृत्यु १ घाईते
झापा, असार २२ गते ।
झापाको कमल गाउँपालिका-५ मा रहेको नयाँ कावेली करिडोरको अफिसमा कार्यरत कर्मचारी कमल गाउँपालिका-४ का ५५ बर्षीय प्रेम बहादुर खतिवडाको करेन्ट लागेर मृत्यु भएको छ भने मुगु घर भएका ४९ बर्षीय हिक्मत बहादुर बुढा गम्भीर घाईते भएका छन् । शनिवार राती ८ बजेको समयमा अफिसकै तार सर्ट भएकोले चेक गर्ने क्रममा अचानक करेन्ट लाग्दा दुबै जना गम्भीर घाईते भएका थिए । घाईते दुवै जनालाई उपचारको लागि दमकको लाईफ लाईन अस्पताल लगिएकोमा उपाचारको क्रममा खतिवडाको राती साढे ९ बजे मृत्यु भएको छ भने अर्का घाईते बुढालाई थप उपचारको लागि भारतको सिलिगुढी पठाईएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
पोखरीमा डुबेर ९ बर्षीय बालकको मृत्यु
सुनसरी, असार २२ गते ।
सुनसरीको रामधुनी नगरपालिका-१ सैनिमैनीका प्रमोद चौधरीको ९ बर्षीय छोरा आलम चौधरीको पोखरीमा डुबेर मृत्यु भएको छ । शनिवार राती ८ बजे घर नजिकै रहेको पोखरीमा डुबेर मृत अबस्थामा बालक रहेको भनी स्थानीयले दिएको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले बालकको शव बाहिर निकाली कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लडेर कामदारको मृत्यु
सुनसरी, असार २१ गते ।
सुनसरीको दुहबी नगरपालिका-८ स्थित पशुपति सिलप्याक ईन्टरप्राईजेज सोनापुरको फ्याक्ट्रीमा काम गर्ने क्रममा लडेर एकजना कामदारको मृत्यु भएको छ । हिजो दिउँसो १ बजेको समयमा भारत फारबिन्सगंज घर भइ हाल सोही फ्याक्ट्रीमा कामदारका रुपमा रहेका बर्ष ३५ का महेन्द्र सिंह काम गर्ने सिलसिलामा १ तला माथिबाट झरेर गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा आज अपरान्ह ४ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
करेन्ट लागी मृत्यु
झापा असार २१ गते ।
झापा गौरिगंज गाँउपालिका ३ बस्ने ४१ बर्षिय पुर्ण शेर्मा को करेन्ट लागेर मृत्यु भएको छ । हिजो साँझ ५ बजे सोही स्थानमा रहेको किष्ने खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफै करेन्ट लागी बेहोस भएका शेर्मालाई उपचारको लागी दमक तर्फ ल्याउदै गर्दा ६ बजेर ५ मिनेटमा निजको बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौरिगंजले जनाएको छ ।
सवारी दुर्घटनाबाट मृत्यु
मोरङ असार २१ गते । मोरङ लेटाङ नगरपालिका ३ लेटाङ कानेपोखरी सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यू भएको छ । हिजो बेलुका सबा ६ बजे कानेपोखरीका ३० बर्षिय लेखनाथ दंगालको मृत्यु भएको हो । दंगालले चलाएको को २७ प ६४७७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा दुर्घटनाबाट घाईते भएका दंगाललाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगेकोमा सबा ७ बजे डाक्टरले मृत्यु घोषणा गरेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु
मोरङ, असार २० गते ।
मोरङको सुन्दरहरैचा नगरपालिका-३ गछिया पुलमा बिहिवार साँझ सवा ५ बजे टिपरको टक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । पूर्बबाट पश्चिमतर्फ जादै गरेका साईकल यात्री सुन्दरहरैचा नगरपालिका-६ का ५७ बर्षीय बल बहादुर राई सडकमा अनियन्त्रित भई आफै लडेको र सोही दिशाबाट आईरहेको ना १ क ८४०६ नम्बरको टिपरले ठक्कर दिंदा घाईते भई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाईएकोमा उपचारकै क्रममा साँझ सवा ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय वेलबारीले जनाएको छ । टिपर र चालक प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ ।
हातहतियार सहित १ जना पक्राउ
संखुवासभा असार १९ गते ।
संखुवासभाको सिलिचोङ गाउँपालिका-१ बाट हातहतियार र गोलीगठ्ठा सहित ओखलढुंगा चिशंखुगढी गाउँपालिका-७ का निम दोर्जी तामाङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय संखुसभाबाट गस्तिमा खटिएको प्रहरी टोलीलाई तामाङ सहितको टोलीले असार १६ गते बिहान ९:५५ बजे होयङ्ला भन्ने स्थानमा प्रहरीलाई लक्षित गरी गोली फायर गरेको थियो । प्रहरीले आत्मरक्षाको लागि जवाफी फायर गर्दै सर्च गर्ने क्रममा असार १७ गते तामाङलाई १ थान SLR, ६५ राउण्ड गोली, म्यागजिन १ थान, र १३ थान खोका तथा LMG राईफलको २० राउण्ड गोली सहित म्यागजिन १ थान, बिष्फोटन गराउन प्रयोग गरिने रातो रंगको ३४ फिट लामो डेडकर्ड र मेमोरी कार्ड सहितको मोवाईल थान- १ बरामद गरिएको हो । यसै गरी सिलिपिङ व्याग थान १, पछाडी भिर्ने कालो रंगको झोला थान १, कार्लमाक्स व्यक्तित्व र कृतित्व लेखेको किताव थान १, खाली डायरी थान १ समेत बरामद गरिएको छ । यसरी हातहतियार सहित पक्राउ परेका निम दोर्जी तामाङ उपर जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट थप अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडी बढाईएको छ ।
करेन्ट लागी १ जनाको मृत्यू
सुनसरी असार १९ गते ।
सुनसरी भोक्राहा नरसिङ्ग-६ का ५० बर्षिय बिशेश्वर मेहताको करेन्ट लागी मृत्यू भएको छ । आज बिहान साढे ११ बजे आफ्नै घरको छेउमा रहेको कलमा जडान भएको मटर चलाउने क्रममा बिधुत सट भई करेन्ट लागी घाईते भएका मेहताको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रमंमा अपरान्ह १२:५५ बजे मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ब्राउन सुगर सहित १ जना पक्राउ
सुनसरी, असार १९ गते ।
सुनसरीको धरान उप-महानगरपालिका-८ तिनकुनेबाट नियन्त्रित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट चेकिङमा खटिएको प्रहरी टोलीले ईटहरीबाट धरान तर्फ जाँदै गरेको बा ४३ प २९७३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी सवार रहेका उदयपुरको त्रियुगा नगरपालिका-१० का १८ बर्षीय सुवास बि.क.को साथबाट १० ग्राम ब्राउनसुगर बरामद गरेको हो । ब्राउनसुगर सहित पक्राउ परेका बि.क. र मोटरसाईकल चालकलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
जबरजस्ती करणीको आरोपमा १ जना पक्राउ
सुनसरी, असार १९ गते ।
ईलाका प्रहरी कार्यालय ईटहरीले सुनसरीको ईटहरी उप-महानगरपालिका-६ बाट जबरजस्ती करणीको आरोपमा १ जनालाई पक्राउ गरेको छ । ईटहरीको सेन्टर प्लाजामा रहेको सुवासा ईन्सिच्युटका मेनेजर मोरङको सुन्दरहरैचा नगरपालिका-९ का ३० बर्षीय सन्तोष बिष्टले असार १६ गते आफ्नै क्याबिनमा मोरङकै २२ बर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको भन्ने पिडित युवतीको जाहेरीको आधारमा असार १८ गते बिष्टलाई पक्राउ गरेको हो । पक्राउ परेका बिष्टको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट ६ बर्षीय बालकको मृत्यु
पाँचथर, असार १९ गते ।
पाँचथरको तुम्बेवा गाउँपालिका-३ मौवा बजारमा ट्याक्टरको ठक्करबाट ६ बर्षीय बालकको मृत्यु भएको छ । बुधवार साँझ पौने ८ बजेको समयमा मौवा बजार स्थित उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ त ५४६० नम्बरको ट्याक्टरले मौवा बजारमा पसल गरी बस्ने रमेश खत्रीको छोरा बर्ष ६ को रिदम खत्रीलाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय मौवाबाट प्रहरी टोली खटि गई चालक तथा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ भने कानूनी प्रकृया पूरा गरी बालकको शव परिक्षणको लागि प्राथामिक स्वास्थ्य केन्द्र रवि पठाईएको उक्त कार्यालयले जनाएको छ ।
लागु औषध सहित १ जना  पक्राउमोरङ असार १८ गते।

जिल्ला मोरङ विराटनगर महानगरपालिका १२ स्थित पन्चमुखी चोकबाट लागुऔषध सहित १ जना  पक्राउ परेका छन ।बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १७ गते राती १२ बजे स्थानीय २६ बर्षीय दिनेश पासवानलाई लागु औषध फेनारगन-४८ एम्पुल, डाइजेल्याव-३७ एम्पुल, बुप्रेर्नफिन -३१ एम्पुल र एभिल-३५ एम्पुल लागु औषध सहित नियन्त्रणमा लिईएको हो । पक्राउ परेका पासवानलाई जिल्ला अदालत मोरङबाट लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत म्याद थप गरी अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लडेर १ जनाको मृत्यु
सोलुखुम्बु, असार १८ गते ।
सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका-५ नाम्चे बजारका ३१ बर्षीय छिरिङ तेन्जीङ शेर्पाको लडेर मृत्यु भएको छ । अमेरीका बस्दै आएका शेर्पा डुम्जी पर्व मनाउन घर आएको र १७ गते घुम्नको लागि घरबाट निस्की पासाङल्हामु गाउँपालिका-४ मा रहेको होटल एभरेष्ट भ्यु नजिकै रहेको एनसेलको टावर छेउमा सेल्फी खिच्ने क्रममा लडेका थिए । उनलाई आफन्तले खोजतलाश गर्ने क्रममा आज बिहान ५ बजेको समयमा टावर भन्दा २५० मिटर तल क्याङजु जंगलमा मृत अवस्थामा फेला पारी  घटनाबारे ईलाका प्रहरी कार्यालय नाम्चेमा जानकारी गराउनासाथ घटनास्थलमा प्रहरीको टोली खटि गई कानूनी कारवाही प्रकृया तथा थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयल सोलुखुम्बुले जनाएको छ ।
आगोलागीबाट २ घर जलेर नष्ट
धनकुटा, असार १८ गते ।
धनकुटाको महालक्ष्मी नगरपालिका-२ सान्नेमा मंगलबार राती २ घरमा आगलागी भएको छ । दिल ब.रायमाझीको घरमा रातको १० बजेको समयमा बिधुत सर्ट भइ अचानक आगोलागी हुदा ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घर, घर भित्र रहेको सर सामान , सुनको गहना १ तोला,५ तोला चाँदी, खसि ८ वटा, बाख्रा ८ वटा, कुखुरा ५० वटा जलेर पुर्ण रुपमा नष्ट हुदा करिव साढे ९ लाख मुल्य बराबरको क्षति भएको हो । साथै सोही स्थानमा रहेका निजको भाई नारायण रायमाझीको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घर, घरमा रहेको सम्पुर्ण सामान, नगद ५० हजार, सुनको गहना १ तोला,५ तोला चाँदी, कुखुरा २० वटा समेत जलेर पुर्ण रुपमा नष्ट हुदा अन्दाजी ७ लाख १० हजार मुल्य बराबरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनाबारे जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी मारेकटहरेबाट खटिएको प्रहरीको टोलीले स्थानीयको सहयोगमा उक्त आगो आज बिहान ३ बजेको समयमा नियन्त्रणमा लिएको थियो ।
भीरबाट लडी मृत्यूसोलुखुम्बु असार १८ गते ।
सोलुखुम्वु दुधकुण्ड नगरपालिका ७ शेकार सिंह भन्ने स्थानमा भीरबाट लडी १ जनाको मृत्यू भएको छ। १७ गते दिउसो १२ बजे सोलुखुम्वु दुधकुण्ड नगरपालिका ७ का काजी शेर्पाको घरमा बस्दै आएको घर कुरुवा वर्ष ४० को हर्क बहादुर खड्का गाईबस्तु चराउने क्रममा भीरबाट अंन्दाजी ७ मिटर तल खस्दा निजको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली खटि गई कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ
सुनसरी, असार १८ गते ।
सुनसरीको दुहवी नगरपालिका-१२ बाट जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । स्थानीय गंगा चौधरीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीवाट खटिएको प्रहरी टोलीले ईटहरी उप-महानगरपालिका-१५ का ४४ बर्षीय श्रवण कुमार चौधरी, ग्रामथान गाउँपालिका-६ का ४० बर्षीय रुपेश कुमार तामाङ, ग्रामथान गाउँपालिका-५ का ४० बर्षीय लाल बहादुर चौधरी, गढी गाउँपालिका-३ का ४२ बर्षीय रमेश चौधरी र ३९ बर्षीय जोगेन्द्र उरावलाई पक्राउ गरेको हो । जुवाको खालबाट प्रहरीले १६ थान कौडा, गलैचा-१ थान, कालो कपडा १थान र नगद २ लाख ८५ हजार १ सय १४ रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
छुट्टाछुट्टै ३ स्थानबाट लागु औषध सहित ४ जना पक्राउ
बिराटनगर, असार १८ गते ।
१ नम्बर प्रदेशका ३ छुट्टाछुट्टै स्थानबाट मंगलवार लागु औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । झापाको मेचीनगर नगरपालिका-५ नकलबन्दाबाट कमल गाउँपालिका-५ का २२ बर्षीय शिव कुमार सदा र कमल गाउँपालिका-६ का २४ बर्षीय प्रकाश गजमेरलाई डाईजोपाम-८ एम्पुल, फेनारगन -८ एम्पुल र लुपीजेसिक -८ एम्पुल सहित पक्राउ गरिएको हो भने मोरङको उर्लावारी नगरपालिका-१ बाट लुपिजेसिक-१ एम्पुल, फेनारागन-१ एम्पुल, डाईजेल्याब-१ एम्पुल र नगद रु ८७,७४० सहित उर्लावरी नगरपालिका-१ का २० बर्षीय सुनिल बि.क. पक्राउ परेका छन् । यसैगरी सुनसरीको बराह नगरपालिका-१ का २२ बर्षीय आशिष राई स्पासमोप्रोक्सीबन प्लस नामक लागुऔषध २४७ ट्याब्लेट र २०० ग्राम गाजा सहित पक्राउ परेका छन् । लागु औषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही प्रकृया अगाढी बढाईएको छ ।
अबैध औषधी बरामद
झापा, असार १८ गते ।
झापाको मेचीनगर नगरपालिका-६ फोहोर मैला भन्ने स्थानबाट अन्दाजी ५ लाख मुल्य बराबरको अवैध औषधी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलवार साँझ पौने ७ बजे भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा ओरियन्स कम्पनीको नाम लेखिएको बिभिन्न किसिमका २ कार्टुन, अन्दाजी ५ लाख बराबरको औषधी बरामद गरेको हो । बरामद भएको औषधी आवश्यक कारवाहीको लागि आज औषधी ब्यबस्था बिभाग बुझाईने ईलाका प्रहरी कार्यालय काकभिट्टाले जनाएको छ ।
लागु औषध सहित १ जना पक्राउ
झापा असार १७ गते ।
झापाको मेचीनगर नगरपालिका-५ नकलबन्दा चौकबाट लागु औषध सहित १ जना पक्राउ परेका छन । आज बिहान साढे १० बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा झापा बिर्तामोड नगरपालिका-६ बस्ने वर्ष २१ को सुरज लिम्बुलाई पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुको साथबाट डाईजोपाम-५६ एम्पुल, फेनारगन -५६ एम्पुल, लुपीजेसिक -५६ एम्पुल र नाईट्रोजन चक्की २६ पिस लागु औषध समेत बरामद गरिएको उक्त कार्यालयले जनाएको छ। पक्राउ परेका लिम्बु उपर थप अनुसन्धान भईरहेको छ ।
ठुलो परिणाममा चाँदी सहित भारतिय नागरिक पक्राउ
मोरङ असार १७ गते ।
मोरङको विराटनगर महानगरपालिका-१२ रोडशेष चोकबाट ५९ केजी ९३४ ग्राम चाँदी सहित भारत बिहार राज्य जिल्ला अररिया जोगवनी १६ बस्ने बर्ष २४ का गौरव कुमार साह पक्राउ परेका छन् । बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलीले १६ गते सोमबार अपरान्ह ५ बजे शंकित सवारी साधन चेकजाँच गर्ने क्रममा उतरबाट दक्षिणतर्फ जाँदै गरेको BR 11 AK 1791 नम्बरको भारतिय कारलाई चेकजाँच गर्दा ड्राइभरको सिटमुनि लुकाई छिपाई प्लाष्टिक तथा कार्टुनमा टेपले बेरेर राखेको अवस्थामा उक्त परिणामको अबैध चाँदी सहित चालक साहलाई पक्राउ गरिएको हो । सवारी साधन र चाँदी सहित पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय, इटहरी पठाइएको उक्त कार्यालयले जनाएको छ ।
प्रहरीलाई घुस दिन खोज्ने २ जना पक्राउ
झापा, असार १७ गते ।
प्रहरीलाई आर्थीक प्रलोभन देखाई काम काजमा बाधा पुर्‍याएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । सोमवार दिउँसो साढे ३ बजे प्रहरी चौकी चारआली झापाबाट ट्राफिक सहित संयुक्त रुपमा खटिएको चेकिङ टोलीले पश्चिमबाट पुर्व तर्फ आइरहेको ना ६ ख ११६८ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा आफुसंग कागजपत्र नभएको भन्दै प्रहरीलाई १०० रुपया घुस दिने ट्रक चालक मकवानपुर मनहरी-२ का ४६ बर्षीय ईन्द्र तामाङलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैगरी भद्रपुर नगरपालिका-८ मा चेकिङमा खटिएको प्रहरी टोलीलाई घुस दिएर आर्थिक प्रलोभनमा पार्न खोज्ने ना २ ख ८३६० नम्बरका ट्रक चालक अर्जुनधारा-५ झापाका ३१ बर्षीय उमाकान्त राजवंशीलाई समेत पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ । संयुक्त चेकिङ टोलीलाई राजवंशीले आफुसंग सवारीको कागज पत्र नभएको भन्दै ५०० रुपैयाँ घुस दिन खोजे पछी उनलाई पक्राउ गरिएको थियो । पक्राउ परेका दुवैजानाई कानूनी कारवाही प्रकृया अगाढी बढाईएको छ ।
पानीमा डुबेर १७ महिनाका बालकको मृत्यु
मोरङ, असार १६ गते ।
मोरङको सुन्दरहरैचा नगरपालिका-१० मितेरीटोलका राम बहादुर सम्बाहाम्फेको १७ महिनाको छोरा पाङचुहाङ सम्बाहाम्फेको पानीमा डुबेर मृत्यु भएको छ । आज दिउँसो सवा १२ बजेको समयमा राम बहादुर सम्बाहाम्फेको बहिनी सोही स्थान बस्ने कमला धिमालको घरमा सिल्भरको भाँडोमा जम्मा गरेर राखेको पानीमा डुबेर गम्भीर अवस्थामा फेला परेका बालकलाई तत्काल उपचारको लागि सुकुना सामुदायिक अस्पताल लगिएकोमा उपचारकै क्रममा बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । सो स्थानमा प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
मोरङ, असार १५ गते ।
मोरङको बिराटनगर महानगरपालिका-४ बरगाछीमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । शनिवार राती ११ बजे उत्तरबाट दक्षीण तर्फ जाँदै गरेको बा २० च ७४० नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेको को ३५ प ५६३४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक बिराटनगर-१२ का १८ बर्षीय शंकर कुमार मिश्र गम्भीर घाइते भई उपचारको लागि बिराट नर्सिङहोम पठाईएकोमा उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने कार वडा प्रहरी कार्यालय बिराटनगरले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।
निसास्सीएर ४ जना कामदारको मृत्यु उद्धार गर्ने क्रममा ३ जना घाईते
मोरङ, असार १४ गते ।
मोरङको सुनवर्षी नगरपलिका-९ मुसलमान टोलमा शौचालयको हजमा रहेको काठको सेटिङ खोल्ने क्रममा ४ जना कामदारको निसास्सीएर मृत्यु भएको छ । आज दिऊँसो साढे ४ बजेको समयमा उक्त स्थानको मर्कस मस्जिदको कम्पाउण्डमा निर्माणाधिन अवस्थामा रहेको शौचालयको हजमा रहेको काठको सेटिङ खोल्न हज भित्र पसेका मोरङको सुनवर्षी नगरपालिका-९ का ४५ बर्षीय कपिल आलम, २० बर्षीय मो.फिरोज, बर्ष १९ को सहनवाद र बर्ष २२ को मो.ओसिब आलम निसास्सीएर गम्भीर घाईते भएका थिए । घटनाको जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी डाईनिया र ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलि र स्थानियवासीको समेत सहयोगमा घाईतेहरुलाई उद्धार गरी उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाईएकोमा उपचारकै क्रममा निजहरुको आजै पौने ६ बजे मृत्यु भएको ईलाका प्रहरी रङगेलीले जनाएको छ । उद्धार गर्ने क्रममा घाईते भएका ३ जना कामदार सामान्य उपचार पश्चात डिश्चार्ज भएको उक्त कार्यालयले जनाएको छ ।
भरुवा बन्दुक सहित १ जना पक्राउ
संखुवासभा, असार १४ गते ।
संखुवासभाको पाँचखपन गाउँपालिका-६ का २९ बर्षीय जगत राना मगर भरुवा बन्दुक सहित पक्राउ परेका छन् । गोप्य सुचनाको आधारमा प्रहरी चौकी वानाबाट खटिएको प्रहरी टोलीले मगरलाई आफ्नै घरमा लुकाई छिपाई लोड गरेर राखेको अबस्थामा १ थान भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । पक्राउ परेका मगरको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
पानीको भाडोमा डुबेर २ बर्षीय बालिकाको मृत्यु
ईलाम, असार १४ गते ।
ईलामको माई जोगमाई गाउँपालिका-४ बस्ने गंगाराम देवानको २ बर्षीया छोरी एन्जिला देवानको पानीको भाडोमा डुबेर मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा आफ्नै घरमा भाँडामा राखिएको पानीमा डुबेर घाईते अवस्थामा फेला परेकी बालिकाको उपचारको क्रममा जिल्ला अस्पताल ईलाममा बिहान ११:५० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
सडक सभ्यता अभिबृद्धी सम्बन्धी ट्राफिक प्रहरीको एक दिवसीय सम्मेलन
सुनसरी, असार १३ गते ।
१ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजनामा “सडक सभ्यता अभिबृद्धि एवं सवारी दुर्घटना न्यूनीकरणमा समुदाय प्रहरी साझेदारी सम्बन्धि एक दिवसिय ट्राफिक प्रहरी तथा सरोकारवाला निकायहरुको सम्मेलन” भएको छ । उक्त कार्यक्रमको कार्यक्रमका प्रमुख अतिथी तथा १ नं प्रदेशका माननीय मुख्यमन्त्री शेरधन राईले पानसमा बत्ती बालेर बिधिवत रुपमा समुद्घाटन गर्नु भएको थियो । एक दिवसिय ट्राफिक प्रहरी सम्मेलनमा माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीबाट प्रभातफेरी शुभारम्भ भई धरानको भोटेपुल, भानु चौक हुँदै कार्यक्रम स्थल गोरखा डिपार्टमेन्टको सभाहल सम्म ट्राफिक सचेतना मुलक प्रभात फेरी गरिएको थियो । कार्यक्रममा बोल्नु हुँदै माननीय मुख्य मन्त्री शेर धन राईले नागरिकको जीवन रक्षाको लागि प्रदेशका ६ जिल्लामा १०/१० किलोमिटर सडक सुशासनको अभ्यास गराउन डिपीआर तयार भइरहेको तथा अहिलेको भद्रगोल, असुरक्षित सडकलाई व्यवस्थित र सुरक्षित बनाइने बताउनु भयो । वहाँले सडकको वर्गीकरण गरेर संघ, प्रदेश र स्थानीय तहको जिम्मा लगाइने र त्यसले सवारी आवागमन थप व्यवस्थित हुने बताउनु भयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हिक्मत कार्कीले नागरिक आफै सचेत भएमा दुर्घटना कम हुने बताउदै प्रदेशको सबै सडक सुशासनयुक्त बनाउने प्रतिवद्धता जनाउनु हुँदै प्रदेश सरकारले सडक दुर्घटना न्युनीकरण सम्बन्धी सचेतना कार्यक्रम अघि बढाइरहेको जानकारी दिनु भयो । कार्यक्रममा स्थानीय जनप्रतिनधीहरुले आ-आफ्नो धारणा राख्नु हुँदै सडकको क्षमता मुल्यांकन नगरी जथाभावी सवारीसाधनलाई रुट परमिट दिने गरेको कारण पनी ट्राफिक व्यवस्थापनमा समस्या आएको र सडक दुर्घटना बढ्नुमा यो नै मुख्य कारण रहेको उहाँहरुको भनाई थियो ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उपस्थित सबैमा हार्दिक आभार ब्यक्त गर्दे प्रदेश भित्र सवारी दुर्घटनाका कारण सरदर दैनिक १ जनाले ज्यान गुमाएको बताउँदै सवारी दुर्घटना न्युनिकरणका लागि सबैले ट्राफिक नियमको पालना गर्नु पर्नेमा जोड दिनु भयो । वहाँले सडक सुरक्षित र अनुशासित बनाउन तथा दुर्घटना न्युनीकरणमा सबै सरोकारवालाहरुको भुमिका र सहकार्यको खाँचो रहेको बातउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य राख्नु हुँदै १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भिम दाहालले सडक सुरक्षा, सडक सुशासन र ट्राफिक सम्बन्धी शिक्षालाई जनचेतना कार्यक्रम मार्फत हरेक सडक प्रयोगकर्ताहरु सम्म पुर्‍याई सडकलाई थप सुरक्षित एवं अनुशासित बनाउँदे लैजान र दुर्घटना न्युनिकरण गरी जन धनको क्षति कम गर्न ट्राफिक प्रहरी, समुदाय तथा सबै सरोकारवालाहरुको संयुक्त प्रयास नै अत्यन्त फलदायी हुने बताउनु भयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु, बिभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, आदिबासी जनजाति, विद्यार्थीहरु, महिला सञ्जाल, विभिन्न संघसंस्थाहरु तथा संचारकर्मी लगायत करिव २००० जनाको उपस्थितीमा कार्यक्रम समापन्न भएको थियो ।
खोलाले बगाएर २ बर्षीय बालकको मृत्यु
संखुवासभा, असार १३ गते ।
संखुवासभाको मकालु गाउँपालिका-२ बुङगिङ बस्ने चिङगु शेर्पाको २ बर्षीय छोरा पेम्बा नुर्वु शेर्पाको खोलाले बगाएर मृत्यु भएको छ । बुधवार दिउँसो २ बर्षीय छोरा र ३ बर्षीया छोरीलाई घरमा छाडेर च्याक्सेडाडा बजार गएको र राती ११ बजे घर फर्की आउँदा घरमा छोरा छोरी नदेखे पछी खोजतलास गर्ने क्रममा घर नजिकै रहेको बेतला खोलाको किनारामा छोरीलाई फेला पारी सोधखोज गर्दा खोलाले बगाई लगेको भन्ने छोरीको भनाई अनुसार प्रहरी चौकी मकालुमा जानकारी गराउना साथ प्रहरी टोली र स्थानीयवासी समेत भई खोजतलास गर्ने क्रममा बिहिवार दिउँसो बगाएको ठाउ देखि करिव ५०० मिटर तल बालकलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लडेर १ जनाको मृत्यु
सोलुखुम्बु, असार १ गते ।
सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका-३ मा लडेर १ जनाको मृत्यु भएको छ । खुम्बुपासाङल्हामु गाउँपालिका-५ बस्ने ४५ बर्षीय वाङ राप्के शेर्पा बिहिवार दिउँसो सानोगुमेला गुम्बावाट घर फर्कने क्रममा अचानक बाटोबाट लडी करिव २०० मिटर तल खस्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
पेस्तोल र गोली सहित धरानबाट ३ जना पक्राउ
सुनसरी, असार १२ गते ।
सुनसरीको धरान उप-महानगरपालिका-१५ बाट प्रहरीले पेस्तोल र गोली सहित ३ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो सर्च गर्ने क्रममा धरान १५ का ३९ बर्षीय सरोज गुरुङको कोठाबाट SUNIMICA, INDUSTRIAL लेखिएको पेस्तोल २ थान, सोही पेस्तोलको म्यागजिन १ थान, गोली ११ थान, SLR राईफलको गोली ५ थान, लागुऔषध डाईलक्स डिसी ४ बोतल, मोवायल १ थान र निजले प्रयोग गर्ने को २५ प ४९८९ नम्बरको मोटरसाईकल बरामद गरेको हो ।
यसैगरी भोजपुरको आमतोक गाउँपालिका-६ घर भई धरान-११ मा बस्दै आएका २९ बर्षीय बिजय राई र भोजपुरको हतुवागढी गाउँपालिका-२ घर भई बिजय राईसंगै बस्ने ३१ बर्षीय सुरेश राईको कोठाबाट SLR राईफलको गोली ९ थान, फलामको नक १ थान, धारिलो खुकुरी २ थान लागु औषध खैरो हेरोईन २ ग्राम ७२० मिलिग्राम, मुकुण्डो २ थान, मोवायल २ थान र नगद १५ हजार १ सय ३५ बरामद गरेको छ । साथै दुबै जनाले प्रयोग गर्ने को ९ प ४३५८ र को ५ प ३७५७ नम्बरको मोटरसाईकल समेत बरामद गरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पेस्तोल, गोली र लागु औषध सहित पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
मोरङ,असार १२ गते ।
पथरी शनिश्चरे नगरपालिका-९ स्थित भित्री सडक खण्डमा आज दिउँसो १२ बजे अटोको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ। दक्षिणबाट उतर तर्फ आउदै गरेको को २ ह ३६८५ नम्बरको अटोले बिपरीत दिशा तर्फ गईरहेको साईकललाई ठक्कर दिदा साईकलयात्री कानेपोखरी गाउँपालिका- ६ बस्ने बर्ष-६५का कबिचन्द्र बुढाथोकी गम्भीर घाईते भई नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेकोमा निजको दिउँसो साढे १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । अटो र चालक उक्त कार्यालयको नियन्त्रणमा रहेका छन ।
चट्याङ लागेर ४ जनाको मृत्यु ३ जना घाईते
बिराटनगर, असार १२ गते ।
१ नम्बर प्रदेशका ४ छुट्टाछुट्टै स्थानमा चट्याङले लागेर बुधवार ४ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । दिऊँसो पौने ३ बजे मोरङको रङगेली नगरपालिका-९ दोहमना बजार छेउमा चट्याङ लागेर सोही स्थानका १४ बर्षीय अभत ऋषिदेव र १५ बर्षीय अनिल ऋषिदेव गम्भीर घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागि रङगेली अस्पताल पठाईएकोमा उपचारको क्रममा पौने ४ बजे दुवै जनाको मृत्यु भएको थियो । त्यस्तै झापाको बाह्रदशी गाउँपालिका-५ का स्थानीय ५२ बर्षीय दुर्गा प्रसाद ओली र ६० बर्षीय पर्शुराम पाठक ओलीकै घरमा बसिरहेको अवस्थामा चट्याङ लागि दुबै जना घाईते भएका थिए । घाईतेलाई तत्काल उपचारको लागि बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारको क्रममा पाठकको मृत्यु भएको थियो भने अर्का घाईतेको सोही अस्पतालमा उपचार भईरहेको छ । त्यसै गरी झापाकै कचनकवल गाउँपालिका-२ बस्ने ३१ बर्षीया भुमा गाईने घर नजिकै बारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागि घाईते भएकी छन् । निजको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भईरहेको छ भने यता सुनसरीको बराहा नगरपालिका-९ श्रीलंका टापुमा चट्याङ लागेर बिष्णु उराँवको ६ बर्षीय छोरा अभिषेक उराँवको घटनास्थलमा नै मृत्यु भएको छ । निजकै छोरी ४ बर्षीय पुष्पा उराँव घाईते भएकी थिईन् । घाईतेको स्थानीय क्लिनिकमा उपचार पश्चात डिस्चार्ज भईसकेको छ भने मृतकको शव परिक्षणको लागि बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
लडेर १ जनाको मृत्यु
ओखलढुङगा, असार १२ गते ।
ओखलढुङगाको सिद्धिचरण नगरपालिका-५ का ६० बर्षीय फुर्वाकाजी शेर्पाको लडेर मृत्यु भएको छ । बुधवार दिउँसो साढे ३ बजेको समयमा रुम्जाटारबाट घरतर्फ फर्कने क्रममा हिले भन्ने स्थानको बाटोबाट अचानक लडेर बाटोबाट अन्दाजी ३०० मिटर तल खस्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि रुम्जाटार अस्पताल पठाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
अवैध समान बरामद
झापा, असार ११ गते ।
ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज बिहान पौने ६ बजे झापाको मेचीनगर नगरपालिका-६ गैरीगाउँबाट ८० हजार बराबरको अबैध समान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउँदै गरेको उक्त मुल्य बराबरको २ बोरा कपडा बरामद गरेको हो । यसैगरी वडा प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ मेची खोलाबाट १ लाख बराबरको अवैध समान बरामद गरेको छ । आज बिहान साढे ५ बजे उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याएको ३ बोरा कपडा बरामद गरेको थियो । बरामद भएको समान आवश्यक कारवाहीको लागि आजै मेची भन्सार कार्यालय बुझाईएको छ ।
करेन्ट लागेर १ जनाको मृत्यु
भोजपुर, असार ११ गते ।
भोजपुर नगरपालिका-११ आम्तेकमा मंगलवार दिउँसो सवा ३ बजे करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । सोही स्थानमा रहेको लक्ष्मी आधारभुत बिद्यालयको निर्माणाधिन भवनमा काम गरिरहेका स्थानीय ३५ बर्षीय शम्भु बिशुङ्खेले उक्त भवनको माथी रहेको बिजुलीको नाङ्गो तारमा छुँदा करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
छुरा प्रहारबाट १ जना घाईते
सुनसरी, असार ११ गते ।
सुनसरीको धरान उप-महानगरपालिका-१४ तुर्केमा मंगलवार राती ८ बजे छुरा प्रहारबाट १ जना घाईते भएका छन् । रातीको समयमा बर्ष २० का रञ्जित तामाङलाई सोही स्थानका १९ बर्षीय पारुहाङ राई र टुईके भनिने राजकुमार तामाङले एक्कासी छुरा प्रहार गरेका थिए । घटनाको जानकारी पाए लगत्तै अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्क धरान र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उद्धार गरी उपचारको लागि बी.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको थियो । छुरा प्रहारबाट शरिरको छाती र ढाडमा चोट लागेका तामाङको सोही अस्पताल उपचार भईरहेको छ भने घटनामा संलग्न राजकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्का आरोपी पारुहाङ राई तत्काल फरार रहेकोले खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।
चट्याङ लागेर १ जनाको मृत्यु
मोरङ, असार ११ गते ।
मोरङको रतुवामाई नगरपालिका-५ मलाहा टोल बस्ने २३ बर्षीय जुगेर मियाको चट्याङले लागेर मृत्यु भएको छ । मंगलवार दिउँसो सवा ३ बजेको समयमा रतुवा खोलामा बाँसको अस्थायी पूल बनाईरहेको अवस्थामा अचानक चट्याङको झट्काले लागि मिया गम्भीर घाइते भएका थिए । घाईतेलाई तत्काल उपचारको लागि अरनिको अस्पताल उर्लावारी पठाईएकोमा उपचारकै क्रममा अपरान्ह सवा ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।
मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
झापा, असार १० गते ।
झापाको शिवसताक्षी नगरपालिका-१० माईधारमा सोमवार बिहान मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । बिहान साढे ८ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ७ प ६९९५ नम्बरको मोटरसाईकलले पैदल यात्री बिराटनगर महानगरपालिका-१ पोखरीया बस्ने ६६ बर्षीया सुभद्रा भट्टराईलाई ठक्कर दिंदा उनी गम्भीर घाईते भएकी थिईन । घाईतेलाई तत्काल उपचारको लागि बिर्तामोडको बि.एण्ड.सी. अस्पताल पठाईएकोमा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । मोटरसाईकल र चालक उक्त कार्यालको नियन्त्रणमा रहेका छन् ।
सवारी दुर्घटना १ को मृत्यु
मोरङ, असार ०९ गते ।
मोरङको बुढिगंगा गाउँपालिका-१ मा ट्याङकरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान पौने ११ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ४ ख १९०५ नम्बरको ट्याङकरले बिपरीत दिशातर्फ जाँदै गरेको को ३६ प ३०५९ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक ईटहरी उप-महानगरपालिका-४ बस्ने २८ बर्षीय संजिव पौडेल गम्भीर घाईते भएका थिए । घाईतेलाई तत्काल उपचारको लागि बिराट मेडिकल कलेज पठाएकोमा उपचारकै क्रममा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय निमुवाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी मृतकको शव पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाएको छ भने मोटरसाईकल, ट्याङकर र चालक समेत ईलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा राखिएको छ ।
बेलवारीबाट पेस्तोल सहित २ जना पक्राउ
मोरङ, असार ०९ गते ।
प्रहरीले आइतवार साँझ २ थान पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलवारी मोरङबाट खटिएको प्रहरी टोलीले बेलवारी नगरपालिका-४ स्कुल डाँडाबाट पेस्तोल सहित सुन्दर-हरैँचा नगरपालिका-१२ वस्ने वर्ष ४३ को अशोक राई र कानेपोखरी गाउँपालिका-६ बस्ने बर्ष-३४ को कन्सा माझीलाई पक्राउ गरेको हो । साँझ ६ को १७ प ४५८६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई शंका लागि खानतलासी लिने क्रममा पेस्तोल-२ थान, सोही पेस्तोलको म्याग्जिन-४ थान र गोली १४ राउण्ड फेला परेको थियो । हतियार सहित पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
घाँटी रेटेर महिलाको हत्या, हत्यामा संग्लग्न १ पक्राउ
उदयपुर, असार ०८ गते ।
उदयपुरको कटारी नगरपालिका-४ मरुवामा आज दिउँसो १२:४० बजेको समयमा घाँटी रेटेर १ महिलाको हत्या भएको छ भने हत्यामा संग्लग्न रहेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । श्रीमानले कान्छी श्रीमती ल्याए पश्चात श्रीमानसंग छुट्टीएर पुरानो घर देखि करिव १०० मिटरको दुरीमा रहेको अर्को घरमा बस्दै आएकी ३० बर्षीया सीता राईले आफ्नी सौता लक्ष्मी राईलाई आफ्नै घरमा बोलाएर तरकारी काट्ने चक्कुले घाँटी रटेर हत्या गरेको खुल्न आएको छ । हत्या भएको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय कटारीबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले हत्यामा प्रयोग गरीएको चक्कु घटनास्थलबाट नै बरामद गरेको छ भने आरोपीत सीता राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।
चोरीको आरोपमा १ जना पक्राउ
सुनसरी, असार ०८ गते ।
सुनसरीको रामधुनी नगरपालिका-४ बाट चोरीको आरोपमा १ जना पक्राउ परेका छन् । स्थानीय बद्री मुखियाको घरबाट आज बिहान ३ बजेको समयमा मोवायल तथा नगद हराएको भनी पिडितले दिएको जानकारीको आधारमा प्रहरी चौकी सिंघिंयाबाट खटिएको प्रहरी टोलीले स्थानीय २० बर्षीय मनीष चौधरीलाई चोरी गरेको मोवायल सहित घरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
बसको ठक्करबाट साईकल यात्रीको मृत्यु
मोरङ, असार ०८ गते ।
मोरङको कानेपोखरी गाउँपालिका-७ छधारेमा आज बिहान सवा १० बजे बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ७२०४ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको साईकललाई ठक्कर दिंदा साईकल यात्री मोरङकै सुनवर्षी नगरपालिका-२ का ३० बर्षीय भिम मोचीको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि मंगलवारे अस्पताल पठाएको छ भने बस र बस चालक प्रहरी चौकी कानेपोखरीले नियन्त्रणमा लिएको छ ।
करेण्ट लागेर १ को मृत्यु
झापा, असार ०८ गते ।
झापाको भद्रपुर नगरपालिका-१ शनिवार करेण्ट लागेर १ जनाको मृत्यु भएको छ । राती ११ बजे सोही ठाँउ बस्ने बेभरी गौतमको घरमा सप्ताह महापुराणमा आएका बिर्तामोड नगरपालिका-४ बस्ने वर्ष ४० को अमृत आचार्यलाई ट्यूवेलमा पानी चलाउने क्रममा विजुलीको तार सर्ट भई करेण्ट लागेको थियो । करेण्ट लागेर बेहोस भएका आचार्यलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पतालमा चन्द्रगढी पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको शव मेची अंचल अस्पताल भद्रपुरमा राखिएको छ ।
पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
झापा, असार ०८ गते ।

झापाको गौरादह नगरपालिका-८ मा शनिवार खाल्डोमा जमेको पानीमा डुबेर १ बालकको मृत्यु भएको छ । अपरान्ह ४ बजे सोही स्थान बस्ने तेज बहादुर बोहराको छोरा बर्ष १० को प्रशन्न बोहरा खेल्ने क्रममा सोही ठाउँमा रहेको TMT ईटाभट्टाको खाल्डोमा डुबिरहेको अवस्थामा फेला परेका थिए । डुबेर गम्भीर बनेका बालकलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक लैजाने क्रममा अपरान्ह साढे ५ बजे बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ ।
छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु १ घाइते
झापा, मोरङ, असार ०८ गते ।
१ नम्बर प्रदेश अन्तर्गत झापा र मोरङ जिल्लामा शनिवार भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । झापा मेचीनगर नगरपालिका-१० नागरडुब्बा पुलमा दिउँसो २ बजे पूर्व-पश्चिम राजमार्गमा पश्चिम तर्फ जाँदै गरेको को १ ख ७६६५ नम्बरको बसको ठक्करबाट पैदलयात्री मेचीनगर नगरपालिका-९ बस्ने बर्ष ६५ को घनश्याम गर्तौलाको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय धुलावारी र काँकडभिट्टाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरि शव पोष्टमार्टमको लागि मेची अंचल अस्पताल भद्रपुर पठाईएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ । त्यसैगरी अपरान्ह साढे ५ बजेको समयमा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङ बेलवारी नगरपालिका-१० लक्ष्मीमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १६ प ३३३९ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट आउँदै गरेको को १७ प ६१४४ नम्बरको मोटरसाईकलले पछाडीबाट दिँदा को १६ प ३३३९ नम्बरका मोटरसाईकल चालक संखुवासभा खाँदबारी नगरपालिका-१ बस्ने बर्ष १८ को मणी कुमार तामाङ र सोही मोटरसाईकलको पछाडी सवार ईटहरी बस्ने बर्ष ३३ को भोलामान तामाङ गम्भीर घाईते भएका थिए । घाइते दुवै जनालाई उपचारको लागि बेलबारी सामुदायीक अस्पताल पठाईएकोमा उपचारको क्रममा भोलामान तामाङको साँझ सवा ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । अर्का घाइते लाई थप उपचारको लागि वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको तथा मृतकको शव पोष्टमार्टमको लागि सोही प्रतिष्ठानमा पठाईएको छ भने दुवै सवारी साधन र को १७ प ६१४४ नम्बरको मोटरसाईकल चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।
हत्या गरी लुटपाट गर्ने १ पक्राउ
पाँचथर , असार ०६ गते ।
पाँचथरको हिलिहाँङ गाउँपालिका-६ सिटेमा मृत अवस्थामा फेला परेकी एन.एम.बि. माईक्रो फाईनान्स बित्तिय संस्थामा कार्यरत कर्मचारीको हत्या गरी लुटपाट गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ३ गते ईलामको माई जोगमाई-५ घर भई उक्त फाईनान्समा कार्यरत २१ बर्षीया सुजाता तामाङ धारिलो हतियार प्रयोग गरी हत्या गरेर फालेको अवस्थामा फेला परेकी थिईन । मृत अवस्थामा युवतीको शव फेला परेसँगै अभियुक्तको खोजतलासमा खटिएको प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय पाँचथरको अनुसन्धान टोलीले घटनामा संग्लग्न रहेका स्थानीय १९ बर्षीय अस्मिन भनिने घनेन्द्र लावतीलाई बिहिवार गाउँघरमै लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका लावतीको साथबाट प्रहरीले, लुटिएको नगद र घटनामा प्रयोग गरेको खुकुरी समेत बरामद गरेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
करेण्ट लागेर १ को मृत्यु
सुनसरी, असार ०६ गते ।
सुनसरीको बर्जु गाउँपालिका-६ चिमडी बजारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहिवार राती साढे ९ बजेको समयमा बर्ष ५० का नन्द किशोर साह आफ्नै घरको शौचालय जान बिजुली बाल्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बिराटनगरको बिराट नर्सिङ होम लगेकोमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ट्याक्टर दुर्घटनामा १ को मृत्यु
खोटाङ, असार ०६ गते ।
खोटाङको रावावेसी गाउँपालिका-३ ठूलोआहाल भन्ने स्थानमा बिहीवार ट्याक्टर दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । राती साढे ९ बजेको समयमा सोही ठाउँका दान बहादुर श्रेष्ठको पार्किङ गरेर राखेको ना. ५ त. ६६०० नम्बरको ट्याक्टर चालक घर बिदा गएकोमा ट्याक्टरका सह-चालक बर्ष २३ को नबिन भुजेलले चलाउने क्रममा सडकबाट अन्दाजी ३०/ ३५ मिटर तर खसेर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भुजेललाई उपचारको लागि स्वास्थ्य चौकी लामीडाँडा लगिएकोमा उपचारको क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
जेष्ठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित
विराटनगर, असार ०५ गते ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक ज्ञानु खड्का जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)  घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील, कर्तव्यनिष्ठ र उच्च मनोवलका साथ कर्तव्यपथमा तल्लीन रही कार्य सम्पादन गर्ने क्रममा यस १ नं. प्रदेश अन्तर्गत घटेका संगठित अपराध, कर्तव्य ज्यान, लागू औषध, हातहतियार तथा खरखजाना, बिष्फोटक पदार्थ, जवरजस्ती करणी जस्ता जघन्य प्रकृतिका अपराधहरुको गहन विश्लेषण, प्रभावकारी सूचना संकलन गरी सफल अनुसन्धान गरेको तथा उच्च मनोबल र साहसका साथ सो कार्यमा संग्लग्न अभियुक्तहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउनुका साथै बिभिन्न जघन्य अपराधका फरार अभियुक्तहरुलाई पक्राउ समेत गरी फैसला कार्यान्वयनमा विशेष भूमिका खेली नागरिक समक्ष सुरक्षाको अनुभूति दिलाई प्रहरी संगठनको छवि उच्च बनाई प्रशंसनिय कार्य गरेकोले निजले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल जेठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।
अटो पल्टदा ५ जना घाईते
ओखलढुङगा, असार ०५ गते ।
ओखलढुङगाको सिद्धिचरण नगरपालिका-११ बरडाँडामा अटो पल्टदा ५ जना घाईते भएका छन् । आज बिहान साढे ११ बजेको समयमा रुम्जाटारबाट ओखलढुङगा तर्फ जाँदै गरेको को २ ह ४९०० नम्बरको अटो आफै अनियन्त्रित भई सडकबाट करिव १०० मिटर तल खसि दुर्घटना हुँदा अटोमा सवार सिद्धिचरण नगरपालिका-४ का १८ बर्षीय भरत राई, फुरी शेर्पा, खड्ग श्रेष्ठ, युवराज कट्वाल र चालक सिद्धिचरण नगरपालिका-५ का ३५ बर्षीय सानुराम दाहाल घाईते भएका हुन् । घाईतेहरुलाई तत्काल उद्धार गरी उपचारको लागि मिसन अस्पताल ओखलढुङगा पठाईएकोमा घाईते युवराज कट्वाल बाहेक ४ जनालाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरद्धारा काठमाण्डौ पठाईएको तथा कट्वालको तत्कालको अवस्था सामान्य रहेकोले सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय रङगेलीको कार्यालय भवन उद्घाटन
मोरङ, असार ०५ गतेईलाका प्रहरी कार्यालय मोरङ रङगेलीको हाता भित्र निर्माण सम्पन्न भएको कार्यालय भवनको आज एक बिशेष समारोहका विच कार्यक्रमका प्रमुख अतिथी १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले बिधिवत् रुपमा समुद्घाटन गर्नु भएको छ । २ करोड ३२ लाख १८ हजार ५१३ रुपैयाँको कुल लागतमा निर्माण सम्पन्न भएको उक्त भवन २०७४ साल फाल्गुन १५ गते देखि निर्माण शुरु भएको थियो । नेपाल प्रहरीको नियमित बजेटबाट निर्माण सम्पन्न भएको उक्त भवनमा कार्यालय प्रमुख कक्ष, महिला तथा पुरुष हिरासत कक्ष लगायत सुबिधा सम्पन्न १९ कोठाहरु रहेका छन् । कार्यालय भवनको समुद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथी प्रदेश प्रहरी प्रमुख रिजालले सुबिधा सम्पन्न भवन निर्माण संग संगै कार्यालयमा आउने सेवाग्राहीहरुलाई सहज र सरल वातावरणमा सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्दैशन दिनु हुँदै नागरीकको सहकार्यबाट मात्रै समाजमा शान्तिसुरक्षा अमनचयन कायम हुने हुँदा शान्ति सुरक्षा कायम गर्ने प्रयासमा सघाउन नागरिक समाजसंग आग्रह गर्नु भएको थियो । वहाँले उच्च मनोवल र स्वच्छ भावनाका साथ काम गर्ने हो भने शान्ति सुरक्षामा कुनै पनी चुनौती आई नपर्ने धारणा ब्यक्त गर्दे प्रहरीको काम कारवाही र उनीहरुको दैनिकीका बारेमा स्थानीय तहका नेतृत्वकर्ताले समेत अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने हुँदा उनीहरुको कार्य सम्पादनमा सहजता ल्याउन स्थानीय तहका नेतृत्वकर्तासंग आग्रह गर्नु भयो । कार्यक्रममा रङगेली नगरपालिकाका प्रमुख लगाएत अन्य वक्ताहरुले आ-आफ्नो धारणा राख्नु हुँदै नागरिकको सेवामा २४ सै घण्टा खटिने नेपाल प्रहरी उचित गाँस बासको ब्यबस्थासंगै आफैमा सुबिधा सम्पन्न भएमा मात्र छिटो, छरितो र पारदर्शी तवरले कार्य सम्पादन गर्न सक्षम हुने र नागरिकले पनि सुरक्षाको अनुभुती पाउने हुँदा कार्यालय संचालनको लागि सुबिधा सम्पन्न भवन निर्माण भई समुद्घघाटन भएकोमा खुशी ब्यक्त गरेका थिए । कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय धरानका प्रहरी बरिष्ठ उपरीक्षक शरद कुमार खत्रीले उपस्थित प्रमुख अतिथी लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरीको काम कारवाहीमा सबैको साथ र सहयोगको जरुरत पर्ने हुँदा प्रहरी र नागरिक एक अर्कामा परिपूरक भएर काम गर्ने हो भने मात्र अपराध मुक्त समाज निर्माण भई हरेक नागरिकले सुरक्षित रहेको महशुस गर्नेमा आफु बिश्वस्त रहेको बताउनु भयो । उक्त कार्यक्रममा प्रमुख अतिथी लगायत उपस्थित अतिथीगणहरुले कार्यालय परिसरमा बिभिन्न जातका बिरुवाहरु रोपी बृक्षारोपण समेत गर्नु भएको थियो । कार्यक्रममा अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, बिभिन्न स्थानिय तहका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मीहरु, स्थानीय व्यवसायी, नागरिक समाजका अगुवाहरु, महिला अधिकारकर्मी, स्थानीयवासी लगायत करिव ३०० जनाको उपस्थीति रहेको थियो ।
२ नाल भरुवा बन्दुक सहित २ पक्राउ
भोजपुर, असार ०५ गते ।
भोजपुर नगरपालिका-३ बाट प्रहरीले बुधवार २ नाल भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुक सहित सोही नगरपालिका बस्ने वर्ष ४६ को जीत कुमार राई र वर्ष ३६ को लाल वहादुर भुजेललाई पक्राउ गरेको हो । प्रहरीले साँझ ७ बजे निजहरुले लुकाई छिपाई लोड गरेर राखेको २ नाल भरुवा बन्दुक, ४ सय ग्राम बारुद र बन्दुकमा प्रयोग गरिने छर्रा समेत बरामद गरेको हो । अवैध हतियार सहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय भोजपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयलले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु
सुनसरी, असार ०५ गते ।
सुनसरीको ईनरुवा नगरपालिका- ६ हलेसी चोकमा बुधवार रोकि राखेको ट्याक्टरमा मोटरसाईकल ठोक्किदा १ जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत राती ९ बजेको समयमा बालुवा लोड गरेर पश्चिम तर्फ जाँदै गरेको ना ७ त ३४६६ नम्बरको ट्याक्टर बिग्रिएर सडक किनारामा रोकेर राखेकोमा सोही दिशाबाट आईरहेको को १९ प ६८७४ नम्बरको मोटरसाईकल ठोक्किएको थियो । दुर्घटनामा मोटरसाईकल चालक सुनसरी रामधुनी नगरपालिका-२ बस्ने बर्ष-३५ सुरेश चौधरी गम्भीर घाईते भई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा हुँदै थप उपचारको लागि बिराटनगर स्थित गोल्डेन अस्पताल पठाईएकोमा उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको हो । प्रहरीले ट्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा राखेकोको उक्त कार्यालयले जनाएको छ ।
बाल्टिनको पानिमा डुबेर नाबालकको मृत्यु
झापा, असार ०५ गते ।
झापाको बिर्तामोड नगरपालिका-८ गुवाबारीमा बुधवार बाल्टिनको पानिमा डुबेर नाबालकको मृत्यु भएको छ । अपरान्ह साढे ४ बजे सोही ठाउँका मुकेश दर्जीको १० महिनाको छोरा दिपेश दर्जी आँफ्नै घरको वरण्डामा खेलिरहेको अवस्थामा निजको आमा वारीमा काम गर्न गएकोमा वरण्डामा थापेर राखेको पानि भरिएको बाल्टिमा डुबेर बेहोस अबस्थामा फेला परेका थिए । पानिमा डुबेर गम्भीर बनेका नाबालकलाई उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा अपरान्ह पौने ५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनी झापाले जनाएको छ भने नाबालकको शव सोही अस्पतालमा राखिएको छ ।
सुनकोशी नदीले बगाएर २ बालक बेपत्ता
उदयपुर, असार ०५ गते ।
माछा मार्ने क्रममा सुनकोशी नदीले बगाएर उदयपुरको लिम्चुङबुङ गाउँपालिका- १ का कर्ण बहादुर राईको छोरा बर्ष १६ को आशन राई र अकुलध्वज राईको छोरा बर्ष १३ को प्रबिण राई बेपत्ता भएका छन् । बुधवार बिहान साढे ११ बजे माछा मार्ने क्रममा नदीले बगाई बेपत्ता बनाएको भनि दिउँसो साढे ३ बजे इलाका प्रहरी कार्यालय लिम्चुङबुङमा खबर पाउना साथ तत्काल खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा खोजतलास भईरहेकोमा हाल सम्म फेला नपरेको उक्त कार्यालयले जनाएको छ ।
टिपरको ठक्करबाट २ जनाको मृत्यु
उदयपुर, असार ४ गते ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-७ लाटी खोलामा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ । आज बिहान १० बजेको समयमा लाटी खोला स्थित बसाहा बेल्टार सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा २ क ७०९ नम्बरको टिपरले सोही दिशा तर्फ जाँदै गरेको स ४ प ३६१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक चौदण्डीगढी नगरपालिका-४ का ३६ बर्षीय खगेन्द्र राई र मोटरसाईकलको पछाडी सवार रहेका सोही स्थानका ३५ बर्षीय जिवन राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल लैजाने तयारी भईरहेको छ । टिपर र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेका छन् भने टिपर चालक तत्काल फरार रहेकोले खोजतलास कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लागूऔषध र चक्कु सहित १ पक्राउ
सुनसरी, असार ०४ गते ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-८ सैनिक टोलबाट प्रहरीले मंगलवार लागूऔषध र चक्कु सहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध र चक्कु सहित धरान उपमहानगरपालिका-१७ बस्ने बर्ष २६ को सुबोज खड्कालाई पक्राउ गरेको हो । दिउँसो साढे १२ बजे मधुबनबाट धरान तर्फ जाँदै गरेको बा ६९ प २८३८ नम्बरको मोटरसाईकलमा सवार रहेका खड्कालाई शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध एभिल-६७ एम्पुल, डाईजेल्याव-६९ एम्पुल, नाईट्रोसन ट्याबलेट-२२८ चक्की, नुफिन-६८ एम्पुल, स्पास्मोप्रोक्सिभन-६८ क्याप्सुल, ल्यापटप-१ थान, चक्कु-१ थान र मोबाईल-२ थान फेला पारेको हो । बरामद सामान सहित खड्कालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 
टिपरको ठक्करबाट बालकको मृत्यु
झापा, असार ३ गते ।
झापाको गौरादह नगरपालिका-७ भेटवालचोकमा सोमवार दिउँसो टिपरको ठक्करबाट १० बर्षीय बालकको मृत्यु भएको छ । दिउँसो ३ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे १ ख २७०४ नम्बरको टिपरले सुनसरीको तरहरा घर भई गौरादह-७ हजुरबुवाको घरमा बस्दै आएका कृष्ण गिरीको छोरा बर्ष १० का ओमराज गिरीलाई बाटो काटने क्रममा ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । घटनास्थलमा तत्काल ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी टोली खटि गई टिपर र चालक गौरादह-७ कै ३१ बर्षीय सोम प्रसाद बजगाईलाई नियन्त्रण लिएको छ । मृतकको शव कानूनी प्रकृया पूरा गरी परिक्षणको लागि दमकको आम्दा अस्पताल पठाएको उक्त कार्यालयले जनाएको छ ।
करेण्ट लागेर १ को मृत्यु, १ घाइते
उदयपुर, असार ०२ गते ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-१ छुईलामा आज बिहान करेण्ट लागेर १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । बिहान करिब साढे ११ बजेको समयमा सोही स्थान बस्ने बर्ष ३१ को गुणराज खड्कालाई आफ्नै घरको कोठामा मोबायल चार्ज गर्ने क्रममा करेण्ट लागेको देखे पश्चात तत्काल मेन स्विच मार्ने क्रममा निजको श्रीमती बर्ष ३० की सम्झना खड्कालाई समेत करेण्ट लागेको थियो । करेण्ट लागेर घाइते भएका दुवै जनालाई उपचारको लागि प्रथामिक स्वास्थ केन्द्र बेल्टार पठाईएकोमा गम्भीर घाइते भएका गुणराजको उपचारको क्रममा दिउँसो पौने ३ बजे सोही स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो भने घाइते सम्झनालाई थप उपचारको लागि विराटनगरस्थित नोबेल अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
मोरङ, असार ०२ गते ।
मोरङको सुनवर्षी नगरपालिका-९ भेडुवाथानमा आइतवार ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । रंगेली डाईनिया सडक खण्डमा राती पौने १० बजे पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ५ प ११७८ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ आउँदै गरेको को २ त २३२० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक भोजपुर घर भई हाल सुनवर्षी नगरपालिका-४ अमरदह बस्ने वर्ष ४५ को दिलिप कुमार बि.क. गम्भीर घाइते भई उपचारको लागि रंगेली अस्पताल पठाएकोमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । ठक्कर दिने ट्याक्टरलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने ट्याक्टरका चालक फरार रहेकोले खोजीकार्य भईरहेको छ । मृतकको शव रंगेली अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ ।
२ लाख भन्दा बढीको अबैध समान बरामद
झापा, असार १ गते
झापाको मेचीनगर नगरपालिका-६ र ७ बाट प्रहरीले शनिवार दिउँसो करिव २ लाख ३ हजार रुपया बराबरको अवैध समान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले अवैध रुपमा नेपालबाट भारत तर्फ लैजादै गरेको दाल लगायतका खाद्यान्न तथा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको लत्ता कपडा, किराना सामान तथा हरियो मटर बरामद गरेको थियो । बरामद भएको सामान आवश्यक कारवाहीको लागि आज मेची भन्सार कार्यालयमा बुझाइने उक्त कार्यालयले जनाएको छ ।
खोलाले बगाएर बेपत्ता
संखुवासभा, असार १ गते ।
संखुवासभाको चैनपुर नगरपालिका-११ मा रहेको सभाखोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर स्थानीय १७ बर्षीय सहदेव राई बेपत्ता भएका छन् । शनिवार दिउँसो पौने ३ बजेको समयमा उक्त खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएका थिए । बेपत्ता भएका राईको अस्थायी प्रहरी पोष्ट सभाखोलाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा खोज तलास भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय अमरपुर पाँचथरको ब्यारेक भवन शिलान्यास
पाँचथर, जेष्ठ ३२ गते ।
ईलाका प्रहरी कार्यालय अमरपुर पाँचथरको हाता भित्र निर्माण हुन लागेको ब्यारेक भवनको १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले शुक्रवार एक विशेष समारोहका विच शिलान्यास गर्नु भएको छ । हिलिहाङ गाउपालिका-१  का समर बहादुर अधिकारीले चार रोपनी चौध आना एक पैसा तिन दाम क्षेत्रफल भएको जग्गा  निःशुल्क उपलब्ध गराउनु भएको थियो भने सोही जग्गामा २ करोडको लागतमा सुबिधा सम्पन्न भवन निर्माण हुन लागेको हो ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख रिजालले भवन निर्माणको लागि निःशुल्क जग्गा प्रदान गर्नु हुने जग्गादातालाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । सम्मान कार्यक्रम पश्चात बोल्नु हुँदै प्रदेश प्रहरी प्रमुख रिजालले समाजमा शान्ति सुरक्षाको प्रत्याभुति भएमा मात्र सिङगो राज्य समृद्धि हुने भएकोले शान्ति सुरक्षाको गहन जिम्मेवारी पाएको नेपाल प्रहरी समयानुकुल विकास भएका प्रविधिसंगै भौतिक स्रोत र साधनले सम्पन्न भएमा मात्र अपेक्षाकृत उपलब्धि हासिल हुने र निर्माण हुन लागेको ब्यारेक भवन तोकिएको समयमा गुणस्तरीय तथा मापदण्ड अनुरुप सम्पन्न गर्न गराउन सरोकारवाला सबै पक्षलाई  आग्रह  गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मुरारी वस्ती,  जिल्ला अदालतका पाँचथरका प्रमुख मनोज के.सी., राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय तहका प्रमुख तथा प्रतिनिधीहरु, सरकारी कार्यालय प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, महिला अधिकारको क्षेत्रमा कृयाशिल महिलाकर्मीहरु, पत्रकार तथा नागरीक समाजका व्यक्तिहरुको उपस्थिति रहेको थियो । 
लागु औषध सहित २ जना पक्राउ
सुनसरी, जेष्ठ ३२ गते
सुनसरीको धरान उप-महानगरपालिका-१६ मंगलवारे चोकबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पैदल हिडिरहेका धरान ११ का २६ बर्षीय रोशन राई र धरान ३ की १९ बर्षीया प्रसंशा राईलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको झोलामा एभिल १८ एम्पुल, डाईजेल्याव १८ एम्पुल र लुपिजेसिक १८ एम्पुल फेला परेको थियो । लागु औषध सहित पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय दोभान ताप्लेजुङको भवन शिलान्याश
ताप्लेजुङ, जेष्ठ ३१ गते
ईलाका प्रहरी कार्यालय दोभान ताप्लेजुङको हाता भित्र निर्माण हुन लागेको कार्यालय भवनको आज शिलान्याश भएको छ । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले आज एक कार्यक्रमका बिच उक्त भवनको शिलान्याश गर्नु भएको हो । कार्यक्रममा बोल्नुहुँदै प्रदेश प्रहरी प्रमुख रिजालले नागरीक प्रहरी सहकार्यको खाँचो रहेको, प्रहरी र नागरीकको सहकार्यबाट मात्रै समाजमा शान्तिसुरक्षा अमनचयन कायम हुने हुँदा शान्ति सुरक्षा कायम गर्ने प्रयासमा सघाउन नागरीक समाजसंग आग्रह गर्नु भएको थियो । वहाँले प्रहरीको काम कारवाही र उनीहरुको दैनिकीका बारेमा स्थानीय तहका नेतृत्वकर्ताले अभिभावकीय भूमिका खेल्न सक्ने भन्दै प्रहरीका संरचना बनाउन र उनीहरुको कार्य सम्पादनमा सहजता ल्याउन समेत स्थानीय तहका नेतृत्वकर्तासंग आग्रह गर्नु भयो । कार्यक्रममा वहाँले नयाँ भवन संगसंगै उच्च मनोवलका साथ काम कारवाही गर्न प्रहरी कर्मचारीहरुलाई निर्दैशन दिनुहुँदै उच्च मनोवल र स्वच्छ भावनाका साथ काम गर्ने हो भने शान्ति सुरक्षामा कुनै पनी चुनौती आई नपर्ने धारणा राख्नु भयो।
२ करोड ४६ लाख ८८ हजार ९ सय ७३ रुपैयाँको कुल लागतमा निर्माण हुन लागेको उक्त संरचनामा कार्यालय भवन, ब्यारेक, महिला तथा पुरुष हिरासत कक्ष र छुट्टै मेश तथा शौचालय रहने छन् । शिलान्याश कार्यक्रममा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, बिभिन्न स्थानिय तहका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मीहरु, स्थानीय ब्यबसायी, नागरीक समाजका अगुवाहरु, स्थानीयवासी लगायत करिव २०० जनाको उपस्थीति रहेको थियो ।
लागूऔषध सहित युवक पक्राउ
सुनसरी, जेष्ठ ३० गते ।
सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट प्रहरीले आज लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित प्रहरीले मोरङ बेलबारी नगरपालिका-३ बस्ने बर्ष-२१ को नवराज राईलाई पक्राउ गरेको हो । बिहान ९ बजे इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले धरानबाट काठमाण्डौ जाँदै गरेको बा. ४ ख. ८३३ नम्बरको हायस गाडीमा चेकजाँचको क्रममा राईलाई लागूऔषध नाईट्राजेपाम १ सय ६३ चक्की सहित पक्राउ गरेको हो । पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
जबरजस्ती करणीको आरोपमा ३ जना पक्राउ
तेह्रथुम, जेष्ठ २९ गते ।
तेह्रथुमको छथर गाउँपालिका-२ हमरजुङबाट १७ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ २५ गते बेलुका ८ बजेको समयमा शुक्रबारेबाट हमरजुङ जाने बाटोमा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने पिडित बालिकाको बाबुले आज बिहान ७ बजे दिएको जाहेरीको आधारमा तत्काल प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरी टोलीले स्थानीय २१ बर्षीय पदम रसाईली सहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । पक्राउ परेका ३ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
ट्रयाक्टर दुर्घटना १ जनाको मृत्यु
सुनसरी, जेष्ठ २९ गते ।
सुनसरीको बराह नगरपालिका-८ शुक्रवारे चौकमा भएको ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । आज बिहान साढे १० बजे शुक्रवारेबाट महेन्द्रनगर तर्फ जाँदै गरेको को २ त ७७९० नम्बरको ट्रयाक्टर आँफै अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक स्थानीय ३२ बर्षीय मोहमद मिया ट्याक्टरले च्यापिएर गम्भीर घाईते भएका थिए । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटि गई च्यापिएका सहचालकलाई उद्धार गरी उपचारको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएकोमा उपचारकै क्रममा दिउँसो १२:२० मा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ । ट्याक्टर र चालक ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेका छन् ।
करेन्ट लागेर १ जनाको मृत्यु
झापा, जेष्ठ २८ गते ।
झापाको मेचीनगर नगरपालिका-११ बस्ने २५ बर्षीय कमल खड्काको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउँसो पौने १ बजेको समयमा आफ्नै घरमा रहेको पानी तान्ने मोटर चलाउने क्रममा अचानक करेन्ट लागि गम्भीर घाईते भएका खड्कालाई उपचारको लागि बिर्तामोडको बि.एण्ड.सी.अस्पताल लगिएकोमा उपचारकै क्रममा निजको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । मृतकको शव सोही अस्पतालमा राखिएको छ ।
जोशी हाईड्रोपावरमा आगलागी ५ करोड बराबरको क्षति
ईलाम जेष्ठ २८ गते ।
ईलाम नगरपालिका-४ मा रहेको जोशी हाईड्रोपावरको जेनेरेटरमा आगलागी हुँदा अन्दाजी ५ करोड बराबरको क्षति भएको छ । आज दिउँसो सवा ३ बजेको समयमा उक्त हाईड्रोपावरको जेनेरेटरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा जेनेरेटर जलेर पूर्ण रुपमा नष्ट भएको भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । उक्त आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा पौने ४ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको तथा आगलागीबाट कुनै पनी मानवीय क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।
लागु औषध सहित १ जना पक्राउ
मोरङ, जेष्ठ २८ गते ।
मोरङको बिराटनगर महानगरपालिका-१५ बाट लागु औषध सहित १ जना पक्राउ परेका छन् । आज बिहान पौने ११ बजे लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट नेपाल तर्फ आऊँदै गरेका सुनसरीको बराह नगरपालिका- १ बस्ने १८ बर्षीय हेमराज न्यौपानेलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट १९ पिस नाईट्रेसन ट्याब्लेट बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका न्यौपानेलाई ईलाका प्रहरी कार्यालय रानिमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
२ थान पेस्तोल सहित भारतीय पक्राउ
मोरङ, जेष्ठ २८ गते ।

प्रहरीले मोरङको विराटनगरबाट २ थान पेस्तोल र गोली सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हतियार सहित भारत सितामढी ग्राम पञ्चायत थान बैरगनिया ७ घर बताउने अन्दाजी २० बर्षीय कुनाल कुमारलाई पक्राउ गरेको छ । सोमवार राती ८:४० बजेको समयमा विराटनगर महानगरपालिका-९ मा रहेको एक होटलमा हतियार सहित बसेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि गई चेकजाँच गर्ने क्रममा अटोमेटिक पेस्तोल थान-१, सोही पेस्तोलको म्याग्जिन थान-१, म्याग्जिनमा लोड भएको गोली ४ राउण्ड, कटुवा पेस्तोल थान-१, पेस्तोलमा लोड भएको गोली १ राउण्ड र निजले लगाएको पाइन्टको गोजीबाट कटुवा पेस्तोलमा लाग्ने ३ राउण्ड गोली बरामद गरेको थियो । हतियार सहित पक्राउ परेका कुमारलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

 

भ्यानको ठक्करबाट १ को मृत्यु, २ घाइते
मोरङ, जेष्ठ २८ गते ।
मोरङको धनपालथान गाउँपालिका-४ गदिया खोला नजिक आज भ्यानको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । रंगेली बिराटनगर सडक खण्डमा बिहान ६ बजेको समयमा एन.एम.सी. डेरी उद्योग झापाको मे १ च ४६०९ नम्बरको भ्यानले पैदलयात्री धनपालथान गाउँपालिका-४ बस्ने बर्ष १२ को मोहमद जवार, बर्ष १८ को मोहमद कैफ र बस्ने बर्ष १५ को अफसार अन्सारीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते तिनै जनालाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा मोहमद जवारको बिहान साढे ६ बजे मृत्यु भएको हो भने २ जनाको सोही अस्पतालमा उपचार भईरेहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई ठक्कर दिने भ्यान र चालक झापा मेची नगरपालिका-७ बस्ने बर्ष २२ को गोविन्द प्रसाद अधिकारीलाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ । 
करेन्ट लागेर १ जनाको मृत्यु
सुनसरी, जेष्ठ २७ गते ।
सुनसरीको धरान उप-महानगरपालिका-१७ पट्नाली बस्ने ५५ बर्षीया धनमाया कार्कीको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउँसो साढे १ बजेको समयमा घर नजिकै रहेको साजको रुखमा चढी घाँस काट्ने क्रममा घाँसको हाँगाले बिद्युतको नाङगो तारमा छुन गई करेन्ट लाग्दा कार्की गम्भीर घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागि तत्काल बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा उपचारकै क्रममा दिउँसो साँढे २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मृतकको शव परिक्षणको लागि सोही अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ ।
भीरबाट लडेर १ को मृत्यु
सोलुखुम्बु, जेष्ठ २७ गते ।
सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका-५ देउसामा आज बिहान भीरबाट लडेर १ जनाको मृत्यु भएको छ । आज बिहान ८ बजे छोरीको घर देउसा तर्फ आउँने क्रममा रेप्सिदु भीरबाट अचानक लडेर अन्दाजी ५ सय मिटर तl खस्दा माप्य-दुधकोशी गाउँपालिका-६ बस्ने ५९ बर्षीया जोडीमाया राईको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सोताङले जनाएको छ । उक्त स्थानमा प्रहरी चौकी नेले तथा ईलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।
खोल्सामा जमेको पानिमा डुबेर बालकको मृत्यु
पाँचथर, जेष्ठ २७ गते ।
पाँचथरको फिदिम नगरपालिका-६ याङदिन खोल्सामा डुबेर आज १ बालकको मृत्यु भएको छ । दिउँसो पौने १ बजे सोही नगरपालिका स्थित श्रीमानटार बस्ने सुस्मिता तुम्रोकको छोरा वर्ष १३ को गोरे तुम्रोक खोल्सामा नुहाउने क्रममा पानिमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पूरा गरि शव परिक्षणको लागि जिल्ला अस्पताल पाँचथर पठाएको तथा अन्य थप अनुसन्धान जारी रहेको उक्त कार्यालयले जनाएको छ ।
ट्रिपर दुर्घटनामा चालकको मृत्यु
उदयपुर, जेष्ठ २७ गते ।
उदयपुरको कटारी नगरपालिका-११ मा आईतवार ट्रिपर दुर्घटनामा परि चालकको मृत्यु भएको छ । सिद्धिचरण राजमार्ग अन्तर्गत घुर्मीबाट कटारीतर्फ आउँदै गरेको बा ३ ख ४१३० नम्बरको ट्रिपर राती साढे ९ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ८/ ९ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ट्रिपरका चालक सोलुखुम्बु साबिक नेचा-३ बस्ने २१ बर्षीय सुजन भण्डारीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि राती ०१:५५ मा कटारी अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ ।
हात्तीको आक्रमणबाट १ को मृत्यु १ घाइते
सुनसरी, जेष्ठ २७ गते ।
सुनसरीको कोशी गाउँपालिका-८ भाण्टावारीमा आइतवार जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । राती साढे १० बजेको समयमा सोही स्थान बस्ने बर्ष ६० को मोहमद सद्रुल मियाँ र निजकै छोरी बर्ष ३८ की नेहरुल खातुन घर नजिकै रहेको केराबारीको हेरचाह गर्न जाने क्रममा कोशीटप्पु वन्यजन्तु आरक्षणबाट ४/ ५ वटाको समूहमा निस्किएको जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट घाइते भएका बावु छोरीलाई सिमा प्रहरी चौकी भाण्टावारीबाट प्रहरी टोली खटि गई उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा राती पौने ११ बजे बावु सद्रुल मियाँको मृत्यु भएको हो भने अर्की घाइते खातुनको सोही अस्पतालमा उपचार भईरहेको छ । उक्त जंगली हात्तीलाई प्रहरी र स्थानीयको सहयोगमा वन्यजन्तु आरक्षण केन्द्र तर्फ लखेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
२ किलो गाँजा साहित १ पक्राउ
विराटनगर, जेष्ठ २७ गते ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले अवैध लागूऔषध गाँजा सहित आइतवार मोरङ केरावारी गाउँपालिका-१० बस्ने बर्ष २० को विनोद तामाङलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले दिउँसो १ बजे केरावारी चौकमा शंकास्पद अवस्थामा हिडिरहेका तामाङलाई अवैध लागूऔषध गाँजा २ किलो सहित पक्राउ गरेको हो । पक्राउ परेका निजलाई इलाका प्रहरी कार्यालय बेलवारीमा राखि थप अनुसन्धान भईरहेको छ ।
मोटरसाईकल दुर्घटनामा १ को मृत्यु
मोरङ, जेष्ठ २६ गते ।
मोरङको कटहरी गाउँपालिका-७ भौडाहामा शनिवार साँझ भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । साँझ ६:२० बजे भित्री सडक खण्ड अन्तरगत दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को ३६ प ३७३० नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको को २९ प ८३८० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा को ३६ प ३७३० नम्बरको मोटरसाईकल चालक बुढीगंगा गाउँपालिका-५ का १९ बर्षीय निरज सरदार गम्भीर घाईते भई तत्काल उपचारको लागि कोशी अञ्चल अस्पताल लगिएकोमा निजको उपचारको क्रममा साँझ ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अर्का मोटरसाईकल चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ भने दुवै मोटरसाईकल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ ।
खुकुरी प्रहारबाट १ गम्भीर घाईते
झापा, जेष्ठ २६ गते ।
झापाको अर्जुनधारा नगरपालिका-९ मगर टोलमा ससुराले बुहारीलाई खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाईते भएकी छन् । शनिवार दिउँसो पौने ४ बजेको समयमा ४८ बर्षीय ससुरा खड्ग बहादुर दाहाल र ३१ बर्षीया बुहारी सपना दाहाल बिच घरायसी बिषयमा बादबिबाद हुँदा ससुराले बुहारीको टाउकोमा खुकरी प्रहार गरेका थिए । खुकरी प्रहारवाट गम्भीर घाईते भएकी बुहारीको झापाको बि.एण्ड.सी. अस्पतालमा उपचार भईरहेको छ भने ससुरा खड्ग बहादुर दाहाललाई प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
सुनकोशी नदीले बगाएर बालकको मृत्यु
उदयपुर, जेष्ठ २५ गते ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ का नबिन राईको छोरा १२ बर्षीय बिजय राईको सुनकोशी नदी तर्ने क्रममा नदीले बगाएर मृत्यु भएको छ । आफ्ना नातेदार उदयपुरको रुपाटार गाउँपालिका-५ खुमल्टार स्थित सैन बहादुर राईको घरमा गएको र आज बिहान ९ बजेको समयमा घर फर्कने भनी हिडेका बालक बाटोमा पर्ने सुनकोशी नदी तर्ने क्रममा नदीले बगाई बेपत्ता भएका थिए । बालकलाई नदीले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको समेत सहयोगमा खोजतलास गर्ने क्रममा आज दिउँसो ४ बजे घटनास्थल देखि केही तल मृत अबस्थामा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मोटरसाईकल दुर्घटना १ को मृत्यु ३ घाईते
झापा, जेष्ठ २५ गते ।
झापाको बिर्तामोड नगरपालिका-२ रामचोकमा भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आज बिहान १० बजेको समयमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को १ च ६२१९ नम्बरको कारलाई सोही दिशाबाट आउँदै गरेको को ११ प ६३३७ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बिपरीत दिशाबाट आउँदै गरेको मे १० प ५१९९ नम्बरको मोटरसाईकलसंग ठोक्किदा दुवै मोटरसाईकलमा सवार ४ जना गम्भीर घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागि तत्काल बिर्तामोडकै बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारकै क्रममा ६३३७ नम्बरको मोटरसाईकल चालक गौरादह नगरपालिका-५ का ३० बर्षीय टेकनाथ घिमिरेको बिहान ११:५० मा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ भने सोही मोटरसाईकलको पछाडी सवार गौरादह नगरपालिका-४ की ३१ बर्षीया यमुना देवी न्यौपाने, मे १० प ५१९९ नम्बरका मोटरसाईकल चालक दमक नगरपालिका-१५ का २० बर्षीय जिवन भण्डारी र सोही मोटरसाइकलको पछाडी सवार दमक नगरपालिका-९ का २३ बर्षीय कर्म उरावको सोही अस्पतालमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ । दुर्घटनामा को १ च ६२१९ नम्बरको कारमा समेत सामन्य क्षति भएको छ भने ३ वटै सवारी साधन ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेका छन् ।
कुलोमा डुबेर मजदुरको मृत्यु
ईलाम, जेष्ठ २५ गते ।
ईलामको सुर्योदय नगरपालिका-१ स्थित श्रीखोला नजिक नगरपालिकाले ठेक्का लगाएको निमार्णधिन कुलोमा डुबेर एकजना कामदारको मृत्यु भएको छ । शुक्रबार दिउँसो साढे १२ बजेको समयमा बिर्तामोड नगरपालिका-१० सैनिक मोड बस्ने बर्ष ४७ को मान बहादुर नेम्वाङ श्रीखोलामा डुबि मृत अवस्थामा फेला परेका थिए । घटनाबारे जानकारी हुनासाथ सिमा प्रहरी चौकी मानेभन्ज्याङ र प्रहरी चौकी गोर्खे बाट तत्काल प्रहरी टोलि खटि गई घटनास्थल सुरक्षित राख्नुका साथै ईलाका प्रहरी कार्यालय पशुपतिनगर बाट खटिएको अनुसन्धान टोलिले कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ ।
कारको ठक्करबाट पैदल यात्री घाइते
झापा, जेष्ठ २५ गते ।
झापाको दमक नगरपालिका-१ हिमालय माध्यमिक बिधालय अगाडी कारको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार राती ८ बजेको समयमा भित्री सडक खण्ड स्थित दक्षिण बाट उत्तर तर्फ जादै गरेको बा ५ च ६८०९ नम्बरको कारले दमक नगरपालिका-२ बस्ने बर्ष १८ का बल बहादुर धिमाल लाई ठक्कर दिई गम्भिर घाइते बनाएको थियो । घटनाबारे जानकारी पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय दमक बाट प्रहरीको टोलि खटी घाइते लाई उपचारको लागि आम्दा अस्पताल दमक पुर्‍याएको थियो । कार र कार चालक झापाको दमक नगरपालिका-२ बस्ने बर्ष ३७ को बद्री प्रसाद दाहाललाई नियन्त्रणमा लिएको समेत उक्त कार्यालयले जनाएको छ ।
तास खेल्दै गरेका ९ जना पक्राउ
संखुवासभा, जेष्ठ २४ गते ।
संखुवासभाको खाँदवारी नगरपालिका-१ पोषराज पोखरेलको घरमा तास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरेलको घरमा तास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले घर धनि ४९ बर्षीय पोषराज पोखरेल, सोही स्थानका २७ बर्षीय सुनिल श्रेष्ठ, बर्ष ३५ को कृष्ण प्रसाद राई, बर्ष २४ को रोदन बुढाथोकी, बर्ष ३४ को प्रेम बि.क., बर्ष २८ को सुमन राई र सुचन श्रेष्ठलाई पक्राउ गरेको हो । यसैगरी पाँचखपन नगरपलिका-४ का २१ बर्षीय नरेश भण्डारी र ३८ बर्षीय श्रेष्ठ समेत पक्राउ परेका छन् । निजहरुको साथबाट प्रहरीले ७० हजार ६ सय ४० नगद, ५ बुक तास र १ थान दाप सहितको खुकुरी बरामद गरेको छ । पक्राउ परेका ९ जनालाई नै जिल्ला प्रहरी कार्यालय संखुवासभामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
अवैध समान बरामद
झापा, जेष्ठ २४ गते ।
झापाको मेचीनगर नगरपालिका-६ बाट प्रहरीले बिहिवार साँझ अन्दाजी ७५ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छलि गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ७५ हजार मूल्य बराबरको बिभिन्न किसिमका किराना तथा हार्डवयरका समानहरु बरामद गरेको हो । बरामद गरेको उक्त परिमाणको सामान आवश्यक कारवाहीको लागि आज मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईने ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
सालकको खपटा सहित १ जना पक्राउ
झापा, जेष्ठ २४ गते ।
झापाको दमक नगरपालिका-१ फागुनन्द चोकबाट बिहिवार साँझ सालकको खपेटा सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दकमबाट खटिएको प्रहरी टोलीले पाँचथरको फाल्गुनन्द गाउँपालिका-५ का ३० बर्षीय सुरज चेम्जोङलाई ३५० ग्राम लोपोन्मुख वन्यजन्तु सालकको खपेटा सहित पक्राउ गरेको हो । पक्राउ परेका चेम्जोङलाई ईलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धान भईरहेको छ ।
करेन्ट लागरे १ जना घाइते
मोरङ, जेष्ठ २३ गते ।
मोरङको रंगेली नगरपालिका-५ सोमबारे स्थितमा करेन्ट लागरे एक जना घाइते भएका छन् । आज बिहान सवा १० बजेको समयमा संजय पण्डितको घरको छतमा राखेको मकैको बोरा स१त १९०६ नम्बरको ट्याक्टरमा लोड गर्ने क्रममा सोही ट्याक्टरका चालक मोरङको सुनवर्सी नगरपालिका-९ डायनिया बस्ने वर्ष ३५ को मुन्ना मण्डलले छतको माथि रहेको विजुलीको तारलाई हातले छोए पश्चात करेन्ट लागि गम्भिर घाईते भएका थिए। घटनाबारे जनाकारी पाउनासाथ तत्काल प्रहरी चौकी आपगाछीबाट खटिएको प्रहरीको टोलिले घाइतेलाई उपचारकोलागि नोबेल अस्पताल बिराटनगर पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
लडेर १ जनाको मृत्यु १ घाइते
ओखलढुङगा, जेष्ठ २३ गते । 
ओखलढुङगाको चम्पादेवी गाउपालिका-२ नवलपुर डाट नजिकको बाटो बाट लडेर १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। बुधबार राती साढे ११ बजेको समयमा मामा र भानिज नाता पर्ने सोही गाउपालिका-७ बस्ने बर्ष ४८ को रुद्र बहादुर थापा र सोही गाउपालिका- ३ बस्ने बर्ष ३२ को दिपक बुढाथोकी खसी किन्न भनि गाउँ तर्फ हिडदै गएर आउने क्रममा अचानक बाटोबाट २५ मिटर तल खस्दा रुद्र बहादुर थापाको टाउकोमा गम्भिर चोट लागि घटनास्थलमै मृत्यु भएको थियो भने दिपक बुढाथोकीको डाढमा चोट लागि गम्भिर घाइते भएका थिए । घाइते उनलाई उपचारको लागि सिन्धुली खुर्कोट स्थित सुभजिवन अस्पताल पठाइएकोमा उपचार हुन नसकेपछी थप उपचारको लागि आज बिहान ७ बजेको समयमा काठमाण्डौ तर्फ लगिएको छ भने घटनाबारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ। 
गाँजा कारोवारीमा संलग्न ६ जना पक्राउ
उदयपुर, जेष्ठ २३ गते ।
उदयपुरको उदयपुरगढी गाउँपालिका-७ कोल्टेबाट प्रहरीले बुधवार लागूऔषध गाँजा कारोबार गरिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । अपरान्ह ५ बजेको समयमा प्रतिबन्धित गाँजा बिक्रि बितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले १ किलो गाँजा सहित रौतामाई गाउँपालिका-७ बस्ने बर्ष २२ को युवराज मगर सहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका ६ जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
दुर्घटनामा ३ जना घाइते
मोरङ, जेष्ठ २२ गते ।
मोरङको धनपालथान गाउँपालिका-६ कदमाहमा आज मोटरसाईकल दुर्घटनामा परि ३ जना घाइते भएका छन् । रंगेली विराटनगर सडक-खण्डमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे ४ प ७४१ नम्बरको मोटरसईकलले बाटो काट्ने क्रममा सोही स्थान बस्ने दशरथ साहको छोरा वर्ष १० को अंकित साहलाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाईकल चालक रतुवामाई नगरपालिका-२ झुर्किया बस्ने वर्ष ३६को रितलाल राजवंशी र पछाडी सवार वर्ष २८ की याद कुमारी राजवंशी घाइते भएका हुन् । घाइते तिनै जनालाई उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाईएको इलाका प्रहरी कार्यालय रंगरलीले जनाएको छ ।
सुख्खा पहिरोबाट खोटाङमा १ को मृत्यु १ घाइते
खोटाङ, जेष्ठ २१ गते ।
खोटाङको केपिलासगढी गाउँपालिका-६ राम्चे भीरमा आज सुख्खा पहिरोसंगै खसेको ढुंगाले लागेर १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । बिहान साढे ८ बजेको समयमा मिलमा जाने क्रममा उक्त स्थानमा पुग्दा अचानक माथिबाट सुख्खा पहिरो खस्दा सोही स्थान बस्ने बर्ष ६० को चन्द्र बि.क.को घटनास्थलमा नै मृत्यु भएको हो भने बर्ष २५ को मन कुमार तामाङ गम्भीर घाइते भएका हुन् । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बाक्सिलाबाट प्रहरी टोली खटि गई गम्भीर घाइते तामाङलाई उद्धार गरि उपचारको लागि स्थानीय स्वास्थ्य चौकी दिप्सुङ हुँदै थप उपचारको लागि हेलीकोप्टरद्वारा काठमाण्डौ पठाईएको र मृतकको शव कानूनी प्रकृया पूरा गरि पोष्टमार्टमको लागि जिल्ला अस्पताल खोटाङ पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
अवैध सुर्ती सहित २ पक्राउ
उदयपुर, जेष्ठ २१ गते ।
उदयपुरको त्रियुगा नगरपालिका-१० बाँसघारीबाट प्रहरीले आज अन्दाजी ४ लाख २७ हजार ५ सय मूल्य बराबरको अवैध सुर्ती सहित २ जनालाई पक्राउ गरेको छ । बिहान साढे ७ बजेको समयमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय उदयपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले को १ ज २६९३ नम्बर बोलेरो पिकअप गाडी चेकजाँच गर्ने क्रममा ४५ बोरा सुर्ती फेला पारेको थियो । सुर्ती सहित सुर्तीका साहु धरान उप-महानगरपालिका-१६ बस्ने बर्ष ३२ को मान बहादुर तामाङ र बोलेरोका चालक धरान उप-महानगरपालिका-११ बस्ने र बर्ष २४ को दिपक नेपालीलाई पक्राउ गरि गाडी सहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
जंगली जनावरको छाला र जडिबुटी सहित १ पक्राउ
संखुवासभा, जेष्ठ २१ गते ।
संखुवासभाको मकालु गाउँपालिका-३ बाट बिभिन्न किसिमका जंगली जनावरको छाला लगायतका जडिबुटी सहित १ जना पक्राउ परेको छन् । सोमवार अपरान्ह साढे ५ बजेको समयमा नेपाली सेना, नेपाल प्रहरी तथा मकालु बरुण राष्ट्रिय निकुन्जको संयुक्त चेकीङ टोलीले को १ ज ३५१६ नम्बरको बलेरो गाडिलाई चेकजाँच गर्ने क्रममा भोटखोला गाउँपालिका-२ गुम्बा बस्ने बर्ष ५० को कर्मलामा भोटेलाई पक्राउ गरेको हो । प्रहरीले उक्त गाडीबाट बाघको पन्जा थान-१, दाह्रा थान-४, हड्डीको टुक्रा थान-२०, बारुद जस्तो देखिने गन्धक १५ ग्राम, चाईनिज पेस्तोलको गोली थान-१, रक्त चन्दन जस्तो देखिने काठको टुक्रा थान-१ (२५ ग्राम), जंगली जनावर थारको रौ सहितको छालाको टुक्रा थान-१, कालो ढुङगा ३०० ग्राम, फलामको टुक्रा २०० ग्राम, सर्पको छाला २ थान लगायत अन्य जडिबुटीहरु बरामद गरेको हो । बरामद सामान सहित भोटेलाई आवश्यक कानूनी कारवाहीको लागि मकालु बरुण राष्ट्रिय निकुन्जमा राखि थप अनुसन्धान भईरहेको छ ।
करेन्ट लागरे १ जनाको मृत्यु
झापा, जेष्ठ २१ गते ।
झापाको मेचीनगर नगरपालिका-९ का ४५ बर्षीय कृष्ण चौधरीको करेन्ट लागरे मृत्यु भएको छ । सोमवार दिउँसो ३ बजेको समयमा स्थानीय मणी कुमार लिम्बुको घरमा कुखुराको खोरमा बिजुलीको तार जोड्ने क्रममा करेण्ट लागेर लागेको गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि वि.एण्ड. सी. अस्पताल बिर्तामोड पठाईएको थियो । निजको उपचारको क्रममा दिउँसो साढे ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।
आगलागीबाट ५ लाख बराबरको क्षति
झापा, जेष्ठ २० गते ।
झापाको अर्जुनधारा नगरपालिका-८ बस्ने गोपी पोर्तेलको घरमा आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ । आइतवार राती साढे ८ बजे पोर्तेलको टिनको छानो भएको १ तले घरको भान्छा कोठामा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी हुँदा घर सहित घर भित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राती ९ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । 
अबैध समान बरामद
झापा, जेष्ठ १९ गते ।
झापाको मेचीनगर नगरपालिका-६ चर्च एरियाबाट प्रहरीले शनिवार अन्दाजी ७ लाख २० हजार रुपैयाँ बराबरको अबैध समान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दशगजा क्षेत्रमा रोकी राखेको को १ त १७५१ नम्बरको ट्याक्टरलाई शंका लागि चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको मटर ३० बोरा र मरिच ३० बोरा बरामद गरेको थियो । यसै गरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले बेलुका ६ बजेको समयमा मेचीनगर नगरपालिका-७ बाट अवैध रुपमा भन्सार छलि भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ९५ हजार मूल्य बराबरको कोट पाईन्टको कपडा रोल-१० थान र लेडिज कपडा -२ पोका बरामद गरेको थियो । बरामद सामान सहित ट्याक्टर आवश्यक कारवाहीको लागि आज मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
माछा मार्ने क्रममा करेण्ट लागेर १ को मृत्यु
पाँचथर, जेष्ठ १९ गते ।
पाँचथरको फिदिम नगरपालिका-१० चिलिङदिन हेवा खोलामा करेण्ट लगाई माछा मार्ने क्रममा करेण्ट लागेर शनिवार १ जनाको मृत्यु भएको छ । अपरान्ह ५ बजेको समयमा ४ जनाको समूहमा हेवा खोलामा जेनेरेटर फिट गरेर माछा मार्न खोलाभित्र पसेका हिलिहाङ गाउँपालिका-७ टारी वस्ने वर्ष २८ को मदन भन्ने बल बहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरि शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथरमा राखिएको उक्त कार्यालयले जनाएको छ ।
पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु
खोटाङ, जेष्ठ १९ गते ।
खोटाङको साकेला गाउँपालिका-५ साप्सु खोलामा शनिवार पौडी खेल्ने क्रममा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिक्तेल-रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले बस्ने बर्ष १९ को एलिस बस्नेत र बर्ष १९ कै बिक्रम भट्टराई रहेका छन् । विहान ११ बजेको समयमा CTEVT क्याम्पस खोटाङ बाट साप्सुखोला हाईड्रोपावर अनुगमन तथा भ्रमणको लागि सव-ओभरसियर अध्यनरत ४० जना बिद्यार्थी र २ जना शिक्षक गएकोमा पौडि खेल्ने क्रममा साप्सु खोलाको दहमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मृतकको शव कानूनी प्रकृया पश्चात पोष्टमार्टमको लागि जिल्ला अस्पताल दिक्तेलमा राखिएको उक्त कार्यालयले जनाएको छ ।
छतबाट लडेर १ को मृत्यु
उदयपुर, जेष्ठ १९ गते ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-६ पुष्पलाल चोकमा शनिवार घरको छतबाट लडेर १ जनाको मृत्यु भएको छ । बिहान सवा ८ बजे छतमा लुगा सुकाउने क्रममा ३ तले घरबाट लडेर बर्ष ३६ की अनिता भन्ने रेमनीदेवी साह घाइते भएकी थिईन । गम्भीर घाइते भएकी साहलाई उपचारको लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार हुँदै थप उपचारको लागि धरान पठाईएकोमा उपचारको क्रममा बिहान सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
विधालयको क्वाटरमा आगलागी २२ लाखको क्षति
पाँचथर, जेष्ठ १८ गते ।
पाँचथरको फालेलुङ गाउँपालिका-५ स्थित कालिका माध्यमीक विधालयको शिक्षक वस्ने क्वाटर कोठामा आगलागी हुँदा २२ लाख मूल्य बराबरको क्षति भएको छ । शुक्रबार दिउँसो पौने १२ बजेको समयमा अचानक विधुत सर्ट भई आगोलागी हुँदा पक्कि गाह्रो टिनको छानो भएको ३ कोठे भवन भित्र रहेको फर्निचरको सम्पुर्ण सामान तथा भाडावर्तन, मोवाईल २ थान र नगद ८ हजार समेत पूर्ण रुपमा जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी प्रहरी चौकी प्राङवुङको प्रहरी टोली र अन्दाजी १०० जना स्थानीयवासीको सहयोगमा दिउँसो १ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ ।
गोरु काट्ने ३ जना पक्राउ
सुनसरी, जेष्ठ १८ गते ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नहडामा गोरु काट्ने ३ जना पक्राउ परेका छन् । शुक्रबार राती पौने १० बजेको समयमा बर्ष ३४ को मिना सेर्पा को घरमा बहर गोरु काटी भाग लगाउने क्रममा अस्थायी प्रहरी पोस्ट बाङगे बाट खटिएको प्रहरीको टोलिले घरधनि मिना सेर्पा ,बर्ष २६ को आसिक राई र बर्ष ४७ को किलक राई समेत ३ जनालाई नियन्त्रणमा लिएको छ भने अन्य आवस्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
लडेर १ जनाको मृत्युसंखुवासभा, जेष्ठ १७ गते । 
संखुवासभाको सिलीचोङ गाउँपालिका-२ दाङखीला बस्ने ५१ बर्षीय धन समशेर राईको रुखबाट लडेर मृत्यु भएको छ । बिहिवार बिहान घर नजिकै रहेको रुद्राक्षको बोटमा चढेका राई रुखबाट एक्कासी लडेर गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल खाँदवारी लगिएकोमा उपचारकै क्रममा राती २१;५० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । मृतकको शव परिक्षणको लागि सोही अस्पतालमा राखिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
सवारी दुर्घटना १ को मृत्यु मोरङ, जेष्ठ १७ गते ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका-७ मा बिहीवार सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । बेलुका पौने ८ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ च ९८५५ नम्बरको पिकअप भ्यानले  सडकको छेउमा टायर पम्चर भई रोकेर राखेको ना ५ ख. ४४९९ नम्बरको ट्रकलाई पछाडीबाट ठक्कर दिएको थियो । दुर्घटनामा पिकअपका सह-चालक पथरी शनिश्चरे नगरपालिका-१० बस्ने बर्ष ३४ को ओम कुमार बि.क.  घाइते भई उपचारको लागि बिराट नर्सिङहोम बिराटनगर पठाईएकोमा उपचारको क्रममा राती ०९:२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पिकअपका चालक फरार रहेकोले खोजी कार्य भईरहेको छ भने ट्रक, चालक र पिकअपलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।
खुकुरी प्रहारबाट १ जनाको मृत्यु
ईलाम, जेष्ठ १६ गते ।
ईलाम नगरपालिका-१२ साडुम्बा बस्ने ४० बर्षीय सुक बहादुर भन्ने पूर्ण बहादुर लिम्बुको खुकुरी प्रहारबाट मृत्यु भएको छ । लिम्बुलाई जेष्ठ १४ गते स्थानीय २५ बर्षीय बिनोद राईले खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएका थिए । घाईते लिम्बुलाई उपचारको लागि झापाको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारको क्रममा आज बिहान ९:१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । खुकुरी प्रहार गरी फरार रहेका बिनोद राईलाई जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले ईलाम नगरपालिका-१२ को जंगलमा लुकीछिपी बसिरहेको अवस्थामा आज बिहान पक्राउ गरेको छ । पक्राउ परेका राईकको सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
कुटपिटबाट १ जनाको मृत्यु
संखुवासभा, जेष्ठ १६ गते ।
संखुवासभाको सिलिचोङ गाउँपालिका-१ टेङछुङमा बुधवार राती कुटपिटबाट १ जनाको मृत्यु भएको छ । रातको समयमा स्थानीय ४० बर्षीय आईत बहादुर राई र बर्ष ३० को बिनोद भन्ने किशोर राई बिच पुरानो रिसिईबिका कारण बादबिबाद भई झै-झगडा हुँदा रिशको आवेगमा किशोर राईले आईत बहादुर राईलाई धान कुट्ने मुस्लोले टाउकोमा प्रहार गर्दा उनी गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी सिसुवाखोला लगिएकोमा उपचारकै क्रममा आज बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी सिसुवाटारबाट प्रहरी टोली खटि गई निज किशोर राईलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।
लागूऔषध सहित ईटहरीबाट मेडिकल हल संचालक पक्राउसुनसरी, जेष्ठ १५ गते ।
सुनसरीको ईटहरी उप-महानगरपालिका-२ शान्तिनगरबाट प्रहरीले आज ठुलो परिणामको प्रतिबन्धित लागूऔषध सहित मेडिकल हल संचालकलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा दुर्गा मेडिकल हल संचालन गर्दै आईरहेका सुनसरी देवानगञ्ज गाउँपालिका-७ बस्ने बर्ष ४० को बिकाश थान्दारलाई पक्राउ गरेको हो ।  प्रहरीले उक्त मेडिकल पसलबाट अवैध लागूऔषध नाईट्राभेट-३ हजार चक्की, लुपिजेसिक-१ सय ९९ एम्पुल, फेनारगन-१ सय ९६ एम्पुल र डाईजेल्याव-१ सय ९३ एम्पुल बरामद गरेको छ । लागूऔषध सहित पक्राउ परेका मेडिकल संचालक थान्दारलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको छ ।
आफ्नै आमाद्वारा भोजपुरमा २२ महिने नाबालक छोराको हत्या
भोजपुर, जेष्ठ १४ गते ।

भोजपुरको भोजपुर नगरपालिका-९ पानी ट्याङकीमा आफ्नै नाबालक छोराको हत्या गर्ने आमालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रामप्रसाद राई गाउँपालिका-८ घर भई पानी ट्याङकी स्थित आरती श्रेष्‍ठको घरमा डेरा गरि बस्दै आईरहेकी वर्ष २५/२६ की सम्झना थापालाई पक्राउ गरेको हो । थापाले २२ महिनाको आफ्नै छोरा सम्बोधन थापालाई धारिलो हतियार खुकुरीले घाँटी काटेर डेरा नजिक फालेको अवस्थामा शव फेला परेको थियो । घटना सम्बन्धमा आज बिहान ८ बजे जिल्ला प्रहरी कार्यालय भोजपुरमा खबर पाउनासाथ तत्काल खटिएको प्रहरी टोलीले निज सम्झना थापालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ भने घटनास्थलबाट प्रहरीले १ थान खुकुरी र १ थान अचानो समेत बरामद गरेको छ ।
पौडी खेल्ने क्रममा विद्यार्थी बेपत्ता
पाँचथर, जेष्ठ १४ गते ।
पाँचथरको कुम्मायक गाउँपालिका-५ तमोर नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएर १ जना विद्यार्थी बेपत्ता भएका छन् । सोमवार दिउँसो ३ बजेको समयमा पृथ्वी उच्च माध्यामिक विद्यालय यासोकबाट ७ जना शिक्षक र १ जना विद्यार्थी सहित ८ जना तमोर नदिको लमुघाटमा पौडी खेल्न गएकोमा पौडी खेल्ने क्रममा सोही गाउँपालिका-१ गैरीगाँउ वस्ने वर्ष २० को डिल्लिहाङ नेम्वाङ (विद्यार्थी) बेपत्ता भएका थिए । घटना पश्चात सोही स्कुलका शिक्षकले अपरान्ह सवा ५ बजे इलाका प्रहरी कार्यालय यासोकमा जानकारी गराउनासाथ तत्काल खटिएको प्रहरी टोली र जिल्ला प्रहरी पाँचथरबाट समेत थप प्रहरी टोली खटि गई बेपत्ता भएका नेम्बाङको खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लागूऔषध सहित १ पक्राउ
सुनसरी, जेष्ठ १४ गते ।
सुनसरीको ईटहरी उप-महानगरपालिका-९ हस्पिटल चोकबाट प्रहरीले लागूऔषध सहित सोमवार १ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सोही नगरपालिका बस्ने बर्ष २८ को सुरज सापकोटालाई पक्राउ गरेको हो । दिउँसो २ बजे शंकास्पद अवस्थामा हिडिरहेका सापकोटालाई चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको लागूऔषध नाईट्रोसन ट्याब्लेट-१ सय ३६ चक्की र डाईलेक्स डि.सी. ४ बोतल बरामद गरेको थियो । लागऔषध सहित पक्राउ परेका सापकोटालाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
जवरजस्ती करणीको आरोपमा उदयपुरबाट २ पक्राउ
उदयपुर, जेष्ठ १३ गते ।
उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रहरीले जवरजस्ती करणीको आरोपमा आइतवार २ जनालाई पक्राउ गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका-१६ सिखानी बस्ने ४३ बर्षीय भिम बहादुर तामाङ र त्रियुगा नगरपालिका-७ पिपल चोक बस्ने बर्ष ५२ को धनबहादुर दनुवार पक्राउ परेका हुन् । आरोपित तामाङले अपरान्ह ४ बजे सोही नगरपालिकामा पर्ने कसेनि खोला नजिकको जंगलमा अन्दाजी ३०/३५ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको भनी आफन्तले दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो भने दनुवारलाई १७ बर्षीया बालिकालाई राती पौने ९ बजे पिपल चोक नजिक खेतमा जवरजस्ती करणी गरेको भनि बालिकाकका अभिभावकले दिएको जानकारीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
करेण्ट लागेर १ को मृत्यु
संखुवासभा, जेष्ठ १३ गते ।
संखुवासभाको मकालु गाउँपालिका-२ सेदुवा बस्ने अम्बर बहादुर खुम्बुको आइतवार करेण्ट लागेर मृत्यु भएको छ । खुम्बुलाई दिउँसो २ बजे नेपाल चीन सिमानामा चीनिया भुभागको डेनडाङसाङ निकुञ्जको नयाँ निर्माण हुँदै गरेको भवनमा काम गर्ने क्रममा अचानक करेन्ट लागेको थियो । करेण्ट लागेर घाइते भएका खुम्बुलाई उपचारको लागि नेपाल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
गाडी ग्यारेजमा आगलागी २१ लाखको क्षति
पाँचथर, जेष्ठ १२ गते ।
पाँचथरको फिदिम नगरपालिका-२ जमुने खोल्सी भन्ने स्थानमा गएराती आगलागी हुँदा अन्दाजी २१ लाख मूल्य बराबरको क्षति भएको छ । राती पौने १ बजे फिदिम नगरपालिका-४ बस्ने दिपेन श्रेष्ठको गाडी ग्यारेजमा बिद्युत सर्ट भई वेल्डिङ गर्ने सिलिण्डर पड्किएर आगलागी भएको थियो । आगलागीबाट ग्यारेजको टहरा, मर्मतका पार्टपुर्जा, वेल्डिङ सिलिण्डर थान-१, मर्मतको लागि राखिएको ट्याक्सी थान-१ र सोही ग्यारेजको पुरानो मारुती भ्यान थान-१ पूर्ण रुपमा जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो । वेल्डिङको सिलिण्डर पड्किएर तेह्रथुमको आठराई गाउँपालिका-४ वस्ने वर्ष १७ को सुनिल गहतराज घाइते भई उपचारको लागि पाँचथर जिल्ला अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उक्त आगलागी दमकल प्रहरी र स्थानीयवासीको सहयोगमा राती सवा १ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको उक्त कार्यालयलले जनाएको छ ।
लागूऔषध सहित २ पक्राउ
उदयपुर, जेष्ठ १२ गते ।
उदयपुरको त्रियुगा नगरपालिका-५ शिवालय मन्दिरबाट प्रहरीले शनिवार लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । अपरान्ह ४ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले दमौटीबाट गाईघाट तर्फ आउँदै गरेको स ४ प ३१०१ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्ने क्रममा त्रियुगा नगरपालिका-४ बस्ने बर्ष ३९ को संजय कुमार झा र बर्ष ४० को संजिव कटुवाललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले लागूऔषध लुपिजेसिक-१४ एम्पुल, डाईजेल्याब-१४ एम्पुल र फेनारगन १४ एम्पुल बरामद गरेको छ । मोटरसाईकलसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
खोलाले बगाएर बेपत्ता
खोटाङ, ज्येष्ठ ११ गते ।
खोटाङको हलेशी तुवाचुङ नगरपालिका-३ च्यास्मिटार बस्ने बर्ष १७ का नबराज राई खोलाले बगाएर बेपत्ता भएका छन् । आज बिहान ९ बजेको समयमा साथिहरुसग सोही स्थानमा रहेको सुनकोशी नदिमा नुहाउने क्रममा नबराज बेपत्ता भएका थिए । घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी च्यास्मिटारबाट प्रहरीको टोली खटी गई स्थानियवासीहरुको सहयोगमा खोजतलाश कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
धारीलो हतियार प्रहारबाट २ जना घाईते
भोजपुर, जेष्ठ ११ गते ।
भोजपुरको पौवादुम्मा गाँउपालिका ३ च्याङ्ग्रेमा धारीलो हतियार प्रहार गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो ३ बजेको समयमा सोहि स्थान बस्ने वर्ष ४२ को कुमार श्रेष्‍ठले आफ्‍नै भान्जी बुहारी पर्ने वर्ष २८ कि मनिकला शाक्य र बर्ष १७ कि भद्रिका राईलाई घरमा आई धारिलो हतियार (बाम्फोक) ले प्रहार गरेका थिए । घटनाबारे जानकारी पाउनासाथ अस्थायी प्रहरी चौकी च्याङ्ग्रेबाट प्रहरीको टोली खटिनुकासाथै ईलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट खटिएको प्रहरीको टोलीले कुमार श्रेष्‍ठलाई उक्त धारिलो हतियार सहित पक्राउ गरको थियो । धारीलो हतियार प्रहारबाट भद्रिका राईको गाला र हातको औलामा चोट लागि स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने मनिकला शाक्यको टाउको, हातको औलामा चोट लागेकोले स्थानिय मेडिकलमा सामान्य उपचार पश्‍चात साझँ साढे ५ बजेको समयमा थप उपचारको लागि बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको उक्त कार्यालयले जनाएको छ ।
बाटो खन्ने क्रममा रुख ढलेर एक बालकको मृत्यु
ईलाम, जेष्ठ ११ गते ।
ईलामको सुर्योदय नगरपालिका-६ तारागाँउ बाट हर्कटेको थापागाउ जाने भित्रि बाटो खन्ने क्रममा रुख ढलेर सोही स्थान बस्ने १२ बर्षीय भेषराज गजमेरको मृत्यु भएको छ । शुक्रबार बिहान सँवा ९ बजेको समयमा को १ ख २४२७ नम्बरको जे सि बि ले बाटो खन्ने क्रममा रुख ढाल्दा स्कुल पढ्न गएका सोही स्थान बस्ने १४ बर्षीय कृतिका रसाईलि र भेषराज गजमेर उक्त रुखले लागेर घाइते भएका थिए। घाइते दुबैजनालाई उपचारकोलागी सुर्योदय पोलिक्ल्निक फिक्कल पठाईएकोमा भेषराज गजमेरको उपचारको क्रममा बिहान पौने १० बजेको समयमा मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ घटनास्थलमा तत्काल प्रहरी चौकी हर्कटे र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप प्रहरी टोली खटि गई जे सि बि र चालक मोरङको बिराटनगर बस्ने २९ बर्षिय राजेन्द्र तामाङलाई नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।
भिरबाट खसेको ढुङगाले लागेर महिलाको मृत्यु
भोजपुर, जेष्ठ १० गते ।
भोजपुरको षडानन्द नगरपालिका-१४ कि ६० बर्षीया सिता बुढाथोकीको जंगलमा घाँस काट्ने क्रममा भिरवाट खसेको ढुङगाले लागेर घटनास्थलमा नै मृत्यु भएको छ । । बिहिवाट दिउँसो साडे ४ बजेको समयमा दोभाने भन्ने स्थानमा घाँस काटिरहेको अवस्थामा भिरवाट खसेको ढुङगाले लाग्दा निजको खुट्टाको भाग च्यापीएको थियो । खुट्टा च्यापिएर गम्भीर घाईते भएकी निजलाई प्रहरी चौकी बोयाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा ढुङगा हटाएर राती पौने १० बजे उद्धार गरिएकोमा निजको मृत्यु भईसकेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय दिङलाबाट थप प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर लैजाने तयारी भईरहेको उक्त कार्यालयले जनाएको छ ।
अवैध समान बरामद
झापा, जेष्ठ १० गते ।
झापाको मेचीनगर नगरपालिका-६ बाट प्रहरीले बिहिवार अन्दाजी ९४ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छलि गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ७० हजार मूल्य बराबरको बिभिन्न किसिमका मोटरपार्टसहरु बरामद गरेको थियो भने नेपालबाट भारत तर्फ लैजाँदै गरेको अन्दाजी २४ हजार मूल्य बराबरको मटर ८ बोरा बरामद गरेको थियो । बरामद गरेको उक्त परिमाणको सामान आज मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईने ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
आगलागीबाट क्षति
उदयपुर, जेष्ठ १० गते ।
उदयपुरको रौतामाई गाउँपालिका-७ मुर्कुची बजारमा रहेको स्थानीय भरत थापाको तेजपत्ताको गोदाम घरमा अचानक आगलागी हुँदा करिव २ करोड मुल्य बराबरको क्षति भएको छ । बिहिवार बेलुका ६ बजे देखि शुरु भएको आगलागीमा निजको गोदाममा रहेको सम्पूर्ण समान जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उक्त आगलागी प्रहरी, स्थानीयवासी र त्रियुगा नगरपालिकाको दमकलको सहयोगमा राती १२ बजे पूर्ण नियन्त्रणमा लिईएको थियो भने उक्त आगलागीबाट अन्य मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।
टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
मोरङ, जेष्ठ ०९ गते ।
मोरङको सुन्दरहरैचा नगरपालिका-१० खोर्साने केरावारी सडक खण्डमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान ९:१५ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको को १ ख ४३५५ नम्बरको टिपरले बिपरीत दिशाबाट जाँदै गरेको को ५ प ५५०० नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक केरावारी गाउँपालिका-९ का ४८ बर्षीय बम बाहदुर बस्नेत गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारकै क्रममा बिहान १०:४० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय वेलवारीले जनाएको छ । टिपर र टिपर चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
चट्याङको झट्का लागेर १ को मृत्यु
पाँचथर, जेष्ठ ०९ गते ।
पाँचथरको हिलिहाङ गाउँपालिका-५ च्यानडाँडामा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । चट्याङ लागेर सोही स्थान बस्ने बर्ष ७६ की सावित्रा भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमरपुरले जनाएको छ । अपरान्ह ४ बजे घर नजिकै रहेको लप्सीको रुखमा चट्याङ खस्दा घरको कोठामा पुजा गरिरहेको अवस्थामा भण्डारीलाई चट्याङको झट्काले लागेर घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी चौकी जोरपोखरी र इलाका प्रहरी कार्यालय अमरपुरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ ।
सोलुखुम्बुका २ जना प्रहरी जवान वैशाख “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित
विराटनगर, जेष्ठ ०८ गते ।
बिमानस्थल सुरक्षा गार्ड लुक्ला सोलुखुम्बुमा कार्यरत प्रहरी जवानद्वय शिव कुमार तामाङ र भोजराज ढकाल वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)  घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील, कर्तव्यनिष्ठ र उच्च मनोवलका साथ कर्तव्यपथमा तल्लीन रही कार्य सम्पादन गर्ने क्रममा जिल्ला सोलुखुम्बु खुम्बु-पासाङल्हामु गाउँपालिका वडा नं. २ लुक्ला स्थित विमानस्थलमा मिति २०७६।०१।०१ गते अन्दाजी बिहान ०९:१० बजेको समयमा यात्रुवाहक समिट एयरको हवाईजहाज दुर्घटना हुँदा उक्त घटनास्थलमा कर्तव्य पालनाको सिलसिलामा आफ्नो जिउ ज्यानको पर्वाह नगरी अति जोखिमपूर्ण अवस्थामा अटुट/ अनवरत रुपमा कर्तव्यनिष्ठ तवरले बहादुरी तथा उच्च मनोवलका साथ घाईतेलाई उद्धार तथा उपलब्ध साधन श्रोतको उच्चतम प्रयोग गरी थप क्षति हुन नदिन पूर्ण व्यवसायिक एवं शव संकलन गर्ने कार्यमा खटिई देश र नागरिक समक्ष नेपाल प्रहरीको छवि उच्च बनाउनुको साथै प्रशंसनिय कार्य गरेकोले जवानद्वय तामाङ र ढकाललाई निजहरुले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल वैशाख “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।
१७ किलो चरेश सहित २ पक्राउ
झापा, जेष्ठ ०८ गते ।
झापाको मेचीनगर नगरपालिका-८ टोकला बगानस्थित रमाईलो बस्तीबाट प्रहरीले मंगलवार १७ किलो प्रतिबन्धित लागूऔषध चरेश सहित २ जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित सोही नगरपालिका बस्ने संजय दर्जी र बर्ष ३० को मनोज दर्जीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । दिउँसो साढे १ बजेको समयमा संजय दर्जीको घरमा चरेश लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दर्जीको घरमा खानतलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध बरामद गरेको हो । बरामद लागूऔषध सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
ट्याक्टरले किचेर १ जनाको मृत्यु
झापा, जेष्ठ ०७ गते ।
झापाको अर्जुनधारा नगरपालिका-१ मदनपुरमा आज ट्याक्टरले किचेर १ जनाको मृत्यु भएको छ । भित्री सडक खण्डमा बिहान ११:४० बजेको समयमा साधुटारबाट मदनपुर तर्फ ढुंगा बोकेर आउँदै गरेको मे १ त ५००६ नम्बरको ट्याक्टरमा सवार वर्ष १९ को अर्जुन प्याकुरेललाई ट्याक्टरबाट ओर्लने क्रममा ट्याक्टरको चक्काले किचेर घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी चौकी शनिश्चरे र इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ । ट्याक्टर र चालक अर्जुनधारा नगरपालिका-१ साधुटार बस्ने बर्ष २१ को सन्दिप कडेललाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।
पाँचथरमा धारिलो हतियार प्रहार गरि ९ जनाको हत्या
विराटनगर, जेष्ठ ०७ गते ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा गएराती धारिलो हतियार प्रहारबाट ९ जनाको हत्या भएको छ । धारिलो हतियार प्रहारबाट ३ जना बालिका सहित २ जना पुरुष र ४ जना महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ । स्थानीय धनराज शेर्माको घरमा निज लगायत ५ जना र निजकै ससुराली घरका बम कुमार फियाक समेत ४ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको र सोही ठाउँकी सीता खजुम घाइते अवस्थामा फेला पारेपछी स्थानीयले बिहान ६ बजे प्रहरी चौकी दशमी बजारमा खबर गरेका थिए । घाइतेको स्थानीय स्वास्थ्य चौकी आरुबोटेमा उपचार भईरहेको छ । घटनास्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय पाचँथर र इलाका प्रहरी कार्यालय रविबाट प्रहरी टोली खटि गई हत्यामा संलग्न ब्यक्तिको खोजीकार्य तथा अनुसन्धान भईरहेको र थप अनुसन्धानको लागि उक्त स्थानमा केन्द्रिय अनुसन्धान व्यूरो, १ नम्बर प्रदेश प्रहरी कार्यालय विटारनगरको अनुसन्धान समूह, संघीय प्रहरी इकाई कार्यालय धरानबाट प्रहरी वरिष्ठ उपरीक्ष र कुकुर सहितको टोली घटनास्थल तर्फ खटिएको छ ।
खैरो हेरोईन सहित १ पक्राउ
झापा, जेष्ठ ०७ गते ।
झापाको मेचीनगर नगरपालिका -६ भन्सार गेटबाट प्रहरीले लागूऔषध खैरो हेरोईन सहित सोमवार दमक नगरपालिका-७ बस्ने बर्ष-१९ को एलेन याक्थुम्वा लिम्बुलाई पक्राउ गरेको छ । ५ ग्राम ५ सय मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित पक्राउ परेका लिम्बुलाई बरामद लागूऔषध सहित इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 
लागूऔषध सहित २ पक्राउ
मोरङ, जेष्ठ ०६ गते ।
मोरङको विराटनगर महानगरपालिका-११ शनि मन्दिर नजिकबाट प्रहरीले लागूऔषध सहित आज २ जनालाई पक्राउ गरेको छ । बिहान साढे ८ बजेको समयमा सि.आर.भी. केसलियाबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित ईटहरी उप-महानगरपालिका-४ बस्ने वर्ष ३४ को सुवाष घिमिरे र बर्ष २५ को अनिष श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले प्रतिबन्धित लागूऔषध फेनारगन-१० एम्पुल, लुपिजेसिक-१० एम्पुल, एभिल-१० एम्पुल र डाईजेल्याव-१० एम्पुल बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई वडा प्रहरी कार्यालय विराटनगरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
आगलागीबाट क्षति
ताप्लेजुङ, जेष्ठ ०६ गते ।
ताप्लेजुङको मोक्वाखोला गाउँपालिका-२ खोक्लिङ बस्ने पूर्ण बहादुर राईको घरमा आज आगलागी हुँदा अन्दाजी ७ लाख ३५ हजार मूल्य बराबरको क्षति भएको छ । बिहान साढे ७ बजे राईको घरमा चुल्होमा बालेको आगोबाट अचानक आगलागी हुँदा घर सहित घर भित्र रहेको सम्पूर्ण सर-सामान नगद २५ हजार जलेर नष्ट भएको हो । आगलागी भएको जानकारी पाउनासाथ तत्काल अस्थायी प्रहरी चौकी खोक्लिङबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा बिहान साढे ९ बजे पुर्ण रुपमा नियन्त्रणमा नियन्त्रणमा लिईएको हो ।
खोलामा डुबेर १ जनाको मृत्यु
सुनसरी, जेष्ठ ०६ गते ।
सुनसरीको ईटहरी उप-महानगरपालिका-२ मा रहेको बौकाबौकी खोलामा डुबेर १ जनाको मृत्यु भएको छ । आईतवार राती ८ बजेको समयमा स्थानीय ४९ बर्षीय ध्रुब बि.क. उक्त खोलामा गई घुंगी मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी टोली खटी गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि बि.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषध सहित १ जना पक्राउ
बिराटनगर जेष्ठ ०६ गते ।
मोरङको बिराटनगर महानगरपालिका-१५ रानीबाट आईतवार दिउँसो प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१४ का १९ बर्षीय दिपेश सिंह ठकुरीलाई डाईजेल्याब ३ एम्पुल, फेनारगन ३ एम्पुल, एभिल ३ एम्पुल र लुपिजेसिक ३ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका सिंहलाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
ट्रिपर दुर्घटनामा २ जनाको मृत्यु
उदयपुर, जेष्ठ ५ गते ।
उदयपुरको कटारी नगरपालिका-१४ घुर्मी-कटारी सडकखण्डको लामीडाँडा भन्ने स्थानमा आज ट्रिपर दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ । बिहान ५:४५ बजेको समयमा मिर्चैयाबाट सोलु हाईड्रोपावरको लागि सिमेन्ट बोकेर जाँदै गरेको मुस्कान कम्पनीको बा ४ ख ७००० नम्बरको ट्रिपर ब्याक गर्ने क्रममा सडक देखी अन्दाजी १५ सय मिटर तल दादुरा खोलामा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ट्रिपरका सह-चालक सिन्धुली दुधौली नगरपालिका-११ बस्ने बर्ष २० को लीला बहादुर सार्की र ट्रिपरमा सवार कटारी नगरपालिका-५ भोर्ले बस्ने तत्काल नाम थर नखुलेका माईलो भनेर चिनीने अन्दाजी बर्ष २५ को पुरुष ब्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । ट्रिपरका चालक सिन्धुली दुधौली नगरपालिका-११ बस्ने बर्ष ४० को हर्क बहादुर सार्की प्रहरीको नियन्त्रणमा रहेका छन् ।
चक्कु प्रहारबाट १ जनाको मृत्यु
धनकुटा, जेष्ठ ०५ गते ।
धनकुटाको महालक्ष्मी नगरपालिका-२ मारेक माझगाउँमा आज चक्कु प्रहारबाट १ जनाको मृत्यु भएको छ । आज बिहान साढे ४ बजेको समयमा महालक्ष्मी नगरपालिका-३ डाँडागाउँ बस्ने बर्ष २२ को सन्तोष थम्फरा लिम्बु र महालक्ष्मी नगरपालिका-२ बस्ने बर्ष २५ को घनेन्द्र होहङवा लिम्बु बिच सामान्य बादबिबाद हुँदा घनेन्द्रले रिशको आवेगमा सन्तोषलाई धारिलो हतियार चक्कुले प्रहार गर्दा निजको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी मारेकटहरेबाट प्रहरी टोली खटि गई चक्कु प्रहार गर्ने लिम्बुलाई चक्कु सहित पक्राउ गरी थप अनुसन्धान भईहेको उक्त कार्यालयले जनाएको छ ।
छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, ३ घाइते
झापा, सुनसरी जेष्ठ ०५ गते ।
१ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका-१२ कालीझोडामा शनिवार बेलुका सवा ६ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे ९ प १७८४ र विपरित दिशाबाट आउँदै गरेको मे ४ प ८१८६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाईकलमा सवार रहेका ३ जना घाईते भई उपचारको लागि बिर्तामोड स्थित बि. एण्ड. सी. अस्पताल पठाईएकोमा मे ४ प ८१८६ नम्बरको मोटरसाईकल चालक मेचीनगर नगरपालिका-१४ दुवागढी बस्ने वर्ष ४१ को अर्जुन सुनुवारको उपचारको क्रममा बेलुका ६:४० बजे मृत्यु भएको हो । अर्का मोटरसाईकल चालक ईलाम देउमाई नगरपालिका-३ बस्ने वर्ष २९ को प्रेम बहादुर मगर र पछाडी सवार सुनसरी ईटहरी उप-महानगरपालिका नयाँ बसपार्क बस्ने बर्ष १७ की आषिका मगर घाइते भई सोही अस्पतालमा उपचार भईरहेको छ भने सुनसरीको रामधुनी नगरपालिका-१ शिव चोकमा मोटरसाईकलले साईकलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार १ जनाको मृत्यु भएको छ । अपरान्ह ४:३५ बजेको समयमा पश्चिमबाट पूर्व आउँदै गरेको को २० प २६१८ नम्बरको मोटरसाईकलले रामधुनी नगरपालिका-४ रामपुरा बस्ने बर्ष १५ को निराजन चौधरीलाई ठक्कर दिँदा साईकलयात्री सहित मोटरसाईकल चालक ईटहरी-१६ बस्ने बर्ष २४ को सुर्य चौधरी र मोटरसाईकलको पछाडीसवार निजको आमा बर्ष ५२ की भाबोदेवी चौधरी घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएकी चौधरीलाई उपचारको लागि निजको छोराले गोल्डेन हस्पिटल विराटनगर लगेकोमा उपचारको क्रममा अपरान्ह ५:५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साईकलमा सवार अर्का घाइते निराजनको झुम्का स्थित मोडन क्लिनिकमा उपचार भईरहेको छ । मोटरसाईकल र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।
अवैध सामान बरामद
झापा, जेष्ठ ०५ गते ।

झापाको मेचीनगर नगरपालिका-७ बाट प्रहरीले शनिवार अन्दाजी १ लाख ६६ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छलि गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख ३१ हजार मूल्य बराबरको बिभिन्न किसिमका हार्डवेयरका सामान, कपडा र खैनी-४ बोरा बरामद गरेको थियो भने नेपालबाट भारत तर्फ लैजाँदै गरेको अन्दाजी ३६ हजार मूल्य बराबरको मटर ८ बोरा बरामद गरेको थियो । बरामद गरेको उक्त परिमाणको सामान आज मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भिरबाट लडेर ७९ बर्षीय बृद्धको मृत्यु
उदयपुर, जेष्ठ ०४ गते ।
उदयपुरको कटारी नगरपालिका-१० को थुम्की भिरबाट लडेर ७९ बर्षीय बृद्धको मृत्यु भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-२ घर भएका ७९ बर्षीय नर बहादुर खड्का कटारी नगरपलिका-९ मा रहेको छोरीको घरमा भएको बिबाहको कार्यक्रममा सहभागी भई आज दिऊँसो घर फर्कने क्रममा उक्त भिरबाट लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । दिउँसो ३ बजेको समयमा उक्त भिरबाट करिव २०० मिटर तल एक ब्यक्ति मृत अवस्थामा रहेको भन्ने स्थानीयवासीले खबर गरेसंगै तत्काल ईलाका प्रहरी कार्यालय कटारीबाट खटि गएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि कटारी अस्पताल पठाउने कार्य भईरहेको तथा अन्य थप अनुसन्धान जारी रहेको उक्त कार्यालयले जनाएको छ ।
ब्राउन सुगर सहित २ पक्राउ
झापा, जेष्ठ ०४ गते ।
झापाको मेचीनगर नगरपालिका-१३ चारआली चौक स्थितमा प्रहरीले शुक्रबार लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । दिउँसो ४ बजे प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा मे ९ प ४२८ नम्बरको मोटरसाईकल चालक झापा दमक नगरपालिका-७ बस्ने २४ बर्ष का अरुण लिम्बुको साथ बाट अबैध लागुऔषध ब्राउन सुगर १५ ग्राम सहित पछाडि सवार सोही स्थान बस्ने बर्ष २७ की बिमला राईलाई समेत नियन्त्रणमा लिएको थियो । पक्राउ परेका २ जनालाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखीएको उक्त कार्यालयले जनाएको छ ।
साईकलबाट लडेर बिद्यार्थीको मृत्यु
मोरङ, जेष्ठ ०२ गते ।
मोरङको विराटनगर महानगरपालिका-१८ डामाडिकी भन्ने स्थानमा आज साईकलबाट लडेर १ जना बिद्यार्थीको मृत्यु भएको छ । बिहान ९ बजेको समयमा जनबिकास माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत बर्ष १५ को बिक्रम कुमार अमात बिद्यालयबाट साईकलमा घर फर्कने क्रममा लडेर घाइते भएका थिए । लडेर गम्भीर घाइते भएका अमातलाई उपचारको लागि न्यूरो अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
खैरो हेरोईन सहित १ पक्राउ
झापा, जेष्ठ ०२ गते ।
झापाको मेचीनगर नगरपालिका-३ मेची आँखा अस्पताल अगाडीबाट प्रहरीले बुधवार लागूऔषध खैरो हेरोईन सहित १ जनालाई पक्राउ गरेको छ । अपरान्ह साढे ५ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले २ ग्राम ४२ मिलिग्राम खैरो हेरोईन र नगद १९ हजार सहित सोही ठाउँ बस्ने बर्ष ३१ को दिनेश बि.क. लाई पक्राउ गरेको हो । पक्राउ परेका बि.क. लाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
आगलागीबाट क्षति
पाँचथर, जेष्ठ ०२ गते ।
पाँचथरको फालेलुङ गाउँपालिका-५ हात्तीखेम्बा बस्ने मन बहादुर मगरको घरमा बुधवार आगलागी हुँदा अन्दाजी ९ लाख ३५ हजार मूल्य बराबरको क्षति भएको छ । बेलुका साढे ७ बजे मगरको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घरमा अचानक आगलागी हुँदा घर सहित खाद्यान्न, भाडावर्तन, लत्ताकपडा, नगद १ लाख, आधा तोला सुन लगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागी भएको जानकारी पाउनासाथ प्रहरी चौकी प्राङबुङबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा राती ८ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
करेण्ट लागेर १ को मृत्यु
मोरङ, जेष्ठ ०१ गते ।
मोरङको धनपालथान गाउँपालिका-६ कदमाहमा आज करेण्ट लागेर १ जनाको मृत्यु भएको छ । बिहान करिब ९ बजेको समयमा सोही ठाउँमा नयाँ निर्माण भईरहेको मस्जिदको वालमा पानी लगाउन कल चलाउने क्रममा अचानक करेण्ट लागेर सोही गाउँपालिका-६ बस्ने बर्ष २५ को मोहम्मद ईलियात मियाँ बेहोस भएका थिए । करेण्ट लागेर बेहोस भएका मियाँलाई उपचारको लागि कोशी अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा विहान साढे १० बजे मृत्यु भएको हो । घटनास्थलमा प्रहरीको टोली खटि गई कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि सोही अस्पतालमा राखिएको छ ।
ट्याक्टरमा च्यापिएर चालकको मृत्यु
मोरङ, जेष्ठ ०१ गते ।
मोरङको बुढीगंगा गाउँपालिका-७ एसआईटी ईट्टाभट्टामा आज ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । बिहान साढे ९ बजेको समयमा सोही ईट्टाभट्टाको कम्पाउण्डवाल बनाउन को २ त ५१४ नम्बरको ट्याक्टरमा बालुवा लिएर उकालो चढ्ने क्रममा ट्याक्टर पछाडी सरेर ईन्जिनको भाग उचालिएर च्यापिदा सोही ट्याक्टरका चालक भोजपुरको हतुवागढी गाउँपालिका-९ हसनपुर बस्ने बर्ष २५ को भरत राई घाईते भएका थिए । गम्भीर घाइते राईलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा बिहान १०:४५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।
८ किलो गाँजा बरामद
धनकुटा, जेष्ठ ०१ गते ।
धनकुटाको शहीदभुमी गाउँपालिका-२ अखुवाटार जंगलबाट प्रहरीले मंगलवार ८ किलो लागूऔषध गाँजा बरामद गरेको छ । अपरान्ह ४ बजेको समयमा सोही जंगलमा रहेको बाँसको झ्याङमा प्लाष्टिकको बोरामा सेउलाले छोपेर वेवारिसे अवस्थामा राखिएको उक्त परिमाणको गाँजा बरामद गरेको हो । बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ भने सो सम्बन्धमा थप अनसुन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
चट्याङ लागेर मोरङमा १ को मृत्यु
मोरङ, वैशाख ३१ गते ।
मोरङको रतुवामाई नगरपालिका-४ कटघरा भन्ने स्थानमा गए राती चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । राती १ बजे हावाहुरी, बर्षासंगै खसेको चट्याङले लागेर सोही स्थान बस्ने ५० बर्षीया सञ्जोदेवी गनगाँई सिंहको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । त्यसैगरी निजको देवर बर्ष ५०को बुधलाल सिंह र निजको छोरा बर्ष १५ को सुरेश सिंह सामान्य घाइते भई रंगेली अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन ।
बालुवा सहित २ वटा ट्याक्टर नियन्त्रण
मोरङ, वैशाख ३१ गते ।
मोरङको ग्रामथान गाउँपालिका-७ नेता चोकबाट प्रहरीले बालुवा सहित आज २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरी टोलीले बेलवारी नगरपालिका-५ कसेनीमा निषेधित क्षेत्रको लोहान्द्रा खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी लोड गरेर लैजाँदै गरेको अवस्थामा को १ त ९७२० र को १ त ३८०२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । ट्याक्टरका दुवै चालक फरार रहेकाले खोजी कार्य भईरहेको तथा बालुवा सहित ट्याक्टरलाई इलाका प्रहरी कार्यालय हरैँचामा राखिएको छ ।
आगलागीबाट क्षति
पाँचथर, वैशाख ३१ गते ।
पाँचथरको फिदिम नगरपालिका-१२ मिलडाँडा बस्ने झुमनाथ चापागाईको घरमा आगलागी हुँदा अन्दाजी २० लाख रुपयाँ बराबरको क्षति भएको छ । आज दिउँसो १२:१५ बजेको समयमा चापागाईको ढुङगा माटोले बनेको टिनको छानो भएको २ तले कच्ची घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी हुँदा घर भित्र रहेको खाद्यान्न, लत्ताकपडा, नगद १ लाख र ५ तोला सुन समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीको भएको सूचना प्राप्त भए पश्चात अस्थायी प्रहरी चौकी नागिनबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा दिउँसो २ बजे आगो नियन्त्रणमा लिईएको छ । उक्त आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।
ईटहरीमा ३ तला माथिबाट खसेर किशोरीको मृत्यु
सुनसरी, वैशाख ३१ गते ।
सुनसरीको ईटहरी उप-महानगरपालिका-६ संगित चोकमा सोमवार घरको ३ तला माथिबाट खसेर १ जना किशोरीको मृत्यु भएको छ । राती ९ बजेको समयमा कुवेर शर्माको घरमा डेरा गरी बस्ने वावुलाल शर्माको छोरी बर्ष १७ की पुजा शर्मा घरको ३ तला माथिबाट खसेर घाइते भएकी थिइन । गम्भीर घाइते किशोरीलाई उपचारको लागि तत्काल धरान स्थित वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भईरहेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ भने मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ ।
ईटहरीबाट पकेटमार पक्राउ
सुनसरी, वैशाख ३० गते ।
सुनसरीको ईटहरी उप-महानगरपालिका-२० तरहराबाट प्रहरीले आज १ जना पकेटमारलाई पक्राउ गरेको छ । पाकेट मारेको आरोपमा ईटहरी-१९ बस्ने बर्ष २३ को सुमन राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । राईले बिहान ८ बजेको समयमा ईटहरीबाट धरान तर्फ जाँदै गरेको बसमा सवार रहेका ईटहरी-५ बस्ने बर्ष ५९ को हजारमान तामाङको पाईन्टको गोजी काटेर नगद ३० हजार पकेट मारी अटोमा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका राईको साथबाट प्रहरीले पाकेट मारेको नगद २८ हजार बरामद गरेको छ । बरामद नगद सहित राईलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
हावाहुरीबाट घर लडेर १ को मृत्यु
मोरङ, वैशाख ३० गते ।
मोरङको कटहरी गाउँपालिका-१ मा गए राती हावाहुरीबाट घर लडेर किच्दा १ जनाको मृत्यु भएको छ । राती १ बजे आएको हावाहुरीबाट सोही स्थान बस्ने बर्ष ५१ को चन्द्र दासको टाटी बेरा र टिनको छानो भएको घर लडेर किच्दा दासको घटनास्थलमा नै मृत्यु भएको वडा प्रहरी कार्यालय हाडखोलाले जनाएको छ । हावाहुरीले दासको मृत्यु भएको भन्ने विहान ७ बजे खबर पाउनासाथ खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि अस्पताल पठाएको उक्त कार्यालयले जनाएको छ ।
१ किलो गाँजा सहित १ पक्राउ
ईलाम, वैशाख ३० गते ।
ईलामको देउमाई नगरपालिका-१ कुखुरे गाउँबाट प्रहरीले लागूऔषध गाँजा सहित आईतवार १ जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मंगलवारेबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने बर्ष ६७ को आस बहादुर राईको घरबाट साँझ साढे ७ बजे लुकाई छिपाई राखेको १ किलो लागूऔषध गाँजा बरामद गरेको हो । गाँजा सहित पक्राउ परेका राईलाई उक्त कार्यालयमा राखि थप अनुसन्धान भईरहेको छ ।
चट्याङबाट ७ जना घाइते
खोटाङ, वैशाख ३० गते ।
खोटाङको दिक्तेल-रुपाकोट मझुवागढी नगरपालिका-५ मा आइतवार अविरल बर्षासंगै खसेको चट्याङ लागरे ७ जना घाइते भएका छन् । साँझ ७ बजे चट्याङ खसेर सोही ठाउँ बस्ने बर्ष ३५ की रेणुका बिष्ट, निजको छोरी बर्ष १५ की जानुका बिष्ट, बर्ष ११ की अनुषा बिष्ट, छोरा बर्ष ११ को अभिषेक बिष्ट घाईते भएका हुन् । त्यसैगरी सोही ठाउँ बस्ने युवराज कट्वालको छोरी बर्ष १४ की लक्ष्मी कट्वाल सोही ठाउँ बस्ने बर्ष ७५ की खेम कुमारी कट्वाल, बर्ष ४० की पदम कुमारी बिष्ट र बर्ष ३४ कि मीना कट्वाल घाइते भएका हुन् । घाइते भएका सवैजनालाई उपचारको लागि जिल्ला अस्पताल दिक्तेल पठाईएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाइते सवैको अवस्था सामान्य रहेको छ ।
मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु
मोरङ, बैशाख २९ गते ।
मोरङको कानेपोखरी गाउँपालिका-५ चिसाङ पुल छेउमा शनिबार मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । साँझ ५ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को २० प ८३९५ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ पथरी-शनिश्चरे नगरपालिका-१० बस्ने ४० बर्षीय प्रदिप लिम्बु गम्भीर घाइते भएका थिए । घाइते उनलाई उपचारको लागि नरसिङहोम बिराटनगर ल्याईएकोमा उपचारको क्रममा सोही दिन साझँ सवा ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
अरुण नदीमा पौडी खेल्दा बेपत्ता
धनकुटा, बैशाख २९ गते ।
धनकुटाको पाख्रिवास नगरपालिका-८ स्थित अरुण नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन । शुक्रबार दिउँसो २ बजेको समयमा लिम्बुनी महाबीर मृत संजिबिनी जे.भि. कम्पनीका मिस्त्रि रामेछाप रस्नालु गाउँपालिका-९ बस्ने ५२ बर्षीय रमेश राईलाई पौडी खेल्ने क्रममा नदीले बगाई बेपत्ता बनाएको थियो । घटनाबारे जानकारी पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय पाख्रिवासबाट प्रहरीको टोली खटि गई खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।
कुलो खन्दा ढुङ्गा झरेर १ घाईते
खोटाङ, बैशाख २८ गते ।
खोटाङको हलेशि तुवाचुङ नगरपालिका-११ स्थित लैजुखोला गैयाटार भुल्के सिचाई आयोजनाको कुलो खन्ने क्रममा माथि बाट ढुङगा खस्दा एक युवक घाईते भएका छन । आज बिहान ११ बजेको समयमा खोटाङ हलेशि तुवाचुङ नगरपालिका-११ टाकिटार बस्ने २३ बर्षिय शंकर कार्कीलाई कुलो खन्ने क्रममा माथि बाट झरेको ढुङ्गाले लाग्दा बाया हात,बाया खुट्टा,अण्डकोषमा चोट लागि घाईते भएको हुन । घाईते उनलाई स्थानिय स्वास्थ्य चौकी बुईपामा सामान्य उपचार पश्चात थप उपचारको लागि बि. पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान सुनसरी तर्फ ल्याउदै गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खादाँ ४ घाइते
मोरङ, बैशाख २८ गते ।
मोरङको विराटनगर महानगरपालिका-५ सम्झना चोक स्थित भित्री सडक खण्डमा दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खादाँ ४ घाइते भएका छन । आज बिहान साढे १० बजेको समयमा स ९ प ९७०६ र को ३३ प ४७३४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा मोरङको विराटनगर महानगरपालिका-१० बस्ने बद्यानन्द मण्डल, सिरहाको लहान नगरपालिका-५ बस्ने २५ वर्षिय विनोद अधिकारी र सोही नगरपालिका -८ वस्ने २२ वर्षिय दिनेश साह गम्भिर घाईते भएका छन भने सप्तरीको राजबिराज नगरपालिका-८ बस्ने १९ बर्षिय प्रेम यादब सामान्य घाईते भएका छन । घाईते चारैजनाको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 
गोली लागेर युवक घाईते
मोरङ, बैशाख २८ गते ।
मोरङको कटहरी गाउँपालिका-१ महेशपुर स्थितमा घरको कोठा भीत्र गोली लागी एक युवक घाईते भएका छन । विराटनगर महानगरपालिका-१२ घर भएका २४ बर्षिय रुपेश कामत आफ्नै भीनाजु नाता पर्ने श्याम रायको घरमा बस्दै आएका थिए । उक्त घरमा हाल रुपेश र निजको भाई मात्र बस्ने गरेकोमा भाई बाहिर गएको र दिदि भिनाजु केहि पर अर्कै घरमा बस्दै आएकोमा शुक्रबार राती पौने ९ बजेको समयमा रुपेश माथि गोलि प्रहार भएको थियो । गोलि लागेर कोठा भित्र गम्भिर घाईते भएको अवस्थामा आफन्तले रुपेशलाई फेला पारेपछी तत्काल प्रहरीलाई खबर गर्नुकासाथै घाईतेलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगरमा लगेका थिए । घटनाबारे जानकारी पाउनासाथ तत्काल घटनास्थलमा खटिएको प्रहरीको टोलीले घटनाबारे थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
तमोर नदीले बगाएर भारतीय नागरिक बेपत्ता
पाँचथर, वैशाख २७ गते ।
पाँचथरको हिलिहाङ गाउँपालिका-७ सुभाङमा आज तमोर नदीले बगाएर १ जना भारतीय नागरिक बेपत्ता भएका छन् । बिहान ११ बजेको समयमा तमोर करिडोर कम्पनीको विजुलीको तार विस्तार गर्ने क्रममा ३ जना भारतीय नागरिकहरु नदीमा पौडी खेलेर नदी पार गर्ने क्रममा सोही कम्पनीका कामदार बर्ष १९ को मन्जुरी हकलाई नदीले बगाई बेपत्ता बनाएको हो भने २ जनाले नदी पार गरेका थिए । घटनाको जानकारी पाउनासाथ तत्काल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथर र प्रहरी चौकी जोरपोखरीबाट प्रहरी टोली खटि गई खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लागूऔषध सहित १ पक्राउ
मोरङ, वैशाख २६ गते ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले आज लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । सुनसरी धरान उप-महानगरपालिका-७ बस्ने बर्ष २९ को प्रेम बि.क. लाई एभिल-३५ एम्पुल, लुपिजेसिक-३५ एम्पुल र डाईजेल्याब-३५ एम्पुल लागूऔषध सहित पक्राउ गरेको हो । बि.क.लाई दिउँसो ३ बजे जोगवनीबाट नेपाल आउँदै गरेको अवस्थामा विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट पक्राउ गरि इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको छ ।
दोस्रो चरणको लागुऔषध बिरुद्धको अभियान शुभारम्भ संगसंगै CAN सेन्टरको उद्घाटन
मोरङ, बैशाख २६ गते ।

जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनमा तथा जिवन बिकास समाज कटहरीको सहयोगमा दोस्रो चरणको लागुऔषध बिरुद्धको अभियानको शुभारम्भ तथा CAN (Campaign Against Narcotics) सेन्टरको उद्घाटन भएको छ । उक्त कार्यक्रमको बिराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले आज एक कार्यक्रमका बिच बिधिवत रुपमा शुभारम्भ तथा CAN सेन्टरको नव निर्मित भवनको समुद्घाटन गर्नु भएको हो  । समुद्घाटन कार्यक्रम पश्चात बोल्नु हुँदै प्रमुख अतिथी पराजुलीले लागू औषधको समस्याले समाजलाई बिकृति तर्फ धकेलिरहेको हुँदा यो समस्या प्रमुख सुरक्षा चुनौतीका रुपमा रहेको बताउनु भयो । वहाँले चोरी, लुटपाट, अपहरण तथा कर्तब्य ज्यान जस्ता बिभिन्न सामाजिक अपराधहरुको जड पनि लागू औषध दुर्व्यसनीनै रहेको हुँदा यो अभियानले बिभिन्न किसिमका सामाजिक अपराधहरुलाई निरुत्साहित गर्ने अपेक्षा राखिएको बताउनु भयो । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले सकारात्मक सोचका साथ सम्बद्ध सबैको सकारात्मक पहल भएमा लागुऔषध अपराधको रोकथाम, उपचार, पुनर्स्थापना तथा नियन्त्रणको क्षेत्रमा लक्ष्य प्राप्त गर्न सकिने बताउनु भयो ।   उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले हाम्रो समाजको ठूलो जमात लागू औषधको दलदलमा फसिरहेको र यसबाट हाम्रो सामाजिक संरचनात्मक बिकासलाई नै नकारात्मक दिशा तर्फ धकेलिरहेकोले लागू औषध दुर्व्यसन, ओसार-पसार, खरिद बिक्री जस्ता अपराधबाट युवा जमातलाई जोगाउने अभिप्रायका साथ सरोकारवाला सबै पक्षहरुसंग समन्वय गर्दै उल्लेख्य मात्रामा रहेको लागू औषध दुर्ब्यसनीहरुलाई लक्षित गरी दोस्रो चरणको यो कार्यक्रम “लागू औषध अपराध बिरुद्धको अभियान” ( Campaign Against Narcotic - CAN)  लागू गरिएको बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले लागू औषध दुर्व्यसनीहरु, अभिभावकहरु, घर परिवार, समाज, सम्पर्कमा आउने प्रहरी, पुनर्स्थापना केन्द्र, उपचार केन्द्र लगायत सबैले लागू औषध दुर्व्यसनीहरु प्रति सकारात्मक व्यबहार प्रदर्शन गर्न सकेमा उनीहरु अवश्य पनि परिवर्तन हुन सक्छन भन्ने अवधारणा अनुरुप यो अभियान संचालन गरिएको प्रष्ट पार्नु भयो । वहाँले पहिलो चरणको कार्यक्रममा १६७८ जनालाई काउन्सिलिङ गरिएको र उक्त कार्यक्रम प्रभावकारी भएको जनमानसको प्रतिकृयाले यो अभियान पुन संचालन गर्न सकारात्मक उर्जा मिलेको बताउनु भयो । पहिलो चरणको कार्यक्रम २०७५ साल भाद्र २५ गतेबाट पौष २ गते सम्म ९० दिन संचालन गरिएको थियो ।
कार्यक्रममा बेलवारी नगरपालिका, सुनवर्सी नगरपालिकाका प्रमुखहरु, उद्योगी व्यवसायीहरु, स्थानीय जनप्रतिनिधीहरु, सामुदायिक सेवा केन्द्रका पदाधीकारीहरु, नागरीक समाजका अगुवाहरु, संचारकर्मीहरु स्थानीयवासी लगायत करिव ३०० जनाको सहभागीता रहेको थियो ।
मोटरसाईकल दुर्घटना १ को मृत्यु १ घाईते
सुनसरी, बैशाख २६ गते ।

सुनसरीको भोक्राह-नरसिंह गाउँपालिका-३ शिवगंजमा गए राती भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । राती सवा १ बजे भित्री सडक खण्डमा दक्षिणबाट उतर तर्फ जाँदै गरेको को २० प ४४० नम्वरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक सोही स्थान बस्ने वर्ष-२६ को धनपैत खत्वे र पछाडी सवार वर्ष २६ कै प्रकाश खत्वे घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल सुनसरी पठाईएकोमा उपचारको क्रममा मोटरसाईकल चालक धनपैतको राती साढे २ बजे मृत्यु भएको हो । अर्का गम्भीर घाइते प्रकाशलाई थप उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको ।
खैरो हेरोईन सहित १ पक्राउ
झापा, वैशाख २६ गते ।

प्रतिबन्धित लागूऔषध खैरो हेरोईन सहित बुधवार प्रहरीले झापाको मेचीनगर नगरपालिका-६ भन्सार गेटबाट १ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १ ग्राम खैरो हेरोईन सहित शिवसताक्षी नगरपालिका-९ बस्ने वर्ष २९ को मन कुमार बस्नेतलाई दिउँसो सवा ३ बजे पक्राउ गरेको हो । बरामद लागूऔषध सहित बस्नेतलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
करेण्ट लागेर बालकको मृत्यु
पाँचथर, वैशाख २६ गते ।

पाँचथरको फिदिम नगरपालिका-६ मगर गाउँमा करेण्ट लागेर बुधवार १ बालकको मृत्यु भएको छ । करेण्ट लागेर सोही स्थान बस्ने लाल वहादुर सारुमगरको छोरा वर्ष ११ को सनम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । अपरान्ह ४ बजे साथीहरुसँग खेल्ने क्रममा विजुलीको पोलमा चढ्दा अचानक करेण्ट लागेर घाइते भएका मगरलाई उपचारको लागि जिल्ला अस्पताल फिदिम पठाईएकोमा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको हो । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ ।
पौडी खेल्ने क्रममा अचेत भएका बालकको मृत्यु
झापा, वैशाख २५ गते ।

मोरङको पथरी-शनिश्चरे नगरपालिका-२ बक्राह खोलामा मंगलवार पौडी खेल्ने क्रममा अचेत भएका १ बालकको मृत्यु भएको छ । अपरान्ह ४ बजेको समयमा सोही नगरपालिका-२ कसेनी बस्ने ओम बहादुर लिम्बुको छोरा बर्ष ५ को युदिश लिम्बु र युवराज लिम्बुको छोरा बर्ष ५ को आयुष लिम्बु बक्राह खोलामा पौडी खेल्ने क्रममा अचेत अवस्थामा फेला पारि स्थानीयले प्रहरीमा खबर गरेका थिए । अचेत अवस्थामा फेला परेका दुवै जना बालकलाई उपचारको लागि मंगलवारे अस्पताल उर्लावारी लैजाने क्रममा युदिश लिम्बुको बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । अर्का बालक आयुष लिम्बुलाई थप उपचारको लागि विर्तामोड पठाईएको छ । मृतक बालकको शव परिक्षणको लागि मंगलवारे अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ ।
अज्ञात व्यक्तिद्वारा स्कुलको सामान चोरी गरि आगजनी
सुनसरी, वैशाख २५ गते ।

सुनसरीको ईनरुवा नगरपालिका-१ मा रहेको श्री चाँदनी आधारभूत प्राथमिक बिद्यालयमा  गए राती अज्ञात समूहले चोरी गरी आगजनी गरेका छन् । अज्ञात व्यक्तिहरुले राती साढे २ बजे अफिस कोठाको ताला फोडेर अफिसमा रहेको अन्दाजी ५५ हजार बराबरको कम्प्युटर थान-१ र डिजे साउण्ड बक्स चोरी गरी अफिस कोठामा आगो लगाई फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीबाट अफिस कोठामा भएको पुस्तकहरु, रोष्टम, फायल, खेलकुद सामाग्रीहरू जलेर नष्ट हुँदा अन्दाजी ४४ हजार मूल्य बराबरको क्षति भएको छ । घटनामा संलग्न व्यक्तिहरुको पहिचान तथा खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।
आगलागीबाट ३ लाख बराबरको क्षति
झापा, वैशाख २५ गते ।

झापाको दमक नगरपालिका-४ धरधरे पुल नजिक मंगलवार श्याम दाहालले संचालन गरेको होटलमा ग्याँस लिक भई आगलागी हुँदा अन्दाजी ३ लाख मूल्य बराबरको क्षति भएको  छ । आगलागीबाट दाहालको टिनको छानो भएको ११ कोठे होटलमा आगलागी हुँदा नजिकै रहेको उल्स चमेना गृह (होटल), निजको किराना पसल, घर भित्र रहेको लत्ताकपडा,भाडावर्तन, २ वटा बाख्रा,२ वटा खरायो, १३ वटा कुखुरा जलेर नष्ट भएको हो । राती सवा ९ बजे भएको उक्त आगलागी इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली दमकल र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको हो ।
लागूऔषध सहित ३ पक्राउ
झापा, वैशाख २५ गते ।

झापाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले मंगलवार लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका-६ भन्सार गेटबाट प्रहरीले मंगलवार लागूऔषध सहित भद्रपुर नगरपालिका-३ बस्ने बर्ष-२९ को दल बहादुर लिम्बुलाई पक्राउ गरेको हो । लिम्बुलाई दिउँसो ३ बजे नाईट्रोजन चक्की-१० एम्पुल र स्पास्मोप्रोक्सिभन ट्याब्लेट-८० चक्की सहित इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको छ ।  त्यसैगरी शिवसत्ताक्षी नगरपालिका-१० बाट प्रहरीले लागूऔषध खैरो हेरोईन सहित मोरङ केराबारी गाउँपालिका-९ बस्ने वर्ष २० को रुबिन थापा र  वर्ष १८ को अरुण लिम्बुलाई पक्राउ गरेको हो । अस्थायी प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले अपरान्ह पौने ६ बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३७ प ७९९१ नम्बरको मोटररसाईकलमा चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिटमुनी लुकाई छिपाई राखेको १ ग्राम खैरो हेरोईन बरामद गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा  राखि थप अनुसन्धान भईरहेको छ ।
ट्याक्टर दुर्घटनामा १ को मृत्यु, २ घाइते
पाँचथर, वैशाख २५ गते ।

पाँचथरको कुम्याक गाउँपालिका-२ सुब्बाटोल स्थित गैरी भन्ने स्थानमा मंगलवार राती ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । कच्ची सडक खण्डमा राती पौने ९ बजे सुब्बाटोलबाट सल्लाको गोलिया काठ बोकेर चौथी बजार तर्फ आउँदै गरेको लु ४ त ६२४ नम्बरको ट्याक्टर उकालो बाटोमा आँफै अनियन्त्रित भई सडकवाट अन्दाजी ३० फिट तल खसेको थियो । दुर्घटनामा चालक पाँचथर याङवरक गाउँपालिका-३ ओयाम वस्ने वर्ष २१ को सन्तोष राई, सह-चालक फिदिम नगरपालिका-९ लुम्फावुङ वस्ने वर्ष २० को धिरेन राई र सोही ट्याक्टरमा लेवर काम गर्ने  फालेलुङ गाउँपालिका-५ प्राङबुङ वस्ने वर्ष २० को रोशन थाम्सुहाङ घाइते भएका थिए । घटनास्थलमा प्रहरी चौकी माङजावुङबाट प्रहरी टोली खटि गई घाइते तीनै जनालाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाईएकोमा गम्भीर घाइते थाम्सुहाङको उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।  दुर्घटनामा घाईते भएका चालक र सह-चालकको सोही अस्पतालामा उपचार भईरहेको  छ ।
आगलागीबाट क्षति
सोलुखुम्बु, बैशाख २४ गते ।

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका-६ मा भएको आगलागीमा अन्दाजी १५ लाख बराबरको क्षति भएको छ । आज बिहान ९:१५ बजेको समयमा स्थानीय एक्का बहादुर राईको बाँसले बनेको एक तले कच्ची घरमा अचानक आगलागी हुँदा घर भित्र रहेको लत्ता कपडा, भाँडा वर्तन लगायत घरको सम्पुर्ण समान जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उक्त आगलागी प्रहरी चौकी वाकुबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा बिहान साढे १० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको साथै आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।
नहरको ड्यामा डुबेर ७० बर्षीया बृद्धाको मृत्यु
झापा, बैशाख २४ गते ।

झापाको कन्काई सिँचाई आयोजना नहरको ड्याममा डुबेर कमल गाउँपालिका-४ की ७० बर्षीया दीपामाया गौतको  मृत्यु भएको छ । आज बिहान ७ बजेको समयमा झापाको शिवसताक्षी नगरपालिका-१० दोमुखामा रहेको उक्त नहरको ड्याममा एक बृद्धा डुबेर मृत अवस्थामा रहेको भन्ने स्थानीयवासीले दिएको सूचना पश्चात ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शव बाहिर निकाली आवश्यक कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागि मेची अंचल अस्पताल भद्रपुर पठाएको छ भने घटना  सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
मोटरसाईकलको ठक्करबाट ७८ बर्षीय बृद्धको मृत्यु
मोरङ, बैशाख २४ गते ।

मोरङको उर्लावारी नगरपालिका-५ मधुमल्ला बसस्टेण्डमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । आज बिहान ८:१५ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे ९ प ९४४६ नम्बरको मोटरसाईकलले पैदल यात्री धनकुटाको डाँडागाँउ बस्ने ७८ बर्षीय लाल बहादुर खड्कालाई ठक्कर दिंदा उनी गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि तत्काल गोदावरी अस्पताल उर्लावारी पठाईएको थियो । घाईतेको उक्त अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि बिराट नर्सिङहोम बिराटनगर पठाईएकोमा उपचारकै क्रममा निजको बिहान १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल ईलाका प्रहरी कार्यालय उर्लावारीको नियन्त्रणमा रहेको छ भने चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।
अवैध सामान बरामद
झापा, वैशाख २४ गते ।

झापाको मेचीनगर नगरपालिका-६ र ७ बाट प्रहरीले मंगलवार अन्दाजी १ लाख ५ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा अन्दाजी २० हजार मूल्य बराबरको १० बोरा मटर, जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ८५ हजार मूल्य बराबरको बिभिन्न किसिमका कपडा-३ झोला, स्कुल डायरी र हार्डवयरका सामान बरामद गरेको हो । बरामद सामान आज आवश्यक कारवाहीको लागि मेचि भन्सार कार्यालय काँकडभिट्टामा बुझाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्याक्टर दुर्घटनामा १ मृत्यु
धनकुटा, वैशाख २४ गते ।

धनकुटाको शहीदभूमी गाउँपालिका-७ देउरालीमा सोमवार ट्याक्टर दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । भित्री सडक खण्डमा साँझ ६ बजे देउरालीबाट चाम्चा तर्फ जाँदै गरेको मे १ त ३०७० नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही स्थान बस्ने वर्ष २२ को ओम बहादुर राइको मृत्यु भएको हो । ट्याक्टरका चालक सोही स्थान बस्ने बर्ष २५ को जीवन परियार फरार रहेकोले खोजी कार्य भईरहेको छ भने मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटामा राखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय दमक झापाको भवन शिलान्याश
झापा, बैशाख २३ गते ।
ट्राफिक प्रहरी कार्यालय दमक झापाको हाता भित्र निर्माण हुन लागेको प्रहरी आवास गृह तथा भान्सा घरको शिलान्याश गरीएको छ। उक्त भवनको आज एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले शिलान्यास गर्नु भएको हो। आवास गृहको शिलान्यास पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले जनसमुदायले प्रहरीबाट अपेक्षा गरे अनुरुपको प्रहरी सेवा प्रदान गर्न हरदम तयार रहनुका साथै शान्ति सुरक्षा सुदृढीकरणमा नागरिकको अहम भूमिका रहने हुँदा प्रहरी र नागरिकको सहाकार्यले मात्र शान्ति सुरक्षा थप सुदृढ हुन सक्ने बताउनु भयो। वहाँले सफा मनले आफ्नो आचरण र ब्यवहारमा सुधार गरी निष्पक्ष र पारदर्शी भएर जनताका कामहरु गर्न प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुका साथै सुरक्षित बासस्थानको व्यवस्था भएसंगै प्रहरीले आमनागरीकलाई दिने सेवा पनि भरपर्दो हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो । १ नम्बर प्रदेश आन्तरीक मामिला तथा कानून मन्त्रालयको २० लाख, दमक नगरपालिकाबाट १० लाख र अन्य स्थानीयवासीहरुको सहयोगमा जम्मा २ करोड ८३ लाख २७ हजार २५० को कुल लागतमा ३ तले सुबिधा सम्पन्न कार्यालय भवन निर्माण हुन लागेको हो । उक्त भवनमा सुबिधा सम्पन्न १४ वटा कोठा रहने छन् भने र छुट्टै मेश समेत निर्माण हुने छ । कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष गणेश बहादुर बस्नेतले आम नागरीकको सेवामा २४ सै घण्टा खटिने प्रहरीको उचित गाँस बासको ब्यबस्था भएमा मात्र उच्च मनोवलका साथ सेवा प्रदान हुने हुँदा प्रहरीको लागि सुबिधा सम्पन्न आवास तथा भान्सा घर निर्माणले स्थानीय स्तरको सुरक्षामा थप टेवा पुग्ने आफुले बिश्वास लिएको बताउनु भएको थियो । कार्यक्रममा दमक नगरपालिका उप-प्रमुख, स्थानीय जनप्रतिनिधीहरु, बुद्धीजिवी, नागरीक समाजका अगुवाहरु, पत्रकार , स्थानीयवासीहरु लगायत २०० भन्दा बढीको उपस्थीति रहेको थियो ।
प्रहरी जवान ज्ञान बहादुर बस्नेत चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
बिराटनगर, बैशाख २३ गते ।

जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ज्ञान बहादुर बस्नेत चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)  घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले  प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही ध्वंसात्मक/ हिंसात्मक/ मानव बेचविखन/ जवरजस्ती करणी/ चोरी जस्ता अवाञ्छित क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई उच्च मनोवल र साहसका साथ कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रसंशनिय कार्य गरेकोले प्रहरी चौकी कर्सिया मोरङ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ज्ञान बहादुर बस्नेतलाई निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै २०७५ साल चैत्र “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।  सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।
अवैध सामान बरामद
झापा, वैशाख २३ गते ।

झापाको मेचीनगर नगरपालिका-६ र ७ बाट प्रहरीले आइतवार अन्दाजी १ लाख १९ हजार ४ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिको प्रहरी टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको बिभिन्न किसिमका कपडा, भाँडावर्तन, हार्डवेयरको सामान, डाल्डा-१ कार्टुन, चामल-४ बोरा, मैदा-१ बोरा त्यसैगरी नेपालबाट भारत तर्फ लैजाँदै गरेको कालो मरिच-१ बोरा, मटर-९ बोरा, सुपारी-१५ कि.लो. बरामद गरेको हो । बरामद सामान आज आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाईने जिल्ला प्रहजरी कार्यालय झापाले जनाएको छ ।
बसको ठक्करबाट मोटरसाईकल चालककको मृत्यु
मोरङ, वैशाख २३ गते ।

मोरङको सुन्दर-हरैँचा नगरपालिका-८ सलकपुरमा बसको ठक्करबाट आइतवार बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत अपरान्ह सवा ५ बजे पश्चिम तर्फ जाँदै गरेको को १ ख २१४२ नम्बरको बसले बिपरित दिशा तर्फ आउँदै गरेको मे १० प ६२११ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकलमा सवार झापा मेचीनगर नगरपालिका-२ बस्ने बर्ष २६ को जीवन राई गम्भीर घाइते भई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा साँझ ६:२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बस, बस चालक र मोटरसाईकललाई प्रहरी चौकी गछियाको नियन्त्रणमा राखिएको छ ।
दाउरा खोज्न गएकी  युवतीको रुखले किचेर मृत्यु
सोलुखुम्बु, बैशाख २१ गते ।

सोलुखुम्बुको थुलुङ दुधकोशि गाउपालिका-४ स्थित राम्चेमा दाउरा खोज्न जाँदा रुखले किचेर १८ बर्षिय युवतीको मृत्यु भएको छ । आज बिहान साढे ११ बजेको समयमा सोही गाउपालिका स्थित राम्चेमा नया बाटो ट्रयाक खोलिएको सडकमा  दाउरा खोज्न गएकी १८ बर्षिय सुस्मा राई सोहि बाटोमा रहेको रुख ढलेर किच्दा गम्भिर घाईते भएकी थिईन । घाईते उनलाई हेलिकप्टर द्वारा  उपचारको लागी लैजान सोही स्थानको भर्‍याङ खोलाको दोभानमा पुर्याउनासाथ  स्थानिय स्बास्थ्य चौकी बाट स्वास्थ्य कर्मि बोलाएर चेक जाँच गर्ने क्रममा मृत्यु भएको  थियो भने घटनाबारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सोलिखुम्बुले जनाएको छ ।
लहरी दुर्घटनाहुदा चालक घाईते
 मोरङ, बैशाख २१ गते ।

मोरङको विराटनगर महानगरपालिका-१४  बिजुली अपिस अगाडि लहरी दुर्घटनाहुदा चालक घाईते भएका छन । आज बिहान पौने ८ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको NL 02 K 2077 नम्बरको लहरी  अनियान्त्रित भई बिपरित  दिशामा पार्किङ गरी राखेको NL 01 G 1852 नम्बरको  लहरीलाई ठक्करदिदा  NL 02 K 2077 नम्बरको लहरी चालक भारतको जोगमनी बस्ने २० बर्षिय सुरज कुमार सहनी गम्भिर घाईते  भएका छन । घाईते उनको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ भने दुबै सवारी साधनलाई ईलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।
धारिलो हतियार प्रहार
मोरङ, बैशाख २१ गते ।

मोरङको सुन्दरहरैचा नगरपालिका-३ आईतबारेमा धारिलो हतियार प्रहारबाट एकजना गम्भिर घाईते भएका छन । आज बिहान पौने ३ बजेको समयमा २८ बर्षिय कृष्ण धिताललाई घरमा सुतिरहेको अवस्थामा अपरीचित ब्यक्तिले बोलाई घर अगाडीको करेसाबारीमा लगेर शरिरको बिभिन्न भागमा धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाई फरार भएका थिए । घटनाबारे आफन्तले थाहापाएपछी तत्काल प्रहरीलाई खबर गर्नुकासाथै गम्भिर घाईते भएका कृष्णलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर ल्याईएको छ भने फरार रहेका ब्यक्तीहरुको खोजतलाश कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कारको ठक्करबाट पैदलयात्री घाईते
झापा, बैशाख २१ गते ।

झापाको बिर्तामोड नगरपालिका-२ चारपाने स्थित पूर्व पश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री घाईते भएका छन । शुक्रबार राती साढे ९ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको बा १२ च ८५५० नम्बरको कारले दक्षिण बाट उतर बाटो काट्दै गरेका पैदल यात्री  झापाको अर्जुनधारा नगरपालिका-६ बस्ने ६६ वर्षिय सुकलाल राजवंशीलाई ठक्कर दिई घाइते बनाएको थियो । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलिले घाइतेलाई उद्दार गरी उपचारकोलागी बिएण्सी अस्पताल बिर्तामोड पुर्याएको थियो भने कार र कार चालक झापाको बिर्तामोड नगरपालिका-१० बस्ने ३२ वर्षिय राजन राईलाई समेत नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।
छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु
झापा, मोरङ, वैशाख २० गते ।

१ नम्बर प्रदेशको झापा र मोरङ जिल्लामा आज बिहान भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका-४ जोरलाभरमा स्कुलबसको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । बिहान सवा ९ बजे भित्री सडक खण्डमा कर्णाली उच्च माध्यामिक बोर्डिङ स्कुलको  मे १ ख १८१९ नम्बरको स्कुल बसको ठक्करबाट सोही स्थान बस्ने पैदलयात्री बर्ष  ४१ को राजेन्द्र जबेगुको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाउना साथ तत्काल इलाका प्रहरी कार्यालय धुलावारीबाट प्रहरी टोली खटि गई बस र चालक सोही गाउँपालिका-१ बस्ने बर्ष ४६ को गोपाल बराईलीलाई नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ । मृतकको शव कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको उक्त कार्यालयले जनाएको छ ।
त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१२ मंगलबारेमा ट्याक्टरको ठक्करबाट १ बालिकाको मृत्यु भएको छ । भित्रि सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ त २१२४ नम्बरको ट्याक्टरले सोही स्थान बस्ने दिप नारायण राजवंशीको छोरी अरूणोदय आधारभूत बिद्यालयमा कक्षा ४ मा अध्ययनरत बर्ष १० की चन्द्रकला राजवंशीलाई  बिहान  साढे ९ बजे स्कुल जाने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारको लागि कोशी अन्चल अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा पौने १ बजे मृत्यु भएको प्रहरी चौकी बखरीले जनाएको छ । ठक्कर दिने ट्याक्टरलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक फरार रहेकोले खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।
सुनसरी र झापाबाट लागूऔषध सहित २ पक्राउ
विराटनगर, वैशाख २० गते ।

सुनसरीको बराह नगरपालिका-१० प्रकाशपुरबाट प्रहरीले बिहीवार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध २० बोतल डाईलेक्स डि.सी. सहित सुनसरी हरीनगरा गाउँपालिका-६ घुस्की बस्ने बर्ष ४८ को काँसिद अन्सारीलाई पक्राउ गरेको हो । दिउँसो पौने १ बजे भोक्राहाबाट राजाबास आउँदै गरेको सिटी सफारीमा सवार रहेका अन्सारीलाई चेकजाँच गर्ने क्रममा बोरा भित्र लुकाई छिपाई लुकाई राखेको उक्त लागूऔषध फेला पारेको थियो । अन्सारीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । त्यसैगरी झापाको कमल गाउँपालिका-२ सुकुम्वासी टोलबाट प्रहरीले लागूऔषध सहित सोही ठाउँ बस्ने वर्ष ३० को संजिव राईलाईलाई पक्राउ गरेको छ । राईलाई प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले राती साढे ७ बजे शंका लागि चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको लागूऔषध डाईजेपाम-८ पिस, लुपिजेसिक-७ पिस, फेनारागन-८ पिस फेला पारेको हो । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धा भरहेको उक्त कार्यालयले जनाएको छ ।
बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ
खोटाङ, वैशाख १९ गते ।
 
खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ मा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले बुधवार १ युवकलाई पक्राउ गरेको छ । १७ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले सोही स्थान बस्ने बर्ष-२१ को जीवन बहादुर जोगीलाई पक्राउ गरेको हो । जोगीले बालिकालाई ललाई फकाई गरी बुधवार साँझ करणी गरेको भनि बालिकाको आफन्तले दिएको उजुरीको आधारमा युवकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ । पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा राखि थप अनुसन्धान भईरहको उक्त कार्यालयले जनाएको छ ।
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
सुनसरी, वैशाख १९ गते ।

सुनसरीको ईटहरी उप-महानगरपालिका-५ पश्चिम  लाईनमा आज यात्रुबाहक बसको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गमा विहान सवा ४ बजे ना ७ ख ७७३१ यात्रुबाहक बसले पैदल हिडिहेका ईटहरी-८ बस्ने बर्ष ७२ को धन बहादुर भण्डारीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका भण्डारीलाई  उपचारको लागि धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ भने ठक्कर दिने बस र चालक मोरङ बेलबारी नगरपालिका-४ बस्ने बर्ष ३६ टंक खत्रीलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।
आगलागीबाट ६ लाख बराबरको क्षति
ईलाम, वैशाख १९ गते ।

ईलामको माई नगरपालिका-३ गोलटार बस्ने दिल बहादुर बस्नेतको घरमा आज बिहान आगलागी हुँदा अन्दाजी ६ लाख मूल्य बराबरको क्षति भएको छ । बिहान सवा ४ बजे  बिजुलीको तार सर्ट भई अचानक आगलागी हुँदा बस्नेतको काठको बेरा र टिनको छानो भएको २ तले घर, नगद ५ हजार ३ सय रुपैयाँ, १२ आना सुनको औठी, लत्ताकपडा र अन्नपात पूर्ण रुपमा जलेर नष्ट भएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान सवा ५ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
बिद्युतको झड्काले लागि १ को मृत्यु ५ जना घाईते
संखुवासभा, बैशाख १९ गते ।

घरमा जडान भएको बिद्युत बाल्ने क्रममा तथा मोवायल चार्ज गर्ने क्रममा बिद्युतको झट्काले लागेर संखुवासाभामा १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । बुधवार बेलुका साढे ७ बजेको समयमा संखुवासभाको सभापोखरी गाउँपालिका-६ स्वाचीमा बिद्युत बाल्ने क्रममा तथा मोवायल चार्ज गर्ने क्रममा अचानक भोल्टेज धेरै आई करेन्ट लाग्दा स्थानीय  २३ बर्षीय भुपाल बि.क., ३६ बर्षीया तारा बि.क., बर्ष १४ की मन्जु बि.क., बर्ष ६५  की भगवती बि.क, बर्ष ६० को कुल बहादुर बि.क. र  बर्ष ५६  को धनमान वनेम घाईते भएका थिए । घाईतेहरु मध्ये भुपाल, तारा, मन्जु र भगवती बि.क.लाई उपचारको लागि जिल्ला अस्पताल खाँदवारी पठाईएकोमा उपचारको क्रममा भुपाल बि.क.को राती १० बजे सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । अन्य घाईतेहरुको उक्त अस्पतालमा उपचार भईरहेको छ भने कुल बहादुर बि.क. र धनमान वनेमको बाह्रबिसे मेडिकल हल सभापोखरीमा उपचार भईरहेको छ ।
लागूऔषध सहित १ पक्राउ
सुनसरी, वैशाख १८ गते ।

सुनसरीको कोशी गाउँपालिका-८ भाण्टावारी स्थित तीनकुनेबाट प्रहरीले लागूऔषध सहित आज १  जनालाई पक्राउ गरेको छ । बिहान ११ बजे भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउदै गरेको लागूऔषध डाईलेक्स डि.सी.-२२ बोतल, नाइट्रोजन ट्यावलेट-१०० चक्की, स्पामोप्रोक्सोभन-१९२ क्यापसुल सहित भोजपुर वास्तिम ४ घर भई हाल ईटहरी-४ बस्ने वर्ष ३५ को भरिमान राईलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरीको टोली पक्राउ गरेर राईलाई सिमा प्रहरी चौकी भाण्टावारीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका राई उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
४ नाल भरुवा बन्दुक बरामद, २ नाल प्रहरीलाई बुझाए
ताप्लेजुङ, वैशाख १८ गते ।

ताप्लेजुङको विभिन्न ठाउँबाट प्रहरीले ४ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको छ भने २ नाल हतियार प्रहरीलाई बुझाएका छन् । मंगलवार बेलुका ७ बजे प्रहरी चौकी सिवाबाट खटिएको प्रहरी टोलीले फक्तालुङ गाउँपालिका-३ लिङखिममा रहेको  ओढारमा बेवारिसे अवस्थामा लुकाई राखेको २ नाल, प्रहरी चौकी फुलवारीबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका-२ फुलबारीस्थित ओकाटे ढुंगाको ओढारबाट-१ नाल,  प्रहरी चौकी हाङपाङबाट खटिएको प्रहरी टोलीले सोही गाउँपालिका-३ हाङपाङस्थित सोबुदा जंगलबाट-१ नाल भरुवा बन्दुक बरामद गरेको हो । त्यसैगरी पाथिभरा-याङवरक गाउँपालिका-१ नाङखोलेङ छिपछिपे बस्ने तक बहादुर गुरुङले प्रहरी चौकी मेवाखामा २ नाल भरुवा बन्दुक बुझाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बरामद गरिएको बन्दुकको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
१ लाख बढीको अवैध सामान बरामद
झापा, वैशाख १८ गते ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकरभिट्टाले गए राती अन्दाजी १ लाख ८ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । राती साढे ३ बजे मेचीनगर नगरपालिका-६ र ७ बाट भन्सार छली अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ३० हजार मूल्य बराबरको बिभिन्न किसिमको साडी १६ थान र सर्ट-२ थान जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ३० हजार बरबरको साडी, कुर्ता सुरुवाल त्यसैगरी नेपालबाट भारत तर्फ  लैजाँदै गरेको अन्दाजी ४८ हजार मूल्य बराबरको मकै-७ बोरा र  मटर-१० बोरा बरामद गरेको थियो । बरामद सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीबाट क्षति
खोटाङ, वैशाख १८ गते ।

खोटाङको साकेला गाउँपालिका-३ मुङला बस्ने बहुदुर खड्काको घरमा आगलागी हुँदा अन्दाजी १४ लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ । मंगलवार राती ९ बजे भएको उक्त आगलागीबाट खड्काको ढुंगामाटोले बनेको फुसको छानो भएको १/१ तलाको २ वटा घर र गोठमा आगलागी हुँदा घरसहित भित्र रहेको लत्ताकपडा, भाँडावर्तन, अन्नपात, १५ हजार मूल्य बराबरको खसी, नगद ३ लाख र २ तोला जलेर नष्ट भएको हो । आगलागी भएको जानकारी पाउना साथ तत्काल इलाका प्रहरी कार्यालय मात्तिमविर्ताबाट  प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा उक्त आगलागी आज राती साढे १ बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको हो । आगलागीको कारण खुल्न नसकेको उक्त कार्यालयले जनाएको छ ।
रुखको ठुटोमा पलाएको च्याउ खाँदा आमा-छोरी बिरामी
मोरङ, वैशाख १७ गते ।

मोरङको उर्लावारी नगरपालिका-१ मा आज रुखको ठुटामा पलाएको च्याउ खाँदा २ जना विरामी भएका छन् । दिउँसो साढे १२ बजेको समयमा सोही स्थान बस्ने  ६० बर्षीया लोरीमाया माझी र निजको छोरी बर्ष २४ की चन्द्रीमाया माझीले घर नजिकै रहेको रुखको ठुटामा पलाएको च्याउ सब्जी बनाएर खाँदा विरामी भएका हुन् । च्याउ खाएर विरामी भएका आमा-छोरीको गोदावरी अस्पताल उर्लाबारीमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।
हायसको ठक्करबाट हरिणको मृत्यु
मोरङ, वैशाख १७ गते ।

मोरङको वेलवारी नगरपालिका-८ भाउन्ने जंगलमा आज ट्रकको ठक्करबाट जंगली हरिणको मृत्यु भएको छ । अपरान्ह ४ बजे पूर्व-पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको बा.५ ख.७२७ न.को हायस गाडीले बाटो काट्दै गरेको भाले हरिणलाई ठक्कर दिँदा पश्चिम आउँदै गरेको ना.४ ख.१९३३ नम्बरको ट्रकमा ठोक्किएर मृत्यु भएको थियो ।  उक्त स्थानमा प्रहरी चौकी डाँगीहाटबाट प्रहरी टोली खटि गई दुवै सवारी साधन र मृत हरिणलाई नियन्त्रणमा लिई इलाका बन कार्यलय बेलबारीमा बुझाईएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
मोटरसाईकलको ठक्करबाट १ को मृत्यु
मोरङ, वैशाख १७ गते ।

मोरङको पथरी-शनिश्चरे नगरपालिका-१० भुटानी शिविर अगाडी आज मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गमा दिउँसो पौने १ बजे पश्चिम तर्फ जाँदै गरेको तत्काल पहिचान खुल्न नसकेको मोटरसाईकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका बस्ने बर्ष ६० की पूर्णमाया गदाल घाइते भएकी थिईन । मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते गदाललाई उपचारको लागि पथरी अस्पतालमा पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा दिउँसो १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकलको खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।
नागरिकता बनाई दिने भन्दै १० हजार लिने पक्राउ
सुनसरी, वैशाख १७ गते ।

सुनसरीको ईनरुवा नगरपालिका-३ मा नागरिकता बनाई दिने आश्वासन देखाउँदै १० हजार लिदै गरेको अवस्थामा प्रहरीले सोमवार १ जनालाई पक्राउ गरेको छ । दिउँसो पौने २ बजेको समयमा जिल्ला प्रशासन कार्यालय अगाडी  ईहहरी उप-महानगरपालिका-९ बस्ने ४६ बर्षीया देवी मण्डललाई नागरिकता बनाई दिने भन्दै ईनरुवा-१ का लेखापढी व्यवसायी गर्ने चेत प्रसाद अधिकारीलाई पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
अवैध सामान बरामद
झापा, वैशाख १७ गते ।

झापाको मेचीनगर नगरपालिका-६ र ७ बाट प्रहरीले अन्दाजी १ लाख १७ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छली गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ५७ हजार मूल्य बरबारको बिभिन्न किसिमका कपडा, नेपालबाट भारत तर्फ लैजादै गरेको १० हजार बराबरको ५ बोरा मटर, ३० हजार बराबरको सुपारी-१०० कि.लो र २० हजार मूल्य बराबरको स्याउ-५ कार्टुन  बरामद गरेको हो । बरामद सामान आज मेची भन्सार कार्यालय कार्यालय बुझाईने इलाका प्रहरी कार्यालय काकरभिट्टाबाटले जनाएको छ ।
बोलेरोको ठक्करबाट साईकल यात्रीको मृत्यु
झापा, बैशाख १६ गते ।
झापाको मेचीनगर नगरपालिका-१२ कालिझोडामा आज बिहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । बिहान ७ बजे चारआलीबाट बिर्तामोड तर्फ जाँदै गरेका साईकल यात्री ताप्लेजुङको सिरिजंगा गाउँपालिका-३ का ३२ बर्षीय दिपेश पौडेललाई सोही दिशाबाट आउँदै गरेको मे १ ज २०५९ नम्बरको बोलेरो गाडीले पछाडीबाट ठक्कर दिंदा उनी गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बिर्तामोडको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव परिक्षणको लागि सोही अस्पतालमा राखिएको छ भने बोलेर चालक र बोलेरो प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेका छन् ।
रुखबाट लडेर १ को मृत्यु
पाँचथर, वैशाख १६ गते ।

पाँचथरको कुम्याक गाउँपालिका-१ काफ्लेपानिमा आइतवार रुखबाट लडेर १ जनाको मृत्यु भएको छ । अपरान्ह ५ बजेको समयमा हरि प्रसाद प्रधानको जग्गामा सोही स्थान बस्ने बर्ष ६० को विन्दमान लावती टाँकीको रुखमा चढेर घाँस काट्ने क्रममा अचानक लडेर घाइते भएका थिए । लडेर गम्भीर घाइते भएका लावतीलाइ उपचारको लागि यासोक फार्मेसीमा पठाईएकोमा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ ।
अवैध सामान बरामद
झापा, वैशाख १६ गते ।

झापाको मेचीनगर नगरपालिका-६ र ७ बाट प्रहरीले आइतवार अन्दाजी २ लाख ४१ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छलि गरेर भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी २ लाख २५ हजार मूल्य बराबरको विभिन्न किसिमका कपडा, किराना सामान र नेपालबाट भारत तर्फ लैजाँदै अन्दाजी १६ हजार मूल्य बराबरको ८ बोरा मटर बरामद गरेको थियो । बरामद सामान आज मेची भन्सार कार्यालय काकरभिट्टा बुझाईने इलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।
पाहा टिप्न खोला गएका दाजु-भाईको डुबेर मृत्यु
सोलुखुम्बु, वैशाख १५ गते ।

सोलुखुम्बुको सोताङ गाउँपालिका-४ रोक बस्ने २ जना दाजु-भाईको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ज्ञान बहादुर राईको छोरा बर्ष २१ को बाल कुमार राई र निजकै भाई बर्ष १७ को मानबीर राई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शनिवार साँझ सोही ठाउँमा रहेको रोक खोलामा पाहा टिप्न गएका दाजु-भाई रातीसम्म घर फर्केर नआए पश्चात स्थानीयहरुले खोजी गर्ने क्रममा आज बिहान साढे १० बजे भाई मानबीरको शव खोलाको दहमा डुबिरहेको अबस्थामा फेला पारेका थिए । भाईको शव दहबाट निकालेर दाईको खोजी गर्ने क्रममा फेला नपरे पश्चात स्थानीयले प्रहरीमा खबर गरेका थिए ।  घटनाको जानकारी पश्चात खोजतलासमा खटिएको प्रहरी टोलीले बालकुमार राईको शव आज दिउँसो सवा २ बजे सोही खोलाको १५ मिटर तल छाँगो मुनि दहमा फेला पारेका थियो । घटनास्थलमा सम्पूर्ण कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
कोदालो प्रहार गरी छोराद्वारा बाबुको हत्या  
धनकुटा, वैशाख १५ गते ।

धनकुटाको शहीदभुमी गाउँपालिका-४ खोकुमा  शनिवार १४ बर्षीय बालकले कोदालो प्रहार गरी आफ्नै बाबुको हत्या गरेका छन् । राती साढे ७ बजे सोही स्थान बस्ने बर्ष ४७ को ईन्द्र कुमार राइलाई गाली गरेको कारण निज कै १४ बर्षीय छोराले कोदालोले टाउकोमा प्रहार गरेका थिए । कोदालो प्रहारबाट राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनएको छ । घटनाको जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कर्यालय धनकुटा र प्रहरी चौकी आँखिसल्लाबाट प्रहरी टोली खटि गई कोदालो प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
करेण्ट लागेर १ को मृत्यु
भोजपुर, वैशाख १५ गते ।

भोजपुरको अरुण गाउँपालिका-६ आमबोटेमा शनिवार रुखमा घाँस काट्ने क्रममा करेण्ट लागेर १ जनाको मृत्यु भएको छ । अपरान्ह पौने ६ बजेको समयमा सोही गाउँपालिका बस्ने बर्ष ४७ को अमर बहादुर राई काभ्राको रुखमा चढेर घाँस काट्ने क्रममा घाँसले विजुलीको लाईनमा छुँदा करेण्ट लागेर भुईमा झरेका थिए । करेण्ट लागेर गम्भीर घाइते राईलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी चौकी जरायोटारले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
चट्याङ लागेर १ जनाको मृत्यु, १ घाइते
खोटाङ, वैशाख १५ गते ।

खोटाङको रावावेशी गाउँपालिका-३ लेखर्कमा शनिवार चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । बेलुका पौने ७ बजे बर्षासंगै खसेको चट्याङ लागेर सोही स्थान बस्ने बर्ष ४५ की कमला श्रेष्ठ गम्भीर घाईते भई उपचारको लागी स्वास्थ्य चौकी लामिडाँडा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खोटाङ पठाईएको उक्त कार्यालयले जनाएको छ । साथै चट्याङबाट सोही स्थान बस्ने शिव श्रेष्ठ को छोरी बर्ष १८ की धन कुमारी श्रेष्ठ समेत घाइते भई लामीडाँडा स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।
अवैध सामान बरामद
झापा, वैशाख १५ गते ।

झापाको मेचीनगर नगरपालिका-६ र ७ बाट प्रहरीले शनिवार अन्दाजी २ लाख २५ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउँदै गरेको  अन्दाजी १ लाख ५ हजार बराबरको विभिन्न किसिमका कपडा  र जिल्ला प्रहरी कार्यलाय झापाबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख १० हजार मूल्य बराबरको  बिभिन्न किसिमका कपडा, , जुत्ता-चप्पल, किराना सामान र नेपालबाट भारत तर्फ लैजाँदै गरेको  अन्दाजी १० हजार मूल्य ६ बोरा मटर बरामद गरेको थियो । बरामद सामान  आवश्यक कारवाहीको लाहि आज मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ईटहरीबाट ८ जना जुवाडे पक्राउ
सुनसरी, वैशाख १५ गते ।

सुनसरीको ईटहरी उप-महानगरपालिका-१६ कान्छी चोक स्थित जाल्पा पेट्रोल पम्प नजिकबाट प्रहरीले शनिवार ८ जना जुवाडेलाई पक्राउ गरेको छ । स्थानीय दुर्गा प्रसाद कोइरालाको घरमा तास खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट ख    टिएको प्रहरी टोलीले अपरान्ह सवा ४ बजे कोइराला सहित सोही स्थान बस्ने राम बहादुर धिमाल, बिदुर दुलाल, ईटहरी-१७ बस्ने राजेश अधिकारी, बम बहादुर ढकाल, रुव बहादुर रजान मगर, ईटहरी-८ बस्ने अमित श्रेष्ठ, बराह नगरपालिका-५ बस्ने उत्तम मगरलाई पक्राउ गरेको हो । प्रहरीले उक्त स्थानबाट तास ३ बुक, नगद ८० हजार ६ सय ८० रुपैयाँ, म्याट-१ थान र गलैचा १ थान बरामद गरेको छ ।  सो सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
बसमा आगलागी
मोरङ, बैशाख १४ गते ।

मोरङको बिराटनगर महानगरपालिका-११ बसपार्क स्थितमा दक्षिण पट्टि साईडको ग्यारेजमा मर्मत गर्न राखेको बिराटनगरबाट धरान चल्ने बसमा आगलागी भएको छ ।  आज बिहान सवा ११ बजेको समयमा को १ ख ४९८९ नम्बरको  बसमा अचानक तार सर्ट भई आगलागी हुँदा बस आंशिक रुपमा जली क्षती भएको छ । घटनाबारे जनाकारी पाउनासाथ तत्काल  प्रहरी, दमकल र स्थानीवासीको सहयोगमा उक्त आगलागी बिहान साढे ११ बजे पुर्ण रुपमा नियण्त्रणमा आएको आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोटरसाईकल दुर्घटनामा २ घाईते
मोरङ, बैशाख १४ गते ।

मोरङको सुन्दर हरैचा नगरपालिका-३ बेलगाछी भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुदा २ जना घाईते भएका छन । आज दिउँसो पौने २ बजेको समयमा  दक्षिण बाट उत्तर तर्फ आउदै गरेको को.९ प ८०१६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना हुदा  मोटरसाईकलमा पछाडी सवार जिल्ला ताप्लेजुङ याशोक गाउँपालिका-२ बस्ने २५ बर्षिय सम्भर लिम्बु गम्भिर घाईते भएका छन । घाईते उनलाई उपचारको लागी धरान स्थित वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ भने मोटरसाईकल चालक जिल्ला संखुवासभा चैनपुर-९ बस्ने २० बर्षिय अनिल कार्की र मोटरसाईकललाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
दाउराको भारीले किचेर मृत्यु
सोलुखुम्बु, बैशाख १४ गते ।

सोलुखुम्बुको सोताङ गाउँपालिका-२ माझखर्कमा दाउराको भारीले किचेर इकजनबाको  मृत्यु भएको छ । गत १२ गते बिहान ७ बजेको समयमा  घर देखि ३० मिनेट उत्तरमा आफ्नै बारीमा दाउरा बोक्न गएका ५३ को कृष्ण बहादुर राई बेलुका सम्म घर फर्केर नआएपछी सोही राती उनलाई आफन्तहरुले दाउराको भारीले किचेर घाईते अवस्थामा फेला पारेका थिए ।  गम्भिर घाईते उनलाई स्थानिय स्वस्थ्य चौकी सोताङमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि शुक्रबार साझँ ५ बजेको समयमा एभरेष्ट एयरको हेलिकप्टर द्वारा टिचिङ अस्पताल काठमाण्डौ लाने क्रममा बाटैमा मृत्यु भएको थियो । शबलाई पोष्टमार्टमको लागी टिचिङ अस्पताल काठमाण्डौमा राखिएको छ भने थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
बस दुर्घटनामा ६ जना घाईते
सुनसरी, बैशाख १४ गते ।

सुनसरीको ईनरुवा नगरपालिका-२ महेन्द्र चौक नजिकै बस दुर्घटना हुदा ६ जना घाईते भएका छन । आज बिहान ३ बजेको समयमा पूर्व-पश्चिम राजमार्गमा काठमान्डौ बाट काकडभिट्टा तर्फ आईरहेको ना ७ ख ७४४३ नम्बरको यात्रुबाहक बस लाई सोहि दिशा बाट आईरहेको (नारायणघाट-काकडभिट्टा) ना ८ ख २५४० नम्बरको यात्रुबाहक बसले पछाडी बाट कुदिरहेकै अबस्थामा ठक्कर दिएको थियो । ठक्कर दिने बसमा सवार सखुवासभाको चैनपुर घर भएका २६ बर्षिय रमला बराईली, नवलपरासी देउराली नगरपालिका-१६ बस्ने ४० बर्षिय केशब सिक्देल, पाँचथर थालुङगा गाउँपालिका-२ बस्ने ३० बर्षिय स्नीहा लिम्बु, मकवानपुर नारी गाउँपालिका-९ बस्ने ५० बर्षिय दिपक अधिकारी, निजगड नगरपालिका-५ बस्ने २५ बर्षिय रबि अधिकारी र भरतपुर-११ नारायणघाट बस्ने २६ बर्षिय रबिन उपाध्य घाईते भएका छन । घाईते सबैको जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको छ भने दुबै गाडी र चालकहरुलाई अस्थायी प्रहरी पोष्ट सखुवागाछिले  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बोक्सीको आरोप लगाई कुटपिट गर्ने ४ जना पक्राउ
मोरङ, बैशाख १३ गते ।

बोक्सीको आरोप लगाई कुटपिट  गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलवारीले  ४ जनालाई नियन्त्रणमा लिएको छ ।  पक्राउ पर्नेहरुमा मोरङको सुन्दर हरैचा नगारपालिका-११ की ३२ बर्षीया शशीकला खवास, ६३ बर्षीया टुन्का खवास, ३५ बर्षीय श्यामलाल खवास र बर्ष ३१ का राम कुमार खवास रहेका छन् । उनीहरु ४ जनाले नै स्थानीय २ जनालाई बोक्सीको आरोप लगाई कुटपीट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका ४ जनालाई नै बोक्सीको आरोप, कसुर र सजाय ऐन २०७२ बमोजिम सम्मानित जिल्ला अदालत मोरङवाट म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पिकअप गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु
झापा, वैशाख १३ गते ।

झापाको कन्काई नगरपालिका-१ दुर्गापुरमा बिहीवार राती पिकअप भ्यानको ठक्करबाट १ जना साईकलयात्रीको मृत्यु भएको छ । राती साढे ८ बजे पूर्व-पश्चिम राजमार्गमा पूर्व तर्फ आउँदै गरेको जिल्ला प्रशासन कार्यालय झापाको ६६-१-०४१४ नम्बरको  गाडीले बिपरित दिशाबाट तर्फ जाँदै गरेको साईकलयात्री पाँचथर नागी ६ घर भई हाल कन्काई नगरपालिका-१ कालीमोडामा डेरा गरी बस्ने बर्ष ४० को उमेश हिङमाङलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका हिङमाङलाई उपचारको लागि बि. एण्ड. सी. अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको शव सोही अस्पतालमा राखिएको छ भने पिकअप र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।
चट्याङ लागेर १ को मृत्यु
झापा, वैशाख १३ गते ।

 झापाको भद्रपुर नगरपालिका-६ मा गए राती चट्याङ लागेर १ जनाको मृत्यु भएको छ ।  राती साढे २ बजे सामान्य बर्षा भईरहेको अवस्थामा अचानक चट्याङ खसेर लाग्दा सोही स्थान बस्ने ३२ बर्षीय भीम राजवंशी घाइते भएका थिए ।  चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर ल्याउने क्रममा बाटोमा नै मत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । मृतकको शव परिक्षणको लागि मेची अंचल अस्पताल भद्रपुर पठाईएको उक्त कार्यालयले जनाएको छ ।
प्रदेशस्तरीय २ दिने सुरक्षा गोष्ठी सम्पन्न
विराटनगर, वैशाख १२ गते ।

बुधबार देखि मोरङको बिराटनगरमा सुरु भएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी आज सम्पन्न भएको छ । गृह मन्त्रालयद्वारा आयोजना गरिएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी माननीय गृह मन्त्री रामबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रमममा बोल्नु हुँदै माननीय मन्त्री थापाले शान्ति सुरक्षाको क्षेत्र विगतका वर्षभन्दा सुदृढ भएको, साथै  विभिन्न खालका अपराधिक घटनामा पनि कमी आएको बताउनु भयो । वहाँले शान्ति सुरक्षामा खलल् पुर्‍याउने कसैलाई पनी छुट नहुने हुँदा कानून विपरीत कार्य गर्ने जो कसैलाई पनी कानूनी कठघारामा उभ्याउन र कानुन सम्मत हुने कुरा तत्काल गरी सुरक्षा अवस्था अझै मजबुत बनाउन निर्देशन दिँदै राम्रो कामका लागि सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न गृह मन्त्रालय सदैव तत्पर रहेको बताउनुभयो ।  यसैगरी गृह सचिव प्रेम कुमार राईले जनताको चाहाना बमोजिको सुरक्षा रणनिती अबलम्बन गर्नु पर्ने हुँदा सोही अनुसार कानूनी परिधी भित्र रही जनताकै चाहाना बमोजिमको सुरक्षा ब्यवस्था मिलाउन निर्देशण दिनु भयो । वहाँले  समुदाय प्रहरी साझेदारी कार्यक्रमले अगाडी सारेका कार्ययोजनाहरुलाई समेत प्रभावकारी रुपमा कार्यान्वयन गरेमा पक्कै पनी सुरक्षा व्यबस्था अझ मजबुत हुने धारणा राख्दै समयमै प्रभावकारी भुमिका निर्वाह गर्दा विपद् व्यवस्थापन कार्यमा पनि ठूलो क्षति व्यहोर्न नपरेको उल्लेख गर्नु भयो । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृह मन्त्रालयको निर्देशन अनुसार काम गर्न प्रहरी संगठन कटिबद्ध रहेको चर्चा गर्दै यसबाट शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा सफलता पाउन सहज भएको बताउनुभयो । अपराध र अशोभनीय गतिविधिमा कमि आएको र शान्ति सुरक्षाको दृष्टिकोणले आवश्यक सुधारका कामहरुमा तीव्रता आएको उल्लेख गर्नुभयो । गोष्ठीमा १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्की, १ नम्बर प्रदेशका प्रमुख सचिव केदार न्यौपाने, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजाल, १ नम्बर प्रदेश अन्तर्गतका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, अन्य सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । उक्त गोष्ठी पश्‍चात् प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १ नम्बर प्रदेश अन्तर्गत १४ जिल्लाका प्रहरी प्रमुखहरुलाई समसामयिक विषयमा निर्देशन समेत दिनुभएको थियो ।
आगलागीबाट ११ लाख बराबरको क्षति
पाँचथर, वैशाख १२ गते ।

पाँचथरको कुम्याक गाउँपालिका-५ निगाले बस्ने गहर सिंह बि.क.को घरमा गए राती आगलागी भएको छ । राती २ बजे बिजुलीको तार सर्ट भई आगलागी हुँदा बि.क. को ढुंगा, माटोले बनेको टिनको छानो भएको २ तले घर,  भान्सा घर, नगद ५ हजार, डेढ तोला सुन, आधा तोला चाँदी, अन्नपात लगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा अन्दाजी ११ लाख मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा विहान सवा ५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ ।
केसलिया खोलाबाट स्काईभेटर सहित ट्रिपर र ट्याक्टर नियन्त्रणमा
मोरङ, वैशाख १२ गते ।

मोरङको विराटनगर महानगरपालिका-६ केसलिया खोला नजिक अवैध रुपमा वालुवा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले बिहीवार स्काईभेटर सहित ३ वटा ट्रिपर र एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । बिहान पौने ९ बजे सि.आर.भी. केसलिया मार्गबाट खटिएको प्रहरी टोलीले खोला उत्खनन् गरिरहेको अवस्थामा अनटेष्ट स्काईभेटर सहित ना ५ ख ७४४५,  को १ क १९६३, बा ८ ख ५९९४ नम्बरको ट्रिपर र को १ त २७९१ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा राखिएको उक्त सवारीलाई आवश्यक कारवाहीको लागि बिराटनगर महानगरपालिकाको कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आगलागीबाट क्षति
संखुवासभा, वैशाख ११ गते ।

संखुवासभाको सभापोखरी गाउँपालिका-३ खिलिङ बस्ने चन्द्र बहादुर लिम्बुको घरमा आगलागी हुँदा अन्दाजी ५ लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ । मंगलवार बेलुका ६ बजे  लिम्बुको ५ बर्षीया छोरीले लाईटर खेलाउने क्रममा घर पछाडी राखेको खरबाट आगलागी हुँदा ढुंगामाटोले बनेको फुसको छानो भएको ३ तले घर सहित घर भित्र रहेका सम्पूर्ण सर-सामान जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सह योगमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
लेक लागेर  अष्ट्रियाका नागरिकको मृत्यु
सोलुखुम्बु, वैशाख १० गते ।

सोलुखुम्बुको खुम्बु-पासाङल्हामु गाउँपालिका-४ फिरुचेमा लेक लागेर मंगलवार १ जना विदेशी नागरिकको मृत्यु भएको छ । लेक लागेर अष्ट्रियन नागरिक बर्ष ५५को PHILIPP MARKART (पुरुष) को मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । नेपाल ट्रेकिङ एण्ड एक्सपिडिसन प्रा.ली. मार्फत भ्रमणमा आएका ५ जना मध्ये गोरक्सेप जाने क्रममा   PHILIPP लेक लागेर बिरामी भई फर्किएर फिरुचे स्थित हिमालय लजमा बास बसेकोमा आज बिहान मृत अवस्थामा भेटिएका हुन  । मृतकको शव आजै हेलीकोप्टरद्वारा काठमाण्डौ पठाईएको उक्त कार्यालयले जनाएको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटना, २ को मृत्यु ५ घाइते
झापा, सुनसरी, वैशाख १० गते ।

प्रदेश नम्बर १ को झापा र सुनसरी जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ५ घाइते भएका छन् । झापाको कमल गाउँपालिका-४ चुलाचुली मोडमा पिकअप भ्यान (छोटा हात्ती) दुर्घटना हुँदा  १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । बिहान पौने ११ बजे पूर्व-पश्चिम राजमार्गमा पूर्व तर्फ जाँदै गरेको बा २१ च ३२२८ नम्बरको भ्यान आँफै अनियन्त्रित भई दुर्घटना हुँदा दमक नगरपालिका-७  बस्ने वर्ष ६५ को महेश साह गम्भीर घाइते भई उपचारको लागि लाईफ-लाईन अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।  त्यसैगरी भ्यानमा सवार सोही स्थान बस्ने बर्ष ७ की सोफिया तामाङ, दमक-१२ बस्ने बर्ष २८ की ईन्दिरा मगर, मोरङ लेटाङ नगरपालिका-१० बस्ने बर्ष ११ की तुलसा लिम्बु घाइते भई उपचारको लागि लाईफ-लाईन अस्पताल दमक पठाईएको छ भने दमक नगरपालिका-७ बस्ने बर्ष ३० को सन्त बहादुर तामाङलाई विराटनगर पठाईएको छ । पिकअप र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यसैगरी पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको ईनरुवा नगरपालिका-६ घोपाली टोलमा मंगलवार ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । दिउँसो साढे २ बजे पश्चिम तर्फ आउँदै गरेको ना ५ ख १२३६ नम्बरको ट्रकले पूर्व तर्फ जाँदै गरेको को ५ प ५०३३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाईकल चालक सुनसरी रामधुनी नगरपालिका-१ झुम्का बस्ने बर्ष २६ को उमेश चौधरी र पछाडी सवार  उदयपुर गाईघाट नगरपालिका-१३ पुरानो बजार बस्ने बर्ष-२० को संगम राई घाइते भएका थिए । दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा मोटरसाईकल चालक चौधरीको सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अर्का घाइते राईलाई थप उपचारको लागि विराटनगर पठाईएको छ भने ट्रक र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।
नक्कली प्रहरी बनेर घर भित्र खानतलासी गर्ने १ पक्राउ
मोरङ, वैशाख १० गते ।

मोरङको मोरङ बिराटनगर महानगरपालिका-८ स्वागतम चोकमा नक्कली प्रहरी बनेर घर भित्र प्रवेश गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  सोमवार राती ११:५५ बजे मोटरसाईकलमा आएका ३ जना अपरिचित व्यक्तिहरु सोही स्थान बस्ने सिंगेश्वर यादवको घरमा प्रवेश गरी हामी सादा पोशाकका प्रहरी हौ तपाईको घर खानतलासी गर्नु छ भनेर घर भित्र प्रवेश गरे पश्चात घर धनीले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ तत्काल वडा प्रहरी कार्यालय हाटखोलाबाट प्रहरीको टोली खटि गई ३ जना मध्ये जहदा गाउँपालिका-६ बस्ने बर्ष २५ को सीमान्त करदार (मण्डल) लाई पक्राउ गरेको हो भने अन्य २ जना फरार रहेकोले खोजी कार्य भईरहेको छ । उनीहरुले प्रयोग गरेको को ३७ प ४४७२ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
जवरजस्ती करणीको आरोपमा युवक पक्राउ
पाँचथर, वैशाख १० गते ।

पाँचथरको हिलिहाङ गाउँपालिका-२ राजाबेशी की १४ बर्षीया कोशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ युवकलाई पक्राउ गरेको छ । करणीको आरोपमा ईलाम देउमाई नगरपालिका-४ मंगलबारे बस्ने वर्ष २३ को समीर राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । राईले किशोरीलाई सोमवार बिहान ७ बजे करणी गरेर भागेको भन्ने सूचनाको आधारमा तत्काल इलाका प्रहरी कार्यालय अमरपुर र प्रहरी चौकी कावेलीबाट खटिएको प्रहरी टोलीले अपरान्ह ५ बजे पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
चट्याङबाट साढे १८ लाख बराबरको क्षति
तेह्रथुम, वैशाख १० गते ।

तेह्रथुमको म्याङलुङ नगरपालिका-२ बिजुली अफिस टोलमा सोमवार बर्षासंगै खसेको चट्याङले पदम बहादुर भुजेलको घरमा आगलागी हुँदा अन्दाजी १८ लाख ५५ हजार बराबरको क्षति भएको छ । दिउँसो २ बजे चट्याङ खसेर आगलागी हुँदा भुजेलको ढुंगा, माटोले बनेको टिनको छानो भएको १ तले घर, लत्ताकपडा, भाँडावर्तन, ५ तोला सुनको गहना, १० तोला चाँदिको गहना, फर्निचर, १ थान ल्यापटप, १ थान क्यामेरा सहित अन्दाजी १७ लाख ५५ हजार मूल्य बराबरको क्षति भएको हो भने २ वटा कोठा भाडामा लिएर बस्ने व्यक्तिहरुको अन्दाजी १ लाख बराबरको क्षति भएको हो । उक्त आगलागी दमकल प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो सवा ३ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
प्रहरीद्वारा १ नम्बर प्रदेशमा २०५ नाल हतियार संकलन
बिराटनगर, बैशाख ०९ गते ।

नेपाल सरकारको २०७५ साल चैत्र १ गतेको निर्णय अनुसार १ नम्बर प्रदेशका बिभिन्न जिल्लाहरुबाट २०५ नाल हतियार संकलन गरिएको छ । नेपाल प्रहरीले संकलन गरेका हातहतियार मध्ये १३० नाल सर्वसाधारणहरुले प्रहरीलाई बुझाएका हुन् भने ७५ नाल बिभिन्न स्थानहरुबाट बरामद गरिएको हो । नेपाल सरकारको मन्त्री परिषदको चैत्र १ गतेको निर्णयले ३५ दिन भित्र आफुसंग भएका सबै प्रकारका हातहतियार नजिकको सुरक्षा निकायमा बुझाउन आव्हान गरिएको थियो । सर्वसाधारणहरुले बुझाएका हातहतियार मध्ये अधिकांश भरुवा बन्दुक रहेका छन् । बुझाएका हातहतियार मध्ये ९५ नाल बैध हतियार रहेका छन् भने बाकी ३५ नाल नविकरण तथा दर्ता नगरेका अबैध हतियार रहेका छन् ।  संकलन गरिएका र अवैध रुपमा फेला परेका हातहतियार मध्ये सबैभन्दा बढी १६७ नाल भरुवा बन्दुक रहेका छन्  यसैगरी एक नाले टोटा १३ नाल, म्यागनम १ नाल, २ नाले टोटा ४ नाल, जोरनाले बन्दुक ६ नाल, २ नाले ब्रिज लोडिङ १ नाल, एरगन १ नाल, सर्ट गन १ नाल, सानो चाईनिज पेस्तोल २ नाल र ९ थान नाल मात्र रहेका छन् । १ नम्बर प्रदेशमा सबै भन्दा बढी ताप्लेजुङ जिल्लामा हातहतियार संकलन भएको छ । ताप्लेजुङ जिल्लामा मात्र ३८ जनाले आफुसंग भएका लाईसेन्स प्राप्त हातहतियार बुझाएका छन् भने ७४ नाल हतियार वेवारीसे अवस्थामा फेला परेका छन् ।  यसैगरी पाँचथरमा ३५ नाल, तेह्रथुममा २८ नाल,  मोरङमा १५ नाल, ईलाममा ११ नाल र भोजपुरमा २ नाल हतियार संलकन भएका छन् । बैधानिक रुपमा हातहतियार राख्ने सर्वसाधारणले हरेक पाँच बर्षमा जिल्ला प्रशासन कार्यालयमा नविकरण गर्नुपर्ने प्रावधान रहेको छ । पाँच बर्षमा नविकरण नभएमा स्वत अबैध हुने प्रावधान रहेको छ ।
ट्याक्टर दुर्घटनामा सह-चालकको मृत्यु
पाँचथर, वैशाख ०९ गते ।

पाँचथरको तुम्बेवा गाउँपालिका-१ जरायोटार किरुवा सामुदायिक वनमा आज ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह-चालकको मृत्यु भएको छ । यासोक मौवा कच्चि सडक खण्डमा यासोकबाट मौवा तर्फ जाँदै गरेको मे १ त ३८८२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेर बिहान ११ बजे दुर्घटना भएको थियो ।  दुर्घटनामा सोही ट्याक्टरका सह-चालक पाँचथर कुम्मायक गाउँपालिका-१ भदौरे बस्ने बर्ष १८ को जीत बहादुर सेतीसुराल (बि.क.) लाई ट्याक्टरको ट्रलीले च्यापेर घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मौवाले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय रवि र मौवाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ । ट्याक्टरका चालक फरार रहेकोले खोजीकार्य भईरहेको छ ।
पिकअप दुर्घटना १ को मृत्यु, ३ घाइते
उदयपुर, वैशाख ०९ गते ।

उदयपुरको वेलका नगरपालिका-७ मैनामैनी स्थित कुलुङ भन्ने स्थानमा आइतवार पिकअप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।  अपरान्ह साढे ५ बजेको समयमा चतराबाट वेलका नगरपालिका- ८ कोठु हुँदै मैनामैनी मयाम तर्फ जाँदै गरेको को १ ज १६१५ नम्बरको पिकअप गाडी ब्रेकफेल भएर पछाडी सरेर दुर्घटना भएको थियो । दुर्घटनामा पिअपमा सवार वेलका-७ मैनामैनी बस्ने बर्ष २३ को मनोज राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । चालक सहित पिअपमा सवार  ४ जना मध्ये बेलका-८ बस्ने बर्ष ३५ की चरकुमारी राई (गम्भीर), चालक अम्बर राई र वेलका-७ बस्ने बर्ष ३२ की पिपल कुमारी राई घाइते भई उपचारको लागि धरान स्थित वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको उक्त कार्यालयले जनाएको छ भने मृतकको शव पोष्टमार्टमको धरानमा राखिएको छ ।
छुट्टाछुट्टै स्थानमा आगलागी ११ लाख बराबरको क्षति
मोरङ, उदयपुर, वैशाख ०९ गते ।
 
प्रदेश नम्बर १ को मोरङ र उदयपुर जिल्लामा आइतवार भएको आगलागीबाट अन्दाजी ११ लाख मूल्य बराबरको क्षति भएको छ । मोरङको केरावारी गाउँपालिका-१ पाटीगाउँ मणीराज लिम्बुको काठको बेरा, टिनको छानो भएको २ तले घरमा अपरान्ह ६ बजे बिद्युतको तार सर्ट भइ आगलागी हुँदा घर सहित घर भित्र रहेको खाद्यान्न, लत्ताकपडा, अन्नपात र भाडावर्तन जलेर नष्ट हुँदा अन्दाजी ७ लाख मूल्य बराबरको क्षति भएको हो । आगो राती ८ बजे प्रहरी र स्थानियवासीको सहयोगमा नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ । त्यसैगरी उदयपुरको ताप्ली गाउँपालिका-४ ठानागाउँ-लखनडाँडा बस्ने मोहन मगरातीको ढुंगा, माटोले बनेको फुसको छानो भएको २ तले घरमा चुल्होबाट आगलागी भई घर सहित घर भित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन जलेर नष्ट हुँदा अन्दाजी ४ लाख मूल्य बराबरको क्षति भएको हो । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिईएको  जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
गाँजा सहित मोरङबाट १ पक्राउ
मोरङ, वैशाख ०८ गते ।

मोरङको जहदा गाउँपालिका-१ धुनीमोडबाट प्रहरीले शनिवार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित जहदा गाउँपालिका-१ बस्ने बर्ष २८ को दिनेश राजभरलाई साँझ ६ बजे पक्राउ गरेको हो । शंकास्पद अवस्थामा हिडिरहेका राजभरलाई शंका लागि चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको ४ किलो गाँजा बरामद गरेको हो । बरामद गाँजा सहित निजलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
अवैध सामान बरामद
झापा, वैशाख ०८ गते ।

झापाको मेचीनगर नगरपालिका-६ बाट प्रहरीले अन्दाजी १ लाख २० हजार ५ सय  रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छली गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ९५ हजार मूल्य बराबरको बिभिन्न किसिमका कपडा, १५ हजार बराबरको स्टिलको थाल, ग्याँसचुला र नेपालबाट भारत तर्फ लैजाँदै गरेको ७ बोरा मटर बरामद गरेको थियो । बरामद सामान आवश्यक कारवाहीको लागि आज मेची भन्सार कार्यालय काकरभिट्टा बुझाईने उक्त कार्यालयले जनाएको छ ।
करेन्ट लागेर मृत्यु
झापा, बैशाख ०७ गते ।

झापाको विर्तामोड नगरपालिका-४ स्थित आदर्श बैङक टेकको भवनमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । आज बिहान साँढे ११ बजेको समयमा भवनमा होल्डर जोड्ने क्रममा अचानक करेन्ट लागेर जिल्ला इलाम लक्ष्मिपुर गाउँपालिका-८ बस्ने ४० वर्षिय योगेन्द्र लायो मगर गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागि बिएन्सी अस्पताल विर्तामोड लगिएकोमा उपचारको क्रममा दिउँसो १२ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सवारी दुर्घटना २ जनाको मृत्यु
बिराटनगर बैशाख ०७ गते ।

१ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा शुक्रवार साँझ भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका-७ मा गाईघाटवाट चुहाडे तर्फ जाँदै गरेको लु ३ त ४४४९ नम्बरको ट्याक्टरले बिपरीत दिशावाट आउँदै गरेको लु ४९ प ४०७४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक उदयपुरगढी गाउँपालिका-७ का ३५ बर्षीय कालिन्दा भण्डारी गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि धरान स्थित बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएकोमा उपचारको क्रममा बेलुका ८:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ठक्कर दिने ट्याकटर र चालक अस्थायी प्रहरी पोष्ट चुहाडेको नियन्त्रणमा रहेका छन् ।
यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका-३ त्रियुगा चोकमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को २६ प ३०९९ नम्बरको मोटरसाईकल शुक्रवार बेलुका ७ बजे आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक सोही स्थानका ३५ बर्षीय धन कुमार राई गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागी बिराटनगर स्थित न्यूरो अस्पताल पठाईएकोमा उपचारको क्रममा बेलुका ८:४० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानएको छ ।
छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु
मोरङ, भोजपुर, वैशाख ०६ गते ।

१ नम्बर प्रदेशको मोरङ र भोजपुर जिल्लामा बिहीवार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको म्रत्यु भएको छ ।  मोरङको बुढीमगंगा गाउँपालिका-३ मा ना २ ख ५३५२ नम्बरको ट्रकको ठक्करबाट  ना ४६ प २५८५ नम्बरको मोटरसाईकलमा सवार चालक सुनसरीको गढी गाउँपालिका-२ बस्ने बर्षको २५ को सन्तोष साहको मृत्यु भएको हो । कोशी राजमार्ग अन्तर्गत दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मोटरसाईकललाई बेलुका पौने ७ बजे पछाडीबाट ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते मोटरसाईकल चालक साहलाई उपचारको लागि टिचिङ अस्पताल टंकीसिनुवारी पठाईएकोमा उपचारको क्रममा बेलुका सवा ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।  ठक्कर दिने ट्रक र चालक सुनसरी रामधुनी नगरपालिका-१ बस्ने बर्ष ३० को दिपेन बि.क. लाई  उक्त कार्यालयको नियन्त्रणमा राखिएको छ । त्यसैगरी भोजपुरको हतुवागढी गाँउपालिका-९ मा ट्याक्टर दुर्घटना हुँदा  १ जनाको मृत्यु भएको छ । बेलुका पौने ७ बजे सापिङटारबाट ज्यामिरे तर्फ दाउरा लोड गरेर जाँदै गरेको को २ त ८७१४ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३५ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ट्याक्टरमा सवार  वर्ष ३५ की शान्ति मगरको घटनास्थलमा नै मृत्यू भएको इलाका प्रहरी कार्यालय घोरेटारले जनाएको छ ।  मृतकको शव कानूनी प्रकृया पश्चात परिक्षणको लागि जिल्ला अस्पताल पठाईएको छ भने ट्याक्टरका चालक सोही स्थान बस्ने वर्ष ३६ को मेघराज राईलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यलायले जनाएको छ ।
ताप्लेजुङको छुट्टाछुट्टै स्थानबाट १० नाल भरुवा बन्दुक बरामद
ताप्लेजुङ, वैशाख ०५ गते ।

ताप्लेजुङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले बिभिन्न स्थानबाट १० नाल भरुवा बन्दुक बरामद गरेको छ । मंगलवार बिहान १० बजे प्रहरी चौकी शिवाबाट खटिएको प्रहरीले फक्तालुङ गाउँपालिका-१ सावादिन जंगलमा बेवारिशे अवस्थामा ३ नाल भरुवा बन्दुक फेला पारी बरामद गरेको हो । त्यसैगरी बिहान पौने ११ बजे प्रहरी चौकी निगुरादिनबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका-१ बाट जंगलमा लुकाई राखेको १ नाल, इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले दिउँसो १२ बजे आठराई त्रिवेणी गाउँपालिका-२ फुलवारी स्थित ओडारे जंगलमा २ नाल, इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले अपरान्ह साढे ४ बजे श्रीजंगा गाउँपालिका-३ कुन्जरीमा लुकाई राखेको ३ नाल बरामद गरेको हो भने सोही गाउँपालिका सिकैचा बस्ने बर्ष ४० को तुलाराम काङबाङले १ नाल लाईसन्स सहितको भरुवा बन्दुक प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
फेसबुक चोकमा आगलागी १५ लाख बढीको क्षति
मोरङ,  वैशाख ०५ गते ।

मोरङको कानेपोखरी गाउँपालिका-६ फेसबुक चोक बस्ने बीर बहादुर भट्टराईको घरमा आगलागी हुँदा अन्दाजी १५ लाख २० हजार मूल्य बराबरको क्षति भएको छ । भट्टराईको घरमा अपरान्ह पौने ६ बजे बिजुलीको तार सर्ट भई आगलागी हुँदा टिनको छानो भएको दुई तले घर, घर भित्र रहेको लत्ता कपडा, भाँडावर्तन, काठपात, अन्नपात लगायत सम्पूर्ण सर-सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । आगलागी भएको जानकारी पाउनासाथ तत्काल पथरीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो साँझ सवा ६ बजे नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।
जिप्रका मोरङमा Color Coded सेवा प्रवाह कार्ड र Intercom सेवाको शुभारम्भ
विराटनगर, वैशाख ०४ गते ।

जिल्ला प्रहरी कार्यालय मोरङमा Color Coded सेवा प्रवाह कार्ड र कार्यालय भित्र Intercom सेवाको शुभारम्भ भएको छ । उक्त सेवाको प्रमुख अतिथि १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षको केदार रिजालले आज जिल्ला प्रहरी कार्यालय मोरङमा एक कार्यक्रमका बीच शुभारम्भ गर्नुभएको हो । शुभारम्भ कार्यक्रम पश्चात कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि केदार रिजालले नागरिकलाई थप प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्न यस्तो सेवाले निकै सहजता हुने बताउनु हुँदै नागरिक मैत्री कार्यक्रमहरुमा स्थानीय तहको सहकार्य र समन्वय भएमा समाजको विकृति तथा अपराध न्यूनिकरण भई समुन्नत समाजको निर्माणमा टेवा पुग्ने बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के.सी. ले यस सेवाको विशेषताको रुपमा सेवाग्राहीहरुको सहजताको लागि जिल्ला प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको अभिलेखीकरण, फरक-फरक रंग भएको सेवाग्राही सम्बन्धित शाखामा जान सजिलो हुने, First come First Serve अवधारणा अवलम्वन गरिएको र सेवाग्राहीले सेवा लिनको लागि अन्य व्यक्तिको साहारा लिन नपर्ने कुरा बताउनु भयो । सामुदायिक सेवा केन्द्रका तर्फबाट आफ्नो मन्तब्य राख्नु हुँदै सामुदायिक सेवा केन्द्र कंचनबारीका अध्यक्ष जगत दाहालले यस्ता किसिमको कार्यक्रमले प्रहरी सेवा प्रवाहमा थप गुणस्तरियता आउने बताउनु भयो । त्यस्तै विराटनगर महागरपालिका वडा नं. ५ का अध्यक्ष मीन कुमार आचार्यले मोरङ प्रहरीले ल्याएको यस कार्यक्रमले आम जनतामा सेवा प्रवाहको स्तरलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउदै प्रहरी र स्थानीय जनप्रतिनिधि समन्वय र सहयोग गरेर अगाडी बढ्ने बताउनु भयो । कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किशोर कुमार दाहाल, विराटनगर महानगरपालिका वडा अध्यक्षहरु, सामुदायिक सेवा केन्द्र मोरङका अध्यक्ष तथा पदाधिकारीहरु, संचारकर्मी तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
चट्याङ लागेर १ को मृत्यु, एकै परिवारका ७ जना घाइते
उदयपुर, वैशाख ०४ गते ।

उदयपुरको कटारी नगरपालिका-८ बबला भन्ने स्थानमा मंगलवार राती बर्षा, हावाहुरी संगै खसेको चट्याङ लागेर कालीमाया थापामगरको मृत्यु भएको छ भने परिवारका अन्य ७ जना घाइते भएका छन् । राती ८ बजे बर्षा संगै खसेको चट्याङ लागेर ३५ बर्षीया मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । चट्याङको झट्काले १२ दिनकी नाबालिका सहित एकै परिवारका बाबु ३८ बर्षीय कृष्ण बहादुर थापामगर, बर्ष १२ की सुनिता, बर्ष १० की अनिता, बर्ष ८ की गीता, बर्ष ७ की खीला र बर्ष ५ को कुल बहादुर थापामगर घाइते भएका हुन । उनीहरुको अवस्था सामान्य रहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ ।

हावाहुरीबाट क्षति

त्यसैगरी मंगलवार राती साढे १० बजेको समयमा  बर्षासंगै आएको हावहुरीबाट त्रियुगा नगरपालिका-२ जोगिदह बस्ने ध्रुब परियारको काठले बनेको टिनको छानो भएको १ तले घरको छानो उडाउँदा अन्दाजी १ लाख बराबरको क्षति भएको छ, सोही नगरपालिका-३ चाँप भन्ने स्थानमा बस्ने कोकाई दास चौधरीको  काठको सेन्ट्रीबेरा भएको टिनको छानो, लत्ता कपडा, अन्नपात समेतमा क्षति पुर्‍याउँदा अन्दाजी २ लाख २५ हजार,  हातीमारा टोल बस्ने उर्मिला मल्लिकको १ तले घरको टिनको छानो उडाउँदा अन्दाजी ७५ हजार, सोही ठाउँको बसपार्कमा शहरी बिकास कार्यालयको भवनको छानो उडाउँदा अन्दाजी ३ लाख, सोही नगरपालिका-८ उतराई टोल बस्ने रामकृष्ण चौधरीको ईट्टाको गाह्रो भएको १ तले घरको टिनको छानो र खाद्यान्न सहित अन्दाजी ५५ हजार र सबिना चौधरीको ईट्टाको गाह्रो भएको १ तले घरको टिनको छानो, १५ मन धान, ५० किलो चामल सहित अन्दाजी ५५ हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
लागूऔषध नाईट्राभेट चक्की सहित १ पक्राउ
मोरङ, वैशाख ०४ गते ।

मोरङको विराटनगर महानगरपालिका-१५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले प्रतिबन्धित लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित शंखरापुर नगरपालिका-५ काठमाण्डौ बस्ने बर्ष ३२ को संजित के.सी. लाई दिउँसो साढे ३ बजे पक्राउ गरेको हो ।  भारतको जोगवनीबाट नेपालतर्फ रिक्सामा आउँदै गरेका के.सी.लाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट प्रतिबन्धित लागूऔषध नाईट्राभेट ट्याब्लेट १ सय १ चक्की बरामद गरेको हो । बरामद लागूऔषध सहित के.सी. लाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
अवैध सामान बरामद
झापा, वैशाख ०४ गते ।

झापाको मेचीनगर न